Tag Archives: नेपाली कविता

कविता : तिमी मात्र किन हाँस्छौ जङ्गबहादुर?

~टंक वनेम~ इतिहासको गर्भबाट ब्यूझेर बस्न्याती जुँगामा ताउ लाउँदै धित मरुन्जेल फेरि एकपल्ट जङ्गबहादुरको मृतात्मा हाँस्यो । धरोधर्म तिम्रो म्यानभित्रको तरवारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~समाश्री राउत~ सपनाका फूलहरु फुलेर मन बादल बिहिन सहस्र तारा जगमगाएका रात झै भएथ्यो होला नौ मास सम्म नै हजारौं हजार सपनाका फूलहरु हरेक दिन फुले होलान् पवित्र यज्ञ फलिभूत हुँदा रजपिण्डले सास फेर्न पायो स्थिती र अवस्था बदलिएर तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतना भया ! ‘लाल’ गद्दार |

~दिल निशानी मगर~ हाम्रो बीरता को-गाथा र, तीम्रो दन्त ‘कथा’ क्रान्ती-कथा होइन न हो-कीम्बद्नती हामी ले हासी-हासी त्यागेको प्राण अनी, तीमी ले रोइ-रोइ आभ्ह्वान गरेको-बलीदान क्रान्ती-‘मजाक’ होइन यो, सपना जस्तै-टूटीजाने होइन न बगीजान्छ, बर्षाद को-पात हरू झै यसबखत,

Posted in कविता | Tagged | Leave a comment

कविता : किन बदल्न सकेनन् ? तिम्रो संझनाहरुलाई………

~लारा राइ~ केहि त बद्लिएको छैन सिवाय मौषमहरु आँखाभरि, भरि तिम्रो संझनासँगै लहरै उभिएका छन् म्यापलका नांगा रुखहरु । यो हिउँद म तिमीलाई संझिरहेछु…………..

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~ सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे तिमी आयौं र भन्यौं नबोक खुडा खुकुरी तिम्रो धनुकाँड मलाई देउ बदलामा

Posted in कविता | Tagged | Leave a comment

कविता : बागमती पुलमुनि न्हुच्छेमान

~स्वप्निल स्मृति~ कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज कुनै नगरबधुले एकदम होसमा मिल्काएको अस्थायी साधन र न्हुच्छेमान बागमती नदीको पुलमुनि छन्। पुलमाथि पो गणतन्त्रको बग्गीमा नयाँ नयाँ राजाहरू सवार हुन्छन् मध्यरातमा नयाँ नयाँ रानीहरू पुलबाट हाम्फालेर आत्महत्या गर्छन् सिंहदरबारबाट निस्कने ढलको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन किन शुखी भएन ?

~ज्ञानेन्द्र गदाल~ लाएजति माया आफ्नो हुँदैन चाहेजति सबै प्राप्त हुँदैन, जीवनलाई जताबाट नियाले पनि मृत्युभन्दा अर्को सत्य हुँदैन | बाँचुन्जेल, सधैं-सधैं जोपनि खुशी मै रम्न खोज्छ सधैं-सधैं जोपनि हाँसो मै जम्न खोज्छ तर उसलाई यो हेक्का रहेन कि- “बाँच्नका लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालीको दशैं र दिवंगत खुशीहरु

~गणेश खड्का~ मनले रहरभरी अँगालेका र सपनाभरी सँगालेका खुशीका दस्तावेजहरु च्यापेर एक मुट्ठी ‘दशैं’ सुख भोग्नका निम्ती जीवनहरु एक साल मरिहत्ते गर्छन् । दशैं,वर्ष दिनपछी एकफेर छेउमै आउँछ र भोका पेटहरुलाई हाउँगुजी देखाएर भाग्छ एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~भूपिन ब्याकुल~ म त्यही देशको उदास कवि हूँ जहाँ परिवर्तनको नाममा मात्र मौसम परिवर्तन हुन्छ ! रुखको देहबाट उडेर जान्छ पुरानो गन्ध र नयाँ बैंश पलाउँछ हिमालको आँखाबाट चुहिएर सकिन्छ निद्राको साँझ बगिरहेको नदीहरुमा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : माया पिताको कति ?

~बिक्रम श्रेष्ठ “सागर”~ शार्दूलविक्रीडित छन्द निर्मानै लि पिता प्रभात प्रहरै, रातै चिरी झुल्कियो। सामुन्द्री तट उस्ण वाफ तपले, धर्ती यसै मौलियो। सन्तानै सब हुन् पिता म भनि लौ , गाँठो कसी कम्मर। अय्या आथु सहेर सौम्य शिलले , कर्मै बुझी … Continue reading

Posted in छन्द कविता | Tagged | 3 Comments

अनूदित कविता : डायरी

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी कविता मेरो जीवन, मेरो डायरीको पाना निराश मनुष्यको कुरा, गुल्मलता, नदी र नारी पाखा पखेरू, दूर बनमय बोट बूट्यान। हीराको कलमम् सुनको मसीले अङ्कित हुन्छ कविता डायरी चिरायु रहन्छ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : सूर्योदयदखि सूर्योदयसम्म

~उमेश लुइटेल~ मिर्मिरे चिप्लिएकै थिएन अँध्यारो च्यातिएकै थिएन यसबेलै शीतलताविहीन हावा चल्यो मुटुको दलानमा । आँखा अगाडि मान्छेका जुलुस कङ्क्रिट वर्तमानको रेखाङ्कन कोर्दै बढिरहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश, नेता र सहमती

~स्वामी सुभाष चन्द्र~ छोरा छोरी बुझकी छन् बुढा-बुढीले जे पकाएर दिए पनि सन्तोक मानेर, खान्थे हिजो पनि सन्तोक मानेर खाएकै हुन् मिठो लाग्यो? उनीहरूले कहिल्यै सोधेनन् .. यस्तो लाग्यो,

Posted in कविता | Tagged | 1 Comment

कविता : इतिहासको यस घडीमा

~कृष्ण सेन ‘इच्छुक’ ~ यसबेला केही निस्तेज शिरहरु झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर विनीत भावले जुम्लेहात जोडिरहेछन् म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु यसबेला केही थकित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : तिम्रा बा-मेरा बा

~बादल सुरेश~ एउटा बच्चा अर्कोलाई- ‘मेरा बा हिजो हँसिया र हथौडा बोकेर जंगल गएका थिए फर्कँदा क्रान्ति ल्याए चेतना ल्याए परिवर्तन ल्याए गणतन्त्र ल्याए तिम्रा बाले के गरे हँ?’

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटै पहल

~महेश घृतकौशीक~ एउटा पहल तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटा कोसीस तपाइँ गर्नुहोस, एउटा म गर्नेछु । एउटै सोचले संसार बदल्न सक्छ यदि भने, केही तपाइँ सोच्नुहोस, केही म सोच्नेछु । कायरता तपाइँको ठेक्का भो, साहस मेरो । उल्लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्सिजन

~सन्तोष लामिछाने~ म सर्वत्र निःशुल्क, जीवनदायी मलाई देख्दैनौ तिम्रै वरिपरि तिमी कुल्चिन्थ्यौ होला म कुल्चिइने चिज हैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्छी

~जोतारे धाइबा~ मणि हराएको सर्प जस्तो किन एकसुर छ मन ? कसले च्यात्यो सात चिरा इन्द्रेणी, किन छ यति सादा मौसम ? निराशा आफैं चकित पर्ने गरी यो नौजवान किन छ यति गलित र थकित ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छिमेकीका स्वरूपहरू

~कोमलप्रसाद पोखरेल~ डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी । त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी । अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ, आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।। अर्काे पीर छ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : छालहरुसँगको सँवाद

~राम प्रसाद प्रसाईं~ कोप्चे भीरको थाप्लोमा जिजीविषाको ढाकरमा तोक्मा लगाएर स्मृतिका बाइरोडका बाटामा सोच्दै गर्दा छालहरुले भन्दै गरेको सुनेः १. बोकेर रहरका पहाडहरु स्यालले सहर पस्दैमा मान्छेको बस्ती विस्थापित हुन्न साथी।

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोतिर

~राम प्रसाद प्रसाईं~ अलिकति चेत लिएर हिंड्नु छ नजलेका बत्तीहरु जलाउनु छ नहिंडिएका बाटाहरु हिंड्दा कसैले छाडा बनाउँछ, तर निरन्तरता छ—

Posted in कविता | Tagged | Leave a comment

कविता : पालुवा संगै पलाए म फूल संगै फूलें

~मिलन गुरुंग~ हिउं फूलने हांगाभरी सप्तरंगी फूल फ़ूल्दा नांगो देखने हांगाभरी पलुवाको मुना लाग्दा पालुवा संगै पलाए म फूल संगै फूलें सबै कुरा बिर्सिएर भामरा झैं भूलें | हिउं जम्ने पेटिहरुमा म्याराथुनका धावाकहरू हिउं जम्ने चार्ल्स नदिमा डुंगाहरुका लस्करहरु यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार!!

~दिप्स शाह~ सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछी आँखाले गलत देख्दो रहेछ मुखले गलत बक्दोरहेछ नाकले गलत सुँघ्दोरहेछ यहाँसम्मकी कानले समेत गलत सुन्दोरहेछ र त म जसलाई झुकेर सम्मान गर्थेँ उसैले मेरो शिर भुँइमा टेकाउने कोशीस गर्दैरहेछ, उसोर,

Posted in कविता | Tagged | Leave a comment

कविता : पासविक अवतरण

~सरुभक्त~ देश र दागवत्तीः अकष्मात् हराएका वा बिर्सिएका सुन्दर विम्वहरुझैं अर्ध–इन्द्रियका मानवहरु वालुवाका पहाडहरु चढिरहेछन् वफर जोनः सुरक्षा सन्त्रासहरु सतत् कायरतापूर्ण हत्याका बहादुरीहरु आउ जिन्दगीको कोर्टमार्शलमा डमीहरुको जुलुस निकालौं

Posted in कविता | Tagged | Leave a comment

कविता : सच्चा श्रद्धाञ्जलि

~धनप्रसाद सुवेदी ‘श्रमिक’~ जब शासक अन्धो भै क्रूरता लाद्न थाल्दछ कालो साँप सरी बन्दै दुनियाँ डस्न थाल्दछ अँध्यारो रातले ढाक्छ धर्ती निष्पट्ट बन्दछ त्यै बेला प्राणको राँको झोस्ने शहीद बन्दछ । जो मरेर पनि बाँच्छ दुनियाँ ऊ बचाउँछ त्यही सपूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र ऐश्वर्य राय

~भूपिन~ ऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदा मेरी आमा बुढी भैसकेकी थिइन् तर मलाई लाग्थ्यो– मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् । अहिले आमाको अनुहार चाउरिएर बनेकोछ धाँजा फाटेको खेतजस्तो । आमाको कपाल फुलेर भएकोछ सेताम्य काँसघारीजस्तो । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको घर

~समाश्री राउत~ “म एक्लो छु” वाक्य या अवस्था संकेत या जनाउ जानकारी या गुनासो हरेक ओठमा लिपीएका छन् कैद छन् अगाडीको दर्पणमा जस्ले राम्रो “म” मात्र देखाउँछ मन टाँसिएको छ ऐनामा या ऐना मनमा टाँसिएको छ चमत्कारी ऐना !

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्योल छोरीसँग

~विवश पोखरेल~ अचम्म देखिरहेछु विद्वान्हरू मागिरहेछन् प्राज्ञसत्ता ! भेँडाच्याङ्ग्राझैँ डोर्याउँदै बानर र सुग्रीवहरूले- निर्लज्ज चराइरहेछन् विद्वतालाई । विचित्र संयोग- यस बेला मेरी सानी छोरी सोधिरहेकी छ मसँग बाबा ! मेरो नैतिक शिक्षा हरायो म कुन किताब पढूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाको जून

~पुष्प अधिकारी ‘अञ्जलि’~ थुनेर मनभरि आस्थाको जूनहरू , घर आँगन र चोकहरूमा ऊज्यालो खोजिरहेछु .. मन्दिर मस्जिद ,चैत्य र बिहारहरूमा । साँझ बिहान ईश्वरको प्राथना गरिरहेछु , बर्षौँदेखिको अनिदो आँखा , अँध्यारोका बिरूध्द उज्यालोका बिम्ब खोज्दै एकतमास हेरिरहेकाछन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चे ग्वेभारालाई चिठ्ठी

~मदन दुलाल~ चे ग्वेभारालाई चिठ्ठी ——————– “चे” तिमी जाग अब अनेकौँ ठुला -ठुला तमाशा भई सके मुलत तिम्रो देश अनि समग्र बिशव आँशुले नुहाई सके बिकाशको सुत्रलाई समाजबादको मुल्य मान्यतालाई कालो बादलले ढाकी सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कबितामा तिमि छौ

~कल्पना राई ‘खुशी’~ तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध नसोध तिमी कविताका भाब नसोध गजलका शेरहरु जो तिमीमा समर्पित छन जो तिमीमा समाहित छन जो तिमी द्वारा श्रिङ्गारिक छन जो तिमि द्वारा पूर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा रातहरू ! किन असभ्य र अश्लिल छन् त ?

~अशोक पार्थिव तामाङ~ मेरा रातहरू ! असभ्य छन् अश्लिल छन् अन्धकार छन् शुनसान छन् त्यसैले त म रात असाध्यै मन पराउँछु नि । मन पराउँनुको अर्थ जुन होइन । न्यानोको अर्थ घाम पनि होइन । मेरो मस्तिष्क यहि बेला , … Continue reading

Posted in कविता | Tagged | Leave a comment