Category Archives: नेपाली काव्य

Poetry

गजल : बग्ने कतै ठाउँ छैन

~कृष्ण के.सी.~ आँखाबाट झर्ने आँशु,बग्ने कतै ठाउ छैन जम्छ आँशु ताल बन्दै,तर्ने कुनै नाउ छैन राखे सधै मन मन्दिरमा,आफ्नै द्यौता ठानी एक्लै बस्छु भन्यौ आज,राखौ कतै गाउँ छैन

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यो समाचार लेख्ने मान्छे

~रुपेश श्रेष्ठ~ लमक लमक अंध्यारोतिर बढ्दैछ यो युगको त्यो चमकदार मान्छे पत्रिकामा त्यो समाचार लेख्ने मान्छे। पटक पटक मोबाईलको घन्टी बज्दैछ न उठाउने फुर्सद छ न बात मार्ने आंट छ चिट चिट

Posted in कविता | Tagged | Leave a comment

कविता : साला जिन्दगी !!!

~गजेन्द्र बुढाथोकी~ जीउनुको अर्थ सन्दर्भहीन अर्थहीन तर्कहरु यत्रतत्र सर्वत्र बाँडिएका सपनाहरुमाझ अस्तित्वविहीन तस्वीर । देख्नेहरुलाई आशाको तस्वीर भोग्नेहरुलाई मात्र थाह छ जिन्दगी बदल्छ रंग हरपल

Posted in कविता | Tagged | Leave a comment

कविता : म विकाउमा छु

~अज्ञात~ असफलताको सम्पूर्ण सिढिहरु वर्लेर आकाँक्षाहरुको बलिदान गरेर पनि आफ्नो मूल्य खोज्न म विकाउमा छु प्रत्येका रित्ता सपनाहरु संगालेर प्रत्येक आशाहरु निरासामा बदले पनि आफ्नो अस्तित्व पहिल्याउन म विकाउमा छु

Posted in कविता | Tagged | Leave a comment

कविता : टाइम्स स्क्वायरमा मुसा

~शैलेन्द्र साकार~ टाइम्स स्क्वायरमा सदाझैं भीड छ न्युयोर्क सदाझैं साँझपख व्यूझेको छ कालो भव्य सडकको छेऊ एविसी समाचारको आकाश छुने भवन र विल्डिङको तल पेटी छेऊ कतैबाट छानिएर आएको चियाको छोक्रा र केही दूध पिएर बसिरहेको मुसा यत्रो ठूलो शहरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यत्रतत्र मन

~गजेन्द्र बुढाथोकी~ अक्षर र खबर लत भएछ मन खबरमय छ तर खबर फरकफरक छ कलम सबल छ अब झन त पलपल डर छ जगत भयमय छ बल र छल जयजय छ नडर अब सबल बन मन अटल छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : टोपी

~अज्ञात~ काठमाडौं, २ जेठ मैले बुझेको टोपी गिरिजाले छोड्न नहुने, प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने, सूर्यबहादुरले लाउँनै पर्ने र शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी। सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नहुने बेलामा

~शिव प्रकाश~ बन्द हुनु पर्ने सधैं खुल्ला छ, खुल्ला हुनु पर्ने सधैं बन्द छ । बन्द छ नेपाल सधैं खुल्ला छ सि‌‌हदरवार, बन्द छ जनअधिकार सधैं खुल्ला छ देश बेच्ने कारोबार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : द्रौपदीहरु

~चन्द्र सिंग गुरुङ~ एउटा दुर्भाग्य जो नचाहँदा–नचाहँदै पनि समयको पांग्रामुनि जेल्लिएर आईपुग्छ र आफुसँग लगेर असंख्य अबला द्रौपदीहरुलाई विशाल र भब्य दरबारहरुमा, अँध्यारो गल्ली–गल्छेंडीहरुमा र सडकको पेटीहरुमा कौरवहरुको माँझमा उभ्याईदिन्छ । जहाँ असंख्य दुशासनहरु नारी अस्मिताको साडी तान्ने ताकमा छन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक, भोग र सम्भोग

~शिव प्रकाश~ भोक नियम हो भोग नियत हो सम्भोग निदान हो र, सम्भोग वरदान पनि हो । भोका छन् सबै प्राणी तर मान्छे – सबैभ‌दा भोको छ त्यसैले मान्छे – मासु पनि खा‌न्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमात्मा

~सुमन बैद्य~ दीपखोपीको पर्दा गर्‍हुँगो खुल्दा पग्लँदो मनको ढुंगो प्रेमरसमा आवर्तित छ जीवनज्योति बांगोटिंगो निर्झर आत्माबीच बाटिँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : संवाद

~दुतेन्द्र चाम्लिङ~ पत्रपत्रिका भन्नुहोस् या भन्नुहोस् टेलिभिजन रेडियो भन्नुहोस् या भन्नुहोस् अरु कुनै सामाजिक सञ्जाल जताततै उठिरहेको छ झिल्का तर निभाईरहेछ कोही जो आगोको मात्रै होइन उज्यालोको पनि विपक्षमा छ आगो, त्यो, मानिसको सबैभन्दा पुरानो र बृहत भाषा हो मानिसले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्धाश्रम

~दुतेन्द्र चाम्लिङ~ संसारकै सबैभन्दा ठुलो बृद्धाश्रम मेरो देशमा छ बृद्धाश्रम – जसको उत्तरआधुनिक तिर्थस्थलहरु छन् – भारत चीन बेलायत अमेरिका

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढा गई बसेपछी

~निर्मला अवस्थी~ सबै कुरा बिर्स्यौ अरे टाढा गई बसेपछी आफ्नी काली संझन्नौ रे गोरीसंग फँसेपछी।। सुन्छु तिम्रो घरजम पनि उतै हुने भयो छाड्न मन लागेन रे पिरतीले कसेपछी।।

Posted in गजल | Tagged | Leave a comment

कविता : महाभारत

~मदन दुलाल~ मान्छे कर्म गर्दैनन् लाक्ष गृह बनाउछन सुशासनको गद्धि ताक्छन पाए त अन्याय र अत्यचार बडाँउथे पितामह भीष्मको छाति टेकी कपटको जुवाले पछारिन्छन धर्मराजहरू मान्छेले छोड्दैनन् बाटो अधर्मको भिमसेनको बाहुबल मान्छे मान्दैनन् डुक्रिन्छन उनीहरू ब्रिकोदर भन्दा बलिस्ट भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : साझा यो फूलबारी

~डा. तारानाथ शर्मा~ कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो हामी नेपालका छौ सकल जनता एकतामा बसेका कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका योद्धा शूरा र आँटी अघि असल थिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म, प्रेमिका अनि कारागार

~बिबश बिप्र~ भो| भइसक्यो- मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र फलामको गेटमा लागेको खिया मेरो कामकथामा लालमोहर ठोक्दैछ मैले माया भेटेको छैन-आकासको तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको

Posted in कविता | Tagged , | Leave a comment

कविता : बिर्सन नसकिने पलहरू

~माेहन राज खनाल~ विर्सन नसकेका पलहरू तिम्राे मेराे जिन्दगी सुख र दुःख साथमा विर्सन नसकेका पलहरू । फूलकाे वासना मग्मगाउँदा सुखकाे अनुभव आनन्द मधुमुस्कान काे उज्यालाे विर्सन नसकेका पल हरू

Posted in कविता | Tagged | Leave a comment

गजल : मैसाप हजुर अचेल पिउन थाल्नु भएछ

~भूपेन्द्र महत~ मैसाप हजुर अचेल पिउन थाल्नु भएछ ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : हुरीले सतायो

~डा. लेख निरौला~ (भुजंगप्रयात) कतै यो हुरीले घरै लान्छ जस्तो उडायो कि छानो मनै हान्छ कस्तो डराएर आफू कुनामा छु काँप्दै सबै झ्यालढोका थुनेरै सराप्दै ।। धुलो मित्र पैले घरैभित्र आए कुना कन्दरासम्म आफैँ रमाए जहाँ दृष्टि नै पर्न सक्दैन … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बिश्वास गर्र्नू होला

~लक्ष्मण गगन~ भूमि अनि माटोको कण कणमा बिश्वास गर्र्नू होला हरेक घामको नया किरणमा बिश्वास गर्र्नू होला साना साना पलले पनि धेरैै धेरैै सिकाउन सक्छन समयको हरेक क्षण क्षणमा बिश्वास गर्र्नू होला

Posted in कविता | Tagged | Leave a comment

गजल : अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति

~डा ज्योतिपुञ्ज सुरेश~ अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति। घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति। हिरामोती बहुमुल्य,फलामैको भाउ छैन, पित्तलैमा सुन पाए, जाती हुन्थ्यो कति।

Posted in गजल | Tagged | Leave a comment

गजल : ठीकै भन्यौ बाटो त्यति सजिलो त हैन

~विभोर बराल~ ठीकै भन्यौ बाटो त्यति सजिलो त हैन सजिलोमै रम्ने मेरो बानी पनि छैन चुनौतीको डढेलोले अाँखा तरे पनि हिम्मतको हिमाल यो अहँ पग्लँदैन

Posted in गजल | Tagged | Leave a comment

छोक : आज

~शेखर ढुङेल~ राष्ट्रवाद रोएको छ , बेसहरा बनी स्वाभिमान गिरेको छ, धम्कीनै धम्की बनी अपनत्व भागेको छ, अविश्वास बनी विश्वास हराएको छ , शंकाको बादल बनी शान्ति हराएको छ, बारुदको धुवाँ बनी आँशु सुकेको छ , बैंस मै पीडा बनी

Posted in कविता | Tagged | Leave a comment

कविता : मनभरीका सवालै सवाल

~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।। मेरो अनियन्त्रित मन अनायसै सपना सजिएका नयन प्यास भरिएका चाहना तानिरहने उन्मुत्त उत्कण्ठा त्यसपछिको मिलनको क्षण ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो

~मबि सिंह~ श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥ लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥ हर एकको चिर्ने शैली अति किताबी देखियो र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले

~निरोज~ जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले सामुन्नेमा नजाउ आँखा तर्छ जूनले तिमी राम्री चञ्चल सुकुमारी छ्यौ पाउजु नबजाउ के नै हर्छ जूनले

Posted in गजल | Tagged | Leave a comment

गजल : छैन आज यहा सरम

~दुर्गा खनाल~ शव्दहरु छोटिदैछन, छैन आज यहा सरम सिया जस्ता शव्द लेख्न समाए मेरो कलम लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम

Posted in गजल | Tagged | Leave a comment

कविता : बलकापुरी कान्तिपुरी नगरी

~प्रकाशमणि दहाल~ सब राष्ट्र छ जेलसमान हरि पशु रक्षक बन्दुक लट्ठी भिरी डुलन्या फुन लीकन कानभरि पशुका पतिको यही हो नगरी । पशुलाई छ मर्न अनेक छुट पतिलाई सकेजति गर्न लुट तर बोल्नु कहाँ पशुले कसरी खलकापुरी कान्तिपुरी नगरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हुनुको अर्थमा

~सरस्वती ‘प्रतीक्षा’~ एउटै ढुंगामा जीवनभर कुँजिएर देवता भएर बाँच्नु पनि के बाँच्नु ? मलाई मान्छे हुनुको अन्तिम सत्यसँगै ज्युनु छ , पुरापुर ज्युनु छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए मान्छे

~समाश्री राउत~ ए तथाकथित् (मान्छे) मान्छे हौ भने त ! मान्छे जब बोल्दछ तब कसैलाई सम्बोधान गर्छ कोही सम्बोधित हुन्छ बिचार बाँडिन्छ, दुःखसुख बाँडिन्छ चिरा परेका हृदयमा वाणी स्नेह–मल्हम बन्दछ आँसु पुछ्दै अधरमा हाँसो फुटाउँछ तर खै ! तिम्रो गर्जन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गे

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ दृष्टिभ्रम फुला परेको आँखालाई निकालेर ऐन,कानून र नियम बदल्ने सोचमा छु । देशकै निम्ति सोच्ने एक जङ्ग बहादुरको खोजमा छु । दिन दहाडै हाम्रो अस्मितामा धावा बोल्छन् आफ्नो स्वार्थको रोटी हाम्रो तावामा पोल्छन् ठाडो आदेश लिदै, … Continue reading

Posted in कविता | Tagged | Leave a comment