Category Archives: नेपाली काव्य

Poetry

गजल : शान्तिको नाममा

~रमेश भट्टराई ‘सहृदयी’~ लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले । गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अरण्य–रोदन

~अमर त्यागी~ आपसमा पराई छन् मान्छे कसलाई सुनाएँ यो छातीभित्र देश दुखेको पीडा सर्पहरू पालेर वरिपरि आफू सुरद्य्रिात हुनुको नियति संस्कृति बनेको बेला कसलाई सुनाएँ यो जिन्दगी नै दुखेको पीडा जति चिच्याए पनि सुन्दैनन् आजका सभ्य रावणहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड !! राष्ट्रियता आगोले जल्दैन

~मोहराज शर्मा ‘मोहबाबु’~ कमरेड !! तिम्रो अदुरदर्शिताको पराकाष्टा हो यो । आफ्नो स्वार्थका लागी माटो खल्बलाउन खोज्ने, आफै हिडने बाटो खल्बलाउन खोज्ने तिमी भित्रको लघुमानव तिम्रो आवरणले छोप्न सकेन ।। बिरता एकता र राष्ट्रियताको गरिमा भत्काएर बस्ति कुरुक्षेत्र बनाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामीको देश

~योगेश ढकाल~ देशको अर्को दुर्भाग्य यी काँधहरु लाश बोकेर मसानघाट झरिरहेकाछन् । कर्णालीको यात्रा गाउँहरु शुन्य छन् सपना बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद

~अरुणबहादुर खत्री “नदी”~ हे मेरा सहीद तिमी बाँचुञ्जेल आफैंलाई बिर्सिएर देसलाई बलियो बनाउनतिर लाग्यौ हे मेरा सहीद आफूलाई अलग्याएर रित्याएर तिमीले प्रजातन्त्रको गीत गायौ

Posted in कविता | Tagged | Leave a comment

छोक : घामजूनको प्रेम

~रुमानी राई~ वैंशले, धपक्क बलेकी जून रातभरी आकासमा चुपचाप रोइरहन्छे घामको यादमा र, रातको अन्तिम प्रहर घामले धर्ती चुम्नु अगावै

Posted in कविता | Tagged | Leave a comment

कविता : शाहजहाँको इच्छा

~लक्ष्मी प्रसाद देवकोटा~ क. यमुनाजलमा बज्दछ मुरली ! जलमा बुलबुल रुन्छन् पिलपिल ! रुन्छन् कलकल ! यो तटको, वन छाया छवियुक्त यौवन, यौवन ! दिवानिशाको छाया अङ्कित, वियोगमिलनको क्रीडाभूमि, वृन्दावन ! यो मिलनको रोइरहेको इतिहास ! याद रुँदाको बास ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो पहाड

~घिमिरे युवराज ‘कर्जुना’~ यो पहाड साह्रै छुच्चो छ हुनेखानेहरुको लागि यहाँ जति आनन्द छ कामगरी खानेहरुको लागि यो जिन्दगी पेरुङ्गेको चेपबाट हिंडे जस्तै हो । मजदूरी गरी खाने कयौं आदाङ्बेहरु साहुको भारी बोकेर मधेस झर्छन् कति मुग्लान पस्छन् । बाँच्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उपदेश

~श्रीराम पटेल~ अल्छी गरी नसुत साथी बिहानसम्म सारा शरीर गर सफा भएर टम्म जोडेर हात गर ईश्वरलाई प्रणाम सङ्कट हट्छ जसबाट यहाा तमाम आफ्नो आमाबुबाको चित्त कहिल्यै नदुखाऊ

Posted in कविता | Tagged | 1 Comment

कविता : ए काल ! तँ आइज

~सुमी लोहनी~ ए मृत्यु ! किन डराऊा तासित आइज आगाल्छु तालाई प्ेरमसित के हाास्नभन्दा कठिन छ र रुन ? के बााच्नभन्दा गार्‍हो छ र मर्न ? बहाना अनेक कारण अनेक मृत्युका रुप अनेक तिनकै प्रहारले पलपल मरिरहेको मान्छे म

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बनाउने लोभ देखाइ मन्त्री बने नेता

~जानवी चिमोरिया~ देश बनाउने आशामा जनताले नेतालाई मन्त्री बनाए देशलाई लुटी नेताले आफ्नो र आफन्तको भुाडी भराए । यो संसारलाई अज्ञानतामा राखी देशको ढुकुटी रित्याए संविधान र देश बनाउने लोभ देखा

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि आज याद आयो

~आशिष पौडेल~ एकान्तमा बसेको वेला आफै आफैमा भुलेको वेला फेरि आज याद आयो मलाई मेरो देश नेपालको याद आयो ।। भाग्यको खेलले गर्दा आज विदेशित पुगे

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्ति

~बैधनाथ ठाकुर~ कस्तो आध्यारो रात लाटोकोसेरो तिखार्दैछ दाात आपत छ बिचरा मुसाहरुलाई मुश्किल छ जोहो गर्न जीवन धान्नलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका कविहरूसँग

~भेषराज रिजाल~ एकदिन विकट गाउँको कुनै बस्तीमा घुमफिर गर्दै थिएँ एकाएक कविता फुर्यो कलम त गोजीमै रहेछ तर, कागज भेटिएन हिजोको पानीले भिजेर फुकालेका कपडामा प्रेमपत्रका टुक्राटुक्री थिए कि कुन्नि ! तर, अहिले म निर्जर चउरमा थिएँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : अंश…

~क्षेत्री अजित~ मैले नौ महिना गर्भमा पालेको मेरो रगतको एक अंश जसको पहिलो स्पर्शमा म आफ्ना पीडा भुलेर अल्हादीत भएकी थिएँ जसको पहिलो रुवाईमा म आमा बनेको खुसीले रोएथें जसलाई तातेताते गराउँदा मैले हिँड्न सिकेथें जसको पापा मामा शब्दले म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वैद्यलाइ अनुरोध !

~मोहराज शर्मा ‘मोहबाबु’~ कमरेड, अव मुल सडकमा ढाट तेर्साएर यात्रामा अवरोध नगर । पुग्नै पर्ने गन्तब्यमा यसै विलम्व भएको वेला गौडो कुरेर नछेक मुलुकलाइ । वाँझो फोरेर आफनै गरामा विउ छर्ने पुरुषार्थ नभएका हरु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेपाल र नेपाली सिध्याउने यिनै हुन !

~चटयाङ्ग मास्टर~ चुनाबै नगरे पनि आउने यिनै हुन् भोटै खसाले पनि पाउने यिनै हुन् यिनै थिए यिनै छन्, रहने यिनै हुन् नेपाल र नेपाली सिध्याउने यिनै हुन् पञ्चायत न ढल्दा जोगाउने यिनै थिए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : तिमी नहुँदा प्रिय !

~मुना सिग्देल~ छैन मन बुझाउने कुनै आधार, तिमी नहुँदा प्रिय ! यो एेना पनि रिसाउँछ बारबार तिमी नहुँदा प्रिय !! कस्तो शक्ति छ अहो! तिम्रा यी तस्विरहरुमा पनि हुन्छन् हँसाउन-रुवाउन तयार, तिमी नहुँदा प्रिय !!

Posted in गजल | Tagged | Leave a comment

कविता : गाउँको गोरेटो

~मञ्जुल~ मलाई गाउँको सानो गोरेटो भनेर नहेप्नू म भीरमा पनि लान्छु, खेतमा पनि म बस्तीमा पनि लान्छु, एकान्तमा पनि जहां गोरेटो छैन म त्यहाँ पनि लान्छु जहां गोरेटो छ, मूलबाटो छ म त्यहीं बिलाउंछु पनि यस्तो बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी जङ्गल र रातको बाटो

~मञ्जु काँचुली~ नदीको बाटो मैले फेरि कहिले टेकिनँ त्यो नदीमा जहाँ जीवन्त मानिसलाई लास बनाएर किनासमा फ्याँकिन्थ्यौँ केवल गोडा चोपलेथेँ र त्यो केही दिन मात्र निर्जीव भएथ्यो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : “स्वर्णमहल ” घोषणा

~लक्ष्मण नेवटिया~ छोरा उफ्रिदै खुसियाली मनाउँदै आयो, सयपत्रीका दुई माला किनेर ल्यायो, एउटा आफूलाई, अर्को मलाई लगायो, घरपरिवार सबैका गालामा रातो अबीर लगाउन भ्यायो। बुबा अब हामी पनि महलवासी भयौं, सुन्नुस एउटा खुसीको ताजा समाचार, सबै गाउँले ले तपाईंको इमान्दारी, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सिँहशमशेर र चीरहरण

~महेश प्रसाईं~ सबैलाई थाहा छ सत्य निर्वस्त्र हुन्छ । त्यो सत्य आजकी द्रौपदी हुन् ती द्रौपदी निर्वस्त्र छैनन् । मणिमाणिक्य हीराजवाहरात वस्त्र आभूषण

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अामा, माटाे र देश

~विक्रम पवन~ छन्द : शार्दूलविक्रीडित काेबाँच्छन् र खुसी भएर सुरवी मासेर नेपाल याे नेपाली गरिमा बढाऊ शिरमा राखेर नेपाल याे नेपाली जनकाे छ भाग्य गतिलो मारेत के भाे अब हेर्नू है समरै लडेर मरुँला थाप्ने छु गाेली अब – माटाेकाे … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : रहर बनाए

~मौसमजी भण्डारी~ साथीहरुले निजि रहर बनाए । सम्पती कमाए घर बनाए । आजाद भयनन पिल्सिनेहरु । सधै परिश्रमीलाई नोकर बनाए ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अँध्यारो रातसित एकछिन

~कृष्ण प्रधान~ अँध्यारोमा जे पनि हुन्छ । लेनदेन वार्तालाप विच्छेद । अहिले यस्तो अँध्यारो छ- झलमल्ल बत्ती बालेर पनि देखिन्न । मैले तिमीलाई तिमीले मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर

~तोया गुरुङ~ कहिले मेरो नाउँ त्यो प्रकाशन गृहको हातमा आउला आशा पनि छैन र कोसिस पनि कसैले सोधपुछ पनि गर्दैनन् । केही वर्ष अगाडि त्यहीँ गृहको मुख्य नाइकेले त्यहाँबाट प्रकाशन भएका सामग्रीहरूको सूची देखाए यसमा कसैको छुटेको छ भने खोजीनीति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~ शून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : पिउरीको डसना पनि बिझाउँछ

~कणाद महर्षि~ आकाशभरिका एक फौज ताराहरूको रिमझिम पनि चाहिन्न फूलजस्तै सुकुमार मालीले गोडेको फूलबारीको कुनै फूल पनि चाहिन्न कहलिएका बगैँचाका विविध फलहरूको कुनै स्वाद पनि चाहिन्न कोइलीको कुहू–कुहू पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : हाउ लुङा ! रक्सीको श्रीपेज फालौं अब

~काप्पोबा चुम~ चिया अलिकती पिउन खोज्छु मुखै पोलेर सताउछ अनि जाँड पिउन थाल्छु पिउदा पिउदै लुम्बाले आँखा छोपी हाल्छ जब लुम्बाले आँखा छोप्छ तब लुम्बाको जाडमात्र देखिदो रहेछ । एक दिन जाँड पिउदा पिउदै जब चियाले छिर्के लायो सोझो जाडलाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~निर्मोही व्यास~ मभित्र छ्यौ तिमी–तिमी, तिमीभित्र छु म आज मेरो उँचाइलाई कल्ले सक्छ छुन ? हिजो जस्तो कहाँ हो र ! आज मेरो खुसी अझैअझै चुलिँदो छ हुँदै झुसी–झुसी !

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी

~प्रथा~ ******** हिउदको च्यादर ओढेर हिमकन्याहरू जमिनमा झरेपछि चौँरीगोठ बोकेर सोनाम दोर्जे टुटुवान लेकतिर झर्दैछ ! थाहै पाइँनन् उनले खै कतिखेर पग्लियो – मनको हिउँ ? एकाएक मौन औँलाहरू नाच्न थाले छमछमी कुरुसको धागोसँगै र आङफुटीले बुनिदिइन् – गलबन्दी ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो

~कोशी किनारे~ थाहाछ आउने यो साँझमा पनि तिमिले अँध्यारोको भरपुर उपभोग गर्नेछौ र तिम्रो कोठेबारिको अर्थतन्त्र लाई बेस्सरी सम्भोग र भोग गर्नेछौ।

Posted in कविता | Tagged | Leave a comment