Category Archives: कविता

Nepali Poems

कविता : तिम्रो मेरो र हाम्रो देश

~हेम हमाल~ देशमा गुजारा गर्थेँ त्यो देशलाई आफ्नो निजी सम्पत्ति ठानेर मैले उल्टाउने, पल्टाउने र च्यात्न थालेँ । देश नाङ्गो भए पनि म कसिकसाउ हुँदै गएँ कसैको हात पर्ला कि भनेर चारैतिरबाट समुद्र बिछाएँ र छालले छेकेँ यो देशलाई मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : गुलाफको अभिमान

~कृष्ण वस्ती~ घामले दिएको न्यानो ओढ्यो, हावाले पठाएको शीतलता टेक्यो, र

Posted in कविता | Tagged | Leave a comment

कविता : संयोग होइन मिल्न गए यो कथा

~चन्द्रवीर तुम्वापो~ थपक्कै फक्रन्थ्यो सामूहिक पकन्दीका शिरबन्दी जस्ता घाम–जून लब्रेडाँडाको ठिक्क निधारमाथि र फूल्थे आशाका रङ्गी–चङ्गी किरण मनहरूको कान्ला–कान्ला बग्थ्यो लगातार उत्साहको संगीत– सिवाखोला। आकाश ओर्लेर बास बस्न आइपुग्थ्यो आँगनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय कलाकार

~केशव शिलवाल~ कलाकार साथी ! मेरो पनि एउटा चित्र बनाऊ भोकले दोब्रिएको मेरो पेट कस्तो देखिन्छ ? मूर्त छ या अमूर्त ? तेलचित्र बनाउँछौ या रेखाचित्र ? तिम्रो चित्रमा उज्यालोको परिभाषा के

Posted in कविता | Tagged | Leave a comment

कविता : लय

~अमर गिरी ~ एक लय छ नदीहरूसँग वृक्षहरूसँग एक लय छ हावालाई अँगालो हालेर शारदीय घाममा नाचिरहेका धानका बाला प्रचण्ड घामले बनाएका घाउहरूलाई सुमसुम्याउँदै फक्रिरहेका गुलाफ पुसको चिसोमा खोरिया खनिरहेका किसान

Posted in कविता | Tagged | Leave a comment

कविता : समयसँग युद्ध

~ठाकुर वेलबासे~ बिहानीसँगसँगै उदाएका हजारौं सूर्यहरू कहाँ हराउँदै छन् कहाँ हराउँदै छन् सपनाका लाखौँ ताराहरू किन आकाश यसरी रित्तो बन्दैछ ? आआफ्ना गीत गाउँदै चराका बथानहरू एकसाथ उड्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~तिर्थ प्रसाइ ‘अभिनव’~ हिजो आज, मेरो ड्युटी पर्या छ मेरी स्टोप्सको छेउछाउ तिर बिषाद आँखाभरी बोकेर त्यहाँ आँउँछन टाइट जिन्समा कुमारीहरु, अनी एक घण्टा पछी निस्कन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : गधा जीवनको मुक्तिमार्ग

~मनु लोहरुङ राई~ रहरमा बाँच्नु पर्थ्यो जीवन- जिउनुलाई अल्झेको उझिन्डो बाध्यता- परान राख्न डाँडाल्नु भरी तरान छेस्को बोकेर “गधा”जीवन। अनमोल पसिनाका थोपाहरु बिनामोल बगेका छन्। आँशुका नहरहरु मिसिएर….. नियतीको चुटाईले “गधा”

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र बाङ्गा गोरेटाहरू

~वैरागी जेठा~ मुढेको चिसोहावा पिउँदै घुट घुट बाटो रबाङ्गा गोरेटाहरूमा म गुडिरहेछु लाली गुँरास तपतप झार्छ आँसु चिमाल शिर झुकाउँछ साहित्यिक उत्सर्जनमा म र मेरा सहयात्रिहरू अँधेरी जङ्गलहरूमा जोखिम समाएर पानी अमलाझैँ हाँसेर बाटो र बाङ्गा गोरेटाहरू ओर्लिरहेछौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : हॉस्न मनाही छ

~बलराम तिमिल्सिना~ भो नहॉस चुपलाग अरुलाई हॉस्न देऊ किन नाच्न तम्सिएको अरुलाई नॉच्न देऊ हॉसे पनि आधि हॉस एउटा ओठ नफुकाऊ नॉचे पनि हल्का नॉच दुवै खुट्टा नचलाऊ अरु हॉस्या देख्नै हुन्न हॉस्न अघि सऱ्या किन ? कोही नाच्या देख्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्हालेकि छु

~उर्मिला थपलिया~ उस्ले छोडेर गएका सबै सबै कुरा मैले सम्हालेकि छु गोठभित्रका गाइबस्तु सम्हालेकि छु घर भित्रका बा आमा सम्हालेकि छु लालाबाला सम्हालेकि छु तर पनि ढिकिमा चामल सरि कुटीन्छ यो मन कहिले हाडीमा मकै सरि भुटीन्छ यो मन अति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको शक्ति

~नरेश शाक्य~ तिम्रो बमभन्दा धेरै संहारक छ मेरो कविताको शक्ति यसको निशाना अचुक छ यसले ताकेको गोलीले सीधा शत्रुको छाती भेदन गर्छ जिउँदाहरूको हड्डी रगत, पसिना र आँसुले निर्मित तिम्रो शोषणको महलमा यसले धावा बोल्छ र देख्दादेख्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : किन तड्पायौ प्रिय ?

~अरुणबहादुर खत्री “नदी”~ आउँछु भनेर विश्वास दियौं तिमीले मलाई उषाकालदेखि तिमी आउने बाटो हेरिरहे । घरका सबैलाई अन्तै पठाएर एक्लै तिम्रै प्रतीक्षामा म खाटमा पल्टिरहे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:ख

~राज आशातीत~ मेरो एउटै साथी छ जो आंखाका काप हुँदै बगिरहन्छ … मेरै दैनिकिमा दैनिकजसो अहो! मेरो दुश्वप्न भौंतारीरहंदा जिवनको खोजमा जीवन…. कुनै डिलमा छाडेर परेलिको … बस् पर्खनु छ ….मृत्यु!

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाल

~शकुन्तला जोशी~ त्यो तीखा आँखा भएको बाज जसरी माथिमाथि उडेर दुनियाँ हेर्न पाए मलाई छेकी उभिएको पर्खालभित्र के के होलान् ? कस्तो होला हावा जसरी हुरुरु कुद्दै तिम्रो बगैंचामा पसेर रूखरूखमा हाँगाहाँगामा पिङ खेल्न पाए ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नानीहरु र देश

~प्रवीण वानिया~ अध्याय एक– नानीहरु– झोलाभरि सुकिला अक्षरहरु बोकेर सुदूर गाउँको पाठशाला धाइरेछन् र, पढिरहेछन्– यो देशका उन्नत सपनाहरु । नानीहरु– चेतनाले नबुझेरै पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : देश आदेश

~निष्प्रभ सजी~ मैले आफ्नै भाईलाई विना सनाखत गाडेको छु र बालाई भाई फर्किन्छ भनेर ढाँटेको छु तिमीले ढलाउ भन्यौ मैले ढलाइदिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : जून पश्चिमास्त भइरहेछ

~उदय निरौला~ पुतलीसडकको त्यो सेकुवा पसल नजिकै प्रतीक्षारत त्यो अप्सरा मसाज टेबुलभित्रबाट बाहिरिएकी छे पत्रकार क्यामरा क्लिक गर्छ नेता भटमास लिएर बङ्गुर चपाउँदैछ प्रतीक्षारत त्यो बिचरी समय व्यर्थ बढार्छे । जून हाँस्दैहाँस्दै आफ्नो अक्षमा

Posted in कविता | Tagged | Leave a comment

कविता : समाचारको शिर्षक छैन अहिले

~मनोज बोगटी~ अलैंचीको बोटमा ल्यापल्याप टॉंस्सिन्छ बाजेको सड़िएको सपनाको छाला। छालारङ सर्छ दानातिर फूलको सुगन्ध गाउँले थाहा पाउँदैन शहरले थाहा पाउँछ। अलैंची टिप्ने हातमा, औंलामा लागेको काया पखाल्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम तयारी

~दिनेश अधिकारी~ रात आज तँ सुत म जाग्राम बस्छु ! आज म अँध्यारो खेल्छु आज म चकमन्नता बोल्छु आज म नीरवता सुमसुम्याउँछु हेर्नु छ मलाई छोप्न नपाउँदा सिरक आज कसरी छट्पटाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताले के पायो

~लोप्चन लामा~ बाह्र बर्ष गोली बर्सायो कलीला हातहरुमा बम -बन्दुक थमायो गाविसा-चौकी लडायो,टावर-पुल उढायो भएको संरक्षण भत्कानु-भत्कायो युवा शक्ती बिदेश भगायो सिङो देश अन्धकारमा सुतायो

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त त्यसै फर्क्यो

~डा. आनन्द जोशी~ हुन त यसपटक पनि हरियो जीवनका लागि निकै इच्छाहरु जोगाएर वसन्त हेर्न आएको छ हामीकहाँ तर, खेतको माटो अझै बेहोस छ । पानी नपाएर खेतका माटो अझ चिराचिरा परेका छन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले हारेर पनि जित्न जानेको छु

~अनन्त निरौला~ तिमीले निष्फिक्री आऊँदा हुन्छ मैले हारेर पनि जित्न जानेको छु स्वागत छ तिम्रो निर्दयी बेगलाई, म त पैले देखि नै यी लामा हरिया घाँसहरु जस्तो झुकेर लमतन्न परि दि सकेको छु तिम्रो सामु। स्वागत छ तिम्रो कर्कश प्रबाहलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~भिम बहादुर थापा~ भेलको अनगिन्ती झापड खाए नि बर्षाको बहुलठ्ठी भोगे नि मेरो बैखोलोले मेरो मुरली खोलोले कहिल्यै बदलाव सोचेन कहिल्यै बेईमानी गरेन म त तिनकै चिसो पानीले पोषिएको मान्छे शितल छादनमुनि

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताको अर्थ

~बिस्नु प्रवा सापकोटा~ हजुरबाले गुराँस जस्तो रक्तिम जवानी राणाका महलहरुको गाह्रो चिन्दै बिताए । ओइलिए पछी बैस कसैले सपना देखाइदियो अब राज्यमा तिमी जस्ता जनताले शासन गर्नु पर्छ । जाडोले कठाङ्रिएको बिरुवालाई घामको न्यानो किरणले

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधारमा धार

~अनिल नेम्बाङ~ बेलाबेला दोधारमा पर्छु फूल माग्दा सोल्टिनीले म दोधारमा परेथेँ- फूलको थुँगा या फूलको बिरुवा? दोधारमै बिरुवा दिएथेँ मानिलिएँ, बिरुवा- नयाँ हो सुरुवात हो जीवन हो विनिर्माण हो+ टपक्क टिपेको फूलको थुँगामा सुन्दरता र अर्थ त देखेँ सँगसँगै निकट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होली

~नवीन प्यासी~ तिमी होली खेल्न सिपालु मान्छे । कति पटक प्रहार गर्यौ ? मेरो निधार निचोरेर मेरै छातीमाथि तिम्रो अस्तित्वको लोला ! कति पटक रङ्ग्यायौ ? मेरो रगत सुकाएर मेरै अनुहार तिम्रो पहिचानको रङ्गले ! कति पटक मेट्यौ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म र सपनाहरु

~टंक सम्वाहाम्फे~ कुमारी सपनाहरु हुलका हुल विहानीले आँखा नउघार्दै ताजा हावाको स्पर्श लिएर वाधिन खोज्छन् मेरो आलिङ्गनमा र सपनाहरुको न्यानो मायाँ ताप्न नपाउँदै त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन थकथक लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु…………..

~दिलिप योन्जन~ मस्त जवानीमा सात समुन्द्रपारी कल्पनामा डुब्दै यातनामा जल्दै सम्झनामा रुँदै एकान्तमा भुल्दै रुन्चे हाँसो हाँसेर मान्छेहरुको भिडमा ज्यानको बाजि लगाएर युद्घको तयारीमा मेसिनगन पड्काएर

Posted in कविता | Tagged | Leave a comment

कविता : बाघ

~विमल निभा~ कालो अँध्यारोमा देखिन्छ उसको शरीरको पहेंलो बुट्टा र फैलँदै–फैलँदै जान्छ पहाड, उपत्यका र तराई (कस्तो चमत्कार हो यो ! बिस्तारै–बिस्तारै एउटा देश परिणत हुन्छ जङ्गलमा घनघोर जङ्गलमा) रगतको स्वाद सम्झेर जब–जब निस्कन्छ ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीमरुवा

~केदार शर्मा~ विडम्बना भिष्मलाई गोरु बेचेको साइनो नपर्नेहरू समेत पितामह भन्छन्। आफ्नै बाबुको अनैतिक वासनाकालागि जवानी खेरफाल्ने उसको अस्वाभाविक प्रतिज्ञालाई अहिले पनि मानिसहरू आदर्श मान्छन् अहिले पनि, मुखले शिखण्डीलाई हियाइरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पित्तलको चाबी

~बिमल गुरुङ~ हेरिसकें प्लेयरको छेउ झ्यालतिर टेबुलतिर खै कता परेछ? देखिएन चाबी पित्तलको चाबी । अघिदेखि मेरो प्यारो खैरो कुकुर

Posted in कविता | Tagged | Leave a comment