Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कथा : चाकु

~सुधा रिसाल शर्मा~ माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी थियो । सख्खरको मगमग बास्नाले सुरी बिरालोको मन नै थामिएन । ऊ लुसुक्क बूढी बज्यैको भान्छा कोठामा पस्यो । वरिपरि हे¥यो । काँहाबाट यस्तरी मीठो बास्ना चलेको होला भन्दै खोज्न … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : माटो कति राम्रो ?

~दैवज्ञराज न्यौपाने~ सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ? सुन दिन्न खान मलाई चाँदी खान दिन्न तिर्खा लाग्दा प्यँनु हुन्न मोती खान हुन्न किन चाहियो बाबा, मलाई ? लोभ लाग्ने बानी

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

~रामकुमार एलन~ म¥याङकोट गाउँका दुई बालक पराङ र कुन्साङ घरबाट भागेर काठमाडौं गए । उनीहरु गाउँकै स्कुलमा कक्षा ४ र ५ मा पढ्दै थिए । एकदिन गाउँमा आएका नयाँ मानिसले उनीहरुलाई फकाए । गाउँमा प्राथमिक तहको पढाईपछि थप पढ्न विद्यालय … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : फूलबारी

~मीना बज्राचार्य~ मेरो सानो फूलबारी नजिकै छ घरबारी फूलहरू छन् थरीथरी फूलका रंग कति थरी पुतली र भमराहरू

Posted in बाल कविता | Tagged | 1 Comment

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : राम्रो खरायो

~ललिता ‘दोषी’~ सानो-सानो सेतो-सेतो राम्रो खरायो मैले आऊ भनेको त परै हरायो खुर्र यता, खुर्र उता आमा छोडी जान्छ दुबो घाँस जे पाए नि कुटुकुटु खान्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : तिमी कति ज्ञानी

~विनोद रोका~ आमा बाबा भन्नु हृुन्छ तिमी कति ज्ञानी । सानैदेखि बसाउदै छौ राम्रा राम्रा बानी ।। बिहानै उठी सफा भई ताजा खाजा खान्छु । स्कुलमा खान पनि घरबाटै लान्छु ।।।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~ बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल । हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~ जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’ उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सन्तोष

~महेश पौड्याल~ सन्तोष दुई कक्षा पास गरेर तीनमा पुग्नुलाई ठूलै समाचार मानियो । ऊ कक्षामा निकै कमजोर मानिएको विद्यार्थी थियो । बुवाआमा सधैँ स्कुलमा आएर गुनासो गरिरहन्थे । उसको पढाइमा खासै सुधार नभएकोमा सबै चिन्तित् थिए । स्वस्थ सन्तोष, जिउ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : हे असारे मासको भेल

~निलन कुमार थेच्वमि~ वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल । सब किसान दाजुभाइको सुखमय मेल ।। मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल । स्वागत छ तिमीलाई यहाँ असारे भेल ।।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : नेपाली हामी

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो छ मेरो नेपाल हिमाल छ शान गजुर नाच्दछ डाँफे हिमाल तराईमा नाच्छन् मयुर पश्चिम देउडा बज्दछ घन्किन्छ पूर्व सेलोले गुन्जिने मैथली तराई

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : भगवान् ! के यही हो त बालअधिकार ?

~प्रतिभा केसी~ ‘ए ! राम (राम झल्यास्स व्युझियो ) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’ निधार सुमसुम्याउदै मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो । उठ है बाबु, म तिमीलाई दूध … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल नाटक : बाल अधिकार

~एकु घिमिरे~ एउटा कक्षाको दृष्य । केटाकेटीहरू हल्ला गरिरहेका । यत्तिकैमा शिक्षकको प्रवेश । विद्यार्थी -(सबैजना एकसाथ उठेर) गुड आफ्टरनून  सर । शिक्षक – (हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) के को गुड आफ्टरनून  ? एकछिन अघि हल्ला गर्ने बाँदर तिमीहरू नै हैन … Continue reading →

Posted in बाल नाटक | Tagged | 1 Comment

बाल कविता : मीठो सेल रोटी

~रञ्जुश्री पराजुली~ दसैं सकिई तिहार आयो रमाइलो भयो चारैतिर वरिपरि झिलीमिली भयो माला राम्रा मखमली गाँस्ने बेला आयो अनरसा र सेलरोटी पाक्ने बेला आयो चामल पीठो गाईघ्यू बन्दोबस्त भयो सेल मीठो पार्न भनी सख्खर चिनी आयो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : सानो डाक्टर

~ललिता ‘दोषी’~ नन्दप्रसादले आँखाबाट झरेको आँसुलाई पुछे । लामो श्वास फेरेर मनोवाद गरे, ‘हे प्रभु बूढीलाई जस्तै मलाई चाँडै लैजाऊ । म सबैको बोझ भएँ । जति धामीझाँक्री देखाउँदा पनि केही सीप लागेन । रोग जस्ताको तस्तै छ, घरखेत सिद्धिने … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल गीत : चुँ चुँ गर्दै कुनोतिर मुसो करायो

~रञ्जुश्री पराजुली ~ चुँ चुँ गर्दै कुनोतिर मुसो करायो बिरालोको म्याउँले कता लघार्यो आँगनीमा हाऊ हाऊ गर्दै पाङ्ग्रे भुक्यो चर्को घाममा सुकाएको टोपी सुक्यो ।। प्रातः काले सिरसिर बतास मनै रमाइलो भित्र बाहिर चारैतिर धेरै घमाइलो

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : चकलेटको परिणाम

~मीना बज्राचार्य~ रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू दुवैले अति माया गरी हुर्काउन थाले । उनीहरूले आफ्नो छोराको नाम राज राखे । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : चरी

~ललिता ‘दोषी’~ चिरविर, चिरविर गर्दै गाउँछे चरी आँगनीमा चारा टिप्दा छर्छे विस्कुन कहिले कुनाकुनीमा । भुर्र यता, भुर्र उता गर्दै नाच्छे चरी सधैँजसो लिइजान्छे चारा चुच्चाभरि ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बालअधिकार

~खुश्बु जयसवाल~ सबै भन्छन् बालअधिकार आयो खै त्यो अधिकार कसले पायो ? म जस्तै बालक मागिरहेछन् सडकको माझ खुल्ला आकाशमा बिताउँछन् उनीहरु रात हाम्रो आवाज यहाँ कसले सुन्ने ?

Posted in बाल कविता | Tagged | Leave a comment

बाल गीत : बालक तारा

~सुभाषचन्द्र भण्डारी~ बालक तारा टिलपिल गर्छौँ मातृभूमिका सन्तति हौँ उन्नति पथको सपना देख्यौँ मङ्गल ग्रहमा वास बस्यौँ फुल्नु छ कोमल हृदय बगैँचा छर्नु छ शान्ति–सुवास शक्ति उचाल्ने साहस देओस् पुर्खाको इतिहास

Posted in बाल गीत | Tagged | Leave a comment

अनूदित बाल कविता : बाल प्रश्न ?

~गिजुभाइ बधेका~ म खेलूँ कहाँ ? म उफ्रूँ कहाँ ? म गाऊँ कहाँ ? म बोलूँ कहाँ ? कुरा गर्छु, आमालाई झर्को लाग्छ

Posted in अनूदित कविता, बाल कविता | Tagged | Leave a comment

बाल कविता : आशै आशा

~भगवती पौडेल~ बोकेर हिंडेको छु सबै आशै आशा छैनन् मनमा केही निराशा जीवन सँधै नै कहाँ हुन्छ धुम्म लागेर घाम पनि होला छङ् ढुङ्गाहरूको अक्करमा थिएँ ठोक्किएर नै भए पनि जिएँ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : यस्तो सँधै किन हुन्छ ?

~कार्तिकेय घिमिरे ~ नमस्ते म आशा हुँ । अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर मिसले पनि मलाई एकदमै माया गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : देऊ पढ्न ध्यान है

~अरुणबहादुर खत्री “नदी”~ साना साना नानी हो पढ्ने धेरै गरे है धेरै धेरै पढेर बुद्धिमानी बने है । आफूभन्दा ठूलालाई गर्नुपर्छ मान है सानासाना विद्यार्थीले

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : राम्री नानी

~रञ्जुश्री पराजुली~ आज नानी कता जान्छे बुबुमाम सबै आफैं खान्छे भोलि नानी अलि ठूली हुन्छे पुस्तक च्यापी पढ्न जान्छे । हाम्रो सानी नानी धेरै ज्ञानी झगडा नगरी पढ्न जाने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : असल बाटो देखाउने छोरी

~अज्ञात~ एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए – छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार कक्षामा पढ्थी । उसको दाइ सुरेश चार कक्षामा पढ्थ्यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : पहाडकी नानी

~महेश पौड्याल~ पहाडकी नानी, क्या राम्रो बानी, नहाँसी नबोल्ने हिउँ गोरो जिउमा, चौबन्दी चोली, क्या राम्रो सुहाउने । सलल बग्ने कोसीको पानी आँखामा झलझली, हिमाली हावा श्वासमा तिम्रो, गाउँदछ सुसेली ।

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कविता : पहिला गुरु

~उर्मिला पन्त पाण्डे~ बाबा आमा नै तिम्रा पहिला गुरु हुन् लड्ला पड्ला भनी चिन्तित भएका कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी लात्ताले तिमीले नजानेर उनलाई हाने पनि

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : तीन साँढेहरु र स्याल

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment