Tag Archives: नेपाली कविता

छोक : छोराछोरीहरु

~तीर्थराज अधिकारी~ मेरा छोराछोरीहरु टोलमै गुमनाम गल्लीभित्रको÷जस्तामुनिको घामपानी नछेकिने झ्यालढोकाबिनाको

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमा माया सम्मान

~ठाकुर मान लामा~ मनमा माया, सम्मान जागृत गराउने हो भने दरिला हाथमा पौरखी हात जुटाउने हो भने निश्चय नै धरातल यो स्वर्ग बन्ने छ जसरी माटोले पानीको स्पर्श पाउँदा बाला धानका लहराउँने गर्दछ । थुप्रिएर रहेका मैला मनका फ्याँकिदिने हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना . . . . .

~गोदावरी कुमारी पाण्डेय~ यातायात् सुविधा हैन, विज्ञानको जाल । छानी-छानी के लैनोहै, कठै! पापी काल ।। सब्का दाइ फर्की आए, तिहार आयो भणी। मेरा आँखा आँशु दैव, तैले निको माणी ।।

Posted in कविता | Tagged | Leave a comment

हास्य कविता : स्वभाव !!!

~दयामोहन आचार्य~ आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो लोकल पनि त आखिर रक्सी नै त होनी “त्यस्को झोल” रेड लेभल पियर ठूलो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म ज्वाला पिउँदैछु

~भाष्करराज राजकर्णिकार~ निलेर आगो म ज्वाला पिउँदैछु आफैभित्र म कुन युद्ध लड्दैछु जितेरै पनि कुन भूमि टेकु म ? आफै हारेर कुन जीत रोजु म ? कति गर्व जति छ यो स्वदेशको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नः सुखानीको

~देवी नेपाल~ खै ! सिङ्गो ‘राम’को गाथा ? खै ! ज्यूँदो ‘कृष्ण’को कथा ? खै ! सिद्धान्त युगौँ बाँच्ने ? खै ! ज्योति ‘नेत्र’मा यता ? आस्थाले वीरता बढ्छ खै ! ‘वीरेन’ विचारमा ? खै ! ‘नारायण’को त्याग ? आस्था … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृष्टि,अवाद अनि अकविता

~बिबश बिप्र~ अदृष्टि,अवाद अनि अकविता दृष्टिहरु आँखाका लागि । आँखा अदृष्टिका खातिर । सभ्यताको कठघरामा अर्धनग्न मेरो घाट आफ्नैँ छातीको उतारचढाव देख्न चाहन्छ । आँखाहरु अदृष्टिका खातिर ….. ऐन्दृक एरिनाभित्र मुक्कावाज कहलिएको क्षण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दीयोकॊ ईतिश्रीः

~बासु श्रेष्ठ~ तेल हालुाजेल बल्ने यो बत्ती प्रकाश त दिन्छ आफ्नै मुनी अन्धकार छरेर त्यस अन्धकारमा मनपरी तन्त्र चलाउँछ जगलाई प्रकाश छरेको ज्याला लिँदै आफ्नै मुनीको अन्धकारमा आफ्नो बर्चस्व बचाउन नाना भाँतीका खेल रच्छ ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नाइटो सन्काउने !

~चट्याङ मास्टर~ गज्जब फेसन आयो यो, टाउको टन्काउने ! आँखा छोपी चश्माले, नाइटो सन्काउने !! प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको ! चोली छोटो हो कि यिनको भित्री तन्केको !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो जोकास्टा आमाको समर्थनमा

~हाङयुग अज्ञात~ महावाणी ओ मेरो जोकास्टा आमा अब म तिमीसित बिहे गर्छु, र टाइरासीयस बूढोको छाला काढेर एकजोर जुत्ता सिलाउँछु ! -श्री ५ हाङयुग अज्ञात ओ ! मेरो जोकास्टा आमा जसरी नपुंशक समयको विरूद्घमा कुनै बेला भर्जिन मेरीले येशु ख्रिष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रै ठूले प्रधानमन्तरी भो !

~गोबिन्दबाबु तिवारी~ हौ झुम्से ! के के न गर्छु भन्थे तोरीलाहुरेहरू खूबै पो गरेछन् त हौ ! अचाक्ली नै गरेछन् छाती पिटी पिटी रुनुपर्ने बखत्मा पनि मरी मरी हाँसेछन् आफ्नो भन्नु त्यै एउटा लँगौटी त्यो पनि सूनको किस्तीमा हालेर बिचरो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सपना देख्ने बानी गरौं

~केशव भट्टराई~ सपना देख्नु पर्छ यस्तो मलाई लागेको छ, मैले, तिमीले अनि हामी सबैले सपना देख्नैपर्छ सपनाविना विपना कसरी सुखद हुन सक्छ र ? कल्पनाविना यथार्थ कसरी श्रृजना हुन सक्छ र ? सपना देख्नमा पनि किन कंजुस्याई ? आखिर सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराध बोध

~टंक वनेम~ मान्छेभित्र पलाउने संवेदना पहाड जस्तै ठिङ्ग उभ्न थालेपछि वर्तमानको बिरुद्धमा कविताले नङ्ग्रा तिखार्न थाल्छ, तरवार उध्याउन थाल्छ, बन्दुक पड्काउन थाल्छ, कविताको अनुहार कविता जस्तो नभएर द्वैध चरित्रको नक्कली अनुहारले सिँगारिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखको पर्याय

~शिव प्रकाश~ मात्तिएका यौवनहरु पात्तिएका जीवनहरु आधुनिकताभित्र यौनका नवीन सँस्करण घाम-जूनको पर्वाह छैन वसन्तको उन्मादलाई जिस्क्याउँदै छताछुल्ल पोखिन्छन् सभ्यताको आडम्बर ओढेको सभ्य शहरभित्र समय आधुनिकतको

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडकी रानी

~महेश रेग्मी~ तिमी हिँडेपछि तिमीसँगै म हिँड्ने बाटो पनि हिँडेछ । अब मसँग हिँड्ने बाटाहरु छैनन् अब मसँग हेर्ने आँखाहरु छैनन् । छोरी हिँड्ने गरेको बाटोमा एउटा छाया हिँडिरहेको छ तिमी हिँड्ने गरेको बाटोमा लासैलास हिँडिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्ता कस्ता छन् !

~राकेश कार्की~ मन्दिर भित्र-बाहिर प्रभु नाम जप्नेहरु छन् आईलागेको दुस्ख आँशु झारी खप्नेहरु छन् । कोही मुसा बनी पसेर सिँह बनी गर्जेर आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन् ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भ्रष्टाचारी दुबो

~आयाम फुयाल~ बेजोडले गड्गडाउँछ खोलो गर्जेर बग्छ हजारौँ टरबाइन घुमाउने शक्ति भिरी आउँछ तर… टरबाइन झोलामा बोकिन्छन् र शक्ति गएर गाउँमा पोखिन्छन्! एक साता पछी, ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ सजीव लासले गिज्याउँछ निर्जीव लासले पनि गिज्याउँछ र तीन पाउण्ड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : साँढेहरु

~तीर्थराज अधिकारी~ यी मान्छेका नामधारीहरु जहिले पनि आफूलाई साँढ नै ठानिरहन्छन् यिनले जन्मदैमा थप उपहारमा दुइटा खुट्टा

Posted in कविता | Tagged | Leave a comment

कविता : रात ढलेको थिएन

~गोपीकृष्ण प्रसाई~ यो रात औंसीको रात आकाशमा टह टह ताराहरु चम्किरहेछन जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला बगिरहेछ कतै जीवन रुपी खोला थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर निन्द्रा बल्झाउनुको पीडाले वार्तालाप चलिरहेछ रात संग आज रात पनि बोल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : विभक्ति

~डा. राजेन्द्र भण्डारी~ म छु तिमी छौ बीचमा ‘लाई’ भइदिएको भए मलाई तिमी हुनेथियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो माझी

~बिष्णु सुवेदी ‘दोलखे’~ पुरानो टालोमा एक मुट्ठी सातु पोको पारेर एकाबिहानै लाग्छ ओरालो नदी किनार ! नाङ्लो जत्रो मन लिएर र्झछ तल-तल र्फकंदा चाल्नो हुन्छ उसको मन छिया-छिया खुइय्य र्फकन्छ ऊ निरस र्फकन्छ ऊ ! सेतै फुलेको कपाल चाउरी परेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अँ साँची

~आयाम फुयाल~ अँ साँची, अब कर्णाली नबग्ने अरे, मर्स्याङ्दी नसुसाउने अरे, भोटेकोसी सन्यास लिने अरे, अनि त्रिशुली सुख्ने अरे! अँ साँची, अब सगरमाथा शिर निहुराउँछ अरे, कन्चनजंघा पग्लिदिन्छ अरे, मकालु र मनास्लु एकादेशका भइदिने अरे, अनि साइपल र जुगल भासिदिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होटलमा

~नरेन्द्रकुमार नगरकोटी~ घरिघरि ऐना हेर्छु र कानमाथिबाट मिलाउँछु छरिएका कपाल मिलाउँछु आफ्नै कमाइले अस्ति भर्खरै फुटपाथमा किनेको सर्टको कलर मनमा खेलिरहने कुराहरू भने कहिल्यै मिलेर आएनन् जतिचोटि बल्छ ग्याँसको चुल्हो

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्कँदैछु आमा अब म

~राजेन्द्र कुमार थापा~ संविधान-सभाको नतिजा हेरेँ, महिलाको अत्यधिक सहभागिता देखेँ, नयाँ नेपालको नयाँपन ठान्दै भनेँ- ‘दिदी-बहिनीहरु, तिम्रा आँट तथा हौसलालाई सलाम !’ संविधान-सभाको नतिजा हेरेँ, जनताको सर्वोपरि सत्य रुप देखेँ, नयाँ नेपालको आधार खण्ड मान्दै भनेँ- ‘स्वदेशी वन्धुहरु, तिम्रा प्रकट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बरु धावा नै बोल न प्रिय !

~नीर खड्का~ बरु धावा नै बोल न प्रिय ! के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ? म हारेर लम्पसारिएको होइन, पराजिताको पराधीन मानसभित्र लम्पसार पर्नुको नियति भोगेको पनि होइन, त्यो त समय हो, जसको चक्रपथमा नियतिले यो पल्ट फड्का खाएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घर्ष गर यहीं

~ठाकुर मान लामा~ ए बाबु ! अब तिमीले कतै जानु पर्दैन रे । तिम्रो सपना फुल्नलाई, अन्तै कतै भूमि खोज्नु पर्दैन रे । ए बाबु ! अब तिमी आफ्नो शीप, यही माटोमा छर्न सक्छौ रे ! परिश्रमको एक एक पसिना, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालका प्रथम राष्ट्रपतिहरु

~मोती चाम्लिङ~ लिगलिग कोटको दौडजस्तै लाखौंबाट छानिएका धावकहरु उछिन-पाछिन धकेलेर खुट्टा खुट्टामा छिर्के हालेर तँछाड-मछाडको स्पर्धामा हतास दौडिरहेका

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो संस्कार

~रामकृष्ण वान्तवा~ प्राणीमध्ये बुद्धि-विवेक भएको मानिस बुद्धि भएर गर्दैन पुण्य किन मानिस ? धेरै छ यहाँ गर्ने गरी कुनै साध्य छैन केही गरी जाऊँ, जन्मेर मर्नु मात्र हैन प्राणी जन्मेर मर्नु त संसारको रीतै हो अमर नाम राखी जानु अति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर हिंड्ने बाटो

~सन्जिव राई~ उर्लिरहेका थिए एक हूल आवाजका हिंस्रक लहरहरू आक्रोशको समूद्रमा … किंकर्तब्यबिमूढभई टोलाएर हेरिरहेका थिए चालकहरू,पसलेहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

~राजा पुनियानी ~ संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो। तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको। रगत जति बाटै-बाटो झरिसकेपछि कठ्याङ्ग्रिएको नसा छ उसको। बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरेको छैन

~अनिल किराती~ पहाड झरेको छ ममाथि घर भत्किएको छ ढुङ्गा माटोले पुरिएको छु म छुट्टिन लागेका छन् शरीरबाट – हात, खुट्टा र टाउको घोचिएको छ काठका चोइटाले कोखा, तिघ्रा र कम्मर नङको फेद, गीजा र कुर्कुच्चाबाट बगेको छ रगत

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~साँझ किराती~ ऊ साह्रै खराब छ यसो पनि के भनिहाल्नु ! यो दुनियाँमा झुठो बोल्ने ऊ एक्लो मान्छे हुँदै होइन सायद सत्य बोल्नु उकालो चढ्नु जस्तै हो क्यारे ! बरू झुट नै सही ओरालै झरिरहन्छ, मान्छे । साह्रै घाती छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment