Category Archives: नेपाली काव्य

Poetry

कविता : बन्दै गरेका समाचारहरु

~मधु पण्डित क्षेत्री~ सायद खवर सिरहाको मात्र नबन्ला कठ्याग्रीएको सितलहरहरुको खवर यो मात्र पनि बन्ने छैन सप्तरीमा पराल ओढेर रात विताएको जस्तै खबर त ताप्लेजुङको पनि आउला वा दोलखा चरिकोटको समेत हेडलाईन बनेर आउला किनकी वर्ष वित्दा समेत त्रिपालको बास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमुर्त मानिस

~पौल भाट~ मैले सुर्य हेरे , तातो छ , रातो छ , रंग बदल्छ ! अझ नजिक हेरे , अजंग छ ,

Posted in कविता | Tagged | Leave a comment

गजल : रंग घोलि दिन्छन् उनी

~करूण थापा~ जिन्दगीमा थरिथरि रंग घोलि दिन्छन् उनी । एउटा ढोका बन्द गरे अर्को खोली दिन्छन् उनी । अमूल्य छ जिन्दगी यो त्यसै खेर फाल्नु हुन्न हजार जुनीपछि मात्र यस्तो चोली दिन्छन् उनी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भू. पू. नरेश नरोद्दम सिंहानुकलाइ चिठ्ठी

~दयाकृष्ण राई~ भूतपूर्व महाराज सिंहानुकज्यु, पोलपोटले खोसेको गद्दीमा फेरि आशिन भएर इतिहासमा नयाँ अध्याय आरम्भ गरि बक्सीयो । त्यहि गद्दीलाई स्वेच्छाले परित्याग गरेर फेरि अर्को किर्तिमान कायम गरि बक्सीयो ।। राजतन्त्रप्रति महाराजमा किन यत्रो वितृष्णा – यो त महाराजको दुरदर्शितानै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कसले जात बनायो

~अनिल बराल ‘गरीब चिराग अछुत’~ मान्छे सबै एकै हुन्छ कसले जात बनायो दलित माथी किन यस्तो घात बनायो | कुन कानुनमा छ कसले लेख्यो दलित भनेर यहि समाजले दलितलाई बर्वाद बनायो |

Posted in गजल | Tagged | Leave a comment

कविता : म ऐना हेर्दिन

~जे.बी. शेर्पा ~ भन्दा भन्दै सुन्दा सुन्दै हेर्दा हेर्दै , मैले आफैंलाई पनि बुढो सम्झन थालें, अनुभव गर्न थालें ! मलाई याद छ पहिलो पटक जब जुंगा रेखी देखें ओँठमाथि दोश्रो पटक जब फुच्चेहरुले अंकल र दाइ भन्न थाले

Posted in कविता | Tagged | Leave a comment

गजल : चुके जस्तो लाग्यो

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~ तारहरू उदाउन चुके जस्तो लाग्यो जून छोडी कसैसँग झुके जस्तो लाग्यो जुन एक्लै एकान्तमा रूदै बसेको छ पीरै पीरले हिजो आज सुके जस्तो लाग्यो चम्किला त चम्किलै हुन् हैन कस्ले भन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : दिलमाया

~श्यामल~ मेरो सपना खोसेर राखिएको छ थिम्पूको अँध्यारो जेलमा सर, म त्यसै फर्कनेछैनँ भुटान । म सम्झन्छु आफू रोएको बाल्यकाल तर जति म रोएँ मेरो सात क्लासको किताब च्यातिएको दिन रोएँ त्यही दिन म जति रोएँ रोइसकें जुन दिन पसे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छाँयाको तागत

~निर्भीक रार्इ~ (तस्विरले भूतकाल जन्माउने) Photo विगतको चिनो भएको । Photo ले भूतकाललाई जतन गर्ने । Photo इतिहासको दसी भएको । Camera मा थुनी कागजमा सारिएको छाँया (Photo) को भूतकालमा पनि ठूलो महत्व हुने । Photo ले सम्झना र मायाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : न्आत्तिनु कहिल्यै!

~धर्म सन्देश~ आपत् बिपत् आउछ जान्छ,न्आत्तिनु कहिल्यै! सुख भन्ने क्षणिक हुन्छ,नमात्तिनु कहिल्यै! उत्ताउलो त हुन्छन् सबै,बैंश छछल्किदा यस्तो बैंश सबको आउछ,नपात्तिनु कहिल्यै!

Posted in गजल | Tagged | Leave a comment

श्रीराम श्रेष्ठका भुकम्प २०७२ सम्बन्धी चौबिस हाइकु

~श्रीराम श्रेष्ठ~ बैशाख बाह्र दिउँसै कोलाहल ठूलो प्रलय । त्रिशूली नदी गर्भैबाट निस्कियो बज्र प्रहार । दह्रो भूकम्प भित्रैसम्म छिरेछ नसा चुँढाल्दै ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : आशुको जिन्दगी

~योगेन्द्र गिरी ‘संघर्श’~ आशु मात्र कति बग्छ यो आखाबाट यो आखा केवल रुनको लागी मात्र पो हो कि ? हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आमालाई प्रश्नहरू 

~समा श्री~ आमा सानैमा तिमीले मेरा आँखामा सपना छर्दै फुल्याएथ्यौ त्यो आउँछ भनेर खै ! त्यो आयो र आमा ? त्यो आएको उही नै हो र आमा ? तिमीले भनेकी थियौ त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै कम्मरमा शीतजस्तै टल्कने हतियार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : केटी पढेका हुन्छन्

~मनोज सुनुवार~ आजकलका केटी पढेका हुन्छन् पढेका केटी सडेका हुन्छन् देखीन्छन साना नजरमा तर उमेरमा भने बढेका हुन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : डिङ्गो कैल्यै मर्दैन नि

~कमल प्रकाश पौडेल ~ झिङ्गे, माखे सरापले, डिङ्गो कैल्यै मर्दैन नि वकम्फुसे धाक दिई, मलाई पीर पर्दैन नि ।। अरू गन्नु परै जाओस्, आँफै मपाईं भन्ने रैछौ रातो पहरोमा गाई , यो दुनियामा चर्दैन नि ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : कहाँ दुख्छ घाउ?

~रुपेश राई~ खुइssssय… थेत्… फरुवा फ्याकेर तीन नम्बरले भन्यो- ‘साला हजमले केश काटेजस्तो गाछको फेद तासेको छ, तासेको छ। चिटिक्क पार्… भन्छ। खैsss यो चप्रासी भनौदा पनि। आफू कलम काट्न जान्दैन। बाठे…।

Posted in कविता | Tagged | Leave a comment

कविता : माचिस र छेपारो

~प्रवीण खालिङ~ ऐना फुटे जस्तो चर्को जिन्दावादले बस्तीको निन्द्रा डिस्टर्ब भएपछि गॉंउले सिरानीमा राखेको माचिस छाम्छ। थाहा छ, आगोको बिउ जोगाउन कति साह्रो छ ? उ सतर्क छ विजय जुलुसको झरीमा

Posted in कविता | Tagged | 1 Comment

कविता : चियाबारीमा इप्सिताहरु

~भिमा राई ‘तोलाछा’~ इप्सिताहरु सधैं कमान जान्छन् पत्ती तोड़्‌न कलम काट्न छुट्टीमा झिँझा दाउरा खोज्न जङ्गल पस्छन् एकाबिहानै गहुँ र मकैका सातु होप्च्याएर गत्तिलो भारी घॉंस ल्याइवरी गोठका धन्धा सिद्ध्याउँछन्। *** कुनै बेला इप्सिताहरु

Posted in कविता | Tagged | 1 Comment

कविता : कसैकसैलाई

~सागर कार्की~ आहाँ कति मिठो हुन्छ त्यो पल जब अविस्मरणीय हुनेछ त्यो भेट हेराहेर हुनेछ, दोहोरी चल्नेछ हृदयको निशब्द हुनेछ समय टु ईक्वाल्स् वान भयो भने मित्र, नआत्तिनु है ! त्यहि त हो नि प्रेमको आभाष ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : बित्छ मेरो दशैँ तिहार

~नविन आचार्य ‘लेटांगे’~ टेलीफोनमै टिका थापी,बित्छ मेरो दशैँ तिहार सम्झना ले मुटु चापी , बित्छ मेरो दशैँ तिहार उनको यादले हृदयमा,सुनामी छाल चलाउँदा सिरानी मा व्यथा खापी,बित्छ मेरो दशैँ तिहार

Posted in गजल | Tagged | Leave a comment

कविता : हरियो सुन-१

~टिका ‘भाइ’~ चियाको गाछ, बिहानै खसेको कलिलो घाममा हेर्नुपर्छ हिउँ जस्तै टल्किने मुनामा कमाने बालाहरूको बैंसालु शरीरको तातो स्वाद ‘अटम फ्लेवर’ भएर सप्रिन्छ, मंगली यहीं बस्छ, उसको बैंस विदेशी जिब्रोमा मादक निकोटिन खस्छ। यसैलाई उनीहरू भन्छन् हरियो सुन।

Posted in कविता | Tagged | Leave a comment

गजल : शहरमा त जाली हुन्छन्

~दिपेन्द्र राई ‘अश्रुमाली’~ शहर भनी मख्ख नहौ, शहरमा त जाली हुन्छन् । हेर्दा राम्रो भए पनि, दयाको त खाली हुन्छन् ।। सुन्दर शान्त परिवार, देखे पनि महल भित्र । चुलोचौको भाडाकुडा,आफ्नो आफ्नो थाली हुन्छन् ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यो मिथ्या लाग्यो

~रेवन्त भट्टराई~ तासको बग्गी मसंग रानी तुरुप त्यो मिथ्या लाग्यो मध्य निशा सामु गुफा कुरुप त्यो मिथ्या लाग्यो सयौं गोपिनी कृस्ण एक्लै कस्तो मिठो तिम्रो बोलि पचाएछि नि कृष्णलिला गुपचुप त्यो मिथ्या लाग्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : गोष्ठी

~जगदीश घिमिरे~ ठूलो सहरको ठूलो घरको ठूलो मञ्चमा ठूला टाउका ठूलो गिदी ठूला कहलाइएका मान्छेका माझमा वाद हुनेछ विवाद हुनेछ प्रतिवाद हुनेछ भोलि त्यो अखवारमा छापिएपछि हामीले पैसा तिरेर पढ्ने छौँ हाम्रा पीरमर्काका कुराहरू हामीलाई समवेदनाहरू सहानुभूतिहरू सान्त्वनाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म मोहडा मिलेको घडेरी हुँ

~रुद्र भुसाल~ ऊ आउँछ मोलमोलाई गर्छ अनि जान्छ अर्को आउँछ फेरि मोलमोलाई गर्छ जान्छ सधैँ मान्छेको घुइँचो लाग्ने गर्छ दिनहुँ यहाँ यसैगरी किनकि म मोहडा मिलेको घडेरी हुँ म बुर्बुरो अँध्यारोमा आँखा चिम्ली प्रभात खोज्ने मान्छे फेरि अर्को दिन अर्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैँको बहानामा भट्टी छिर्या–छिर्या छन्

~रबिन्द्र अधिकारी~ दसैँ आयो भन्छन् सबै सामान केही किन्या छैन जाउँ कहाँ किन्न फेरी पसले कोइ चिन्या छैन महङ्गिले आकाश छोयो छुन केइ सकिँदैन ऋण मागौँ कसरी पोहोर कै ऋण छिन्या छैन । तलब बढ्यो पच्चिस पर्सेन्ट महंगी त मनोमानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो घाँटी सुक्छ बाबु

~निर्मला अवस्थी~ तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँदाखेरी मेरो मन दुख्छ बाबु।।

Posted in गजल | Tagged | Leave a comment

सेदोका : बहुजन

~शान्तिनारायण श्रेष्ठ~ हाम्रा नेताले बहुजन हिताय बहुजन सुखाय

Posted in सेदोका | Tagged , | Leave a comment

गजल : यसैगरी खोच्याएर

~मनु ब्राजाकी~ कहाँसम्म पुगिएला यसैगरी खोच्याएर छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर । आवारा झैं भएपछि डुलुवा यो मन बोकी आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कलमको चित्कार!

~राजेश बुढाथोकी~ क पुरी क बाट सुरु गर्दै विवेक संचार गर्ने नाममा विभिन्न रङमा मेरो मसि खसालिन्छ! ज्ञान् गुन बाड्ने, अनि ठूलो मान्छे बनाउने नाममा कोरा कागजमा दिनहु मलाई लतारिन्छ!

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गमन्चमा प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~ मेरो रित्तो रङ्गमन्चमा तिमी अर्को नयाँ पात्र । घरि यता घरी उता, असमन्जसमा टोलाएको म, तिम्रो सौन्र्दयको रसास्वादन गर्न, आतुर देखिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

अशेष मल्लका दुई मुक्तकहरु

~अशेष मल्ल~ (एक) दु;ख बाँड्न मिल्दैन सुख पनि बाँड्न मिल्दैन दु;ख सुखमा अन्तर छ- यस्लाई यौटै बनाउन मिल्दैन !

Posted in मुक्तक | Tagged | Leave a comment