Category Archives: पुस्तक समीक्षा

पुस्तक समीक्षा : ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रहभित्रको संसार

~द्वारिका नेपाल~ १. विषयप्रवेश : “कल्पना गर एन्जल ! तिम्रो र मेरो बिहे भैसक्यो, हामी एउटै घरमा छौँ । तिमी र म बूढा÷बूढी हौँ । जब तिमी राति अबेर भान्छाको काम सकेर बेडमा आइपुग्छौ, त्यो बेलासम्म म एक निद्रा निदाइसकेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : काठमाडौँले चिन्न नसकेको भेगको कथा ‘समृद्ध कर्णालीको दु:ख’

~बसन्त बस्नेत~ कुनै बेलाको समृद्ध कर्णालीसँग आज अभाव, उपेक्षा र बहिष्करणका सुस्केरा मात्रै बाँकी छन् । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, पूर्वीय सभ्यताका चारमध्ये एउटा मुहान कर्णाली हो भन्ने कतिपयलाई थाहा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

~कुमारी लामा~ कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सैपालको आँगन’मा शालीन विद्रोह

~महेश पौड्याल~ मानवको पीडालाई कसरी निवारण वा उन्मूलन गर्न सकिन्छ भन्ने प्रश्न मानव सभ्यताको लामो इतिहासभरि नै अहं रही नै रह्यो । पीडाबाट मुक्तिका लागि बुद्धले दिव्य अष्टाङ्गिक मार्ग देखे भने ग्रीसेली दार्शनिक सन्त ददामी र उनका अनुयायी स्टोइक्सहरूले जति … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कूटनीति र राजनीति — राजदूत नपाएको कुण्ठा

~पदमसिंह कार्की~ हास्य कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेको बिक्री ह्वात्तै बढेपछि आत्मकथाको बजारले काँचुली फेरेको धेरै भएको छैन । युवा प्रकाशकहरूको जमर्कोलाई टेवा दिएर नाम र दाम कमाउने मौकामा आत्मकथा लेखकको लर्को नै लाग्यो । कोहीले आफैँ लेखेर, केहीले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अभिभावकलाई…तोत्तो–चान

~सिपी अर्याल~ जापानमा दोस्रो विश्वयुद्धताका स्थापित तोमोए स्कुल अनौठो थियो । त्यो स्कुल कस्तो थियो ? त्यसबारेको चर्चाअघि यी केही समाचार शीर्षक पढौँ, जो नेपाली सञ्चारमाध्यममा प्राय: पढ्न पाइन्छ : – ‘शिक्षकको पिटाइले विद्यार्थीको आँखा फुट्यो’ – ‘होमवर्क नगर्दाको सजायले बच्चाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा: ‘शब्दहरूको बीचमा’ छन् समय-समयका कविता

~रमण घिमिरे~ ३० को दशकदेखि नेपाली कवितामा आफ्नै शैलीका कारण पृथक परिचय बनाउँदै आएका सर्जक हुन् अमर गिरी । तर संंग्रहका रूपमा भने उनी एकैचोटि २०५५ मा घाम छेक्ने पहाड कवितासंग्रह लिएर देखापरे । त्यसपछि, तर पनि हामी जीवित छौँ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पावर फर नेपाल — अड हफ्टनको नेपाल साइनो

~भोला श्रेष्ठ~ नेपालमा ऊर्जा उत्पादनका लागि नर्वेली इन्जिनियरहरूको ‘मिसिनरी’ले सन् ’६० को दशकमा थालेको प्रयासबारेको व्याख्या हो, पावर फर नेपाल, अड हफ्टन एन्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट । परदेशी भूमिमा आफूभन्दा कम भाग्यमानीहरूलाई सघाउने तीव्र इच्छा भएका र क्रिस्चियन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘म अमेजन उकालो बग्छु’-एक पाठकको आँखामा

~रमेश कंडेल~ अब उप्रान्त म ‘म’ नै बाँच्छु- म ‘बग्छु, र ‘बाँच्छु’ ‘अमेजन नदी’ खोला जीवन हो सम्झेर बग्नु बाँच्नु हो नबग्नु मर्नुको निधोले तिमी बग्न नसक्नु ईतिहासमा तिम्रो दु:खद मृत्‍यु त्यो स्थावर हलुको मृत्‍युलाई ईतिहासले थुक्नेछ छि: थु:, छि: … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अध्यात्म–यात्राको अन्तरावर्तमा

~होमनाथ सुबेदी~ ‘अध्यात्म–यात्रा’ एक कविता संग्रह हो । यसका लेखक अनन्त गोपाल रिसाल हुन् । अनन्तगोपाल एक कम्प्युटर विज्ञानका विद्यार्थी हुन् । कम्प्युटर विषयका एक विद्वान् यसरी शास्त्रीय छन्दमा कुशल शिल्पी हुन सक्छन् भन्ने कुरामा मलाई विश्वास थिएन तर यो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “मुद्रा र पूँजीवादी दासता” लाई नियाल्दा

~गोविन्दप्रसाद आचार्य~ अपत्य शर्माद्वारा लेखिएको “मुद्रा र पूँजीवादी दासता” जसमा मोहनविक्रमसिंहको भूमिका समेत प्रकाशित छ। उक्त भूमिकाका सामु मेरा विचारहरू फितला हुन सक्छन् अर्कोतर्फ अर्थशास्त्र मेरो पहुँचको विषय होइन तापनि आफूलाई अर्थशास्त्रसँग नजोडि यसले दिएका वैचारिक पक्ष, सामाजिक पक्ष र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गोवर्धन पूजाको ‘पीडाअवतार’

~डा. दुर्गाप्रसाद भण्डारी~ गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : च्याउको जङ्गलको ह्याङओभरमा…

~दीपक सापकोटा~ कवि विप्लव ढकाललाई एक साँझ सोधेको थिएँ, ‘कविता किन लेख्नुहुन्छ?’ ढकाल केहीबेर निकै भावुक देखिएका थिए। उनको उत्तर यस्तो थियो, ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु। आफ्नो अन्तर्आत्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ग्रहण नलागोस् खन्डकाव्य बारे

~गोविन्दप्रसाद आचार्य~ रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्‍यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘छातीभित्र देश दुख्दा’को दर्शन

~होम नाथ सुवेदी~ अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजका विविध उद्देश्यहरुमध्ये एक नेपाली साहित्यका पुस्तक प्रकाशन पनि हो । यसलाई पूरा गर्न अनेसासले पुस्तक प्रकाशन गर्दै आइरहेको छ । हालै आएर अनेसासका अरु च्याटरहरुले पनि पुस्तक प्रकाशन गर्ने काम प्रारंभ गरेका छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : चर्चामा रहेको पुस्तक “विश्वको इतिहास”

~शशिधर भण्डारी~ एच.जी. बेल्स १८६६ मा जन्मेका थिए। १९४६ मा उनको निधन भएको थियो। उनी अंग्रेजी इतिहासकार र उपन्यासकार तथा एकजना समाजवादी चिन्तनका साधकका रूपमा पनि परिचित छन्। ८० वर्षको उनको जीवन अध्ययन, चिन्तन र लेखनमा बित्यो। विश्वको इतिहास (A … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : विदेशी ‘क्षितिज पर’लाई स्वदेशी आँखाले नियाल्दा

~नन्दलाल आचार्य~ पहाडको फेदैमा मेरो छ गाम हजुर गरिवको छोरो परेँ गगन मेरो नाम हजुर । काम खोज्दा जुत्ता चप्पल फाट्यो जीवन पनि आफ्ना मान्छे नभए पछि नपाइने काम हजुर । आशैआशमा हामी मर्छौ यसमै पिल्सिएर हुने खानेलाई नै पुरस्कारका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा

~गोविन्दप्रसाद आचार्य~ सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘गजल दर्शन’ नियाल्दा . . . . . . .

~सदानन्द अभागी~ परिचय समिक्षीत कृति गजल दर्शन नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढीरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment