Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समीक्षा : ‘गोलघरको सन्देश’ को सन्देश

~सुकुम शर्मा~ साहित्यकार मोदनाथ प्रश्रितको लघुकाव्य “गोलघरको सन्देश” (२०४०) गद्यलयात्मक काव्यकृति हो। यसमा कवि स्वयंले गोलघरमा यातना भोग्दा आस्था, पार्टी, क्रान्तिको गति आदिलाई मनन गर्दै गोलघरभित्र गरेका प्रतिवद्धता काव्यात्मक रूपम प्रस्तुत भएको छ। यस कृतिलाई काव्य/लघुकाव्य भनिए पनि त्यसअनुसारको आयाम … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : उत्तर आधुनिकता भत्केको-साकेला

~देश सुब्बा~ म स्तब्ध भएँ । फेरि पनि स्तब्ध भएँ । म २५ तारिख आइतबार ताइमोसान पहाडमा किराँत राई यायोक्खा हङकङले आयोजना गरेको उत्तर आधुनिक साकेला पर्वमा पुगेको थिएँ । यो एउटा महान पर्व हो आदिवासी किराँत जातिहरूको । यो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : मनका तरंगहरू — पाल्पाली माटोका कविता

~देवेन्द्र पौडेल~ मोफसलबाट विभिन्न बान्कीका छन्दोबद्ध कविताको सँगालो पस्केर पहिलोपटक काव्य फाँटमा देखा परेका छन् सरोजप्रसाद नेपाल । राष्ट्रप्रतिको असीम माया, जीवनप्रतिको अथाह प्रेम, जीवन भोगाइका तीतामीठा पल, प्रकृतिप्रेम, मानवता र लोककल्याणकारी शान्ति समर्पित आत्मज्ञानलाई मुख्य रूपमा मनका तरंगहरूले प्रतिविम्बित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लेख : प्रतिद्धन्द

~डा.बिनोद मणि बराल~ सँझना आउँंछ उस्लाई त्यो रुखो रातमाटे डाँडाको, जँगलको नाममा धमीराले खाएर आज हो कि भोली भन्ने नेपालको अर्थ बजेटजस्तै ढलीजाने आभाष लिई निभ्ने बेलाको बत्तिजस्तै संंघर्ष गरिरहेका ब्याँलेले चूसीएका सालघारी भएका पखेरुहरुको, मान्छेको नाममा बसांई सर्न समेत … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तादी किनारको गीत’ भित्रको सामाजिक चिन्तन

~शिशिर पराजुली~ नेपाली साहित्यको आकाशमा थुप्रै ताराहरु छन् । केही तारा चम्किला छन् त केही कम । साहित्यको आकाश यति फराकिलो छ जहाँ हजारौं ताराहरू छन् र ती हजारौं ताराहरूको आ-आफ्नै भूमिका र कर्तव्य छ । यिनै ताराहरू बीच महेश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘अल द लाइट वी क्याननट सी’मा दोस्रो विश्वयुद्धको त्रासदी

~ऋचा भट्टराई~  सन् १९४४ को अगस्टको रात, फ्रान्सको सहर सेन्ट मालोमाको ६ तले घरमा एउटी १६ वर्षे दृष्टिविहीन किशोरी एक्लै बसिरहेकी हुन्छे । अचानक आकाशै फाटेजस्तो गर्जनका साथ उसको घर जरैदेखि हल्लिन्छ र गोला–बारुदको वर्षात हुन थाल्छ । किशोरी मेरी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : धक्का, विसंगतिमाथि बलियो उठान

~माधव बस्नेत~ विद्रोहका आधार र कारण के–के हुन् ? यसको स्पष्ट बुँदागत जवाफ पाउन असम्भव छ । स्थान, समय र परिस्थिति अनुसार विद्रोहले भिन्न–भिन्न रूप लिन्छन् । तर, जहाँ गरिबी, अशिक्षा, विभेद र दमनको स्तर मार्मिक हुन्छ, त्यहाँ उग्र नाराहरूको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : शक्तिको कविता कि सत्ताको ?

~नवीन अभिलाषी~ कविताले शक्तिको विनिर्माण गर्छ र शक्तिले जीवनको अस्तित्वलाई आकार दिन्छ । कवितामा शक्ति संचय छैन भने त्यो कविता हुनु र नहुनुमा अर्थ छैन । मान्यताको कसिमामात्र कविताको अस्तित्व रहदैन । सत्यको सारलाई कविले बुझ्नुपर्ने न्युनतम सिद्धान्त हो । … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : खबुज — बाख्री कम्पनी, बाख्रीकै जुनी

~देवेन्द्र भट्टराई~ समाल– यो ठाउँ भनेको कतारको राजधानी दोहाबाट एक सय किलोमिटरपूर्वमा पर्ने समाल मरुभूमि हो, जहाँबाट पारि बहराइन झलमल्ल देखिन्छ । तर, जति आँखा तन्काए पनि मरुभूमिको आँगन मात्रै देखिने ठाउँमा कहाँ, कता, कुन दिशा पर्छ, खुट्याउन हम्मे छ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : ईश्वर वल्लभको सम्झना

~विश्व बल्लभ~ सम्झनामात्र बाँकी रहृयो अरु केही छैन । मन्दिरै मन्दिरको यो सहरमा ईश्वर कतै छैन । भनिन्छ- नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रो अमूल्य धन हो तर यसका सर्जक सदा दीनहीन र तिरस्कृत किन ? सदा भोका, … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : समय र सपनाहरू: पीडाको पिरामिड

~रमण घिमिरे~ भाद्र ११, २०७२- पहिलो कवितासंग्रह प्रकाशित भएको १२ वर्षपछि विमल वैद्य खोलाझैँ फर्किएका छन्, समय र सपनाहरू लिएर । विमल विम्बहरूको तरेलीमा कविता सुसेल्दै मात्र फर्केका छैनन्, विम्बभित्र लयको आरोह–अवरोहलाई पनि सलल प्रवाहित गर्दै प्रस्तुत भएका छन् । 

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘फ्लानरको डायरी’मा पिनासवाला निबन्ध

~सरोज जीसी~ अभि सुवेदीको सामान्य कुरालाई सैद्धान्तिकीकरण गर्ने सीप अब्बल छ । माइकल दी सर्तुले हिँडाइलाई यसै गरी सैद्धान्तिक रूप दिएका थिए । खास गरी ‘वकिङ् इन द सिटी’ निबन्धमा । काठमाडौँलाई धेरैपटक हिँडेरै सर्जरी गरेका सुवेदीको फ्लानरको डायरीले एउटा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सुवर्ण शमशेर र अप्रकासित दस्तावेज’मा इतिहासको अभिलेखन

~सीताराम बराल~ दलमाथि जुन नेताको पकड हुन्छ, दलीय राजनीतिमा त्यसैको धेरै चर्चा हुँदो रहेछ । त्यसैले होला, इतिहासमा नेपाली कांग्रेसका चार रथी भनेर बीपी कोइराला, जनरल सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहको चर्चा गरिए पनि महत्व र चर्चाचाहिँ बीपी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रहभित्रको संसार

~द्वारिका नेपाल~ १. विषयप्रवेश : “कल्पना गर एन्जल ! तिम्रो र मेरो बिहे भैसक्यो, हामी एउटै घरमा छौँ । तिमी र म बूढा÷बूढी हौँ । जब तिमी राति अबेर भान्छाको काम सकेर बेडमा आइपुग्छौ, त्यो बेलासम्म म एक निद्रा निदाइसकेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : काठमाडौँले चिन्न नसकेको भेगको कथा ‘समृद्ध कर्णालीको दु:ख’

~बसन्त बस्नेत~ कुनै बेलाको समृद्ध कर्णालीसँग आज अभाव, उपेक्षा र बहिष्करणका सुस्केरा मात्रै बाँकी छन् । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, पूर्वीय सभ्यताका चारमध्ये एउटा मुहान कर्णाली हो भन्ने कतिपयलाई थाहा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

~कुमारी लामा~ कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सैपालको आँगन’मा शालीन विद्रोह

~महेश पौड्याल~ मानवको पीडालाई कसरी निवारण वा उन्मूलन गर्न सकिन्छ भन्ने प्रश्न मानव सभ्यताको लामो इतिहासभरि नै अहं रही नै रह्यो । पीडाबाट मुक्तिका लागि बुद्धले दिव्य अष्टाङ्गिक मार्ग देखे भने ग्रीसेली दार्शनिक सन्त ददामी र उनका अनुयायी स्टोइक्सहरूले जति … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : हाइकु लेखन र हाइकुमा इरान राई: सानो चर्चा

~मिश्र वैजयन्ती~ नेपाली साहित्यमा हाइकु बिस्तारै रुप र शैलीको विस्तारित रुप प्राप्त गर्दै आएको विधा हो । नेपाली साहित्यमा लघु आकारको कविताको रुपमा विकसित हुँदै आएको हाइकु चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमि प्राप्त गरी जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ओझेल परेका रतनगञ्जका कथा

~खगेन्द्र गिरि ‘कोपिला’~ उहिलेउहिले पूर्वीय वाङ्मयमा साहित्य भन्नाले पद्यलाई जनाउँथ्यो । लय हालेर पढिने छन्दमय पद्यात्मक पङ्तिरुपी कविता नै साहित्यको रुपमा परिचित भइरह्यो चीरकालदेखि यद्यपि लय हालेर गाइने लोकगीत, दोहोरी गीतलाई साहित्यको दर्जा कहिल्यै हासिल भएन । आख्यान विधा दन्त्यकथामा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अनन्य लेखनमा सञ्जय विष्टका कथा

~धनबहादुर मगर~ कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ। …कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू बाँचिने कथाहरूकै अनुभूतिजन्य प्रस्फुटन हो तर कथिने कथाहरूमा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : कविता अर्थात् हलो

~गनेस पौडेल~ एक : नेपाली कविताको स्वाद जिब्रो बडो मापाले टाठो छ नेपालीको। ट्वाक्क–टुक्क मन पराउँछ। पिरो, अमिलो, नुनिलो, टर्रो, तितोजस्ता गढालु स्वाद सम्झँदैमा मुख भरिदिन्छ। माटोको कराहीमा मस्त पकाएको मासको दाल होस् या कर्कलाको कलिलो सुइरा, अन्तिममा खाँटी घिउले … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

लेख : हुनसक्छ, कौतूहल

~रवीन्द्र पुरी~ गौरवका साथ भन्न सकिन्छ, नेपाल खुला म्युजियम (संग्रहालय) हो । विदेशीले अबार्ंै रुपियाँ लगानी गरेर मात्र स्थापना गर्न सक्ने यस्ता म्युजियम हाम्रा टोलटोलमा छन्, जहाँ ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तु हेर्न रकम खर्चिनुपर्दैन । यस्ता सम्पदाले इतिहास बताउँछन्, … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : बेपत्ता दरबारका कलाकृति

बेपत्ताः दरबारका कलाकृति नारायणहिटी दरबार संग्रहालय चहारेर बाहिर निस् िकसकेपछि चित्रकार विजय थापाको मनमा प्रश्न उब्जियो, खोइ कता गए दरबारका कलाकौशल ? कलाका सोखिन पूर्ववर्ती राजाहरू र तिनका सदस् यहरूले कला प्रदर्शनीताका खरदि गरेर यही दरबारमा झुन्ड्याएका बहुमूल्य अनगिन्ती चित्रहरूको फेहरस्ि त आयो, … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : कूटनीति र राजनीति — राजदूत नपाएको कुण्ठा

~पदमसिंह कार्की~ हास्य कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेको बिक्री ह्वात्तै बढेपछि आत्मकथाको बजारले काँचुली फेरेको धेरै भएको छैन । युवा प्रकाशकहरूको जमर्कोलाई टेवा दिएर नाम र दाम कमाउने मौकामा आत्मकथा लेखकको लर्को नै लाग्यो । कोहीले आफैँ लेखेर, केहीले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लेख : आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई

~सुदर्शन अर्याल~ यहीँबाट कथा आरम्भ भयो; एउटा ज्वालामुखीजस्तै विष्फोट हुनलागेको पीडाको, आँशुले पनि बगाउन नसकेको वेदनाको र दुःख नै दुःखको सागरमा चोपलिएको जीवनको यथार्थ कहानीको । आजसम्म आफ्नो पीडाको बारेमा बताउने कोही पनि उपयुक्त पात्र नभेटेकी आमाले आज आफ्नै सन्तानलाई … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : अभिभावकलाई…तोत्तो–चान

~सिपी अर्याल~ जापानमा दोस्रो विश्वयुद्धताका स्थापित तोमोए स्कुल अनौठो थियो । त्यो स्कुल कस्तो थियो ? त्यसबारेको चर्चाअघि यी केही समाचार शीर्षक पढौँ, जो नेपाली सञ्चारमाध्यममा प्राय: पढ्न पाइन्छ : – ‘शिक्षकको पिटाइले विद्यार्थीको आँखा फुट्यो’ – ‘होमवर्क नगर्दाको सजायले बच्चाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा: ‘शब्दहरूको बीचमा’ छन् समय-समयका कविता

~रमण घिमिरे~ ३० को दशकदेखि नेपाली कवितामा आफ्नै शैलीका कारण पृथक परिचय बनाउँदै आएका सर्जक हुन् अमर गिरी । तर संंग्रहका रूपमा भने उनी एकैचोटि २०५५ मा घाम छेक्ने पहाड कवितासंग्रह लिएर देखापरे । त्यसपछि, तर पनि हामी जीवित छौँ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पावर फर नेपाल — अड हफ्टनको नेपाल साइनो

~भोला श्रेष्ठ~ नेपालमा ऊर्जा उत्पादनका लागि नर्वेली इन्जिनियरहरूको ‘मिसिनरी’ले सन् ’६० को दशकमा थालेको प्रयासबारेको व्याख्या हो, पावर फर नेपाल, अड हफ्टन एन्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट । परदेशी भूमिमा आफूभन्दा कम भाग्यमानीहरूलाई सघाउने तीव्र इच्छा भएका र क्रिस्चियन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समालोचना : सिद्धिचरण श्रेष्ठको आँसु खण्डकाव्यले उब्जाएका लहरहरू

~डा.नेत्र एटम~ हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ । — एलेक्स टान सिद्धिचरण श्रेष्ठले आँसु (२०५०) खण्डकाव्यलाई सामाजिक शोषणप्रतिको विद्रोह र समानताप्राप्तिका निम्ति मानवीय आकांक्षा सशक्त रूपमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : औतारी काकाको खप्पर

~विष्णु प्रभात~ परिचय ‘ख्याल ख्याल’ गर्दागर्दै स्याल पक्रिन सफल भएका हास्यव्यङ्ग्य रचनाकार ‘औतारी काका’ को अवतार नेपालको राजधानी शहरभित्र पर्ने जाउलाखेलमा प्रकट भएको हो । माता प्रेमकुमारीसँग पिता प्रेमजङ्गको जङ्गविरामपछि प्रेमपूर्वक पैदा भएका कान्छा कुमारको नाम चिरञ्जीवी वीर विक्रम पाँडे … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : समुच्च विचारसँग म…..

~दिपा एवाई राई~ धेरै दिनपछि आज बल्ल फुर्सद मिलेको छ । स्टेफिनको website प्लटाउँदैगर्दा यो मन र मष्तिक नेपाली साहित्य वाङ्गमयमा घनारुपले मडारीन थाल्छ । नेपाली साहित्यका सबै आन्दोलन, चिन्तन र वादहरूले मलाई छप्प छोप्छ । त्यसैले पुर्वीय र पाश्चात्य … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : कतारी श्रमिक डायास्पोरा र अबको हाम्रो साहित्यिक यात्रा

~हेमन्त परदेशी~ कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहाँसलाई नियाल्दा बिषेशत साठीको दशक यता थुप्रै स्रष्टाहरुले विविध बिधाका अनेक कृतिहरु पस्किसक्नु भएको छ । नाम नसुनिएका कृति र कृतिकारहरुलाई अलग्गै राखेर हेर्दा पनि त्यस यता झन्डै डेढ दर्जन बेसी विभिन्न बिधाका पुस्तकहरु … Continue reading →

Posted in लेख | Tagged | Leave a comment