Tag Archives: kabita

कविता : माघको खुलेको बिहानको जप

~लक्ष्मी प्रसाद देवकोटा~ क. क्या खुल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! ख. वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो ! दिविमा जन्म ली दयाले ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रै प्रतीक्षा

~अरुणबहादुर खत्री “नदी”~ तिमी आउँछ्यौ भनेर दृढतापूर्वक म प्रतीक्षामा बसिरहेछु तिमी आउने बाटो चियाएर आँखा बिछयाएर बसिरहेछु तर तिमी आउन सकिनौ न कुनै खबर न कुनै सन्देश पठायौ कैयौँ महिना, वर्षहरू बित्दै गए जीवनका कैयौँ मोडहरू पार भइसके

Posted in कविता | Tagged | Leave a comment

कविता : थिचेजस्तै अग्ला–अग्ला पहाडले

~निर्मोही व्यास~ खासै प्रसन्नता दिन्नन् मलाई चाडबाडले उल्टै, लाग्छ थिचेजस्तै अग्ला–अग्ला पहाडले 0 विधर्मी हैन, प्यारो छ मलाई निज संस्कृृति किन्तु विकृतिले मेरो बिग्रेको छ मनःस्थिति

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याल,बगर र कथाहरू

~सुवास खनाल~ जबजब झ्यालमा पर्दाहरू हट्छ न्तब त देखिन्छ डाइनिङ्ग टेबलमा खान तयार गरेर राखिएको मासुका टुक्राहरूजस्तो एकटुक्रा आकाश एकटुक्रा जमिन एकटुक्रा सडक एकटुक्रा बगर र सडकमा लापर्वाह सुतिरहेको रक्सीले मातेको मान्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु र म

~उर्मिला थपलिया~ कृत्रिम सपनाहरूलाई तिलाञ्जलि दिँदै मृत्युलाई आफ्नै घरमा बसेर कुरिरहेँ सयौँ पत्रहरू पठाएँ ऊ आउँदै आएन म मृत्युलाई आफ्नो बनाउन चाहन्थँे म मृत्युलाई आलिंगन गर्न चाहन्थेँ उसलाई भेटेर उसैमा लीन हुन चाहन्थँे तर

Posted in कविता | Tagged | Leave a comment

कविता : साँढेको साम्राज्यमा भक्लु मुसहर

~मणिराज सिंह~ जीवनसित जोतेर खेत र बारीका पाटाहरू बाढीको चपेटामा परेर समयसितै खिइदै गए मनका हरियालीहरू हिलाम्य पारेर पानीले आफ्नै अनुहार लथालिङ्ग बनाएको देखेर भक्लु मुसहर इन्तु न चिन्तु भएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय

~राज आशातीत~ नाम दियौ तिमिले! एक,दुई,चार,छ,दस अनि बार्ह .. तर कहिले पो अंटायो र उ तिम्रा क्याल्कुलेटरहरुमा!? खाली खोपडी, बेमौसमी … सिरीष झैं झरेर बांकी, डांठहरु! संगै

Posted in कविता | Tagged | Leave a comment

कविता : कुन्नी के तन्त्र ?

~आषिश श्रेष्ठ~ तुईनको छैन है भर, नदी तर्न छ है कर नयाँ नेपाल दु:ख पुरानै, सुख बिरानै नयाँ नेपाल आशु शिरानै, मुटु चिहानै चुइएको छ है झुप्डी, म्याद सकिएको आउछ ओखति ब्टाला नाच्छन बढाका थपडि छिनी कलम्, दिए फलाम

Posted in कविता | Tagged | Leave a comment

कविता : उसको हाँसो

~जीवन शर्मा~ मेरो कपाल फूल्न थालेको देखेर उ हर्षित भएको होला ? मैले चपाउने धारिला दाँतहरू फुस्केको देखेर अझ खुशी भएको होला अनि मैले टेक्दै हिंड्ने वैशाखी भाँचिन थालेको देखेर दुईचार फन्का नाँचेको पनि होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जवानीको मात

~सुबेश घिमिरे~ तिमी त त्यसै-त्यसै निश्छल, निश्कपट अनि निश्कलंक थियौ । मरो जीवन इतिहासमा मेरो प्रेमको प्रथम पूजा थियौ; अर्चना थियौ ! निश्छल अनुहारमा हृदयको अनन्त गहिराईबाट उब्जिएको खुशी हाँसोको रुपमा कुँदिदा

Posted in कविता | Tagged | Leave a comment

कविता : चौतारो

~अकेला यात्री~ गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो मसँग कसैलाई सोध्ने साहस छैन कि यो चौतारो कसको भनेर । किन किन मलाई यस्तै लागिरहेछ त्यो मेरै दौँतरीको चौतारो हो भेला भएर साँझमा जोसँग हामी समानताको कुरा गथ्र्यौँ त्यो मेरी प्रेयसीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले चिनेन कि

~पुरुषोत्तम सुवेदी~ हरि हरि मैले चिनेन कि – ठेट नेपाली होइनौ कि – —– पैसा पाय देसै बेच्ने – नेता भए जनतै भुल्ने हरि हरि मैले चिनेन कि देशका नेता होइनौ कि——- कसो गर्दा के हुने हो केही थाहा छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन…?

~कुन्दन काफ्ले~ म रुँदा खेरी तिमी हाँस्ने गर्छौ । अपुरो प्रिती किन गाँस्ने गर्छौ । कमजोर मन यो किन भाँच्ने गर्छौ । चबाई कुरा किन ढाँट्ने गर्छौ । रसाई आँखा किन ताक्ने गर्छौ । खसाई आँशू किन झाँक्ने गर्छौ ।

Posted in कविता | Tagged | Leave a comment

छोक : हँ ?

~कृष्ण वस्ती~ स्वाभिमानी हिमालको झुकेको छ, शिर । पानी होइन पँधेरामा बगेको छ ,पीर ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : रंग र सभ्यता

~अनिल नेम्बाङ~ पहेँलो सभ्यताः चुहिने आकाश गर्लम्म ओढ्छ भोकमा माटो खान्छ तिर्खामा नदि पिउँछ दिनमा सुर्य ताप्छ साँझमा झ्याउँकिरी सुन्छ अँध्यारोमा जूनको पुल्ठो सल्काएर हेर्छ तारापुञ्जको चलचित्र अनि घुर्छ आनन्दको निन्द्रा।

Posted in कविता | Tagged | Leave a comment

छोक : सङ्कल्प हाम्रो फलोस्

~लक्ष्मी प्रसाद देवकोटा~ संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ, लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ, आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो सोध्दै यतैकतै

~आर.एम्. डंगोल~ बाटो सोध्दै छु यतैकतै बाटो पछ्याउँदै पछ्याउँदै हिँडिएछ यहाँसम्म यहाँसम्म आइपुग्दा आफ्नै जस्तो नलाग्ने स्वभावले पछ्याइरहेको छ मलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सीको मात

~प्रणिका कोयु~ रक्सीको मात? मिठो हुन्छ तिम्रो माया जस्तै आफ्नोपनमा रत्ताउने रक्सीको मात? तितो हुन्छ तिम्रो तिरस्कार जस्तै चुपचाप निल्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश कतै भेटिएन

~सागर कार्की~ बिचरी माईली काकी- महाकालीको किनारमा जिन्दगी खोज्दैछिन् अझै । भन्छीन्, यो माटो होईन मेरो छोरा-बुहारीको अस्तु हो । मेरो नातीको दुई भित्ते ज्यान अनि मेरी नातीनीको काँचो बोली

Posted in कविता | Tagged | Leave a comment

कविता : कति

~विमल निभा~ कति एसिडका बोतलहरु, चिसो सिमेन्टको कोठा र विषकन्याहरु कति कति हाडहरुका पिरामिड, बौलाहा हात्तीको दौड र कोतपर्वहरु कति कति इलेक्ट्रिक सक, शरीरमा नीला–नीला डाम

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छाडा गाली

~केदार शर्मा~ मेरा शिष्ट, सभ्य र शालीन पाठक तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न मैले त शिष्ट … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : झण्डा फहराइरहेछ

~बिमल गुरुङ~ झण्डा फहराइरहेछ घडीको काँटा कबिता गुन्गुनाउँदै सडक हिंडिरहेछ बतास चलिरहेछ टेलिफोनको पोलमाथि हँसिया र हतौंडाको रातो झण्डा फहराइरहेछ आकाशलाई रातले हिर्काइरहेछ आकाशको आँखाभित्र पिडापूर्ण आँसुको

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~सुवास भट्ट~ म एक लामो यात्रामा मिल्टनको प्याराहाइज खोज्दै निरन्तर एक लामो अनि कठिन बाटोमा हिंडिरहेछु । मेरो बाटोमा तलवारहरू छन् धारिला तरवारमा टेक्दै, म कुनै घाउहरूको पर्वाह नगरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ

~प्रेम प्रसाद पौडेल~ आजभोलि म लेख्दिन भन्छु लेख, रचना र कविता लेख्दिन भनेर लेखिरहँदा आफैं लेख वा कविता बनिँदो रहेछ म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।।१ खै मलाई थाहा छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~ हिउँदका चीसा रात कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख शिशुहरू बेबी क्यारियरमा मातृ–काखको ताप धिताइरहेका छन् कुकुरका छाउराले मम्मीको काखबाट बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन् आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा मौनता सिवाय विषय फुर्दैन, फुर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असल मान्छे छान

~बाबुराम पन्थी ‘गुल्मेली’~ आए बथान नेताका चुनावमा भोट मलाई भनी दौडी रहेछन् गाँऊ गाँऊमा जनता फकाउँदै यिनी आश्वासन विकासका गाँऊमा छर्न पछी परेनन् दिएकै हो भोट पहिले पनी विकास शुन्य गरेनन् आयो चुनाव जब छिमेकमा वैरी भाव बड्दो छ सम्बन्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन

~राम बहादुर तामांग~ जसरी छोडेर गएका थियौ खाँदाखाँदैको आधा गाँस गोड्दागोड्दैको आधा पाखो रुँदारुँदैको आधा आँसु हो त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई । सायद मेरो पत्र बोकी जाने विमान हराई जाला धमिलो आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : निदरी

~राजेश दाहाल~ बन्द परेलीमा बस्न मन पराउँदै आयौँ सब मस्तक गलाउँदै दुःखका सम्झ्नाहरूमा बिर्सनाको दियो जलाउँदै । थकानका अनुभूति भित्र पस्यौ सुस्त सुस्त तनमा जीवन–मृत्यु बिसाइदियौँ अमूल्य एक क्षणमा ।। छैन कुनै भोक, प्यास, तृष्णा, सजिलो सब जनको

Posted in कविता | Tagged | Leave a comment

कविता : बेदना र चित्कारका आशुहरु

~राजेन्द्र पाण्डे~ नयाँ नेपाल बनाउछु भन्ने नेताहरु ठुला ठुला सपनाहरु बादनेहरु के तिमीहरले पिडा र गरीबीले छतपतायी रहेको आत्मालाई देखेका छौं रोजगारीको आस देखाउनेहारु एुबाहरु देशका शक्तीहुन भन्नेहरु तिनिहरु खै कता गये तेस्को करण खोज्ने गरेको छौं गाउका गाउ रितिनेगरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उ उर्फ ………

~निश्चल काउचा~ खोल्सीहरू रसाउन छोडे पछि अभावमा पुर्णेको उज्यालोले गाऊ पोत्न नसके पछि आफ्नै माटोको स्‍मृति पेरुङ्गे मनमा सम्हाल्दै पिरहरूको पहाड उक्लिदै शहर पस्यो उ

Posted in कविता | Tagged | Leave a comment

कविता : डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन

~आचार्य प्रभा~ भ्रममा नपरौ कोही ठुलो देशमा गएर सानो देशलाई मानसपटलबाट निकाल्छु भनी त्यसो —होइन , भौगोलिक स्वरूप सानो भएर के भो ? आखिर —‘हीरा’सानो भएपनी प्रज्वलित हुन्छ , आफ्नी आमा ”डल्ली ”,”पुड्की ” भएपनी जन्म दिने आमा नै हुन्छिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनको बिहान

~राज महर्शी~ सारी-चोलो र चुराको सौदर्यमा चमक थप्न चेलीको गास-कपास र दैनिक गर्ज टार्न परिवारको जीवन- सम्भाबनाको खोजिमा परदेश लागे पुरुषहरु – सपनाको क्यानभास खोज्दै ओझेल परे गाउँ र बस्तीहरु ! एक चोक्टा जुनले कालरात्रीलाई भगाउन नसकेर

Posted in कविता | Tagged | Leave a comment