Tag Archives: कथा

कथा : हवाई टिकट

~गोविन्द बेल्वासे~ बाथरुमबाट पतिको आवाज आएर भान्सामा ब्यस्त विनिताको कानमा ठोक्किन पुग्यो– ‘फोनको घन्टी चार पटक कराइसक्यो चाडैँ उठाउन.. , मैले दाह्री काट्दै छु’। ग्याँसको आगो सानो पारिन र बैठक कोठामा आएर कर्डलेस फोन चार्जरबाट उठाए पछि हरियो बटन थिचेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लरीको यात्रा

~गोविन्द बेल्वासे~ उमेशले साथीसंग मिलेर रक्सीको डिलर खोलको तीन बर्ष भएको थियो। त्यो अवधिमै ब्यापारले आर्थिक अवस्था भने डिलमै पुर्‍यायो। साझेदार साथी उत्तम कुमार थियो। सुरुमा बरोबर पैसा लगाएर रक्सीको डिलरसिप लिएर ब्यापार सुरु गरेका थिए। पहिलो चरणमा धमाधम रक्सी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूथ

~राजेश नतांश~ “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्रन्टपेजको तस्बीर

~राजेश नतांश~ तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चट्पटे मन

~राजेश नतांश~ काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडी लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव

~गोविन्द वेल्बासे~ आजभन्दा करिव ४० बर्ष पहिलेको कुरा हो। त्यो गाउँमा त्यतिबेला यन्त्रबाट चल्ने कुनै यातायातको साधन पुग्ने बाटो थिएन। मोटर हिड्ने बाटोसम्म पुग्न दिनभरि हिडेर जानुपर्दथ्यो। त्यो गाउँमा मैले एक आकृतिलाई देखेँ। त्यो आकृति सेतो पहिरनमा थियो। त्यो सुनसान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी समय

~गोविन्द बेल्वासे~ शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होवार्ड फास्टको लेखकीय नोट र रचना गर्भ

~गोविन्द बेल्वासे~ रक्ष राइले उर्जा थप्नु भएको ‘रचना गर्भको’ बिषय स्रष्टाहरु माझ जिज्ञासा र छलफलको बिषय बनेको छ । रचनाको गर्भको रहस्य खोलिदिनाले रचनाको परिधि साँघुरिन्छ भन्ने तर्कका आधारमा ‘रचनाको गर्भ’ को खुलासाको विपक्षमा उभिएका स्रष्टाहरुका बारेमा मलाई रक्ष राइले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ध्यय

~गोविन्द बेल्वासे~ यो प्रोजेक्ट मेरो कलेजको कोर्षवर्ककै एउटा पार्ट हो। मेरो कोर्षवर्कबाट झल्किएको विचारबाट मेरो टिचर पूरै प्रभावित भएका छन्। यो प्रोजेक्टमा लागनी गरेर यसलाई कम्प्यूटर गेम बनाएपछि बजारमा बेच्दा निकै फाइदा हुन्छ भन्नेमा मेरो टिचर ढुक्क भएका छन्। त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कथा : सुनथानको भूत

~नवराज पोखरेल “पाखेली”~ “सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : दैलौ लगाएको आवाज….

~गोविन्द बेल्वासे~ दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा बन्ने रहर

~हरिहर शर्मा~ रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। “के छ हालखबर यार !” अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्। चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्। “सबै ठीक छ,” सामान्य लबजमा विशालाले भनिन्, “खासै केही छैन नयाँ।” हिक्मतले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्राचिन आइरिस लोक बाल कथा : सेतो भूत

~विनय कसजु~ “ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : इतिहासको चिहानमाथि उभिएर

~मातृका पोखरेल~ सदरमुकाम गाईघाटबाट केन्द्राध्यक्ष तोकिएको पत्र बुझेर उही दिन साँझमा म उदयपुरगढी आइपुगेको थिएँ । उदयपुरगढी मेरा लागि कुनै नौलो ठाउँ थिएन । उदयपुरको रूपाटारमा घर भएको हुनाले सानै उमेरमा नून बोक्न दुईचार पटक बाबुको पछि लागेर यही बाटो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूतसंग चार पटकको जम्काभेट

~सुविन श्रेष्ठ~ नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा अझै बाँकी छ

~नीलम कार्की निहारिका~ पात्रहरु अलि भएनन कि ? यो सताब्दीको पात्र पनि यस्ता हुन्छन ? कुन सताब्दी को कथा हो यो ? आफ्नै मन बज्रि रहेछ कथाकार माथि / समय अगाडी, धेरै अगाडी बढी सक्यो / आज का मानिस संग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायाको चिनो !

~दीप जलन~ “हे लो …! हेलो …!” “हजुर !” “अँ सानू, सुन त ! म काठमाडौँमा प्लेनबाट झरसिकेँ, अब चार-पाँच घन्टामा घर आइपुग्छु ल !” ‘अनि, हिजै खबर गरेको भए म पनि आउँथेँ नि?” ‘फोन नै लागेन क्या !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी पोइल गई

~दीप जलन~ माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो। स्वास्नी कता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइकल

~शरद ढकाल~ साइकल – १ ‘ओम जय जगदिश हरे…..’ हरेक दिन झैँ नोकियाको मोबाइल सेटमा यो भजन रिङटोन शनिबार बिहान पनि बज्यो। हिजो शुक्रबारको रमाइलो जीउमा अझै नि हल्कामहशुस गर्दै अर्को एक घन्टा निदाइदियो कृष्ण। नुहाएर ओटमिअल र एक गिलास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गन्थन

~दीप हाँडीगाउँले~ परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको। बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओबामासंगको मेरो भेट

~सहदेब पौडेल~ सन २००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नमिठो सपना

~अजय ढुंगाना~ परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा’कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के तिमी माइतीको माया दिन सक्छौ ?

~सुबिसुधा आचार्य~ धेरै सतायो सम्झनाको तातो हावा मुस्लो परेर हुडरीदै आफैभित्र, लाखौ कोसिस गरँे मैले मनको जलन मत्थर बनाउन । कसो कसो चिसिने बहानामा झन रन्किदै गयो मनको रसेटो । सत्य, सत्य मैले सोचाइको ठुटा थप्न नपाउँदै धुवाँ पुत्याउन सुरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : कदर्य

~टिका मिलन~ कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : करुणामय

~बिजु सुवेदी ‘विजय’~ सधैंजसो राजाले आफ्नी सानी छोरीलाई धेरै रोएर दुःख दिएको बेला स्यालसँग बिहे गरिदिन्छु भनेपछि छोरी चुप लाग्थिन् । फेरि फकाएर फकाउनै नसकेर हैरान भएपछि तँलाई स्यालसँग बिहे गर्छु भनेपछि चुप लाग्थिन् र खुशी हुन्थिन् । एकदिन राजकुमारीको … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : कालभैरब

~बिजु सुवेदी ‘विजय’~ धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ कि काठमाण्डौंको हनुमानढोकामा अवस्थित कालभैरबको मूर्ति अलिकति हँसिलो हुनुको रहस्य केहो भनेर । यसबारे जिज्ञासा जो कोहीलाई पनि हुनु स्वाभाविक हो । कालभैरव त वीररसले भरिपूर्ण हुनुपर्ने । तर किन अलिकति हाँसेको … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : गोपी कृष्णको

~बिजु सुवेदी ‘विजय’~ गोपीको कृष्ण हो कि कृष्णको गोपी हो कि अथवा गोपी कृष्ण एउटै होकि ? जे छ आजको यो रासलीलामा छ । अहिले पनि कृष्णभक्तहरू परमभक्त देखिन्छन् किनकि यो पनि यो लीलाकै दर्शनसँग सम्बन्धित छ ।

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या

~सदानन्द अभागी~ (यो कथा श्रीमद्भागवतमा आधरित छ) हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के … Continue reading

Posted in पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दिव्य माछा

~बिजु सुवेदी ‘विजय’~ असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के थाहा … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : द्रोण र द्रुपदको बालप्रेम र….

~रुद्र पौड्याल~ आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित पौराणिक कथा : धूर्त मठाधीश

~बिजु सुवेदी ‘विजय’~ गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो … Continue reading

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारत युद्धपछिका व्यास

~डा. अरुणा उप्रेती~ मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment