Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : पस्निता

~जीतमान राई ‘सबिन’~ आज ठ्याक्कै तीन हप्ता भो हाम्रो बोलचाल नभएको । सायद अब हुदैन पनि होला । मलाई त्यस्तै लाग्छ, किनकी अबको केही हप्ता पछि नै म आफ्नो स्वदेश र्फकदैछु र उनी पनि । मलाई त्यो थाहा छ हाम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : पवित्रा

~विश्वेश्वरप्रसाद कोइराला~ तिनको नाउँ थियो – पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो भाले

~शुभचन्द्र राई ‘सुवास’~ माथिल्लोघरे चतुरेको शर्मदेउको नाममा भाकलेर राखेको मनग्गे गतिलो रातो भाले हराएको तीन दिन भइसकेको थियो । आउँदो सङ्क्रान्तिमा देउतालाई मन्साउँला रत्यही रातो भालेले चाडलाई पनि पन्साउँला भन्ने चतुरेको योजना थियो । तर, एकाएक भाले बेपत्ता भो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : त्यसको भाले

~गोविन्द बहादुर मल्ल ‘गोठाले’~ कसनांचा ज्यापूको सातआठ वर्षको छोरो बिहानीपख झल्लयाँस्स ब्यूँझेछ । ठीक त्यसै बखतमा तल छिँडीबाट ‘कुखुरीकाँ’ शब्द सुनियो । विसनांचाले कान थापेर सुन्न थाल्यो, भड्भड पखेटाको चाल र फेरि ‘कुखुरीकाँ’ । उसको मुख आनन्द तथा खुसीले प्रफुल्लित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : तिनको नकचरो पोइ

~बुद्ध चेम्जोङ लिम्बु~ सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपकी रानी रुपा

~बुद्ध चेम्जोङ लिम्बु~ बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ | उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ | सधै अफिसमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेजरनी

~सुरेश खनाल ‘बिर्खे माईला’~ आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन। “कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ। “ थाकेको थियो, बिचरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बस स्टप

~सुरेश खनाल ‘बिर्खे माईला’~ एउटा पुरानै कथा वार्तालाप शैलीको! बस स्टप- ” हाssssई! खै त यार, बस त आएन त?” ” मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै..”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनिर्णयको बन्दी

~शर्मिला खड्का दाहाल~ अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनर्निर्णय

~शर्मिला खड्का दाहाल~ वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ । भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुकन्या अर्थात नीलिमा

~शर्मिला खड्का दाहाल~ तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~ केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ साथीको पुरानो कुरा

~दीपक जडित~ ” अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? ” सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान हराएपछि

~दीपक जडित~ के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । ………ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ घर

~दीपक जडित~ जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रिलफुल

~दीपक जडित~ ” आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । ” गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुझाई

~दीपक जडित~ संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चार सौ बीस उत्सव

~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केतकी फूलको माला

~दीपक जडित~ सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो । ‘ सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँपको रुख

~दीपक जडित~ ‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो । म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यू टर्न

~दीपक जडित~ साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थप्पडी

~दीपक जडित~ घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

माथ्लो घरको ढिकी

~दीपक जडित~ ‘ साबित्रा ? ‘ ‘………….’ ‘ ए , साबित्रा ? ‘………………….’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरोप

~गीता थापा ‘दोषी’~ छोरो दगुर्दै आयो । आमाले पुलुक्क हेरी । उसले सुनायो ‘आमा ! त्यो पल्लो घरको विर्खेले तपाईलाई बोक्सी भन्छ ।’ आमा भान्सामा व्यस्त थिई । छोराका शब्दलाई गम्भिरता पूर्वक लिइन । बरु सहजै जवाफ दिई ‘भन्न दे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तर

~किशोर सापकोटा~ फोन राखे पछि मात्रै मैले सोचें – आखिर, किन समिताले मलाई भेट्न चाही ? मेरो कलेजको सहपाठी थिइ ऊ । मोरी राम्री पनि । मलाई साह्रै मन पराउँथी । मेरो आफ्नै ताल । केटाहरु भन्थे –

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरी

~भोजराज न्यौपाने~ झमक्कै साँझ परेको थियो। पुसको महिना, निकै चिसो थियो बाहिरको वातावरण। उनीहरू दुवैले रक्सी खाए। र, रक्सीको सुरमा सँगै बस्ने सल्लाह गरे। चिसोले कठ्यांग्रिएको मध्यरात एउटा घरको पेटीमा बस्दाबस्दै उसले सुन्दरीलाई बिहे गर्ने प्रस्ताव गर्यो। सुन्दरी छक्क परी। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः सपनामा बरबराइरहने छोरी

~गीता खत्री~ मामु मामु – म यो हेर्नै सक्दिन, म यो हेर्न सक्दिन । छोरीको निन्द्रामै कराएको आवाजले सरिताको निन्द्रा बिउँझियो । नानु निन्द्रामै कराइरहेकी थिइन । श्रीमान्को निन्द्रा नबिउंझिने गरी सरिता छोरीको कोठामा कान थाप्न पुगीन । छोरी अझै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निष्कर्ष

~क्रान्ति श्रेष्ठ~ अक्सर तिनी बार को काउन्टरमा बसेर पिइरहेकी हुन्छे | अघिल्तिर कक्टेल्स को ग्लास अनि चुरोट को धुवा उडाउदै टह्ल्लिरहने अन्तर्मुखी चरित्र |प्राये कसै सँग बोल्दिन | बार को वरपर बसेर मदिरा पिइरहेका अन्य मानिसहरु को हल्ला ले पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिजिलान्ते नेपाली ज्वाँई

~क्रान्ति श्रेष्ठ~ एउटी जापानी परी हिमालय यात्रा को लागि नेपाल हान्निइन | सानैदेखी तिनले नेपाल जाने रहर साचेर रखेकी थिइन | स्कुल पढदा आमाबाबुले उन्लाई छोडेर आफु हरु मात्र नेपाल गएको कुर मन परेको थिएन | स्कुल छुट्टी नभयेकै कारण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रित्तो

~किशोर सापकोटा~ शीताष्मा अर्को पट्टकिो कुर्सीमा बसी । म पटि्ट नै बसेको भए हुन्थ्यो जस्तो मलाई लाग्यो । भावना बुझ्दा बुझ्दै पनि कहिले कांही केटीहरु नखरा पार्छन । मनमनै भने ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पासवर्ड

~नीरा शर्मा~ साच्चिकै रङगिएका छन् आजकल मेरा दिनहरु, जैले देखि मैले अनुकल्पलाई भेटे उसको मायाले मलाई उ तिर खिच्दै लग्यो । उसको आकर्षक र बौद्धिक ब्यक्तित्वदेखि मोहित भएँ म । हुन सक्छ

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्दर्भ हराएको कथा

~केशव राज ज्ञवाली~ आज आइतबार अफिस छुट्टी छ, नगरी नहुने बिशेष काम पनि केहि छैन । आज अमेरिका आइपुगेको पाँचवर्ष पुगेछ । म अलिक नोस्टाल्जिक भैरहेको छु । पुराना डायरीहरु हेर्दै सम्झिरहेछु, पुराना दिनहरु । एउटा निलो जिल्दा भएको डायरीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment