Tag Archives: kabita

कविता : तुलना

~बि कुलुङ रंगबुले राई~ एउटा शासन प्रणाली समुद्रमा ठूलो माछाहरूले सानो माछाहरूलाई खान्छन्, अरे बाबा खावोस् न त हौ त्यो समुद्रिक एडमिनिट्रेशनको गडवडी हो त्यो जलचर प्राणीहरूको दुर्वलता हो

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको दुस्मन

~प्रदीप लोहागुण~ यो देश भन्ने अमूर्त मान्छेले किन होला हामीलाई जैले तैले दुश्मनजस्तै ठानेको। तिमी जस्तो अजङ्गको मान्छेसँग दुश्मनी मोलेर किन जोखिममा परूम म। मूलधारतिर जाने रेलमा चढ़्न वर्जित छ मलाई दुवै हात फैलाएर दैलैमा बस्छ देश

Posted in कविता | Tagged | Leave a comment

कविता : चिलाउनेको हाँगो

~डा.मधु माधुर्य~ पीडाको काउकुतीले लखतरान पारेकोबेला एक क्वान्टम अट्टहास – कानका पहरा-कन्दराहरुमा सिम्फोनी “रेक्विएम” गुन्जिरहेछ … पीडाले मातेको जीवन – समयको विपरित दिशामा ढुन्मुनिरहेछ

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : एउटी मनकी गोरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ न्याउली चरी किन रुन्छेस् नरो कठैबरी प्रेममय भयो संसार बुझ्दिनस् हँ चरी अझैसम्म विरहनै सम्झिबस्छे मोरी माया गाँस्न आइसकी एउटी मनकी गोरी । गीत गाउन किन बिसर्िस् कोइली रनबन यस्तो सुखद् बेला बीच नखुम्च्यान मन

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : शान्तिको चाहना

~इन्द्रकुमार ‘विकल्प’~ भूगोलका अक्षांश र देशान्तरका काल्पनिक रेदाङ्कन झैँ पनि, शान्तिको कुनै सिमान्त रेखा भेटिएको छैन जहाँ गएर टक्क कोरिदिउँ र ……..परिभाषित गरिदिउँ अनि, शान्तिको सुसेली हालूँ । आर्तनाद—कोलाहलले सन्त्रास पूर्ण

Posted in कविता | Tagged | Leave a comment

कविता : लोग्ने

~ऋचा ढुङ्गेल~ कति गाह्रो नाता हो यो;कस्तो जटिल शब्द यो-लोग्ने, अलग शरीर,अलग सोचको साथ रही;दु:ख सुख भोग्ने । शब्द शब्द केलाउने बानी मेरो,शब्दलाई पाथीमा बोक्ने उनको, भूत लेख्दै अमर बनाउने मेरो प्रयास,लेखै नपढ्ने स्वभाव उनको ।। धेरै नजिकिंदा यो पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्यता

~नविन ध्यार~ कोहि संग बोल्दै गर्दा मेरो मानसपटलमा बाल्यकालको एउटा यस्तो परिवेशको याद आउँछ । बर्षा याममा

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धहरुको समापन

~सुजन बुढाथोकी ‘कान्छा’~ फिज्ममा राखेर चिसिएका समानहरु झै अनायासै किन चिसिए आज हाम्रा समबन्धहरु ! मैले सोचे थे प्यारको आग बालेर उपहारमा तिमिलाइ सुगन्धित रागहरु दिउला तर अफसोच, समयको बतास,आधी भएर आयो

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःखको कला

~राजेन्द्र तारकिणी~ खुसी कति हलुँगो चिज हो, हेर्नुहोस् सिमलको भुवालाई दुःख कति गहु्रँगो चिज हो, हेर्नुहोस् फलामको डल्लोलाई पट्ट फुट्छ सिमल र उड्छ माथि

Posted in कविता | Tagged | Leave a comment

कविता : एकजाेडी वैज्ञानिक

~डा. विदुर चालिसे~ मेरा अाँगनमा त्यसै झरेका बेला बेलाका गड्याैलाहरू फरक अाकार र स्वभावमा छन् म उनीहरूलाई नियालिरहेछु तिनीहरूकाे जीवन पध्दती बारे ! जीव विकासका चरणमा छट्पटाइरहेका

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव सभ्यताको बिन्दु र रेखा कविता

~टंक वनेम~ मानव सभ्यताको बिन्दुबाट छुट्टिएका ऋगबेद…. बाइबल…. कुरान….. मुन्धुम्…… टि्पिटक ….. …………… …………… …………… …………… त्यहीँ आस्थाको बिन्दुबाट

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जागिर

~गोपाल विरही~ १. जागिरेहरू कागतीजस्ता– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने बारीमै फलाउन पनि सकिने बजारबाट … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कवि

~शू-गूँ~ बाँझो खेत कहिले पनि नराख्नू बोकाले भए नि जोत्नू कस्सैलाई केही नआए

Posted in कविता | Tagged | Leave a comment

कविता : यदि म बतास भए भने

~सुजन बुढाथोकी ‘कान्छा’~ यी घनाजङ्गगलहरुहुदै सबैभन्दा पहिला म बालुवाटार र सिङ्गोदरवारभित्र पसेर धुरी उठाउनेछु र नग्याउनेछु नेताहरुलाइ यदि बतास भए भने पर्दाफास गरेर ल्याउनेछु पत्रकार झै समचारहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कथाको पनि कविता लेख्नु है !

~विमला तुम्खेवा~ राम्रोसँग देश देख्न नपाउँदै चुल्हो सम्हालेर जुग बित्यो बिहे गरेर यो घरमा आएपछि रातदिनको टोकसो लोग्नेको हरेक रातको बलात्कार सबै सम्झँदा अरुणको भेल जस्तै आँशु आउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एआई दासत्वमा बुद्धिहरू

~राजव~ कुनै घरमा एलेक्सा नामकी सानो गोल चक्कर पसी र पटापट धेरैलाई विस्थापित गरी समाचारको लागि अब अखबार किन्नु परेन, टिभी, रेडियो कुर्नु परेन लिभिङ्ग रुमको कुनामा वाइफाइसँग सम्बन्धन गरेर राखेको एलेक्सालाई अह्रायो एलेक्सा आजको ताजा समाचार भन,

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो दिन पर्‍यो ।

~दीपक कुमार ज्ञवाली~ उदाए झलमल्ल देशमा ज्योति फिंजाउँदै रवि । जागृत भयो आकांक्षा अब केहि गर्छ कि भनी । सच्चा सपूत भए देशको गर्छ कि भलाई भनी उदाए कै हो ? भूतलमाहाँ अठोट केही गर्छु भनी । १ शहिदका सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानी हरायो

~अमृता बुढाथोकी~ हिजो पनि घाम थियो तर, चारैतिर अध्यारो थियो आज पनि उस्तै छ सायद, विहानी हुन बिर्सिए झैं लुछाचुडी गर्दै छन् व्याँसाहरु बिहानीको पर्खाइमा बसेकाहरु अन्धकारको छटपटाहटमा तड्पिरहेन् । अन्कन्टार जंगलमा कुहिरोको काग झैं हराइरहेछन् बिहानीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~शू-गूँ~ खडेरी झरि आफै भिज्न सक्दैन परेली भिजाउँछ । रगत मेरो नशामै चढ्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल साथीको अनुरोध

~डम्बर सिंह~ आउ दाई आउ भाई आउ दिदी बहिनी पढ्दै जाउँ बनौ हामी ज्ञान गुन को खानी किताब मात्र पढ्ने होइन अरु पनी जान्नु छ कबिता र निवन्ध अनी कथा भन्नु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी जिन्दगिको अनमोल

~गोबिन्द ओझा~ तिमी जिन्दगिको अनमोल उपहार हौ शृष्टीको एक सुन्दरता स्वरुप हौ सुन्दर छन तिम्रा ति आँखाहरु वयान गर्न नसकिने गुलाफी ओठहरु

Posted in कविता | Tagged | 1 Comment

कविता : युग परिवर्तनका लागि !

~सुजन बुढाथोकी ‘कान्छा’~ क्रान्तिकारी कबि गोपालप्रसाद रिमालले भने झै गरि हो उ आउनेछ तर, यसपटक आउदा उ सारा टुहुरा र अनाथहरुको निमित्त आमाको रङ्गिन काख भएर आउनेछ हो अबस्थ उ एकदिन आउनेछ । बिद्रोही कवि रिमालले भने झै गरेर उ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अदुःख

~राजेन्द्र तारकिणी~ अदुःख त मृत मात्रै हुन सक्छ जीवन्त त सदुःख हुन्छ। दुःख जीविका काँधमाथि चढेर कपटपूर्ण सुखभोग गर्नेहरू सत्ता/शक्ति/सम्पत्तिको भागिदार बन्नेहरू मूल्यवान् कात्रो ओढेका लासजस्ता लाग्छन् (लास पनि एक समय शक्तिशाली हुन्छ तर्साउँछ दुनियाँलाई)।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आवाज

~भिमदर्शन रोका~ धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछ तिमी ध्यानले सुनिरहनू त्यसमा मेरो पनि आवाज हुनेछ फेरि झन् झन् ठूलो हुँदै जानेछ । आकार यसको, सूर्यमण्डलजस्तो घामवरिपरि सभा लागेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि-हृदयमा

~गोपालप्रसाद रिमाल~ मनव-वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर-सुन्दर यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटुनेरिको सिस्नेरी

~शिव गौतम~ – सिस्नेरी मेरी जननी, मेरो जन्मभूमि घाम झुल्कँदाखेरि घाम अस्ताउँदाखेरि म तिमीलाई नै सम्झिन्छु उषा अनि गोधुलिलाई हेरी कहिले हिलैहिलोको होली खेली

Posted in कविता | Tagged | Leave a comment

कविता : एभन नदी र क्याफे

~देवेन्द्र खेरेस~ एभेन नदी हिजो जसरी बगेको थियो आज पनि बगेकै छ नदीमा बगेको पानी कहाँ–कहाँ पुग्यो होला ? तर नदी त्यहि छ बालुवाको ढिस्का उहि हो किनारा साँची छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कुमारी गुफा

~रुपिन्द्र प्रभावी ‘कटु’~ शङ्ख फुकेर कुमारीले आव्हान गरिरहेझैं लाग्छ अन्धकारको मलामी जान उज्यालोका उपासकहरुलाई । गर्भमा कछुवाको आकार बोकेर कछुवाको व्यवहार बोकेर कुमारी

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग-२

~दीपा राई~ समुन्द्रको लहर जस्तो आईरहने तिम्रो यादहरू, लहरिएर आउँछ अनि मेरो मुटुको किनारमा टक्क छोएर फर्किन्छ, म हेरिरहन्छु- पर …पर …सम्म… तरेली तरेली हुँदै जाने लहरहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बाढी

~हाङयुग अज्ञात~ जब बाढी आउँछ तब धेरै कुराहरू भत्किन्छन् बाँध र पुलहरू भत्किन्छन् खेत र बाटोहरू भत्किन्छन् घर र सम्बन्धहरू भत्किन्छन् जब बाढी आउँछ तब धेरै धेरै कुराहरू भत्किन्छन्, तर खै ! किन भत्किदैनन् –

Posted in कविता | Tagged | Leave a comment

कविता : जमीन

~आशिष उदास~ मेरो बाजेले गोरु जोत्नु भो बाँझो खेत खन्नु भो र भाग्य उमार्नु भो तर मेरो बाजेले जुन खेतमा भाग्य उमार्नु भो त्यो खेत मेरो हो भन्नु पाएन

Posted in कविता | Tagged | Leave a comment

कविता : कानुनको खेती

~पुकार पारदर्शी~ भुँड़ीमा उत्पाद मचाएकाले यसपाली डल्ले खोर्सानीलाई खाद्य दण्ड संहिता 1568054 धारा अन्तर्गत मुद्दा दर्ता गरी अचारको बोइममा सुरक्षित हालियो। प्रिय मुख्यमन्त्री गाउँमा हामी कानुनको खेती गर्छौँ नी। गाउँमा लागु हुने धारा दुईटै मात्र हो धोबी धारा र शुद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment