Tag Archives: kabita

कविता : जीवन छायाँ

~डा.मधु माधुर्य~ मेरा यात्रीहरु, लौ हेर मेरो मन चित्र भित्र बाहिर सबै देख्यौ ? भयो विचित्र शून्यताको गुँडभित्र पूर्णताको वास छ सास छउञ्जेल जीवनको अनमोल आस छ साथमा मेरो छाया छ, म एक्लो छैन… । सुखमा साथ दिनेहरु छन्

Posted in कविता | Tagged | 2 Comments

कविता : निष्ठुरी बालक

~राजेश ढुंगाना~ ईश्वरले मलाई हात दुवै दिए तर यी हातले म केही गर्न सक्दिन त्यसैले । कहिले म सोच्दछु, सपना रहेछ जीवन कहिले म सोच्दछु अन्धकार रहेछ जीवन

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचान !

~शरद पौडेल~ भ्रममा नपर साथी! अहँ, जुनसुकै प्रयत्नले पनि उ तिमीजस्तो हुनै सक्दैन ! उ फरक बीज हो स्वयंमा अनि तिमी पनि ! दारी पाल्दैमा न त मार्क्स बनिन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भो अब नसम्झ

~कृष्ण शर्मा सुमु~ फुटेका काँचका चुरा हुँ थुकेको थुकको छिटा न सम्झ अब भो मलाई टुटेको साथको विदा। न बोलाउ मलाई गाजलु नभन भो अब मायालु बाटो फरकफरक बनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाबारी-हाम्रो बिर्ता

~अर्जुन शर्मा निरौला~ पहाड़ मधेश तराई सबैतिर रूपिॅयाको पौधा पिता पुर्खा मुग्लान पसे यी पोथ्राले गर्दा।। रूपिॅया फल्ने बुच्का हाम्रो चिया यस्को नाम कति पुस्ता बितिसके गरी यही काम ।। चिनिॅया र आसामेली – दुईथरी यस्को जात

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिक्षा

~स्वर्णिम गुरुङ~ सुदूर देशबाट … तिमी फर्कि आउने प्रतिक्षामा सुस्त सुस्त ढल्न लागेको मेरो जोबनलाई तिम्रा मनका आँखाले नियालेर हेर त कान्छा.. कैंयौ वर्षहरू तिम्रै बाटो कुर्दा कुर्दै व्याकुल भएर मेरो जोबन यहाँ आँखाका नुनिला पानीले गलाएर अब त लत्रक्कै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुझ्नु यहाँ तब

~बि. कुलुङ~ जब जलप्रपातले रुझेका कौलास्ने रातहरुमा फटयांग्रोले रात्रि कालिन गीतहरु गाउन छोडछन् जब सीकसीक लाग्दा त्यो लामो रजनीहरुमा भ्यागुतोले बिट बक्सहरु बजाउन छोडछन् जब उतिस(रुखको आड लिएर झ्याउँकिरीहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको रिभर्स

~बलराम तिमिल्सिना~ बुढी गाई त पहिलै थियो दौरा सुरुवाल पनि फर्कियो सारी चोलो फर्कियो अव विस्तारै फर्कन सक्छ ‘श्रीमान गम्भीर’ मस्कदै मस्कदै नागार्जुनबाट ओर्लन सक्छ निर्वासित अतित !

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराधीले पछारेको थियो

~सबिता लामा~ हो मलाई अपराधीले पछारेको थियो.. ढुङ्गा माटो गेगरमाथी थचारेको थियो..!! रोए अनि कराए म सुन्ने कोहि नहुदा.. शरीर भरी जताततै चिथारेको थियो..!!

Posted in कविता | Tagged | Leave a comment

कविता : सीमाभञ्जक सोच !

~बलराम तिमिल्सिना~ मात्र दुई वटा विकल्प दिइयो- कि जित्न तयार हौ र लड्न आऊ कि हार्न तयार हौ र हात उठाऊ जिते विजेताको माला लगाउँछौ फूलको हारे हरुवाको माला लगाउँछौ फलामको छिटो छिटो रोज /कुनै यौटा रोज यो दुईमा एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्मी १

~अबिर खालिङ आगोको साइरन बजाएर उ हाम्रो शहरमा पसेको छ लु को बुट बजार्दै गरेको छ आनन्दको चिरहरण रिक्सवालाको खोपिलामा च्यापिएर घुमिहिडेको छ शहरमा ज्यामीको निधारमा भरियाको थाप्लोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बार्ता भङ्ग

~मिलन मल्ल~ खोइ हिजो तिमी कहाँ थियौ ? तिमिलाई हामीले कहाँ खोजेनौ ? गल्ली गल्ली खोज्यौं, भट्टी भट्टी खोज्यौं, तिमीलाई सुन्नेहरुको पछि लाग्दै कहिले पाटन तिर, तिमीलाई देख्नेहरुको भर पर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मह

~यकिना अगाध~ हे मेरो ब्रम्हादेव ! हे मेरो सृष्टिकर्ता ! अघि बनाइ दियौ हजुरले

Posted in कविता | Tagged | Leave a comment

कविता : समानान्तर दृश्यहरु

~डा.मधु माधुर्य~ आँखा खोलेपछि रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै र देखिन थाल्छन् विविध दृश्यहरु प्रेम र घृणाका प्रकरणहरु अर्थात् निर्माण र विनासका शृंखलाहरु ! भगवानले मान्छे बनाएको देखेको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्रको मृत्युदिवस

~उज्ज्वल बमजन~ उपसंहार – चीरहरण भइछाड़्यो यो युगमा अल्पसङ्ख्यक आदिवासी द्रौपदीको बेलतलाको खुल्ला सडकमा। कृष्णले उपस्थित भई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा तीब्र बिहान

~इश्वरवल्लभ~ ती तीब्र उज्याला परिवेशहरू पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन् तर पनि पग्लिनु स्थिर हुनु होइन, पानी हुनु हो । परिवेश पग्लिँदा नदी हुनु हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हेर्नु छ भविष्य -यो दर्शनको !

~आर.बि. निश्चल~ अस्तित्व -यात्राको एक यात्री म एकैछिन पृथ्वी ग्रहको भ्रमण गरूँ भनी मान्छे रूपमा अवतरित भएँ नाम, जात, भाषा, कर्म अनि धर्म सबै- सबै मान्छेले नै तोकिदियो एकैछिन विस्मृतिमा हराएको म आफू जन्मेको दर्शनको साँचो अनुसार ढालिँदै गएँ जीवनबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोर्खाल्याण्ड

~राजु तामाङ~ बाटो हो कि बगर? चिन्नै नसक्ने यस्तो बाटो भएर म आउनु, भ आउदिन ‘म गोर्खाल्याण्ड’ पहाड़ धाऊदिन । एक टुक्रा रोटीमा राजनीति चल्छ त्यहाँ, म त सोझो राजनीति जान्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : छली मुस्कान

~विमला तुम्खेवा~ तिम्रो आँखामा देखिएको सपना जस्तो मसँग केही छैन जीवनको उमंग छन् त खालि यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरु यो विरही क्षितिज छ र केही उदास गीतहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचानको अनुष्ठान

~टंक वनेम~ पहिचान सहित बाँच्नको लागि पहाड पर्वत र खोला नालाको देउ देउताहरुलाई अनुष्ठानको लिङ्गोमाथि जगाउँदै खप्परभरी शब्दका विरुवाहरु उमारेर सुनको खुर्मीले गोड्दै धनु काँड भिर्ने सिकारी देव जस्तो पहिचानको क्षितिजमाथि रङ विरङका जामाहरु पहिरिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवासीलाई देशको पत्र

~टोप बहादुर राई~ सबै उस्तै छन् जस्तो थियो हिजो अनि अस्ति तिमिले गाउं छाड्नु अघि चौतारीमा विच्छयाइएका बम, विस्थापित सुन्य गाउं, कांडेतारले घेरिएका शहर र डुवान पिडित तराई सबै उस्तै,उस्तै छन।

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी मोह

~देवेन्द्र खेरेस~ घर र परदेशको दुरी टाढाभए…पनि आँगनको माया धेरै नजिक दलानको सम्झना धेरै गाढा र चुल्हाको चिन्तन धेरै गम्भीर घरलाई एति धेरै माया कसैले गर्दैन जति परदेशीले गर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक

~राजकुमार बराल~ ऊ पसिना पुछ्दै त्यो उचा ठाउँबाट तल हेर्छ तर देख्दैन मानवता फगत देख्छ गगनचुम्बी महलहरु र पैसाका मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पाए त आमा

~सुदर्शन थिङ्ग~ पाए त आमा रोजगारी यँहा बस्थे है हाँसेर आउने त पक्का थिएन आमा बाकसमा बाँधेर दशधारे दुधको ऋण है आमा तिर्नलाई यहाँ सकिन बसेर पलाएन भए विदेश है आमा चिल गाडी चढरे सुखका भाति दु:खका खेती गर्दैछु कसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्वोधन

~गोवर्धन पूजा~ पारेर छायाँ सधै बचाउँदै दुनियाको घाम- दृष्टि बाट सक्दिनँ म -देखाउन मुटुले छोपिराखेको -तिम्रो नाम। दुई पाटो संसार ,असल र खराबको न तिमी कोही हौ न यो समाज कोही हो

Posted in कविता | Tagged | Leave a comment

कविता : नेता बन्नु छैन

~धनराज सिलवाल~ सुन मलाई नेता बन्नु छैन आफ्नो प्रतिभा भत्काउनु छैन। नेता बन्न त फटाहा बन्नु पर्छ निकम्बा बनि पिडा दिनु छैन।

Posted in कविता | Tagged | Leave a comment

कविता : सुगन्धहिन फुलहरु

~दिलिप पौड्याल~ म कविता लेख्न खोज्छु कबिताले कविको तिखो कलम खोज्छ तिखो कलमले तिखारिएका शब्दहरु खोज्छ शब्दहरुले ओजिला भावहरु खोज्छन् म शब्दकोशभित्र परेवाले पराल ठुँगे झैँ शब्दहरु ठुँग्छु र , म भेट्छु अक्षरहरुको गुजुल्टो सुगन्धरहित फूलहरु झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : अ-मूल्य

~शू-गूँ~ जीन्दगीमा आफ्नाे मूल्य ताेक्नु नै गलत, एक न एकदिन कसैले किनिहाल्छन् र हामी बेचिनु नै पर्छ । त्यसैले यति सस्ताे बन्नुस् कि

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्माउनुपर्छ

~डम्बर बिकेल~ भन्छन् हिमालबासी हाम्रो मात्रै हो हिमाल भन्छन् पहाडबासी हाम्रो मात्रै हो पहाड भन्छन् तराईबासी हाम्रो मात्रै हो तराई किन यसो भन्छन् आमा ? हिमालबासीको पनि त हो नि पहाड र तराई पहाडबासीको पनि त हो नि हिमाल र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आउँदिन भाषण सुन्न

~प्रकाश सापकोटा~ झण्डा बोकिएन कि नारा घोकिएन कि जस-जसलाई देखाइदिनुभो उसैलाई गएर ठोकिएन कि के गरिएन ? ब्यानर कसिएन कि धर्ना बसिएन कि हजुरलाई जोगाउँदा ढाल बनेर पटक पटक आफू फसिएन कि के गरिएन ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : खोटो जुन

~भिमसेन थापा मगर~ मुहारमा खोटो बोकेर अरुकै साहारामा मुस्कुराएर लाखौ ताराबिच आफुलाइ सर्वोच्च मानेर मुस्कुराउदै मुस्कुराउदै एकै चद्रमासमा मलाइ अधेरोमा धकेलिजाने

Posted in कविता | Tagged | Leave a comment

कविता : योगीको तयारी

~शरदबाबु सुवेदी~ एक दिन एका विहानै एउटा योगी सुनको कमण्डलू लिएर घर घरै आलोक भन्दै आए । यो ब्रमाण्डको सवैभन्दा ठूलो शन्त उनी, यो जगतले बनाएको सवैभन्दा ठूलो महन्त उनी, समर्थन नगर्नेका विरुद्ध प्रवचन दिन्थे उनी, अरुको मानव सेवालाई अपमान … Continue reading

Posted in कविता | Tagged | Leave a comment