Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : काठको बाकस

~बिक्रम ज्ञवाली~ बुवा बितेको भर्खर एक बर्षको बर्खी सकेको एक महिना जति भएको थियो होला। एक दिन आमाले मलाई र दाईलाई बोलाएर आचम्मको कुरा गर्नु भयो । आमाले दाईसंग “अब म पनि धेरै बाच्दिन होला त्यसैले बिनोद तैंले बिहे गर् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भेट

~सुबोध कोइराला~ मन बोझिलो र एकभारी भएको थियो । धेरै दिनदेखि उनलाई भेट्ने चाहना तिव्रत्तर हुदैथियो । तर म निरुपाय मौन थिएँ । कसरी भेटौँ उनलाई प्रश्न यहि थियो मनमा र पीडा पनि । सम्झना… बिर्सना…. तिर्सना….यस्तै यस्तै केके… केके… … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायरीका पानाहरु

~कृष्ण प्रसाई~ १३ अप्रील, १९८९ ४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम विदाई

~बिटु के.सी. बराल~ जीवनमा कहिल्यै नसोचेको नचिताएको दिन पनि देख्नु र भोग्नु पर्छ मानिसले । जेठो छोरा अशोक बितेको बाहौदिनको दिन आज दिउँसो बाह्र बजे यशोदालाई एयरपोर्ट पुग्नु छ छोराको लाश लिन । परदेशमा पढ्न गएको छोरा वित्यो रे, कसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिद्रोह

~लक्ष्मी राई~ माघको कठ्यांग्रिने जाडोको रात छिपिदै जादा घण्टाघरले १० बजेको सूचना दियो । स्वास्नी धन्दा सकेर सुत्ने बेला भैसक्दा पनि अलंग टलङ्ग गर्दै छे आज । लोग्ने अगीदेखि ओच्छ्यानमा उस्लाई पर्खिरहेको थियो । “कति बेर लगाकी छिटो आइज ।” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~पार्वती शाही~ यहिनेर भयो उनी सँग मेरो भेट । राहत साम्रगी थाप्नेहरुको लाइनमा । लाईनमा बच्चा देखि बुढा सम्म सबै उमेरका मान्छे भए पनि आईमाई केटाकेटीको संख्या बढी थियो । प्रायः केटाकेटी नाङ्गा–भुतुङ्गा देखिन्थे । आईमाईहरु पातलो एकसरो म्याक्सीमा लामबद्ध … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोटको के कुरा

~रत्नमणि नेपाल~ पार्टी वार्तामा जुटेको समय थियो । त्यसैले पार्टी खुला थियो । देशका ठाउँठाउँमा खुला आमसभा भइरहेका थिए । त्यसैक्रममा बिर्तामोड नजिक अग्रसेन भवन अगाडि पनि एउटा आमसभाको आयोजना भएको थियो । व्यापक भिडमा राकेश पनि चौरको माझमा साथीहरुसँगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको परिवृतमा

~शर्मिला खड्का दाहाल~ ऊ हतार-हतार गर्दै बाटो काट्छे । झण्डै एउटा टेम्पोले हानेको, उसले थाहा नै पाइन । जब पछाडि र्फकेर टेम्पो ड्राइभरले ‘मर्लास नि !’ भनेर गाली गर्‍यो तब मात्र ऊ झसङ्ग भई । झण्डै इहलीला नै समाप्त भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमाण्डरकी जीवन साथी

~लाहाङ चेम्जोङ लिम्बू~ एक्दमै डराइरहेको थियो ऊ । सायद, म मर्दैछु, मलाई मार्दैछन् सोच्यो होला । अत्तालिएको स्पष्ट देखिन्थ्यो । उसको अनुहारमा पश्चातापको ग्लानी पनि देखिन्थ्यो । भित्ताको कुनामा अडेस लागेर यताउत्ति हेर्थ्यो । कोही आयो भने सशङ्कित हुन्थ्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूथ – फूलझैँ राम्री केटी

~राजेश नतांश~ “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिदकि आमा

~रबि खडका ‘एटम’~ ‘धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोघा

~टंक वनेम~ ओयाक्चुङ भीरबाट अग्लिन्दै गएको अक्करे भीरदेखि माथि माथि ओख्राबु गाउँको थुम्काथुम्कीमा झुम्म परेका रुखहरु अनि ठाउँ ठाउँमा बर-पिपलको चौतारी र बर्षातले कोतारेका ठिट्लाग्दो पहिरोका डोबहरु खेला वारिपारिका गाउँलेहरुको रमिता हुन्थ्यो । एक प्रकारले ती बस्तीहरु आदिम मानव बस्तीजस्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकको भेट

~निराजन “प्रभात”~ म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।”किन हो माया मारेको?” केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।”मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर

~हरिकृष्ण डंगोल~ पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पेसा

~इन्दिरा प्रसाई~ क्याम्पसमा वादविवाद प्रतियोगिताको आयोजना गरिएको थियो । आज सँधै भन्दा ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति थियो । आजको कार्यक्रममा प्राध्यापकहरुको पनि निकै ठूलो संख्यामा उपस्थिति देखेर सबै विद्यार्थी र कर्मचारी छक्क परेका थिए । ० आजको समाजमा बैवाहिक संस्थाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : जेल यात्रा

~सुशिल ताम्राकार~ त्यसो त पंचायतकालमा प्रतिबन्धित झण्डा मुनि बसेर भाषण नगरेको पनि होइन, बिद्यार्थी राजनीतिमा जानी न जानी न होमिएको पनि हैन, पंचायत बिरोधी आम सभा, जुलुस हुलुसमा न लागेको पनि हैन तर पनि कहिलेइ न पुलिसको फन्दामा परियो न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शब्ददेश

~तीर्थ प्रसाईँ ‘अभिनव’~ बिहान हुनै लागेको थियो, अहँ, भाले कतै बासेन । उसलाई प्रकृतिका सारा कुराहरुले आफ्नो कर्तव्य बिर्सें जस्तो लाग्यो। ऊ जुरुक्क उठेर बाहिर तिर हानियो। बाटापारि झिलिली बिजुली बलेको थियो, ऊ हिंडेकोतिर बाटावारी भने अन्धकार! ऊ अन्धकारबाट उज्यालो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फर्केर आएन ऊ

~गिता थापा ‘दोषी’~ शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकि थिई । नकुल ढोकाबाट बहिर निक्लिँदै थियो । तर शान्तालाई आफुले पढ्न नपाएकोमा साह्रै दूख लागेको थियो । नकुललाई भने कत्तिपनि झन्झट लागेको थिएन । किनकी उसलाई अरुलाई सहयोग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हेलिकप्टर

~रजित ओझा~ उसलाई आजकल यो शहर प्रत्येक दिन नौलो लाग्न थालेको छ। कति धेरै काम भएको ! प्रत्येक दिन भित्तामा सार्कको छाप देखिन्छ। अनि आउन लागेका मोदिको आधिपत्य पनि।विचरा कलिलो उ कसरी वुझोस् यि कुरा, मात्र कुदिरहेको गाडीको ढोकावाट हेर्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटै सपना एउटै बाटो

~हेल्लेन सोल्टी~ उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ? सुनैनाको छोटो जवाफ थियो- ”आउनु भा’ थिएन” । दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न थालेकी थिएँ- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयनकान्ता

~शिव प्रकाश ~ उसको निष्कर्ष छ – समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ – त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र सम्बन्ध ? अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आलुको नाक

~विमल निभा~ एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी एकाएक झस्किए । किनभने माननीयको लामो एवं चुच्चो नाक यथास्थानमा थिएन । त्यहाँ एक प्रकारको खोपिल्टो थियो । उनी एउटा हातले अनुहार … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पर्ल किनारको रतिराग

~रामशरण बजगाई~ ‘यो उज्यालो दिउँसोको भन्दा सेक्सी छैन !’ समुद्री जहाजभित्र भान्सातिरबाट निस्कदै गर्दा विन्नाले सोधी । पर्ल किनारमा ग्वान्झाउ शहरतिरवाट आएको उज्यालो बनावटी भएपनि सूर्यले आफैं छोडेझैं लाग्थ्यो । किनारमा छरिएको प्रकाशको रंग वेलावेला फेरिंदो रंगसँगै त्यो पुड्की चिनियाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ मेम साहब !

~सुजन मादेन~ भरखर झरी परेर रहेको हो क्यार बलेँसीमा तप्क्यानीहरू अल्छी लागी लागी तप्किँदै थिए। पल्लोपट्टि घरको भाले एकपल्ट पखेटा ठोकेर बास्यो। पारि स्याल पनि करायो एकपल्ट। त्यसपछि लगातार भुस्या कुकुरहरूको अल्छे भुकाइहरूको क्रम निकैबेरसम्म चलिरह्यो। उसलाई पटक्क निद्रा परेन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवरुद्ध आवाजहरु

~गीता त्रिपाठी~ ” ……… हेर न ! दिन बितेको पनि पत्तै हुँदोरहेनछ । हामीले तिमीहरुलाई छाडेको पनि डेढसाल बितिसकेछ । यहाँ त साल महिनामा बित्छ, अनि महिना दिनमा बित्छ । हप्ता बितेको पत्तै हुँदैन ।” चिठीका केही अंश पढिसक्दा मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राम थापा

~गोपी मैनाली~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चर्किएको घर

~विष्णु भण्डारी~ ऊ जाग्दा घाम निकैमाथि आइसकेको थियो। उसले बार्दलीबाट सुदूरपूर्वको आकाश हेर्योक। वैशाख महिनाको आकाश धुम्म थियो। सबैतिर सन्नाटा फैलिएको थियो। ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो!’ उसले मनमनै सोच्दै चुरोट सल्कायो। चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो। उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुलतको जाल

~हरिप्रसाद भण्डारी~ आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्‍यो । “भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो । “यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मानव मेरो संझनामा !

~रमा गौतम ‘आश्मा’~ मानव, उस्तै अभिवादन जस्तो तिमी चाहान्थ्यौ! आज धेरै पछि तिम्रो संझनामा मैले मेरो मनको कुना बाट तिमीलाई जबर्जस्ती यो पाना मा छर्ने साहस गर्दै छु कहाँबाट शुरु गरु लेख्न ? जब तिमी मेरो अगाडी छैनौ- न कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनौठो संस्कार

~वासुदेव गुरागाईं~ धनीलाल आधुनिक जमानाका मानिस भएर पनि छ सन्तानका बाबु थिए । तीनवटा छोरी, तीनवटा छोरा । यसमा उनलाई कत्ति पनि पछुतो थिएन । आफ्नो गच्छेअनुसारको पढाइलेखाइ गरिदिए । विद्यमान सामाजिक परम्पराअनुसार तिनको विवाह कर्म गरिदिने सोच उनमा जागृत … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : डाँकाको गाउँ

~इन्द्रेणी शर्मा ‘जलद’~ गाउँ रमाइलो थियो समाजमा एक प्रकारको सुरक्षीत र आनन्दायी थियो गाउँलेहरु आफसमा मिलेर बसेका थिए एक दिन एउटा दुखदायी घटना घट्छ दोहोरो भिडन्तको लागि मानब कवचढाल बनाउनको लागि गाउका मानिस लाइ विद्रोहबाट उर्दी जारि गरियो यसमा मतभेद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा गर्व

~दिनमान गुर्मछान~ फेरि छोरी जन्मिई । म अस्पतालको बेडमै छु । प्रसवपीडाबाट थाकेकी छु । फेरि छोरी जन्मिएकीले मनभित्र आँधी आएको छ । मलाई त छोरा वा छोरी जे जन्मिए पनि उस्तै । आखिर मेरै सन्तान न हुन् तर घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment