Category Archives: कविता

Nepali Poems

कविता : आवाज

~छम गुरुङ~ आफैंभित्रको— रगत बगाइएको आवाज म सुन्न सक्दिनँ गिदी चलेको आवाज सुन्न सक्दिनँ लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ आँसु उम्लेको आवाज सुन्न सक्दिनँ वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याउली रोयो निरमाया

~विप्लव ढकाल~ निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै, डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै, टिनिनि … टिनिनि … पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल, क्याच्च … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : नागरिकता

~मीनबहादुर विष्ट~ तिनीहरूले – हाम्रा देख्ने आँखा खोसे सुन्ने कानहरू खोसे सोच्ने मस्तिष्कहरू खोसे त्यसको बदला

Posted in कविता | Tagged | Leave a comment

कविता : सहमतिका बादशाहहरू

~राम बिनय~ नेत्रविहीनहरू कुनै दृष्टिविहीन हुँदैनन् दृष्टिविहीन कुनै नेत्रविहीन हुँदैनन् । नेत्रविहीन र दृष्टिविहीनहरू जब हात्तीविहीन वनमा हात्ती खोज्न थाल्छन् चट्टानको ढिस्कोलाई हात्ती सम्झेर

Posted in कविता | Tagged | Leave a comment

कविता : फागुमा मेरी आमा

~अरुणा बैद्य~ फागुका दिन दिनभरि नै मेरी बुढी आमाले झ्यालबाट बाहिर हेरिरहिन् हेरि नै रहिन्- ठिटाहरु, ठिटीहरु राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर फागुमा रमाइरहेको ‘लाइभ सिन’ । थाहा छ् मलाई त्यो ‘सिन’ भरि नै

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो बाचेकै छु

~लोकेश याक्थुङ्बा~ नसोध मलाई मेरो खबर्, जसोतसो बाचेकै छु मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु टुट्नु थियो टुट्यो नाता,अतित अब नबल्झाउ पुग्नु छ धेरै टाढा मैले, दोबाटोमा नअल्झाउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा ! यसै पनि पीडा हो

~कणाद महर्षि~ पीडा ! यसै पनि पीडा हो कष्ट हो, गाह्रो दुःख हो चहर्याइरहने षडयन्त्रको उनमत्त उहंकार हो तैपनि आफू नदेखिई अल्झाइरहने अरूलाई अप्ठ्यारो पारिरहने, दुःखाइरहने –यो क‚तो दुष्ट कुरूप हो ! –जगल्ट्याएर चौबाटोमा पछार्नु पर्ने त्यो पीडालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबा ! बुबु !!

~पूर्ण ओली~ “बाबा ! बाबा !” को कर्णपृय दूधे स्वरले म ब्यूँझिएँ झल्याँस्स आधी रातमा, तिमी गुन्द्रीको छेउ लागेर दुवै आँखाबाट मोटा आँशु बगाउँदै नाकमुखबाट र्‍यालसिँगान चुहाउँदै हिक्क हिक्क गर्दै सानासाना हात मुठ्ठी पारेर “बाबा ! बाबा !” भन्दै आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बजारतन्त्रका तीन अनुहार

~पुरुषोत्तम सुवेदी~ एक ब्याङ्क काउन्टरको न्यून वैतनिक कर्मचारी सारा नोट थन्क्याइसकेपछि झल्याँस्स सम्झन्छ रित्तो गोजी र, बिरामी छोराको अनुहार,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तर, म बोल्न सक्छु

~स्वप्निल स्मृति~ हो, म बोल्न सक्दिन ! मेरो कानले अहिलेसम्म कुनै विष्फोट सुनेको छैन? लोकतन्त्र, न्याय, सरकार वा क्रान्ति यी शब्दको अर्थ मलाई विल्कुल थाहा छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता–१

~चन्द्र गुरुङ~ ऊ एक कवि एउटा नयाँ कविता कोर्दै थियो । उसको कवितामा– आकाश, बादल, पुतली,

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष मन

~सन्जीव बंकिम~ तपाईं हरु कहिलै पुरुष मन भित्र पस्नु भएको छ ? पुरुष भएर हेर्नु भएको छ ? खोइ कहिले साथ गर्नु भएको छ यो संग ? यिनी हरु कति भद्दा जिस्किञ्छन यिनी हरु कति जिल्लिछन एक आपस मा नारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झार

~सुवास खनाल~ कसले झिकी लग्यो तिम्रा आँखा र मान्छे किनबेच हुने बजारमा उभिएर सोध्दैछौ दृश्यको मोल कुन प्लास्टिकको बट्टामा बिर्को लायौ तिमीले तिम्रो मष्तिष्क ? र मक्किएको त्यान्द्रोझैँ उभियौ आत्महत्याको एक प्रहर अघिझैँ । कुन चिहानमा गाडिएको छ तिम्रा इन्द्रियहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका कृतिम भिड

~प्रकाश सुनुवार ‘निराकार’~ मेरो देशले अहिले सपना वाँड्नेहरु र, फोकटमा वाँडिएका सपना टिप्नेहरुको खहरे धानीरहेको छ । खहरे अहिले शहरका मुल सडकहरुमा गाउँका गोरटोहरुमा आँखा चिम्लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : झुशीलकिरा

~नवीन प्यासी~ चराको चुच्चोमा च्यापिएको पुतलीले मृत्युको गीतमा आधुनिक नृत्य देखाउन थाल्यो जब देख्यो उसले बिरामी बालकको हातमा -गुलेली उसले कहिल्यै सोधेन बगरै बगर हिँडिरहेको नदीलाई -यात्राको परिभाषा, उसले कहिल्यै देखाइ मागेन मन्दिर, चर्च या मस्जिदलाई -इश्वरको मुटु, न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~ नयाँ वर्ष मौसम चुनेर आउँछौ भने यसपाली, जिवनको खण्डहरभित्र विकासको मरुस्थलभित्र बसन्त-बैंशमा ठिम-ठिम कल्कलाउँदो भएर आउनू मोफसलमा सरोकार स्वीकार्ने गरी आउनू। ** नयाँ वर्ष

Posted in कविता | Tagged | Leave a comment

कविता : यूद्ध किन…?

~दिलिप योन्जन~ रोएकोछ बुद्ध आज गोली र गन्धले हराकोछ शान्ति यहाँ आपासी यूद्धले तोड-फोड आगजानी दाजु र भाईमा पनि तछाड-मछाड लडाईले रगत बन्यो पानी छोरा मर्दा आमा रुन्छे दुखाई मातृ-भूमि भाई मर्दा दिदी रुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्बोधन

~लक्ष्मी प्रसाद देवकोटा~ क. हामी खिचडीनिम्ति बिकेका हामी आजका नेपाली, सामन्तका सब ढुकुटी ढुकेका, नूर झुकेका साहित्य–कलाका कोर्काली । ख. टेबिल ताक्छौ जिभ्रो चाटी, युग ढाँटी, पापीहरुसँग नीति सिकेका, परिपाटी, चाकरीबिनु जीवन जिएझैं हुन्न नि साथी !

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |

~दिवाकर सिग्देल~ कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस, तेतिबेला सम्म धैर्य राख्छु म, जतिबेला मेरो मेहनत चरम चुली पुगोस, त्यस पश्चातको अमृत बर्षाले, यो बोराको पाइन्ट, मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस | मैले बाटोका भिखारीहरु हेरे, प्रकृतीलाई सोधे,

Posted in कविता | Tagged | Leave a comment

कविता : चटके र हाम्रो नाच

~प्रणिका कोयु~ चटके रूख, घाम, तारामा छ हलो, गाई, हँसियामा छ सबै रंग त्यसका सबैमा छ सबभन्दा बढी त्यसको निख्खर कालो अनुहारमा छ चटके मिठो बोल्छ नमस्ते गर्छ खान्छ, नाच्छ, हिंड्छ सुत्छ र सुताउँछ पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : कोहि छ?

~मोहन पौडेल~ कोहि छ? मध्य रात कटेको अढाई घण्टा पछि पनि, म जागराम रहेको जाहेरी सुन्ने, लोकमा ए कोहि छ? कोटि-कोटि मस्त गहिरो निन्द्रामा स्बप्निल सपना सर्लक्क ओढेर आनन्द ओछ्यानमा झुलिरहँदा, त्यस्तै सपनाले आँखा कोक्काएर बिच्छौना बिझाएर हायल-कायल, यो ”एक” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दैन राम राज्य

~लोप्चन लामा~ पर्दैन जन्मिनु रामहरु पर्दैन बन्न श्री कृष्ण बस् रावणहरु जन्मिएँ पुग्छ लथालिंग भईसक्यो देश कयौं राम बन्न खोजेर लुटिएँ अस्तित्तो धेरै कृष्ण लीला रोजेर पर्दैन बनाउन अयोध्या

Posted in कविता | Tagged | Leave a comment

कविता : डब्लु डब्लु डब्लु जिन्दगी डट कम

~इन्द्रमणि नेपाल~ एउटा लामो वेब पेग जस्तो जिन्दगि गुगल सर्च गर्नु नपर्ने, कतै क्लिक गर्नु नपर्ने, त्यसै त्यसै सबैको सामु फररररर …… अगाडी देखा पर्ने साचै चाख लाग्दो छ हाम्रो आधुनिक जिन्दगि कतै इन्टरनेट को बन्द कोठामा

Posted in कविता | Tagged | Leave a comment

कविता : नटिप्नु तिमी

~अविर खालिङ~ ओइली झर्ने फूल कैल्यै नटिप्नु तिमी छुटी जाने प्रित कैल्यै नलाउनु तिमी । हातको फूल भुइमा खस्दा कोपिला च्यातिन्छ टुटी जाने प्रीत लाउदा यसरी धर्ति फाटीन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कलेज : एक यातना–शिविर

~सुवास खनाल~ मलाई कलेजको भित्ता भरिभरि यातना–शिविर लेख्नुको रहर छ म कलेज अध्ययन खप्न गइरहेछु हरेक प्रोफेसर पोडियम अघि उभिन्छ र बाँड्छ स्लिपिङ ट्याबलेट

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझको यात्रा

~हेमन यात्री~ साँझमा सँगै हिँड्ने जूनकीरीलाई थाहा छ बाटामा कोही पर्खिबसेको चौतारोलाई पनि थाहा छ पश्चिमले सधैँजसो उज्यालो चोरी लगेपछि हेर्नलाई ताराहरू मात्र छन् मसित हिँड्नलाई एकान्त मात्र छ मसित । यो त्यही एकान्त हो जसले युगौँदेखि सुनिरहेको छ साँझमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महानगर

~धुस्वां सायमि~ एउटा सहर महानगरका हरेक मानिस कहिल्यै सीधा र सही तरिकाले बाँच्दैनन् । उनीहरू आफू आफ्नै र अरू कसैको संकेत-निर्देशनमा सदा हिँडेर, सोचेर र बोलेर बाँच्दछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आज मेरी क्रिस्मस

~नर बहादुर खत्री क्षेत्रि~ कतै बुद्ध कतै यसु कतै मुहमद पैगम्बर। जे भनेनी उनै। ब्रह्मा बिष्णु महेश्ववर।। गाई काट्ने क्रिस्चियन त। हिन्दू गाई पुज्ने ।। धर्म पनि कस्ता कस्ता। हामी के बुझ्ने ? हलाल गर्ने मुस्लीम त ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मधेस जलेकै छ

~एन पी भावी~ मधेस आज पनि जलेकै छ तर्राई आज पनि उस्तैछ पहाडहरु मधेस नियाली रहेछन् मधेसहरु दिनरात तातिरहेछ मधेस आफैमा कुस्ताकुस्ती गरिरहेछ मधेसको हितको लागि धेरै मधेसी उदाउदैछन् तर पनि मधेस उस्तैछ तर्राई उस्तै छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपालको एक थुँगा फूल हुन नपाउने ?

~मनोज आठपहरिया ‘थारु’~ म शान्त थिएँ तालमा जमेको पानीझैं जे भोगे आफ्नो भाग्य ठान्थें जे जे पर्छ सहन्थें अरुले जे भन्छ गर्थें, अनि बन्थें अरुको लागि मतवाली बनें जंगली बनें कमैया बनें, कमलरी बनें सहिरहें सवै कर्म र भाग्यलाई दोषी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हतियार

~बिक्रम सुब्बा~ हतियारलाई पनि चढ्दो रै’छ क्यारे जवानी ! नत्र, वैँशको छत्रे टोपी र यूनिफर्ममा ठाँटिएर दाहिने आँखा छोपेर देब्रे आँखा प्रहार गर्दै राजकुमारीतिर अंगरक्षकका कमरबाट किन मस्किँदै हल्लिन्छ रिभल्भर? कुनै राज्य चलाउँदो रै’छ हतियारले पनि ! नत्र, हाक्पारा र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चिम क्षितिजबाट…..

~स्वप्निल स्मृति~ क्षितिजपारि आकाश गर्जिंदा क्षितिजपारि बिजुली चम्किँदा आमालाई सम्झिन्छु, एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर…. त्योभन्दा पर मेरो देश छैन त्याभन्दा उता मानिसको बस्ती छैन एकटक हेरिरहन्छु — घरतरुलको लहराले घोचा नाघेर

Posted in कविता | Tagged | Leave a comment