Tag Archives: kabita

कविता : हिजोआज ऊ

~गीता थापा ‘दोषी’~ उसका बाउ साहुको भारी बोक्थे आमा साहुको बाँझो बारी खनिदिन्थिन् धान रोपिदिन्थिन् बिउ काडिदिन्थिन् आमा बाउ दुबैले दश नङ्ग्रा ख्याउँदा समेत बिहान बेलुकाको छाक मुश्किलले टर्थ्यो ०००००००००००००००००००००० पहेंली मकैको भात ढिँके नुन र खोर्सानीसँग …

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा-पत्र

~आर.एम्. डंगोल~ ढोकैमा थियो इच्छाको बीभत्स लास हत्यास्थलमा हुलिया नरोकिकन बहिरहेको बासी हावा पनि थियो घरको भित्तामा थियो समयसंग गरिएको इच्छाको हस्ताक्षर

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्विकल्प विकल्प

~घिमिरे युवराज ‘कर्जुना’~ मेरो बुद्धले उघारेको आँखा त्यो होइन जहाँबाट देखिरहेका छौ तिमी मेरो महाकविले देखेको चन्द्रमा त्यो होइन जहाँ टेकिरहेका छौ तिमी मेरी आमाले ‘देउतीमाता’ सिकाएको लक्ष्यको शितल चन्द्रमा के तिमी शौचालय सोचिरहेछौ ? मेरा बाबाले उपदेश पढाएको बोधी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झरीसामु बिन्तीपत्र

~प्रकाश आचार्य~ मुटु नै सिरिङ्ग हुने गरि चिसो सिरेटोका साथमा धूमिल-धूमिल साँझमा कठयांगरिदै बस्न पर्ने गरि बिन्ती छ; बेग्र गतिमा नझरीदेऊ न यसरी ए झरी ।। आकाशको गर्जनले कान फुटाउलाझैं गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : बालक

~दिलिप योन्जन~ दिनभरिको पसिनाले साटेको पिठो तातो गाँससंगै झपक्क निदाउने कल्पना साँझ नपर्दै हावा र पानीले छोप्ला भन्ने के थाहा? स्याउला र चित्राले बनेको महललाई डोब र किल्ला मात्र छोडेर उड्ला भन्ने के थाहा? ताजमहलको कल्पना गर्ने दुखियालाई बाच्ने आशामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : चप्पल

~विमल निभा~ धेरै दिनपश्चात् मलाई स्मरण भयो बाबुराम भट्टराईको कुन्नि, कहाँ छन् कहिले उनी र यहाँ म आफ्नो चुँडिएको चप्पलको फित्ता सिलाउन खोजिरहेछु यस बखत यही चप्पल धारण गरेर खुट्टामा पुग्नु छ मलाई कार्यक्षेत्र

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

हुसैन खाँका चार छोटा कविताहरु

~हुसैन खाँ~ विकासका नै गहना लगाए नौली सुनौली वधुझैँ सजाए फेरिन्छ पक्कै रङ- रूप सारा हुन्थिन् धराकी त यिनी सितारा यो देशलाई दिलमा सजाऔँ यो प्रेमबारी रसिलो बनाऔँ आफन्त ठानीकन प्रीत लाऔँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचा

~नाइलु क्याबचा~ बारीको डिलमा कहिले बाली-नालिको रक्ष गर्दै कहिले चिसो बतासको सर्कोमा फरफरिन्दै यदा कदा बारीमा चाहार्न आउने घरबेटिको रमिता बन्दै, घाम, पानी र असिनाको वास्ता नगरि

Posted in कविता | Tagged | Leave a comment

हास्य कविता : भावि अतित

~प्रविण अर्याल~ हे मेरी प्रेमिका नजाँउ मलार्इ छाडी अरूका अतित संझेर रूनु पर्नेछ प्रेमीका म र तिमी, जीवन साथसाथ साठ्ठी विताउने रहर थियो, तिम्रा दुर्इ दातको विच चुरोट राखी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हर्कबहादुर

~दिनेश अधिकारी~ उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो अ?हरूबाट आफ्नो सक्कली नाम सुन्न व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ ऊ हर्कबहादुर हो हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना बेथानचोक यात्राको

~मणिराज सिंह~ बेथानचोक हाम्रा पाइलाहरू एकपछि अर्को गर्दै छापिएका छन् बादलको शिरकभित्र सिमसिमे वर्षात्ले रूझाएर नयाँ नयाँ आयाम उघार्दै ढुङ्गा–ढुङ्गामा कोरिएर बतासझैँ भूगोलको दुर्गम छातीमा घामजस्तै फुलेर चित्रमय कोरिँदै हर्षका चुचुराहरूमा पसिनामा धारा पुछ्ने शीतल, शान्त, स्वच्छ

Posted in कविता | Tagged | 1 Comment

कविता : परेवा छ बन्दी र उन्मुक्त बाज

~निर्मोही व्यास~ १ “पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्य र हुन्छन् जहाँ दण्ड-भागी सुयोग्य जहाँ ‘चाकरी’ योग्यताको कसी छ जहाँ चेतना-सिर्जना अप्जसी छ २ जहाँ राज गर्छन् छुचा केतु-राहु जहाँ छन् कुँजा न्यायका हात-पाउ

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हुल अभागी प्रेमीहरू

~जीवन क्षेत्री~ दिल सल्काएर आगो तापिरहेछन् एक हुल अभागी प्रेमीहरू कल्पनाको आतङ्कमा डुबेर सो कथित प्रेमको अमूर्त सागरमा झिनो आशाको डुङ्गा खियाइरहेछन् एक हुल अभागी प्रेमीहरू । संसार बिर्सने व्यर्थ कोशिस गर्दागर्दै यथार्थको पर्खालमा पलपल ठोकिएर जीवनको तलाउमा झरिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तर गलेको छु एउटा क्रुर विवशताले

~अनिल नेम्बाङ~ म पात हरियो रहिन्जेल कहिल्यै नछाडुँला झैँ समाते’थ्यो च्याप्प उ त्यो वृक्षले। बतास पनि फकाउँदै कहिले सुस्तरी कहिले बेस्सरी आईपुग्थ्यो नचाउन।

Posted in कविता | Tagged | Leave a comment

कविता : बेहुली

~प्रकाश आचार्य~ बाहिरी माहोल रमझम रमझम भै’रहँदा आजको दिन, एक्लै बन्द कोठामा सुँक्क सुँक्क गर्दै अश्रुधारा बहाउँदै भिजेका परेली लिएर बसिरहेकी होलिन्; ” बेहुली “।। नवीन वस्त्रमा सुशोभित भैरहँदा उनका हस्तहरु सुन्दर मेहेन्दीले

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो मेरो

~अनन्त निरौला~ न धर्ती मेरो न आकाश नै न यी बीच बुर्कुसी मार्ने पवन र जूनका किरण नै न यो गाँऊ मेरो न गाँऊ छेउको घर नै न यो पोखरी मेरो न पोखरी डिलको वरपिपल नै

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो

~निरज थापा~ माटोमै उम्रन्छ सुनको बोट देशको डाइमन्ड सपना। माटो भेटेपछि नै तपाईँको घर बनिन्छ महल बनिऩ्छ ढुङ्गालाई अड्याएर राख्ने जिम्मेवारी पनि छ माटोलाई माया गरेर राख्छ कोखिलामा। माटो खाएर हुर्कन्छ हाम्रो

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्कुट्टाहरूको राज

~मकुनी निरौला~ मुर्कुट्टाहरूको बस्तीमा खप्पर र हड्डी मात्र हुँदारहेछन् यिनै खप्पर र हड्डीमा राजनीतिको जोड-घटाउको खेल हुँदोरहेछ । कात्रो र कफनको व्यापारमा मालिङ्गो बाँसको ब्याड बनाई शक्तिहीन मर्ुदामाथि वषर्ात्को भेल बगाउँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : थारो कविता

~क्षेत्र प्रताप अधिकारी~ पटुकामा अनिकाल कसेर कर्णाली रोएको बेला म हुम्ला लेखिरहेछु मेरो कविता – समोसा भैदिएको भए अक्षरका डल्लाहरू केही त्यता पठाएर केही यता बेचेर कम्तीमा पनि समोसा साहू त भइँन्थ्यो त्यस्तो केही भएन म बाँझो कवि थारो कविता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे देवी

~सरिता तिवारी~ हे देवी ! देखाइदेऊ यो दैत्यहरुको साम्राज्यमा तिम्रो बिराट काली रुप दुई हातमा चम्चमाइरहेको त्रिशुल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घँुडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जिउ !

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलो बह

~दिनेश अधिकारी~ देश एउटै हो भन्नुहुन्छ झण्डा एउटै हो भन्नुहुन्छ कानून एउटै हो भन्नुहुन्छ सरकार एउटै हो भन्नुहुन्छ तर हामी किन आकाश-पाताल जस्तै फरक छौं तपाईको शरिर हो कि लुगाबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : गुड बाई

~स्वप्निल स्मृति~ तिमीलाई बिदा गर्न कुनै रोमान्टिक कविको कविताले नै काम चल्ने हो दुर्भाग्य ! म फरक तरिकाले सोच्छु जुन मेरो आदत हो । कुनै डाँकु होस् या सन्त

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कवितामा नारा छ

~आर. आर. चौलागाईं~ हो, तिमीले ठिक भन्यौ साथी ! तिम्रो कवितामा कला छ मेरो कवितामा नारा छ । तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन नाङ्गाहरूको आङ लेख्दैन प्यासीहरूको प्यास लेख्दैन दुःखीहरूको सुस्केरा लेख्दैन तर

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभारतकी मैच्याङ

~फूलमान वल~ लाली गुरासजस्तै रातो गाला झनै रातो हुनेगरि किन बेस्सरी दौडिरहेछ आज यो लेकाली हावा ? दोर्जेगाङलाई चुमेर उड्दै उड्दै आइपुगेको यो भुईं कुहिरो काउकुती चलाउनेगरि किन मातिरहेछ बेस्सरी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : दश छुट्टीहरु

~अर्जुन खालिङ~ पहिलो छुट्टीमा बिजमलालले- चुक्ता गरयो-लगेको रिन दोश्रो छुट्टीमा खरको छानोलाई ‘चेदर’ बनायो तेश्रो छुट्टीमा बाध्यो हात-गोडा

Posted in कविता | Tagged | Leave a comment

कविता : केही त छ

~टिका भाई ~ यो आफ्नै रहरले बसेको बस्ती होइन यो कुनै जादुले बनेको शहर होइन केही त छ ती मेहनती मान्छेका हत्केलाहरूमा केही त छ त्यो चाम्रिएका ठेलाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको अन्तर्वार्ता

~सङ्गीत श्रोता~ सक्छौ भने बाबु, सुनाइदेऊ मेरो बेथालाई उल्था गरेर छापिदेऊ यो पिरको फोटो खिचेर ! मेरो भत्केको छिया–छिया मुटु लैजाऊ र जोडिदेऊ क्रान्तिकारी विधायकको छातीमा गहभित्र पिलिएको मेरो बह टाँगिदेऊ नवनियुक्त मन्त्रीज्यूको कलेजी कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको माला

~केशव शिलवाल~ तपाईं जो घाँटी भरि-भरि अनुहारै छोप्ने गरी भिरेर फूलको माला जाँदै हुनुहुन्छ देशको सपथ लिन यस्तो लाग्छ- तपाईं जाँदै हुनुहुन्छ कुनै एउटा खतरनाक युद्धमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जीउनुका क्रम उपक्रमहरु

~टंक सम्वाहाम्फे~ पछ्याउदा पछ्याउदै गोरेटाहरुले आफ्नो स्वरुप बदल्न थाले पछि अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन् अनगिन्ति घुम्ति र मोडहरु छाउन थाल्छन् तव जीउने क्रमका सीधा धर्साहरु अस्वभागीक रुपले वाङ्गोटिङ्गो वन्न थाल्छन् अनि नचाहेरै पनि संकट मोलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार

~पुरुषोत्तम सुवेदी~ प्रेमलाई दिगो बनाउन कलम चलाऊनेहरुलाई संस्क्रिती सभ्यता र भाषाको भावनामा डुबी चेतना लाई समाजमा पस्कन कलम चलाऊनेहरुलाई अज्ञान र गरिविको समस्या समाधान गर्न आधा पेट खायर भय पनि खाली पेटहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझपखकी नर्तकी

~प्रकाश आचार्य~ इन्द्रेणिका रङ्गहरू मिसिएको रंगीन केश पालेकी, तारामण्डलका ताराहरु चम्केसरी चमक्क चम्किने भेष पहिरिएकी , मौशम खुल्दा मुसुक्क मुस्कुराउने हिमालझैं दन्तलहर खोलेर हाँसेकी, हिउँपर्दाको बखत् यत्रतत्र हिउँ नै हिउँले जमीनलाई पोतेसरी मुलायम ओठलाई लपक्कै लिपिस्टिकले पोतेकी,

Posted in कविता | Tagged | Leave a comment

कविता : गौथली

~विप्लब प्रतीक~ अष्टमानको पसलमा फेरि आए गौँथलीहरू— जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि र ऊ बस्ने चकटीमाथिको दलिनमा बनाउन शुरु गरे गुँड । हरेक वर्ष यसरी नै आउँछन् असनका पसलहरूमा र, रत्तिभर नडराइकन शुरु गर्छन् बनाउन गुँड ।

Posted in कविता | Tagged | Leave a comment