Category Archives: कविता

Nepali Poems

कविता : आजकाल म कविता लेख्दिन

~नारायण तिवारी~ ठीकै भन्नुभयो तपाईंले आजकाल म कविता लेख्दिन । आजकाल यो जिन्दगी धेरै फाटेको छ र सिउन तल्लीन छु माता–पिताका कृुराहरू छाडिदिउ“ कर्तव्यपालनका कुराहरू छाडिदिउ“ असमर्थताको हुरीले

Posted in कविता | Tagged | Leave a comment

कविता : मालिक

~स्नेह सायमी~ उक्ल भन्नुभो उक्लें ओर्ल भन्नुभो ओर्लें जुन दिन मानिंन झर्न त्यो दिन खसाल्दिनु भो , खसें मालिक

Posted in कविता | Tagged | Leave a comment

कविता : आहुतिको मुख

~विनोदविक्रम केसी~ सभाको बीचमा जुरुक्क उठ्यो आहुति र कड्केर भन्यो– ‘तिमीहरू चुप लाग अब म बोल्छु।’ स्तब्ध भयो बूढो इतिहासकार झसङ्ग भयो कहलिएको पण्डित ट्वाँ पर्‍यो नाम चलेको समाजशास्त्री अवाक् भयो राष्ट्रको ठूलो कवि नर्भस भयो कम्युनिस्ट नेता आहुतिले भन्यो–

Posted in कविता | Tagged | 1 Comment

कविता : दुःखको वर्णमाला

~केशव शिलवाल~ वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पिन अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न आफैँ हिमाल र पहाड बन्नुपर्छ बगर र नदीका अक्षरहरु पढ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : पापाको अनुहार

~टिका भाई ~ जति चोटी माटोलाई छुन्छु, म पापालाई भेट्छु। म कोपालाई भेट्छु। कोमालाई भेट्छु। उनीहरुको अदृश्य उपस्थिति र अज्ञेय सुसेलिहरू यिनै डाँडा-काँडामा खेल्छन् डोको बुनिरहन्छ कोपाको हात निरन्तर कोमा चूल्हामा छिन् पापा

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखा भित्रका रेखाहरु

~टंक सम्वाहाम्फे~ जव रेखा भित्रका अनेकौ रेखाहरु यी हाम्रा आँखा अगाडी दृश्य / अदृश्य रुपले पदार्पण हुन्छन् तव ती रेखाहरुले मस्तिष्कमा आकार लिन थाल्छन् सुषुप्त दिमागहरु रेखासंग एउटा खुल्ला मार्गमा हिडे झैं दौडीएर हाम्रो सामु आईपुगे पछि रेखा जीवित भएर

Posted in कविता | Tagged | Leave a comment

छोक : खोज

~राजव~ खोजेको प्रेम हो चाहे त्यो ईश्वरबाट पाइयोस् वा आमाको आत्माबाट वा बाको आँखाबाट चाहेको प्रेम हो ईश्वरबाट पाइयोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवशतामा वाँचेको आत्मा

~एकलव्य राज~ फोहोरको डंगुरमा लुकामारी खेल्दै अभावका डोकाहरु उनिहरुको सामु लम्पसार परेको छ । उता हरक्षण आकाशिने होडमा कुदिएका छन् प्रातकालिन समय पुष्पगुच्छाका अगुल्ठाले छोपिदै स्वर्ग खोज्ने होडमा भौतारिरहेको काला वादलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : अलौकिक

~अमृत कुमार के सी~ बग्न थाल्यो निर्जर मरुभुमीमा कंचन गंगाको अबिरल धारा निसासिएर बसेको प्रेमको बिज अंक्कुरित भई हरियोमा रङियो जग सारा सुस्क भैसकेको इन्द्रियहरु उर्जाले जुर्मुरायो

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाईं शहरीया कि गाउँले

~नर बहादुर खत्री क्षेत्रि~ जन्म थलो मै बस्ने कस्लाई रहर हुँदैन। तर आफ्नो गाउँ जस्तो कुनै शहर हुँदैन।। जती टाढा भयपनी गाउँ नसम्झेको प्रहर हुँदैन। शहरको आत्मियताले कहिल्यै मन छुँदैन।। कतिले गाउँ छोडे आफ्नै रोजाईमा। कतिले गाउँ छोडे कर्मथलोको खोजाईमा।। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो वयान !

~दीपेन्द्र के.सी.~ श्रीमान् ! कसलाई हुन्छ र यहाँ यति प्रिय सपनाहरु त्याग गर्ने रहर ? आत्मविश्वासका जगहरु भत्काउँदै मैले फूलहरु चढाएकै हो इच्छाका त्यागपत्र माग्ने देवताहरुलाई । आफनै सौन्दर्यका मादले आत्महत्यामा लम्किए जस्ता फूूलहरु र आफनै बिष लागेका सपनाहरु अवसानका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईः पर्छ

~पूर्ण ओली~ परिवर्तित मौसम यथावत बर्बर छ बगलीमा छिपाएर अन्यायको तरबार खुल्ला आकाश ओढ्नेहरुको घाँटी रेट्न तत्पर छ । मौसम होइन यो हिउँ वा पानी पार्ने अब आक्कलझुक्कल न्याय पार्छ कल्प, पर्ख ! तिम्रै खप्परमा पर्नुपर्छ अलि पर कटेराहरुको घेरघार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उसलाई विष खुवाएर मारेका होइनौं

~बिमल गुरुङ~ उ मर्‍यो त आफैलै आफैलाई मार्‍यो ऊ मसानघाट पुग्यो त आफैले आफैलाई पुर्‍यायो मरुञ्जेल मुसा खान थालेपछि मुसाले पनि टोक्न सक्छन् टोक्यो । उसलाई हामीले विष खुवाएर मारेका होइनौं

Posted in कविता | Tagged | Leave a comment

कविता : भँगेरी

~वैरागी जेठा~ देखेँ तिमीलाई विज्ञापनमा धेरैदिन अघि आँखाबाट बगे झरनाहरु अस्तिमात्र टाढैबाट सिगोले घोचेर वड्किबाट लवाड.्कावस्ति तिर … झरेर काठमाण्डौ टेकेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने…

~गणेश खड्का~ भक्तीको लौह गर्दनको कसम आधा होशमा र आधा बेहोशमा हुँदै होइन पुरै होशमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु- मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाईदिनेछु मैले टिस्टा नदी उकालो फर्काउन बाँकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जलिरहेछ शान्ति बुद्ध भूमिमा !

~न्हुछेरत्न बुद्धाचार्य~ अन्धकारले छोपिएको ठाउँमा कसरी शान्तिको फूल फूल्छ? स्वच्छ मनको अभावमा कसरी दया करुणा हुन्छ? यो बुद्ध भूमिमा द्वन्द्वको आगो सल्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सी

~रामकृष्ण सुनुवार ‘आँकाला’~ मैले रक्सी पिईन उसले पो मलाई पिएछ । एक दुई घुट्का कप गर्दागर्दै दुई चार बोतल रित्याएँ आँखा तिरमिर भई ताराहरु झुल्किए उज्यालो भो जताततै आगो भै दौडिएँ मैले रक्सी पिईन उसले पो मलाई पिएछ । मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पहिले–पहिलेका बहादुर अच्छे लोग थे

~टेकब कोइराला~ पहिले–पहिलेका बहादुर अच्छे लोग थे बोक भन्यो कुइकुइ बुइ बोक्थे ठोक भन्यो घड्याप्प सलाम ठोक्थे जोख भन्यो हाँसीहाँसी जोख्थे ‘शोक’ भन्यो रोइरोइ सोक्थे. पहिलेका बहादुर अच्छे लोग थे।। खोक भन्यो फोक्सै निस्किने गरेर खोक्थे थुक भन्यो तीन पाथी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अधुरो प्रेम

~रेनुका पौडेल “आहत”~ हामी दुई मुटु एक धड्कन दुनियाले अहो! भन्ने हाम्रो सम्बन्ध जीवन रंगिन बन्दै बनाउदै संघर्षका पाइला आत्मसाथ चल्दै हरेक हो हरेक प्रहरमा संग संगै पाइला चाल्दै एउटा छुट्टै आनन्द संगाल्दै एक अर्कामा निहित बनेर शत्रुको चोटिलो प्रहार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न गरिनँ

~शिरिष पराजुली~ उहिल्यै बाजेको पाला देखि घिस्रिदैं लड्दै र चढ्दै आयो प्रजातन्त्र तर मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा, र पो भोग्दैछु गरिबी र बेरोजगारी । देशको भूगोल र नक्सामा किरिङमिरिङ सिमाना सिमानामा नौलो झण्डा झण्डा प्रति प्रश्न गरिनँ, र पो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यूरोपका चीसा गल्ली हरुमा !!!

~जे.बी. शेर्पा ~ पट्ट्यार लाग्दो अलार्म ! सके हप्ताको सातै दिन ! जबरजस्ती आफुलाई ओछ्यानबाट घिसार्दै ! कहिले, आफ्नै निधार ठोक्दै ! कहिले “टाइम ईज मनी”को व्याख्याले चित्त बुझाउँदै ! अनि कहिले “खैरे चोर” वा “धोती चोर”को गालीले आफैं लाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिजेता को हुन्छ..

~रुमन न्यौपाने ‘अमन्त’~ एउटा दौड । हामीले लामो फड्को मार्यौ । चारै दिशा छुन खोज्यौ । चुचुरो छोयौं । फेदीमा पुग्यौं । हामीले पुरै ब्यास नाप्यौ । तर, पुनराबोलकन गरेनैं । हामीले समयको ख्याल राखेनौ । कसैलाई बिजेता भन्न सकेनौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिचयको एक सन्दर्भ

~बाबुराम लामिछाने~ धन्य छन् तिनीहरू जसले आफ्नो परिचय दिन जान्दछन् जसरी जूनकीरीले आफ्नो परिचय दिन्छन् जसरी हिउँचुलीले आफ्नो परिचय दिन्छन् जसरी जलासयहरूले आफ्नो परिचय दिन्छन् आमाले नानीहरूलाई जसरी आफ्नो परिचय दिन्छन् जसरी फूलहरूले आहृलादपूर्वक आफ्नो परिचय दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्ध

~कल्पना चिलुवाल~ निकाल त्यसलाई यो सभाबाट जसको कमिजबाट आजसम्म पनि आइरहेछ बारुदको गन्ध बारुदको गन्धले सम्झाइदिन्छ आफ्नै विगत त्यो बिर्सन पनि अब त अलिअलि भए पनि ह्विस्की र वाइन गनाएकै राम्रो अब त थोरैथोरै भए पनि रेड लेबल र सिज्लर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बिजोक

~गोकुल ढकाल~ सडकको छेउमा तिमी नतमतस्क हामीलाई हेरिरहेका छौ, दुर्घन्तित फोहोरको सुगन्ध सुघिरहेका छौ, पुर्खाले कती कसरत गरे तिमीलाई जन्माउन तिमी जन्मेउ जन्मन त, तर हेर त आज आँफै तिम्रो बिजोक। हामी तिमीलाई भगवान भनेर पुज्छौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : कामरेडको लालझण्डा

~जेनन नेपाल~ गाउँभरीको मुटु निचोरेर खन्याएथ्यौ समयको हजारीमा, त्यही हजारीले सिंचेर रगत, उमार्‍यौ फ्रेन्च कट दारी गिँडेर किसानका पाखुरीहरु बनाएथ्यौ बन्दुकका कुन्दा, पिँधेर ज्यामीका हाडहरु बनाएथ्यौ बारुद त्यही बन्दुक र बारुदले छेडेर मुच्र्छना सिजैथ्यौ कार्तूसको बगैँचा,

Posted in कविता | Tagged | Leave a comment

कविता : विरुद्धमा विरुद्ध

~मसान उपासक~ महोदय , भो यसरी नतर्साउनुस् अब मलाई पनि देशको माया असाध्यै लाग्छ पुरानो नागरिकताको रापमा बसिरहँदा गुनगुनाउँछु यही देशको राष्ट्रिय गान नपोलेको भए यही नागरिकतालाई कसरी थेग्न सक्थ्यो र सरकार

Posted in कविता | Tagged | Leave a comment

कविता : हली

~भोला सिवाकोटी ‘पुरानाघरे’~ बाली सुकेर बीउ नै मासिने भयो जमिन्दारी सान ऋृणमै भासिने भयो यही बेला हल्लाको हुरी चल्छ गाउँभरि ‘सृजनाको हली भतुवा लागेको छ’ मेरो सृष्टि सुकेको लासलार्इ उ मरेको अखबारमा सुताउँछ इतिहासको श्रापमाथि सुत्छ, उसँगै गुटबन्दी मातेर मस्तसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मात्र किन चलाख हुदैन बा’ ?

~प्रकाश रम्घाली~ दम दिएर चलाख बनाएको घडीझै हजुर मात्र किन- यति चलाख हुनुहुन्छ बा’ ? चलाख हुनुपर्ने देश- किन चलाख हुदैन ? चलाख हुनुपर्ने हामीहरु- किन चलाख हुदैनौं ? हजुर चाहीँ – घडीको सुईझै सक्रिय बनाउनु हुन्छ हात

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम निभेको कोठाबाट

~सुरज राना~ तिमी गए पछि नै हावामा आगोका फुलहरु फुल्न थालेका हुन अँध्यारो कोठा भित्र झ्यालको प्वालबाट छिरेको किरणले एउटा उज्यालो रेखा बनाउछ जुन रेखामा अलौकिक खुड्किला बनाएर म आफ्नै मृत सपनाहरुको मलामी जान्छु भित्तामा टागिएको पोट्रेटबाट चुहीइ रहन्छ भुक्षय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धरती

~भूपेन्द्र सुब्बा~ पहिला पहिला यस्तो थिएन। समय पनि थिएन उमेर पनि थिएन। त्यसैले अहमको होड भन्ने थिएन। अरुलाई टेक्दै माथि उठ्ने दौड थिएन। संवेदनालाई कुल्चँदै कुद्ने हतारो पनि थिएन। अघि खालि चट्टान मात्र थियो। चट्टानमा खोपिएको बुद्ध थिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : गान्धीजी अनि तीन बाँदरहरू

~टिका भुषण दाहाल~ गान्धीजीले थप चमत्कार देखाए किनभने उनले तीन बाँदर देखाए मुख थुन्नेले भन्यो- “ज्यु हजुरी गरI” कान छोप्नेले भन्यो- “नसुनेझैं गरI” आँखा चिम्लिनेले भन्यो- “नदेखेझैं गरI” भेला भए तीनैजना एकठाँउमा अनि

Posted in कविता | Tagged | Leave a comment