Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : श्राद्ध

~हरिप्रसाद भण्डारी~ — बुबा ! त्यो के गर्नुभएको ? — श्राद्ध गरेको नि बाबु । — श्राद्ध भनेको के हो ? — हजुरबुबालाई खाना खुवाएको नि बाबु । — अनि मरेका मान्छेले पनि खान्छन् त ?

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : इमली

~पुष्कर रिजाल ‘पुष्प’~ ढोका अगाडि पिँढीमा बुढीआमा अघिदेखि लगातार खोकिरहेकी थिइन् । भर्याङमुनिको ओच्छ्यानमा इमली सुतेकी, काखमा सानो छोरो दुध तान्दै र रुँदै गरेको टिठलाग्दो दृश्य थियो । ऊ बेलाबेला अर्को दुध फेथ्र्याे । साउने पखाला थामिए पनि गाउँमा फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी मुना

~मनोहर काफ्ले~ अम्बिकापुर बाट तीनसुकिया को लागि बिहान ६ बजे नै बस छुट्थ्यो ।चिसो बिहानी, बसको हर्न सुन्ना साथ् म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरी अर्को बस ३ घण्टा पछी अर्थात ९ बजे मात्र थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिक्षा मृत्युको

~श्रेष्ठ सत्य~ नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चाल्र्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अङ्कल

~समीर पाख्रिन~ कुसुम मेरी छिमेकी । कुसुम र म गाउँको विद्यालयमा एउटै कक्षामा पढ्थ्यौं । उसको घर नजिकै भएकोले ऊ गृहकार्य गर्न मेरै घरमा आउने गर्दथी । कक्षा ७ हामी दुवैले सँगै पास ग¥यौं । कुसुमको बुबाले विदेशबाट फर्केपछि शहरमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : स्वर्ग

~पुष्पा भण्डारी~ नारि बिना घर उज्यालो हुदैन , नारि भए घरमा जालो हुदैन; नारि नभई घरमा शान्ति हुदैन, दद्रिदताको के कुरा केहिले नि छुदैन ।। नारीले घरको चौखटबाट बाहिर निस्किदा औला ठ्याड्याउछ समाज, त्यहि  रनभुलमा भुलेर घरबारको पिजडा भित्रबस्यो भने बेकम्माको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : परिणाम

एउटा परिवारमा आमा, बुवा अनि छोरा थिए । छोरा भर्खर ८ वर्षको भएको थियो । यत्तिकैमा एकदिन कसैले ढोका ढकढक्यायो। बुवाले छोरालाई भने, ” सन्दीप ! जा त, गएर, घरमा बुवा हुनुहुन्न, भन्दे ! ” दिनहरु बित्दै गए । अर्को … Continue reading →

Posted in नैतिक कथा | Leave a comment

लघुकथा : नछिमोल मलाई, मलाई मार्नेहरू

~हिरण्य भोजपुरे~ यसपालि पनि दसैँ आयो । पोहोर सालको दसैँ । कस्तो ‘नेपालजस्तै’ दसैँ बन्यो अमेरिकामा ! यसपालिपनि ‘नेपाली’ दसैँजस्तै दसैँ मनाउन मन लाग्यो । एक महिनाअघि नै नव भाइलाई तराईतिरबाट खसी ल्याइदिन अनुरोध गरँे । नवको मुहार खुसीले धपक्क … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँधी, बाढी र महामारी

~होमर श्रेष्ठ~ दक्षिण र पश्चिमबाट आँधीबेहरी आयो, उत्तरी हिमालय श्रृङ्खलामा ठोक्कियो। तीन दिन, तीन रात मुसलधारे वर्षा भयो। अपूर्व बाढी उर्लियो। अधिकांश मानववस्ती डुबायो। बाढी मत्थर भयो। महामारी फैलियो। विश्वविद्यालय, प्रधानमन्त्री कार्यालय, संसदभवन, प्रज्ञाप्रतिष्ठान-भवन, राष्ट्रपति-भवन, प्रकाशनगृह, क्याम्पस, स्कूल, नाट्यघर, अदालततर्फ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नेवारी लोककथा: बिस्केट जात्रा

~सङ्कलन : रामगोपाल आशुतोष~ उहिले म दरबार स्क्वायरको नजिकैको स्कुलमा पढ्थेँ। चालीस या पचास मिटरको दूरीमा छ मेरो घर। हाम्रो लागि खुल्ला सङ्ग्रहालय थियो भक्तपुर। दरबार परिसरको उनान्सय चोक हाम्रा लागि लुकामारी खेल्ने आँगन थियो। त्यहाँका प्रत्येक चोकको आफ्नै अस्तित्व … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : नागमणि

~कात्यायन~ – किम्बदन्ती थियो कि, पशुपतिनाथको मन्दिरमा बहुमूल्य गर-गहनाहरू; स्वर्ण-रत्न-मणि-माणिक्य आदिका आभूषणहरू थियो’रे | – अमूल्य नागमणिहरू पनि थियो’रे | – ती नागमणिहरू अब स्वदेशमा छन् कि विदेशमा छन् कसैलाई थाहा छैन’अरे | – अलि फरकखालको नागमणि बिभिन्न दरबारहरूमा सुशोभित … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : राष्ट्रसेवक

~इस्माली~ सेतो कमिज,गाढा निलो पाइण्ट र गाढा निलो कोटमा ऊ झन चिटिक्क देखियो । गोरो वर्णमा कस्तो खुलेको । पाँचै हजारमा सेट तयार भयो । मोफसलमा भएर होला । यताबाट अढाई हजार उसले चोखै उबा¥यो । उब्रेको रकम अफिसलाई फिर्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लोककथा : आमा

~अज्ञात~ एक गाउँमा एक विधुवा आमा थिइन् । उनका एउटा छोरा गर्भमा हुँदा नै श्रीमानको निधन भएको थियो । छोरा जन्मिएपछि उनले जेनतेन गरेर उसलाई पढाइन्, हुर्काइन् । छोराले कमाउन थाल्यो, घरमा खुशीका दिनहरु आउन थाले । त्यसपछि आमा-छोराको सल्लाहमा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली लोककथा : लालटिन

~अज्ञात~ एउटा अँधेरी रातमा केही युवाहरु गाउँको बाटोमा हिंड्दै थिए । यत्तिकैमा उनीहरु एक जना बूढो मान्छेसंग ठोक्किन पुगे। उनीहरुले ती बूढा मान्छेलाई गाली गरे , ” लालटिन लिएर हिंड्ने आफैले, अनि मान्छेहरुसंग ठोक्किदै पनि हिंड्ने ?” । ती बूढा … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली लोककथा : सपना

~अज्ञात~ एउटा माग्ने व्यक्तिले एक महिनासम्म मागेर जम्मा गरेको पैसाबाट खाएको बाहेकको बचेको पैसाले एउटा ठूलो खुत्रुके किनेछ। पटक-पटक किन्दा पैसा धेरै खर्च हुने हुनाले उसले सुरुमा किन्दा नै ठूलो खुत्रुके किनेको थियो । ऊ त्यो दिन धेरै खुशी थियो … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : बौलाहाको अन्तर्वार्ता

~होमर श्रेष्ठ~ पत्रकार: “कृपया, अब थोरै धैर्य गर्नुहोस् ! यो अन्तिम प्रश्न हो…झर्को नमानी बताइदिनुहोस्—तपाईं कुनचाहिँ ‘वादी’ हुनुहुन्छ ?” बौलाहा: “म कुनै पनि वादी होइन । म मादल घन्काउने संगीतज्ञ हुँ । सामान्यतः मलाई कुनै पनि वादीसँग वैरभाव छैन… मित्रभाव … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

उराँव लोककथा : सातो भयाँ

~सङ्कलन : संगीता उराँव~ खिरी खिरी मानी खिरी, तेल खोप्पा मेन इरी … एकादेशमा एउटा गाउँ थियो। त्यो गाउँमा सात भाइ बस्दथे। सातै भाइका श्रीमतीहरु थिए। सात जनाको परिवार पाल्न ठूलै जायजेथा चाहिन्थ्यो। जुन, उनीहरुसँग थिएन। उनीहरुले पैसा कमाउन व्यापार गर्ने … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

निबन्ध : बधशालाको सहिद

~रमेश भट्टराई ‘सहृदयी’~ एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान भएको रहेछ, मान्छेको लामो भीडका बिचबाट १५० किलोको माला … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : इमानी र पैसा

~यकिना अगाध~ इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रसंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रे वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज एकदिनको लागि मलाई हजुरको बस्त्र चाहियो । आफूले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एक सर्को चुरोट

~सविता सापकोटा~ सन्तान जन्मनु पूर्व नै अभिभावकका आँखामा सन्तानको भविष्यबारे सपनाहरु दौडिन थाल्छन्। जन्मेपछि त उनीहरु सबैलाई सुनाउँछन् आफ्ना सपनाहरु। आमा भन्छिन्– मेरी छोरीलाई डाक्टर बनाउने हो। बाबु भन्छन्– मेरी प्यारी नानूलाई इन्जिनिएर बनाउने। हरेक बाबुआमाले देख्ने यस्ता सपनाहरु मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : आऊ हामी अपराध गरौं

~कृष्णचन्द्रसिंह प्रधान~ बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो – कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु । म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : भोक

~प्रकाशमणि दहाल~ निकै लामो र निकै गरमागरम मिटिङ सकिएपछि उनी बेडरुममा पसे । बेडरुम पनि दुई भागमा बाँडिएको थियो । वास्तविक बेडरुमभन्दा पहिले सानो केबिन थियो जहाँ एउटा सानो दराज, दुईटा रकिङ सोफा, सानो टिटेबल र भित्तापट्टि सेमी खाट थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्रिनकार्ड

~शिव प्रकाश~ उसलाई ऊ उजेली भन्थ्यो। उसको नाउँ फरक थियो, तर अर्थ मिल्दोजुल्दो थियो। कहिलेकाहीँ डल्लू भनेर जिक्याउँथ्यो। ङिच्च हाँस्थी। जोवन खाँदिएकी केटी। चौबीस–पच्चीसको काया। शरीरभरी यौवनका फूल फक्रक्क! हाँसो मीठो थियो। तर, एकाएक हराइ उजेली! अमेरिकामा हराइ। कुकुरसमेत नहराउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको मुस्कान

~सुमल कुमार गुरुङ~ सरलाले आधाजति सेतै फुलेका केशहरु पन्छाउँदै चश्मा नाकमाथि सार्दै इन्दुको फ्रेममा सजिएको तस्वीरलाई कपडाले पुछ्दै आफ्नो अतीतमा हराउन थालिन् । १९७६, फेब्रुवरी महिनाको पारिलो घाम, ससाना बादलका टुक्राहरु आकाश माथि-माथि कपासको भुवाजस्तै अचल देखिन्छ, मानौं, कुनै चित्रकारले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा कहाँ पुग्यो साथी ?

~ सुन्दर जोशी~ “दुइ ओटा कथाको प्लटमा एउटा मगज घुमे पछि के हुन्छ ?” मैले दिक्क लागेर भ्यानकुभरमा बस्ने मेरो पत्रकार साथीलाई टेक्स्ट गरेँ | “ल्यापटपको कि बोर्डमा हुनु पर्ने तिम्रा हातका औलाहरु निधार थिची रहेको हुनुपर्छ ” उताबाट जवाफ आयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : एउटा भिन्नै सहिद !

~सरल सहयात्री पौडेल~ ए वुढि ! पानी लिएर आइज त, खुवै तिर्खा लाग्यो । दाउराको भारि वलेनीमा फालेर पिंढिको डिलमा ढाड टेकाउदै रामलाल ले चर्को श्वरमा वुढिलाइ आग्रह गरे । रामलाल उमेरले त्यस्तै पचास वर्ष देखि पचन्नको वीचका मान्छे हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो छाता

~राजेन्द्र पराजुली~ पार्टी हेडक्वार्टरको छानामा ढलपलढलपल गरिरहेको थियो फुस्रो छाता।हेडक्वार्टरले शुरूमा त्यो छाता छतमा राख्न ल्याउँदा गाढा रातो थियो। रातो छाता कसरी फुस्रो भयो, एउटा गम्भीर शोधको विषय हुँदाहुँदै पनि कसैको ध्यान गएको थिएन। पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी केही नेताहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : ब्राह्मण र सर्प

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा हरिदत्त नाम गरेका एकजना ब्राह्मण बस्दथे । उनीसित खेती गर्न योग्य खेत पनि थियो तर खेतीमा उनी जति परिश्रम र दु:ख गरेर काम गर्दा पनि राम्रो आमदानी हुँदैनथ्यो । गर्मी महिनामा एक दिन उनी खेतमा धेरै … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कथा : प्रेम लुकेको हुन्छ

~आकाश जङ्ग कट्टेल~ उनी कक्षा ५ मा पढ्दा म ९ मा पढ्थे बिराटनगरको BKVM स्कुलमा। हामी दुबैको घर बिराटनगर-१३ तीनटोलिया बगलामुखी मन्दिर छेउ। वल्लो पल्लो घर थियो। उनीहरु बसाइ सरेर आएका थिए हाम्रो सँगै जोडीएको देब्रेतिरको घरको पहिलो तल्लाको फ्ल्याट … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : मुटुको रङ

~बसन्त विवश आचार्य~ माघको बूढ्यौलीमा कठ्याङ्ग्रिएको काठमाडौंलाई रातले बिस्तारै च्याप्दै लगिरहेको छ । त्यसै त दिनमा सुत्ने अनि रातभर उठ्ने ‘बदनामी’ कमाएको काठमाडौंमा रातको कुनै शून्यता भेटिदैन । सबैतिर कोलाहल रबरजस्तै तन्किरहेको छ । ठमेलको व्यस्त बार अगाडि छु म । कुनै विशेष खोजमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँखा

~पुष्पा भण्डारी~ स्थान: तिलगंगा आखा अस्पताल समय: बिहान ५ बजे देखि १ बजे सम्म बिहान सबेरै उठेर गौसलाबाट बाटो तताए तिलगंगा तिर, आँखामा कुनै समस्या भएर, पड्दा अनि कम्प्युटर अगाडी बस्दा अविरल आसु झरेरेको कारण । ५ बजेमा लाइनमा पुगी सकेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिवान दर्शन

~सुनिता राइ ‘यशिन’~ आज तेस्रो हाप्ता भो ”जीवन दर्शन ” लेखको अन्तिम भाग पर्खेको ! निउज टाइम्स पत्रिकाको अफिस फोन गरि सोधदा, कृपय पर्खनुहोस आउने छ मात्र भन्छ | सोचाइका पानाहरु त्यो पातुलो पर्दा झैँ वोर-र -पर दिमागी झोलुंगे पुलमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment