Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : अनुराधा

~भरत बागलुङे~ २०६५ सालको मध्ये हिउँदको चिसोलाई थप्पड हान्ने गरी मेरो सेलफोनमा इन्दिरा चिच्याई अजय एउटा दुर्घटनाको खबर छ । आफुलाई सम्हाल है । इन्दिराको अमुत भाषाले मेरो ओंठबाट निस्कन आँटेको आवाज मुखभित्रै अड्किन्छ । इन्दिरा धरमराएको आवाजमा बोलिरहेकी थिई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभियान

~दिपा एवाई राई~ उसको रुप देखेर मलाई अलिक नरमाईलो महसुस भई रहेको थियो । उसको झ्यप्लक्क परेको कपालले नास्पती आकार परेको मोहोडालाई पर्दा हाली दिएको थियो ।न्याउरी झै चलाख उसको आखाँ घरी घरी देखिन्थ्यो ।मानौं त्यो अन्धकार रातको जुनकीरी हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : भोलानाथ या झेलनाथ?

~प्रकाश आस्था~ ‘निश्चितै रुपमा अर्को धक्का दिनु पर्ने भयो। नत्र भने त सधैँ तपाई उता पेलिने, म यता ठेलिने।’ आफ्नो परम्परागत मुस्कान सहित कसिलो हात मिलाएर प्रचण्डले झलजीलाई सोफामा बसाउँदै बोले। सहमती ब्रान्डको बाँसुरी कोटको खल्तिमै थियो झलनाथको। बाँसुरी कटबाँसको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र साहित्य : सुखमय जीवनको शुभ-कामना

~तीर्थ संगम राई~ दिनाङ्क- २०५३।११।१२ मोरङ्ग-७ लेटाङ्ग श्वेता, कहाँबाट लेखनको सुरुवाद गरुँ बिषय वस्तुलाई जताबाट घुमाउन चाहे पनि वृत बनेर ह्दय भित्र अल्झिरहने हुँदा पुनः मन भरीका विभत्स अनि कुण्ठित् भावनाहरुलाई नलेखि रहन सकिन । क्षमा चाहान्छु फेरी नदोहोर् यााउने गरी … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : पर्दाभित्र बाहिरका पात्रहरु

~भोगेन एक्ले~ गोमाकी आमा छोरीको लक्षण निको नदेखेर सशंकित थिई । नभन्दै छोरीको महिनावारी रोकियो । ठूलो पीरमा परे बूढाबूढी । कसको हो, को हो, राम्ररी फकाएर सोध्नु लगायो बाउ चाहिंले । आमाले फकाउनै परेन । फलाफल धामीलेजस्तै बकी गोमाले, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रताडना

~घनश्याम ओली~ त्यतिबेला सरिता बीएमा अध्ययन गर्दै थिइन् । ‘बढेकी छोरीलाई अब घरमा राख्नु हुन्न, यसको पनि बिहे गरिदिनुपर्छ’ उनका बुबाआमाले गाइँगुइँ कुरा गरेको उनको कानमा प¥यो । उनलाई मनमा चिसो पस्यो । त्यसको हप्ता दिनपछि उनकी माइजूले एउटा केटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जयपराजय

~रामप्रसाद दाहाल~ “जा, नफौरी । यो उमेरमा आएर प्रेमका कुरा गर्न थाल्छे । त्यत्रो खहरे खोला जस्तो बैँसभरी के गरेर मरीस् त ? पोइले नपुगे एउटा नाठो समाएर च्वाप्प म्वाइँ खाएकी भए भइहाल्थ्यो नि ।” – रन्जिताले ठट्टामा उडाउँदै शोभनालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मीठा जहरहरू

~शिव प्रकाश~ “हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए। अहिले ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदै छन्।” अंकल एकोहोरिनुभयो र मेरो अनुहारमा एकछिन हराउनुभयो। “तपाईंले मेरो मनकै कुरा भन्नुभो आलोकबाबु, उनीहरू गएको आज २० … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियती

~ज्ञानमणि नेपाल~ केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँच जना छोरीहरु दिनदिनै हुर्किदै थिए । तिनीहरुको लालन –पालन र शिक्षा–दिक्षा , अनि विहेबारीको चिन्ताले लालबहादुर चिन्तित् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : सिकर्मीको व्यथा

~नोवल निरौला~ दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि। एकादेशमा एक … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मनको कागजमा प्रेमको चित्र

~शोभा शर्मा~ ‘ऊ त्यो भीरमाथिको ढुंगामा बसेर मलाई तिम्रो चित्र बनाउन मन छ,’ मैले भनिदिएँ । वरिपरि कोही छैन । खोला मात्रै सुसाएको छ । यो निर्जन बाटो एक्लै बोल्दै म कहाँ हिँडिरहेकी छु, थाहै छैन । ‘ल हिँड, म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : याङे दाइ

~टि पी मिश्र~ याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जसमीन

~लेखनाथ काफ्ले~ मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी। मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊ अचानक आयो, अचानक गयो

~प्रमिशा केसी~ उसको जवाफ कुर्दै छु म । थाहा थिएन, जवाफ कुरी बस्ने उसको भूमिका कुनै दिन मैले पूरा गर्नुपर्ने समय आउनेछ । झ्यालबाहिर नियाल्दा झस्किएँ, कहाँ छु सम्झेर । बिरानो देश, बिरानो संसार, अनि यहाँँ आफ्नो लाग्ने केवल ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : थाहा छ ?

~डा. रविन्द्र समीर~ ‘तपाईं के काम गर्नुहुन्छ ?’ सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खेल्छु ।’ डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मंगल ग्रहमा देवकोटाको सालिक

~कृष्ण बजगाईं~ साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए । ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे । ‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म पनि त तिमीलाई प्रेम गर्छु

~सुन्दर खड्का~ एकदिन कलेजको क्यान्टीनमा खाजा खाने क्रममा उसँग भेट भयो । सबैजना खाजा लिदै थिए । भिडमा म पनि कुपन लिएर छिरेँ । तरकारीको प्लेट तान्दै थिएँ, कसैले त्यही प्लेट समातेको थाहा पाएँ । पुलुक्क हेरेँ, उसैको हात । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘दले’को जालो

~चर्चित ढुंगेल~ ‘दले’ भनेको दलालको छोटकरी रुप हो। ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो। सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : मन

~प्रा. डा. सूर्यमणि अधिकारी~ शैक्षिक सत्रको मध्यतिर कलेजमा विद्यार्थी युनियनको चुनाव हुने भयो। बिद्यार्थीहरु प्रमुख रुपले दुई समुहमा विभक्त भएकाले प्रतिस्पर्धा कडा थियो। दुवै पछय भोट माग्ने दौडधुपमा व्यस्त थिए! कलेजमा पढाइ हुन छाडेकाले म आफ्नै डेरामा थिएँ। मध्याह्नमा एकजना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नेपाली टोपी

~राकेश कार्की~ “आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो। “ए हो” मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी लगाए पछि त्यही घर्रामा राखेको थियो। आज भेट्दै भेटेन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य पत्र कथा : हजुरबाको लभलेटर

~सुरेश ‘समान’~ प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

पौराणिक कथा : उपदेश

~पासाङ गोपर्मा~ साधक पिण्डोल र राजा उदयन थलचर, नभचर र जलचरका हिस्रक पशुपक्षीको आˆनो उदर पूर्तिका निमित्त क्षेत्र निर्धारण गरे झै मानिसको एउटा समूहले क्षेत्र निर्धारण गरेको छ सय इशा पूर्वको कौशाम्वी । आज भारतवर्ष वा इण्डियाको नामबाट चिनिने मुलुकको … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | 1 Comment

कथा : बलरामको तरङ्ग

~होम सुवेदी~ ‘यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !’ मनमनै बलरामले कुरा खेलाउने गर्थे । ‘यसो हेर्न हुने मान्छेलाई त डेरा दिनुपर्छ नि । कमसेकम घरको रेखदेख पनि हुन्थ्यो अनि..!’ उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्पसाको चिठ्ठी

~प्रवेश खतिवडा~ १। २०१०, जुन। एकाबिहानै फेसबुक खोल्नु मेरो दैनिकी नै भै सकेको थियो। रिकोमेन्डेड फ्रेन्डस को लिस्टमा यौटा अनौठो नाममा गएर आँखा टक्क अडियो। अना मिका, न्यु ट्याब खोली हालेँ हतार हतार, निलो बटन क्लिक गरेर एकछिन उसको एक्टिभिटी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरक्षण

~लेनिन बञ्जाडे~ एनसेल साहित्य मेलामा छोरो लिएर गएँ ! फर्किँदा सिमसिम पानी पर्यो । छोरालाई मूल गेटको पेटीमा राखेर ट्याक्सी रोकें । ७-८ वटा ट्याक्सी ‘मिटरमा नजाने’ भनेर हुइँकिए । बिहान आकाश चंगा थियो, छाता लैजाने लेठो गरिएन । प्रज्ञा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागी माझघरे

~नोवल निरौला~ छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्‍यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अधैर्य

~हरि पौडेल ‘आत्रेय’~ पोखरीको किनारामा चार/पाँच वर्षे बालक बाबुसँगै बसेर माछालाई चारो छर्दै गरेको बालशुलभ क्रियाकलापको दृश्यले मेरो मनलाई तानिरहेको थियो । माछाले चारो टिप्दाको मनमोहक दृश्यप्रति ऊ बडो आनन्दित देखिन्थ्यो । पोखरीमा साना, ठूला, राता, सेता, जुङ्गे, झिङ्गे आदि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नराम्री ऊ

~दुर्गा कार्की~ कलेज छिरेको पहिलो दिन ऊसँग १६ वर्षीय जोस, जाँगर र उत्साह थियो। तेस्रो दिन थोरै घमण्ड पनि थपियो, कारण उसको ब्याचमा भएका थोरै नाइन्टी पर्सेन्टमध्येकी एक अनि उसको कक्षाकी एक्ली रहिछ ऊ। ऊ कम बोल्न रुचाउने, छिट्टै कसैसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~ हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : क्रान्तिकारी बाहुनहरु

~राजव~ ऊ एक्लै पहाडी बाटो हिंडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरुको भेट भयो। तिनले उसलाई हल्ट गरे। र, बन्दुक तेर्स्याउँदै घेरे। उसको कट्टु भिज्न थाल्यो। उसको मुखको पानी हरायो। एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो, “किन डराएको ?” ऊ झन् डरायो। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फेसबुकको केटी

~नबराज बजगाई~ मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिग ब्रदर

~भूपिन~ भौगोलिक रूपमा सहर सधैं एउटै हुन्छ जो आफ्ना तमाम आभूषणसहित सधैं आकर्षक र मायालु लाग्छ । यसले बिनाकुनै भेदभाव सबै प्राणीलाई उस्तै व्यवहार गर्छ । मानिसलाई, चरालाई, किटपतंगलाई र सडकमा ढसमस्स सुतिरहेका साँढेलाई पनि । यसको माटोमा गरीबले छरे पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment