Tag Archives: kabita

कविता : अचेल हामी भेट हुँदा

~चन्द्र गुरुङ~ अचेल हामी भेट हुँदा- उपलब्धिका निजी डम्फु जोरसोर बजाउँछौँ श्रीमतीहरू गरगहनामा गजब चम्कन्छन् धनसम्पत्ति ज्यादै वाचाल बन्छन् रहन्छन् अनेकथरी प्रयास आफूलाई सर्वोत्कृष्ट साबित गर्ने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द समय

~संगीत आयाम~ आदिम चित्र टाँसेर छातीमा समयले त्यसलाई निर्बाध सुमसुम्याउन खोज्छ तर सक्दैन खोजेझैँ मुलायम स्पर्शको रंग र मौसम भर्न कुरूप भइसकेको धमिलो परिदृश्यसँगै भित्तामा उभिएको क्यालेन्डर हजारौँ माइल टाढाको

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य आफै बोल्छ

~शेखर ढुंगेल~ मानिस नियमित बोलिराख्छ कतै कुन्ठा , कतै स्वार्थ बोकेर समयले सिमा तोक्छ झुठका पुलिन्दा निख्रिन थाल्छ धकेलिदै जब भित्तामा पुग्छ एक दिन ढिला चाडो सत्य आफै बोल्छ । हो त मानिस बोलिराख्छ कतै कुटिल मुस्कान बाँडेर कतै घनिभूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक तिमी र ममा

~हरिमाया भेटवाल~ तिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन् मसँग म र मेरा सपना मात्र छन् म, दिनमा पनि सपना भेट्न दगुर्छु त्यसैका लागि पसिना बगाउँछु पूरा हुँदा रमाउँछु पूरा नहुँदा पूरा गर्नतिर लाग्छु मलाई न लोग्नेको माग, न छोराछोरीको आशा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नक्कली हावा

~मातृका पोखरेल~ नक्कली हावाले किन पठाइरहेको छ आँधी आउने हल्ला र बगाइरहेको छ तातो हावा। कस्तै गर्मीमा पनि छालाले स्पर्श गर्दैन चिसो बतासको स्वाद नाकका पोराहरूमा

Posted in कविता | Tagged | Leave a comment

छोक : आरामै छु आमा

~बाबु लामा~ पहाडमा नै जन्मेर होला उकाली ओरली गर्नु परेको कर्म नै खोटो भएर होला घर परिवार लगायेत साथी संगी छाडी सात समुन्द्र

Posted in कविता | Tagged | Leave a comment

कविता : विछोड

~जे पि दाहाल~ आखिर जीवन ढल्छ नैं भने किन टेको चाहियो अन्धकारमा हिड्नु नै छ भने किन दियो चाहियो । लैजाउ प्यार तिम्रो मुटु मेरो खालि भए हुन्छ । धुक धुकी नै समाउ बरु मरे बरु शान्ति हुन्छ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट …… घामसँगै लडिझर्छन् उज्यालाहरू दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रम्हप्रसाद, म र देश

~ईन्द्र नारथुङ्गे~ पसेर ‘नो हलाल’ लेखिएको दोकानमा ङिच्च हिमाल हाँसिरहेको पौराणिक डोजरको एक किलो ज्यान चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर युद्ध जितेको सिपाहीको रवाफमा ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन् र,

Posted in कविता | Tagged | Leave a comment

कविता : बोको

~विप्लव ढकाल~ केही थाहा नपाए जस्तो गरेर यताउता पल्याकपुलुक हेर्दै महिला शौचालयभित्र पस्छ साला ! र भित्तामा आफ्नै लिङ्गको चित्र बनाएर चोरबिरालो झैँ चुपचाप बाहिर निस्किन्छ ! यति साइको छ यो बोको ! संविधानसभाका पर्खालहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : भुकम्पलाइ प्रश्न

~काप्पबो चुम~ खप्परको बनोट मिलेन , जीवन चलाउन गिदिको धरौटी राख्न खोज्दा … र हापिदिए आशा । ए , जिन्दगी …! तिमी ठिक त छौ नि है ? पत्थर नि पग्लियो तिम्रो झट्काले ,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~रामकृष्ण सुनुवार ‘आँकाला’~ गम्लङ्गै धुँवाको कम्मल ओढेर रात गुजार्न बाध्य छ । विषालु कार्वन मनोअक्र्साईडमा श्वास फेर्न बाध्य छ । क्षणभरको जिन्दगीमा तिम्रो खुशीहरु कैद छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिम समयको ठिटो घाम

~बिष्णु सुवेदी ‘दोलखे’~ आदिम समय बोकेर सँधै जस्तो रातो उदाउँछ सँधै जस्तो रातो अस्ताउँछ ठिटो घाम ! कलिलो बिहान अँगालो हालेर आइपुग्छ भुई–ऐंसेलु टिप्न छिरेर घना जङ्गल बुट्टा–बुट्टा हुँदै छुन आइपुग्छ जरा ! छिचोलेर बादलका पर्दाहरू तल–तल झर्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : शान्ति नायक

~अनुराधा थापा~ विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ आफ्नो मातृभूमिको पहिचान गरायौ विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ प्राणीमात्रको चिन्तन गर्ने शीतल छहारी भएकाछौ शरीर आफ्नो बाजी लगाई

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्ध चिन्ने मान्छे

~विवश पन्त ‘शिब’~ लुगा लगाएर खुट्टामा जुत्ता भिरेर आफ्ना बहुरङ्गी टाउकालाई टोपी भित्र लुकाएर अनी निधारमा चन्दन धसेर नवाज रटेर, गिता कण्ठ गरेर लामा पढेर , बुद्ध मानेर वा बाईबल घोकेर

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् !

~पूर्ण वैद्य~ अनु : स्वयं बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् मेरो क्षितिजको के लाग्छ ! मेरो आँखाको के अर्थ रहन्छ ! हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो । बारीमा पहरा दिने बारहरुले नै

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : पूर्व रातो हुँदै गर्दा

~मीरा मन थापा~ रहरहरूका सिगुंल माला उनेर बाध्यता र बिवसताको बर्को पहिरिंदै आँखाभरी जून फूलेको मिर्मिरेमा सपना र चाहनाको लामो फेहरिस्त छातीभरी खोपेर मैले घर छोडेकी थिएँ रातो हुँदै गरेको पुर्व र्सँग दुरी बढाउँदै, अनवरत लम्केका मेरा पाइलाहरू, आज यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो-प्यारो तराई-मधेश !

~दीपक खनाल~ (१) प्यारो-प्यारो तराई-मधेश ! तिमीबिनाको देश सोच्न पनि म सक्दिन तिमीबिनाको भेष सम्झन पनि म सक्दिन तिमी छौ र त पहाड छ तिमी छौ र त हिमाल छ पहाड र हिमाल छ र त तिमी छौ तिमी, पहाड, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : विश्वासघाती

~निशान्त ढुंगाना~ उनी बेला-बेलामा आउने गर्छिन त्यही आफ्नो अनुपम सौन्दर्य साथमा लिएर त्यही आफ्नो मधुर , मिठो बोलि आफु संग लिएर अनि आँखा जुधाउन खोजछिन् आँसुले भरिएको मेरो आँखाहरु संग

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी मग्न हुने गछौं

~रमी श्रेष्ठ~ एकातिर टीकेहरु कलंकित निधार टल्काउँदै नजाने के कति सम्झौता कोसेली सुम्पेर अनावृत्त पर्दासंगै लिप्सा प्रदर्शनमा यहाँ नग्न हुने गर्छन् अर्कोतिर जूकेहरु पनि के कम टीका थाप्ने लाममा अधीर छटपटीसंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाव

~सुवास राई ‘राग’~ (एक) आधारभूत आवश्यकताहरुले जिन्दगीलाई जवरजस्ती बलत्कार गरेपछि गर्भिणी जिन्दगीले जन्माउछ थुप्रै निरोगि अभावहरु ओ ‘कवि ज्यू’ ब्राण्डेट आभावहरु उत्पादन गर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : म साँच्चै दया लाग्दो छु ?

~चेतन डर~ म साँच्चै दया लाग्दो छु ? मेरो साथीको नजरमा त्यस्तो लाग्छु रे ‘भविष्य बन्छ त आर्थिक सुध्रिन्छ त यदि हुन्छ भने तँ आफ्नै लक्ष्यमा निरन्तरता दे हैन् भने सोच

Posted in कविता | Tagged | Leave a comment

छोक : जीवन र मृत्यु

~निभा शाह~ मलाई जीवन पनि मन पर्छ मलाई मृत्यु पनि मन पर्छ मृत्यु छ र त जीवन छ जीवन छ र त मृत्यु छ तर म दुबैका विरुद्ध लड्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म वेश्या

~नीभा शाह~ म वेश्यासंग त्यत्रो साहस कहाँ छ र हजूर ? शहीदको रगत मदीरा बनाएर घटघटी पिउने साहस ??? म वेश्यासंग त्यत्रो साहस कहाँ छ र हजूर शहीदको रगत पिएर फेरी जिउने साहस ???

Posted in कविता | Tagged | Leave a comment

कविता : छोइडुम

~केवल बिनावी~ फिँजाएर फलेकभरि… डिका कैंची चक र इन्चिटेप लिएर एक मुटुरो कपडा बा घोत्ली रहनुहुन्थ्यो आकारविहीन आकृतिहरूमा म सोच्थें सायद बा इन्जिनियर हुन् । ढल्कादै जाँदा बालापन म सोध्ने गर्थें बा किन छोइडुम खेल्दा म डुम बनेकै बखत खित्का … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जरसाहेबको कुकुर

~मीन बहादुर विष्ट~ बसन्तको पदचाप बज्नु हुदैन कहीँ हावाले सिठी बजाउँदै दगुर्नु पनि हुदैन नदीले यात्राका पैतालाहरु बगाउनु हुदैन कहीँ भालेले समयको सङ्केत पनि दिनु हुदैन । चराहरुको भावविमोहित सङ्गीत गुन्जनु हुदैन कहीँ केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : धोको

~यशोदा तिम्सिना~ एक समय यस्तो थियो, हामी सँगै जङ्गार तथ्यौं , उकाली चढ्थ्यौङ् र खुइय गथ्यौं सुसेली हाल्दै ओराली झथ्र्यौं बाधा बिघ्न र अड्चनको सामना साथै गरेथ्यौँ डाँडाकाँडा र पाखामा सँगै हिँडेथ्यौँ । एक–अर्कामा विश्वास हुँदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~विशाल परियार~ गयौ बढ्दै अघिअघि जनताका लागि प्रजातन्त्र शान्ति अनि स्वतन्त्रताका लागि जीवन भन्दा माथि राष्ट्रको शिर उठाई अन्यायको पर्दा च्यात्न जनताको बल जुटाई । न त ग-यौ प्रवाह गोलीको न त भाका भोलिको पन्छ्याउँदै बारहरु फलामेती तारहरु बैरी बिरुद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अभिलाषा

~सागर तामाङ~ मेरो मनको आकाशबाट कतै खस्यो भने एउटा जून टिपेर चुल्ठोभरी सजाइदिनु, र जीवनको भूगोल हिँड्दा कतै आयो भने अँध्यारा बाटाहरु त्यै जूनसँग माँगेर हिँड्नु अलिकती उज्यालो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमीलाई साष्टा· दण्डवत

~कृष्णभुषण बल~ आमाको नीलो गर्भबाट- यो माटोमा झरेको हुँ पहिलोपटक आमाको गर्भ छाड्दाको पीडाले- रोएको हुँ यही माटोमा पहिलोपटक सायद ताते छाडेर तङ्िग्रएर-

Posted in कविता | Tagged | Leave a comment

कविता : भात जोडौं कुरा भन्दा

~कन्चन~ भातको सिता सिता जोड्डा खाना बन्ने रैछ किन पाठशालामा जोडमा भातका सिता र घटाउमा मेरो गाँउको दु:ख नअटाएको कुरा ठुला गर्दा भात पाक्ने होईन रैछ मेरो चुलोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रुर शाषक बनोस् मेरो छोरी

~सीता सुबेदी~ म चाहन्छू मेरो छोरी, क्रुर शाषक बनोस् ।। समाजमा हत्या,हिंसा अंगाल्दै, नाङ्गो राजनिती गर्नेहरुमाथी।

Posted in कविता | Tagged | Leave a comment