Category Archives: कविता

Nepali Poems

कविता : एउटा यात्री

~वैरागी जेठा~ उतिसका पातहरू साउती मारिरहेछन् सल्लाहरू आँसु झारिरहेछन् चम्पापुर उक्लिँदैछु मेरो बन्दुक चूप बसेको छ यात्रा छाँटिएर बीचबाटोमा रोकिएको छ सेनलाई बोकेर म उनकै छायामा हिँडीरहेछु टन्टलापुर घाममा साथी बुझ्दैन सेनको गन्ध सुङ्घदै

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी संर्घष मै रमाउँछौं

~हस्तबहादुर केसी~ हामी संर्घष मै रमाउँछौं संर्घष मै बाँच्दछौं ।। संर्घष नै हाम्रो ज्यान हो संर्घष नै हाम्रो प्राण हो ।। हामी संर्घष मै क्रान्तिका गीत गाउँदछौं संर्घष मै हामी क्रान्तिकारी नाँच नाच्दछौं ।। संर्घष नै हाम्रो उद्देश्य हो संर्घष … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आरनमा तिमी र म

~विप्लव प्रतीक~ खलाँती जसरी फुकिरहेछ हावा र आरनमा ह्वारह्वार्ती बलिरहेछ आगो त्यसैगरी तिमी फुकिरहेछौ सास मेरो पीरको मकलमा, जहाँ सल्किरहेछन् व्यथाका कोइलाहरू । पानीमा चोप्दै, आगोमा सेक्दै जसरी घन पिटिरहेछ तातो राँकिएको फलामलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : एकान्त

~सुस्मिता नेपाल~ पतिलाई लग्यो अन्धकार समयले अथाह दुःख छातीमा टाँसेर तिनी छटपटाइरहिन् एकनासले छोरातिर हेर्दै ओर्लिन् आँसुको भर्याङबाट छामिन् दिनलाई मौन रह्यो दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : औशत माया र जिबन

~रुमन न्यौपाने ‘अमन्त’~ अनुप्रास नमिलेको जिन्दगी बाँच्दै छु । कहिले काँहि पोखिन्छु सफेद पनामा । यादहरुको चपरा पल्टाएर, एक त्यान्द्रो खुसि खोज्दैछु । बिश्वास छैन? म त, बन्द जिबन भित्र दास भएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाईजात्रे देश

~आषिश श्रेष्ठ~ घटना चरीको होस् या परीको, विचित्र, विचार थरी थरीको !! गुन्डा मर्यो लाल झण्डा माथि, निमुखा मरे, सुनकोसी साथी !!

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको शहरतिर

~रुमानी राई~ हिजोअस्ती हो, थाप्लोभरी साहुको ऋण् ढाड कुप्रीनेगरी भारी लादेर गैरीखेतसंगै यो जिन्दगी बन्धकी राखेर सपनाको शहरतिर घर छोडेर हिडेको म उफ्-दुईवर्ष ठाडो उकालो हिंडिसकेछ यो समय! साहुको मुखमा बुझो हाल्न भ्याए पनि जोरीपारीहरुको आँखामा छारो हाल्न सके पनि गैरीखेत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कट्टुसका स्याउला

~भिम बहादुर थापा~ त्यो हाम्रो ठाउँको त्यो रनबनको त्यो परिवेशको समग्र त्यो भूमिको कोही किन गराओस् पुनर्ताजगी मलाई? अघोर अभिन्न जस्तै प्रकृतिको साथी प्रकृतिको प्रसंशक, म आफै प्रमाण म आफै साक्षी म आफै भुक्तभोगी कोही, खै

Posted in कविता | Tagged | Leave a comment

कविता : … र, यसपालि पनि

~हरिहर तिमिल्सिना~ धेरै वर्ष दशैँका नाममा समयले घोडा बनाएर मान्छेहरूलाई चढेछ बेसरी र पुरानै ठाउँमा ल्याएर छोडेछ केटाकेटीले गोल्टिनमा लङ्गुरबुर्जाका गट्टीहरू हल्लाएझै कहिले पछार्दै र कहिले उठाउँदै । …र, यसपालि पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो मान्छे

~श्रवण मुकारुङ~ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ । तिमीसित अब के छ त्यस्तो कुरा… ? सुधारिएको प्रजातन्त्र ? गणतन्त्र ? अत्याधुनिक बन्दुक ट्याङ्क, मिसाइल, रकेट लञ्चर

Posted in कविता | Tagged | Leave a comment

कविता : सिकर्मी–मन

~भूपाल राई~ यी यो आलमारी श्रृङ्गारका ‘हरेक माल’ प्रेमको वार्निसले पोतेर सिकर्मी–हातले खोपेको । रंगहरू छन् रंगकै भट्टीमा रंगीन मुटु गालेको

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन विरुद्धको सङ्गीत

~विमला तुम्खेवा~ कसले बजायो मान्छेको बस्तीमा दुःखको बाँसुरी एकोहोरो ? मैले पनि थुप्रै सपनाहरू लिएर तिमीसँगै दाँजिँदै क्षितिज नियालेकी थिएँ घामको यात्रामा समयको बैँशलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तर

~डा. आनन्द जोशी~ फ्रेम तिमीलाई मात्र कहाँ हो र मलाईलाई पनि दिएका थिए तिनीहरुले । सम्पूर्ण रुपमा आफुलाई कैद गरि हे-यौ तिमीले फ्रेमभित्र हत्केलाहरु फ्रेमबाट बाहिर निस्केकाले काटिदियौ ति हत्केलाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : के नेपाल भ्रष्ट छ ?

~निरज भट्टराई ‘मनोरोगी’ ~ मेरो देश नेपाल भ्रष्ट छ यो मेरो । हाम्रो देश नेपाल प्रकृतीको अनुकम्प प्रदत छ खै किन फेरी यो देश भ्रष्ट छ । ६ हजार साना ठुला नदीनाला बग्दछन् हरियाली अनुकम्प छ खै किन फेरी यो देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान

~प्रतिमान सिवा~ टुप्पामा, झुप्पामा, फकृएको फुलगुच्छा, तिम्रो शिरको सिरबन्दि श्रीपेच उसको ढाकामा नेपाली सारा जगतका, आकाशमा फुलेको सुर्य झैं,

Posted in कविता | Tagged | Leave a comment

कविता : रिट दायर

~कुमार काफ्ले~ न्यायमूर्ति! प्रेम विश्वास हो कि घृणा शक्ति भौतिक हो कि आध्यात्मिक नारी श्रेष्ठ हो कि पुरुष छोरा ठीक कि छोरी देह शाश्वत हो कि आत्मा

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन, सपना र मृत्यु..

~नरेश सुनुवार~ प्रकृतिद्वारा प्रतिपादित यो ब्रम्हाण्ड यो जगत यो जीवन प्राणी जीवनका दुई अस्तित्व पशु मान्छे, पशु जो यस्तो प्राणी ऊ न चेतनशील छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिरही गीत नेपाल

~पशुपति कर्माचार्य~ हावा चल्यो कि पातहरू हल्लिन पुग्छन ती त प्रकृतिका रीत हुन् । उनीलाई सम्झ्यो कि केही रागहरू सम्झना आउछन्

Posted in कविता | Tagged | Leave a comment

सुको साइबरका तीन छोटा कविताहरु

~सुको साइबर~ मुद्दा तिम्रो आँखाको अदालतमा विचाराधीन छ मेरो मायाको मुद्दा ! नयाँ वर्ष म वि.सं. २०६६ मा मरें

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा मलाइ गाली नदेउ

~शिबराज इटनी~ तिम्रो काखवाट टाढीनुपर्दा यो मुटु पोलिरहेको छ तर सेवाबाट भागेको होइन आमा मलाइ गली नदेउ । सेबा गर्ने इच्छा भएपनि टाढीनुपर्दा मेरो यो मन जलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्खहरुको देश

~निश्चल काउचा~ चरम बलत्कारको शिकार भई अर्धचेतन अवस्था लडिरहेको सडक टायरको कालो मुस्लो धुँवातिर हेर्दै बर्बराएको सुनिन्छ । ए मुर्खहरू ! आफ्नै सन्ततीको भबिष्य किन अन्धाकार बनाउदैछौ ? बलत्कारीहरू सगरमाथा शिर चुमे सरि अट्टाहास हाँसो हाँस्दैछन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माया रुपी बिष

~रामचन्द्र कार्की~ काँडा बन चाहे तिमी, फूल बनि बास्ना देउ, पर पर सर्यौ तिमी, किन आउथ्यौ मेरो छेउ । डाँडाकाँडा पहाड पर्वत, स्वर्गरुपी संसारमा, मेरो माया थन्काई दियौ, धुरी चुहिने धन्सारमा । जति अग्लो बन्छु भन्छ, हेर बाँस निउरी राछ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मिल्नु पर्छ मिलौन है…….

~कुन्दन काफ्ले~ लेखेर त्यो प्रेम पत्र, कति पटक काटें होला । देखेर ती निश्चल आँखा, कति पटक ढाँटे होला । नढाँट्नु ढाँटे मैले आफैंलाई पटक–पटक । मनलाई आश्वासन मीठो कति पटक बाँटें होला । सफलता मिल्नु पर्छ, तिमीलाई फेरी पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी नभएर पनि

~अशोक ‘खलानको मान्छे’~ तिमी नभयर पनी त घाम झुल्कन्छ पाहाडबाट मेरो माया घामको पाईला संगै खोजी हिड्छ बिहानी बट तिमी नभएर पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता  : जानु अघि शहरतिर

~मसान उपासक~ जानु अघि शहरतिर हेर्नु —आमाको पुरानो मजेत्रो भन्नु —अर्को साल फेरौाला सुन्नु—बाबाको युगौादेखिको सपना सम्झाउनु—अव नयाा सपना देख्नुपर्छ नविर्सने गरी हेर्नु —आफ्नो दौतरी अनुहार देखाउनु—देब्रे गालाको खत अलिकति याद छाड्नु यतैकतै भन्दिनु फूलमायालाई त्यही यादले बाच्नु पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेडुसाहरुको राज्य !

~दिवाकर स्वप्नील~ भाग्दैछु पर__तिमीदेखी! पाउँछु तिमीभित्रै आफुलाइ । मायावी जालले पछ्याइरहन्छ निरन्तर। म भित्र तिमी छौ या तिमीभित्र म ? म उही दोधारमा पल्टिरहेँ- तिमी र कविता ? पहिल्याउँदै तिम्रो आत्माको मार्ग विचरण गर्दै मनको भित्तामा तिम्रो मनकै परिभाषा कोरेँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश , समय र नियती

~सुरज सोडारी~ हेडलाईनमा उत्तिकै महत्वको गर्व गरिरहेका हुन्छन जब छुट्टा-छुट्टै दुई समचारहरु १. “अन्तरमहादिपिया ब्यालेस्टिक मिसाइल परिक्षाण” र २.” जाजरकोटमा सिटामोलको अभाब” यस्तो लाग्छ , नांग्लो ठटाएर लुतो निबारणको उत्तेजना सुसेल्ने मान्छे हामी कतै युगले धिकारिरहेको त छैन?? सोच्छु,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पाठ १. भोलि कण्ठपारेर आउ है !

~चट्याङ मास्टर~ संविधान X १ = संविधान संविधान X २ = अन्तरिम संविधान संविधान X ३ = मस्यौदा नयाँ संविधान संविधान X ४ = सहमतीय नयाँ नेपालको संविधान संविधान X ५ = बहुमतीय गणतान्त्रिक पहिचान सहितको संविधान

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्खलित बैंश

~आचार्य प्रभा~ चन्द्रमाको आभासँग कल्पनाको चुम्बन साट्दै तिर्खालु ती अधरहरु तृप्त बन्छन् र टोल्हाउँछन् आफैभित्र मदमस्त भएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो सल्किदै गएको छ

~प्रकाश सुनुवार ‘निराकार’~ सुन्दर आदिम बस्तीहरुमा विष बोकेर केहि सर्पहरु पसे तिनीहरुले बस्तीहरुको घाँसपातहरुलाई छोए – घाँसपातहरु मरे माटोलाई टेके – माटो पनि म¥यो हावालाई चलाउ – हावा पनि दुषित भयो वचेखुचेका वनजंगल, माटो, हावालाई पनि कब्जा गरे आप्mनो अधिनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कौशीको घाम

~शिव अधिकारी~ घामलाई काँधमा हालेर उकालो लागेको पहाड रातोलाई सिम्रिक देख्छ लालीगुराँस लालुपातेलाई… नीलोलाई आकाश आकाशको छायाँ आभास सरोवर समुद्र समतुल्य भेट्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा महान हेर

~माधब घिमिरे~ सगरमाथा महान हेर त्यहाँ नौलो बिहान हेर सधैँ सधैँ स्वाधीन बन्ने नेपालीको अडान हेर धर्ती जहाँ मुस्कुराउँछिन् उघारेर अधर जहाँ खुल्छ उत्तरमा हिउँचुलीको लहर

Posted in कविता | Tagged | Leave a comment