Category Archives: कविता

Nepali Poems

कविता : बिथोलिएका दिनचर्या

~भिम प्रसाद घिमिरे~ घर-अफिस अफिस अनि घर साँघुरा दिनचर्याभित्र यन्त्रवत मान्छे अनपेक्षित पुनरागमन अनपेक्षित अभिलाषा दसकपछि फर्किएको खोलो निर्मल , कञ्चन, शान्त, शीतल अर्थहीन नाता भयावह परिणाम लापरवाह मन बाटो विराएरै हिड्न खोज्छ उनलाई सुनिरहुँ झै लागिरहन्छ दिउँ दिउँ नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : म गरिब हैन

~उमेश लुइटेल~ जीर्ण ति वदनबाट स्नेहका रहस्यमय आभा चम्काउँदै हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई तृणजडित हाम्रो प्यारो घरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मूक्तिका सपनाहरू

~कृष्ण धराबासी~ मूक्तिका सपनाहरू सब बेकार हुन मानिसहरू एक–एकवटा आस्थाको किलोमा कैद छन् एउटै रामलाई म¥यादा पुरुष बनाउनका निम्ति भक्तहरू राम भित्रको हरामा देख्न असमर्थ छन् । ओ ! सिद्धार्थ गौतम ! ओ ! एडोलफ हिटलर ओ ! जड भरत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तराष्ट्रिय अदालतमा रामको अग्नी परीक्षा

~दिपा एवाई राई~ न्यायधीस (प्रवेश) ! ठक ! ठक ! ठक ! सम्पुर्ण महानुभावलाई यस अन्तराष्ट्रिय अदालतमा बैठक ग्रहणसँगै ‘आदर्श पुरुष राम’ को सुनवाइ अगाडि बढाउन अनुरोध छ वादी- ‘श्रीमान् !’ आज युग बदलिएर आकाश उज्यालो भएको बेला म ‘सीता’

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिकाल र भुस

~मिलन बगाले~ अनिकालमा, काम लाग्ला भनेर कसैले ल्याइदिएको एकथैलो अन्न साँचेका थियौ । स्यानोतिनो पिडा त्यसैलाई हेरेर बाँचेका थियौ । पिढिको डिलनेर । भोकले , अचाक्ली अत्याएपछि कुटेर खाने रहर गर्‍यौ । उचाल्दा मेसो पाईएन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~महेश पौड्याल~ हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्त हाम्रा लागि दुखिरहिन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म मानव कस्तो ?

~जे पि दाहाल~ ढुङ्गा भएर पूजिने म मानव कस्तो ? पत्थर माथि पलाएको पिपलको बोट जस्तो । रङ्गि विरङ्गी अत्तरले सजाइने म मानव कस्तो दोबाटोमा उभ्याएको शहिदको मुर्ति जस्तो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैच्याङ

~बिना तामाङ ‘सुनगाभा’~ लाम्टा चुस्दा चुस्दैको दूधे बालक मोहि पार्दा पार्दैको मदानी रोप्दा रोप्दैको पाखो बारी अनि बग्दा बग्दैको एक ढिको आँशु फ्ल्यासब्याकमा राखेर मैच्याङले दक्षिण बेग मारेको एक दशक वितेछ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कब्जियतमा छ देश !

~बिम्मी शर्मा~ हरेकदिन बिहान जब देश शौचालय जान्छ र घण्टौंसम्म कन्दै बस्न बिवश हुन्छ देश छट्पटाउंदछ, उसलाई नेताहरुले कति पीडा दिएकाछन्……….. कमोडमा निक्कै बेर थचारिएपछि देश निखारिन्छ र सिंहदरवार पुग्दछ देश झस्किदै आएको छ जबदेखि उसले थाहा पाएको छ नेताहरु … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ‘आनन्दित’ हुँदैछु म !

~देवशंकर पौडेल~ नीति सिद्धान्त हेरेर, जहाँ जीवन अर्पिएँ, भद्दा आचार देखेर झल्यास्स भर्इ तर्सिएँ । भुनेको मही छाडेर, बजारे स्वादमा भुली, बुकुरा बासका साथी, छाडी पल्क्यो कतै मुली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कुङ्वालाई पत्र

~मेदिनी पाइअस्~ कुङ्वा हजुर र म बीच धेरै पटकको चोरी दाउ हानथाप र छिर्के लगाई मुछिवुङेको ख्यावा र म्यङ्वा जस्तै भो । मैले बिझाएका कांडाहरु हजुरले प्रहार गरेका बाँणहरु चटक्कै भुलेर जन्मभूमीको माटो समाई हाम्रो नातामा सौहार्दता कायम रहनुपर्छ आवो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आनन्द

~भिम प्रसाद घिमिरे~ एक घण्टाको यात्रा दुई पाङ्ग्रेका सीट रीसै उठेर आउँछ पोल्न थाल्छन् जब पिँध टक्क अडिन्छु चिया घुम्तीमा आराम दिन्छु टायरलाई सम्झन्छु, पसले कति संयमित विहानदेखि बेलुकी उभिएकै छन् उभिनुपर्ने बसेकै छन् बस्नुपर्ने संसार झेलेका छन् खै कसरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका रङहरु

~यशोदा अधिकारी~ हरेक साल निस्कन्छ एउटा मान्छे मेरो विश्वासको ढोकाबाट र, हल्लाउँछ आफै बसेको घर म भरिरहेको हुन्छु जिन्दगीको रङ त्यही घरको झ्यालमा उभिएर । जव काँप्छन् मेरा कुची र ब्रसहरु छताछुल्ला पोखिन्छन् रङ छरिएर समगर सागरसरी मेरो आगानमा जिन्दगीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

~भूपिन ब्याकुल~ शहरले अपहरण गरेको छ, तिम्रो आत्मा र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी देश, म त्यही आस्था र ढुकढुकी खोज्दै यस्तो गाउंमा आईपुगेको छुं जहां मान्छेहरु भन्दा बढी घरहरु छन् जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जब जब म प्रेमकविता लेखूँ भन्छु

~विनोदविक्रम केसी~ जब जब म प्रेमकविता लेखूँ भन्छु छाकसंग्राममा हर भाँचिएको बुढो भात समयको जीर्ण फलैंचामा बसेर फलाक्न थाल्छ जिन्दगीका ह्यान र त्यान भयावहता कोही खोरन्डो तक्मावालले आफ्ना लाहुरेकालका त्राशद युद्धकथाहरु हालेजसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : गहुँगोरो अफ्रिका

~आहुति~ मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुरुप देश

~नाकिमा~ साकेला छ साकेलामा सिली छ सिलीमा जीवन छ सिलीमा गाइने रिसियाहरु छन् रिसिया गाउने नछुङहरु छन् सिली सिकाउने तयामा-खियामाहरु छन् ढोल-झ्याम्टा बजाउने हेत्छाकुप्पाहरु छन् अर्थात् एउटा देश छ सेलो छ सेलोमा बज्ने डम्फू छ डम्फू बजाउने ज्योज्यो-आलेहरु छन् डम्फूको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मदनको पाइला

~तिब्वत दर्लामी~ आमा! म पनि जाउँ कि क्या हो ? खाडीतिर उँट चराउन । याहाँ लोडसेडिङमा जीवनको अँधेरो पालेर बस्नुभन्दा याहाँ महँगीमा मनको चाहनाहरु मारेर बाँच्नुभन्दा सामान खोज्ने भीडमा सामान कम भएको अनुभूतीले आफ्नै आफन्तहरुबाट अपहेलित हुनु भन्दा लुसुक्कै छिरुँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालरात्रीहरु

~अपराजिता प्रभास~ कालरात्रीहरुले जगड्नु जगडिसके अब बिहानीलाई जगडबन्दी गर्न नखोज नत्र भयानक हुनेछ जहाँ उज्यालोको ठाउँ छैन त्यहाँ नै क्रान्ति छाउने छ जहाँ समानता छैन त्यहाँ नै भोकाको शासन आउने छ जहाँ सम्मानको पाठ सिकाइदैन त्यहाँ संघर्षको मू्ल फुट्नेछ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बस्तिहरुमा..

~तेजविक्रम कार्की~ चोरेर एक टुक्रा घामको उज्यालो तिमी छिरे पछि बाँच्नेछन् कयौले जिवन व्युझिएर एउटा विहानी बस्तिहरुमा हिड्दा हिड्दै खिईएका बाटोहरु कुरीरहेछन् पदचापहरु अझै पाली मुनी पानी पर्दाको बास

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्टो रुख

~भूपिन ब्याकुल~ बालककालमा बालसाथीहरुले भन्थे- “फलफुल खाँदा बियाँहरु ननिल्नू निलेपछि पेटमा उम्रिन्छन बियाँहरु पेटमा नै बिरुवा लाग्छ पेटमा नै बिरुवा पलाउँछ रुख बन्छ र मानिसको मृत्यु हुन्छ | ”

Posted in कविता | Tagged | Leave a comment

कविता : रेमिट्यान्सको कथा

~गोविन्द वर्तमान~ आमाको आँखामा खुसी किन अडिदैन ? साहुका केही हजारहरू तिरेर किन सकिदैन ? बालिग अनुभूतिको दोसाँधमा विभेदको वर्गीय किताब पढ्दै गर्दा एकदिन पँधेरीबाट झरिला सपनाहरू झर्दै गर्दा एकदिन सुकिलो मुस्कानले भन्यो–

Posted in कविता | Tagged | Leave a comment

कविता : शरणार्थीलाई अमेरिका

~भोजराज न्यौपाने~ ढल्यो सर्वश्व ढल्यो । त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु र खोज्दैछु म त्यस्तै नोष्टाल्जिक आँखाका सुन्दर सपना ओहो कसरी भयो एकाएक यस्तो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : माता म फर्कन्छु

~बिलोल पोख्रेल~ म दुख्छु अश्रुमा तिम्रो, भारी सही बिडम्बना, म रुन्छु या म हास्दैछु के छ भित्र यथार्थमा, के लुक्थ्यो दृष्टिमा तिम्रो, पुत्र हुं म दया गर, फर्कन्छु पाऊमा तिम्रो, तरेर भवसागर । । *** म खान्छु अन्नमिष्टान्न यो बाहु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भङ्जाहा भुइँचालो

~गणेश खड्का~ यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने…? धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन् र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन् अनि जान्छन् आफ्नो बाटो लिएर आफ्नै कामकाजमा भोलिपल्ट बिहानै तर यो,… एउटा भयङ्कर सन्त्रास र अज्ञात भय बर्षाएर काँपिरहन्छ पीडा-वेदनाले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : “सपना …”

~मिना थापा~ उकालीका गोरेटाहरुमा हजुरको हात समाऊँदै शितल शान्त्त वातावरणमा प्रफुल हुँदै-रमाऊँदै हामी अगाडी बढीरहेका थियौ, हाम्रो आफ्नै संसारमा हामी अझै डुबिरहेका थियौ हाम्रो आफ्नै भावनाहरुमा हामी धेरै नजिकिदै थियौ, हाम्रो चोखो मायामा हजुर अनि म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कान्लो मिचियो

~पुस्कर बन्जाडे~ बारीको कान्लो मिचियो केहि बोलीन सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको छ खेतको आली मिचियो

Posted in कविता | Tagged | Leave a comment

कविता : यौवनका फौबन्जारहरू

~शिव प्रकाश~ अभावको भोको भन्दा रहरको भोको छ आधुनिकता, अवस्थाको विवशता भन्दा आधुनिकतासँग विवश छ अवस्था ! मौलिकता विहीन आधुनितकताभित्र मौलाइहरेछ नूतन सभ्यता मान्छेभित्र कुमान्छे जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद

~सुजता ढुंगेल~ शिरैमा आमाको आशिष आँखैमा प्रिया को झलक कर्तब्य मोहित एक सिपाही फर्की आउने बाचा राखी सर्दै अघि युद्ध भूमीमा खेल्दै, छेल्दै बारुदे धुंवा आत्मास्वाभिमान राख्दा राख्दै ढलिगए रे बङ्लंग त्यतै

Posted in कविता | Tagged | Leave a comment

कविता : रोई राछ हिमाल

~भीमसेन सापकोटा~ डाँफे रोयो , गुराँस रोयो , रोई राछ , हिमाल। पाइला तिमीले, मेटी हिँड्दा दुःखिरा छ नेपाल । । बाटाहरू पैताला लाई, आँगन फर्काइ देउन । देउराली र चौतारीको , दुःख सुनाइ देउन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : म अझै मरेको छैन

~तेजविक्रम कार्की~ हरेक दिन मेरो छाँया यो घर भित्र पस्छ र बाहिरिन्छ सधै जसो मेरो फोटो हेर्छिन् आमा सुकसुकाउदै रून्छिन् एकछिन् टोलाउँछिन् अनि कसैले नदेख्ने गरी सारीको सप्कोले आँशु पुस्छिन् बा मैले रोपेको क्याकटसमा सधैजसो पानी हाल्छन् थाहा छ जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment