Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : मुस्कान

~डा रवीन्द्र समीर~ बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो । – ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु ! राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : तपाईं कुन पार्टीको ?

~मनोज गजुरेल~ दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : म के गरूँ

~इल्या भट्टराई~ जीवनलाई कुनै परिभाषामा कैद गर्न सकिन्न शायद, त्यसैले त जीवन अस्तव्यस्त छ । सोचेजस्तो फ्रेममा जीवनलाई राख्न सके यो एकनासको बाटोमा सोझै हिँड्थ्यो होला । तर जीवन कथाकारले सोचेको प्लट होइन, त्यसैले त यो सरल पनि भएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भन्न बाँकि एउटा कुरा

~गौतम “उदय”~ बिकसित देशहरुमा काम पाउनु भन्दा पनि एकाध बाहेक जुन स्तरको काममा पनि दुख चाहिँ औधी हुने। थकाइ सान्त पार्न र ताजकीपन पाउन विविध प्रकारका साधन र ठाउं प्रसस्तै उपलब्ध भए पनि यी सबै व्यक्तिगत रुचीमा भर पर्ने रहेछन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो अध्याय

~सन्तोष खतिवडा~ मेरो सिरानीसँगै राखेको सामसुङ्गको एस ३ मोवाइलमा छोटो भाइब्रेशन आयो । छोटो भाइब्रेशनको मतलब म्यासेज थियो । मलाई अड्कल गर्न गाह्रो भएन । लोडसेडिङ्गले आक्रान्त पारेको काठमाण्डौँमा बत्ति आउने र नआउने सेडयुल नै हेर्न छाडिसकेको थिएँ । काठमाण्डौँका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यहाँ किन आएको ?

~डा. बेञ्जु शर्मा~ पार्टी अफिसबाट म हान्निएर बस पार्कमा आइपुग्छु । सबै खुद्रा नोटहरू गन्दा बसको लागि टिकट किन्नसम्म पैसा पुगेकोमा खुशी हुन्छु । बाटोमा खानको लागि दुई दुई रुपैयाको दुइटा नोट बचेको हुन्छ । जम्मा चार रुपैयाँ, एक कप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिद्रोहीको सपना

~ओमप्रकाश निरौला~ “युद्धबाट र्फकदै गर्दा जङ्गली जनावरको शिकार गर्ने जुक्ति पलायो साथीहरूमा” । केही शिकार पनि गर्‍यौं हामीले । मृग, जरायोहरू मार्न सफल भयौं । अति नै भोग लाग्दा कस्तो हुन्छ भन्ने राम्रो अनुभुति भयो त्यतिबेला । शिकार गरेका मृग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : दसैँ आयो

~उमा सुवेदी~ नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : बाबाजीको सुपरमार्केट

~मनोज गजुरेल~ नयाँ ‘धन्दा’को बारेमा सोच्दै हुनुहन्छ ? सोच्दै हुनुहुन्छ भने सोच्न छोड्नोस्-र, ‘बाबागिरी’ थालिहाल्नोस् । नाम, दाम र सम्मानको सबैभन्दा सजिलो बाटो यही नै हो । ‘खडेबाबा’, ‘लडे बाबा’ ‘फलहारीबाबा’, ‘जलहारीबाबा’, ‘सर्वहारीबाबा’, ‘योगीबाबा’, ‘रोगीबाबा’, ‘भोगीबाबा’, ‘संभोगीबाबा’, ‘उदासीबाबा’, ‘बिन्दासीबाबा’, ‘सोमरसीबाबा’, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक अंश : जन्मघरबाट बिदा

~हरिवंश आचार्य~ दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो । दलिन मक्काए, फेर्ने पैसा थिएन । इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको … Continue reading →

Posted in पुस्तक अंश, संस्मरण | Tagged | Leave a comment

कथा : मेरो छोरो घूस खाँदैन

~मनु ब्रजाकी~ हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीमा रेखा

~ गौतम “उदय’~ औधी राम्रो छ पाल्पाको श्रीनगरको डाँडो र यसको सेरो फेरो! हालसालैको एसियन यात्रा सर्भेले नेपालका यात्रागर्न लायक ठाउँ भित्र श्रीनगरको नाम पनि पारेको देखेर मेरो छाती तन्केर बेलुन फुले झैँ भएको छ किनकी म यहीं जन्मेको थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : चकलेट

~नयनराज पाण्डे~ पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ? अहिले म आफ्नो गाउँ जाँदैछु । चुनाव जितेर गएपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बले बौलाएछ

~एकराज प्रधान~ गर्मीले ‘सेन्डो’ छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, ‘थाहा पाइस्, बलेको त खुस्केछ नि !’

Posted in नेपाली कथा | Tagged | 1 Comment

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु । ‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : बस स्टप

~गंगा सुवेदी~ घुमन्ते चियापसले बाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता लठ्ठ परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हेर्‍यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँचबर्ष मात्र टेकेको फुच्चे सानुको काँधहल्लाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरिया

~सीता पाण्डे~ रमाइलो कुरा के भइदियो भने दुःखनाले आफ्नी छोरीको नाम सुन्दरिया राखेको थियो । सुन्दरिया नाम किन र कसरी राखियो ? भलै, यसको कारण बिस्तारै आउला । तर अहिलेलाई सुन्दरियाको कथा यसरी नै सुरु हुन्छ । सुन्दरिया सानैमा पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मितभाइ

~रक्ष राई~ म तिम्रो पर्खाइमा थिएँ । तिमी आउँछौ भन्ने मलाई थाहा थियो । कारण तिमी आउनुअघि यहाँ फोन गरेका थियौ । मैले पनि मेरा श्रीमान् आज रातिमा ड्युटी छन् भनेर तिमीलाई जानकारी दिएकी थिएँ । त्यसैले तिमी आयौ, सधैंझैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : सीमान्त विचलन

~माधव सयपत्री~ आजकल मेरो मन अत्यन्त उद्वेलित भैरहन्छ । फर्केर आफ्नै भूमिमा जाउँ जाउँ लाग्छ । केको कमी थियो र हामीलाई त्यहाँ ? सबैथोक पुगेको थियो । हामीले देश छोड्न लागेको बेलामा आफन्तहरू आएर धर्धरी रूँदा पनि श्रीमान मान्नुभएन । … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : आम्सटर्डमको रातो गल्ली

~महेशविक्रम शाह~ एल्जो टयाक्सी पार्किङमा यात्रुहरुको प्रतीक्षा गरिरहेकी थिई । रात जति गहिरिँदै थियो, रेड लाइट एरियाका राता बत्तीहरुको उज्यालो झन् प्रगाढ हुँदै थियो । रेड लाइटका हरेक गल्लीमा टेक्ने ठाउँ थिएन । धक्कमधक्का गर्दै मान्छेहरु आˆनो बाटो बनाइरहेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~विद्या सापकोटा~ प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडहरु

~गौतम “उदय”~ एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई !

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रेडियो

~कमल खतिवडा~ सवैले गरेको काम हाम्ले चै किन नसक्ने र ? सुरवीरले आफ्नै ठाउँमा रेडियो चलाउन सुर कसे । रहरै  रहरमा कुरो निकै अघि वढ्यो ।  अव नाम पो के राख्ने ? देशका गाउँ गाउँमा खुलेका रेडियोहरुले यति धेरै नाम … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विसर्जन

~मणि लोहनी~ म पेरिस आएँ । ’प्रेम’ हो आइफेल टावर जो उभिइ रहन्छ मनमा । टावर ढल्छ भन्ने अविश्वास हो सम्वन्ध । र पनि मनभरि उभ्याएर प्रेमको आइफेल टावर मानिसहरु जिन्दगीको नाममा त्राही त्राही बाँचिरहेछन् ।  ’दुनियाँभरबाट युगल प्रेमीहरु यहाँ आउँछन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्दाकोभी

~कृष्ण अविरल~ यतिखेर मेरो हातमा सीता पाण्डेको ‘यौन र अनुभूति’ भन्ने पुस्तक छ । एक दशकअघि नै बजारमा आएको यो पुस्तक यतिखेर दोहोर्‍याएर पढ्दैछु म । मानसपटलमा भने सुशीलाको अनुहार आइरहेको छ । हरेक पानैपिच्छे, सन्दर्भैपिच्छे उनैलाई सम्झिन पुग्छु म

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~ -’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’ -’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’ -’के रे के ?’

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

निवन्ध : म एक्लो र उदास उस्तै

~गीता त्रिपाठी~ छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिसापजस्तो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक अंश : यत्रैसित्ती !

~टंक चौलागाई~ “संविधान बन्दैन । संविधान बन्दैन । ……..का छोराहरुले संविधान बनाउँदैनन् । भारतले संविधान बनाउन दिँदैन । चीनले संविधान बनाउन दिँदैन । अमि्रकाले संविधान बनाउन दिँदैन । ज्ञानेले संविधान बनाउन दिँदैन । ए भाते हो ! नबनाओ संविधान ।” … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~ बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ । घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य कथा : त्यो किताब

~शैलेश भट्टराई~ करिब चार बर्ष अघिको कुरा हो म काम विशेषले नयाँबजार दरबार (अहिलेको लाजिम्पाट दरबार) गएँ | अध्यक्ष कमरेड विहानीको चिसो हावा खाँदै कुर्सीमा उपरखुट्टी लाएर एउटा मोटो न मोटो पुस्तकको गहन अध्ययन गर्न लाग्नु भाको रहेछ | हातमा … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भुतेश्वर

~बखतबहादुर थापा~ माओवादीले गोर्खे पञ्चायतका लागि सानाठूला सबै गाउँलेलाई अनिवार्य उपस्थितिको उर्दी गरेको थियो । ‘यो त अचाक्ली नै हो नि, कामकाज छोडेर सानाठूला सबै चौरमा जम्मा हौ भन्नु सुहाउने कुरा हो त ?’ ‘हैन, माओवादीले यसरी बोलाउनुको उद्देश्य के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रौनक मरेको दिन

~सुबिसुधा आचार्य~ “दाई ! मान्छे पनि सडकमा बेच्न राखेको हो ? कति हो नि मूल्य चैं ?” हरेक दिन आठ-दश समूहबाट हुत्तिने व्यङ्ग्यको तीखो भालाले सिधै मुटुमा घोच्दा आच्छु आँच्छु हुन्छु म । सायद किनिन-बेचिन, लायक-योग्य थियो भने मेरो छोरोमाथि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment