Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : नागोया रेल्वे स्टेशनमा भेटिएकी केटी

~दीपेन्द्र दोङ तामाङ~ भोलि शनिवार अनि पर्सी आइतवार । सिंगै दुई दिन बाँकी थियो हप्ते छुट्टीको । त्यसैले आज शुक्रवारको साँझ सधैं झैं मन चङ्गा भैरहेको थियो । तै पनि रात छिप्पिदै गएकोले ब्ल्याङ्केटभित्र गुटुमुटु परेर निन्द्रदेवीलाई आह्वान गरिरहें तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेडको प्रेम

~सन्तोष पौड्याल~ ‘तिमीलाई मेरो माया लाग्दैन?’ म बढी नै आक्रोशित भएँ। मैले हजार बार ऊसँग विवाहको प्रस्ताव राखीसकेकी थिएँ। यस्तो गर्नु निरर्थक हो भन्ने जान्दाजान्दै अन्तिम कसरतमा लागें। सधैं झैं कुल भएर उसले जवाफ फर्कायो ‘तिमिलाई माया नगर्ने भए २० … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~कोरङ्गी प्रेम~ शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य निबन्ध : भैसी मनोबाद

~सन्जिव बराल~ उफ यो झिंगा पनि कति छिर्छ नाक को प्वाल मा, असार श्रावन को महिना चारै तिर कहिले टन्टलापुर घाम कहिले भने पखाला लागे जस्तो झरी हाल्छ । आ.. यो दात मात्रै नि कति चपाउनु गिदी हल्ली सक्यो। घर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नयाँ नेपाल ! नयाँ नेपाल !!

~भाउपन्थी~ “नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परित्यक्ता

~पूर्णबहादुर बस्नेत~ मैले त यसको अर्थै बुझेकी रहेनछु। अर्थात् मेरो त्यो ‘कुरा’ बुझ्ने उमेर नै भैसकेको थिएन सायद। घरमा बा र आमाले ती कुरा सिकाउने कुरा थिएन। भर्खर–भर्खर १५ वर्षमा लागेकाले मैले त्यस्तो कुराको मेसो पाउन सकेकी थिइनँ। आमाले त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुका

~कृष्ण अविरल~ बिहानको १० बजेको थियो । भर्खरै अफिस पुगेर कम्प्युटर खोल्दै थिएँ । मोवाइलमा चिरपरिचित धुन बज्यो । हेरेँ सुनिताको नम्बर । हेलो भन्ना साथ आत्तिएको स्वरमा उनले भनिन्– ‘तपाई एकछिन म कहाँ आउन सक्नु हुन्छ ?’ ‘जरुरी केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेलाइएको फूल

~सृजन सापकोटा~ “भगवानले सबै देख्छन् बाबु!” – हर्क बुढाले मतिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थालेँ। बगिरहेकी मैली बागमतीमा मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्। केदारनाथ तिर्थ जाँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अच्छा भैल

~तृष्णा कुँवर~ ‘चुनरीके केहु अरहर बेरामें दबोच लेहलस, अब का मुँह लेके यी गाँवमे जियल जाई?’ (चुनरीलाई कसैले बेज्जत गर्यो अब के मुख लिएर यो गाउँमा बस्नु ? ) झिनका बतासजस्तो भएर खरको झुप्रोभित्र पस्यो। दिनभरि खेतमा बैठौनी (रोपाइँ) सकाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्धविश्वासको जाँतोमुनि

~श्यामल~ असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतन्त्रका लोकमानहरु

~नरनाथ लुईंटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भइरहेको छ । लोकका पालकहरु लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लामो कथा : उपपति

~रामप्रसाद दाहाल~ १ ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुभयात्रा -अविनाश ! शुभयात्रा !!

~विवश पोखरेल~ एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू । अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोप्यकुरा

~सागर बस्नेत~ बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म तिम्रो सोकेशकी परी होइन

~रामनाथ खनाल~ ‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली । थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्जुलिमा नअटाएको प्रेम

~संगीता भट्टराई~ मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एपीएफ दाइ

~अन्वेश राई थुलुङ्ग~ केहि समय अगाडि म मेरो ज्यादै पूरानो साथीको विवाहको निम्तो स्वीकार्दै झापा चन्द्रगढी गएको थिएँ । लाज पचाएर भन्नुपर्दा म अहिलेसम्म चन्द्रगढी पुगेकै रहेनछु । सोझै म विर्तामोड हानिएँ । विवाहको समय बितिरहेको थियो र उनले भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवश्यकता

~विपुलविक्रम सिजापति~ लगभग चार वर्षको अन्तरालपछि अध्यात्माको फोन आयो। एक मनले त नउठाउद्द जस्तो पनि लाग्यो। फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त। उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन,”सरोज के छ हाल खबर मलाई बिर्सियौ हगि ” “मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : शिक्षा र गुरु

~निशा खनाल~ गुरु भनेको के हो ? गुरु कस्तो हुनुपर्छ ? व्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ? मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन । म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : बिहानीको कथा

~गंगा बीसी~ यसपटक तिहारमा घर गएको बेला भेट भएका एक पात्रले अहिले पनि चिमोटिरहेको छ । उनको कथाले दिनदिनै घच्घच्याइरहेको छ । जबसम्म यो कथा लेखिने छैन, तबसम्म म चिमोटाइमा परिरहनेछु । बिहानी बुढाथोकी, वर्ष १६ । उनको छोटो परिचय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मनमाया

~उपेन्द्र सुब्बा~ बाख्राको टाट्नोछेउ माउ कुखुरा कराउँदै निस्क्यो– ‘क क कुदे, ग…, क क कुदे, ग…!’ सुँगुरखोरको छानामा बसेको नाहेन भाले पनि उसरी नै कराउन थाल्यो । बाँसको फकफकेलाई डोरीले तान्दै मनमाया कराई– ‘हरेरे… हरे… हरे… !’ फकफके दुईपल्ट मधुरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘माइ-नोज’ अंकलसँग नेपाली Movie Watch गर्नेहरु !

~मनोज गजुरेल~ अमेरिकाको आसुतोशले भन्यो- ‘यु नो माइनोज अंकल !’ मैंले जवाफ फर्काएं-‘माइनोज’ हैन बाबु, मनोज !’ ‘ओह, गाण ईट, म्यान-ओज अंकल !’ मैले सम्झाएँ- ‘म्यान ओज हैन, ‘मनोज’ ओके !’ अली झर्को मान्दै बोल्यो- ‘माइनोज अर म्यान ओज, ह्वाट … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : के गल्ती भएकै हो त?

~अजबी राधा~ रातको १२ बज्यो, छिप्पिदो रात निकै पट्यारलाग्दो छ। बर्खायामको समय पानी परिरहेको छ। कता कता कुकुर भुकेको आवाजले पनि कोठा त्रासदियुक्त बनाइदिएको छ। आँखामा निद्राको लेस पटक्कै छैन, कता कता अकल्पनीय दुर्घटनाको भयले अठ्याएको छ मलाई। भोलि बिहानसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : जय नेपाल

~प्रकाश आस्था~ आमा जस्तै हो देश। देशको हालत जति नै खराव भए पनि देशलाई दुत्कार्न सकिँदैन। देशको नाम बारम्बार सम्झना हुने र साथीभाई माझ नयाँ अनुभुति पनि हुने आशयले पछिल्लो समयमा भेट र विदाईमा मैले ‘जय नेपाल’को अभिवादन प्रयोग गर्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : रात पर्नु अगाडि

~शुषमा मानन्धर~ अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

दन्ते कथा : एक देशमा

~निशा खनाल अर्याल~ तेल अभिव चैत्र ११, एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,। सधै अरुको घरमा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : शनिबारको अर्को एउटा बिहानी

~विजय महर्जन ‘श्रीजय’~ दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँक्री कान्छा

~शुभचन्द्र राई ‘सुवास’~ झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकी ‘श्रीमती’

~गोपिचन्द्र कार्की~ सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चेलीको पीडा

~कल्पना पौडेल ‘जिज्ञासु’~ दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् मिना । कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : सातौं नम्वर

~सीताराम नेपाल~ “बर्बाद हुन लाग्यो भनेर म कराएको करायै छु । तिमी भने कानमा तेल हालेर बस्या छौँ बाई ।” रागिनी खराल अलि हडबडाई –“ऊ त आउनै लाग्यो । हाम्रो मोज गर्ने दिन जानै लाग्यो ।” यो सुन्ने बित्तिकै –‘म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment