Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : बूढो र पिज्जा

~सुबिन भट्टराई~ बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक अँजुली खुशी

~अन्ना~ वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुनको ब्रा

~वासुदेव गुरागाई~ कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : पहिचानको शिकार

~आनन्दराम पौडेल~ भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

आजको राशिफल

~चार्ली डेल्टा बराल~ किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निदाएँ जगदम्बा

~नयनराज पाण्डे~ उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सूर्यमुखी

~हरिभक्त कटुवाल~ उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युगनायिका

~भानु बोखिम~ उसले धेरै युगहरू बाँचिसकेकी थिई। सृष्टिभर कति युग आउँछ, ती युगभरि उसको आयु पक्का थियो। हरेक समयमा बाँच्थी तर उसको नाम कुनै खास समयसँग मात्र तादात्म्यता राख्दैन थियो। समयको अवधिलाई आफूभित्र कैद गर्ने युगसँग सापेक्ष थियो उसको नाम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~आन्विका गिरी~ ऋषिकेश घर फर्कंदा रातको ११ बजिसकेको थियो। स्वास्नी टीभी खुल्लै राखेर झ्काएकी थिई। छोराछोरी झुलभित्र सुतिसकेका थिए। एउटा मच्छरले झुलमा टाँसिएको छोरीको गालामा रजाइँ गरिरहेको देखेर उसको पारा तात्यो, “साला!” उसले हान्दा नहान्दै मच्छर फुर्र भयो, छोरी पो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु : अस्ति, हिजो र आज

~आन्विका गिरी~ कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सर्प उद्योग

~पूर्ण मुनंकर्मी~ एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिस रश्मी

~झलक सुवेदी~ आदरणीय सन्तोष सर, नमस्कार । मजस्ती धोका दिएर हिँडेकी स्त्रीले ‘आदरणीय’ शब्द प्रयोग गरेकोमा तपाईंंलाई आश्चर्य लागेपनि म तपाईंंलाई आदरणीय नै मान्छु । मैले तपाईंंबाटै जीवनका मूल्य र स्वतन्त्रताको शक्तिको ज्ञान प्राप्त गरेकी हु“ । सायद तपाईंंस“ग भेट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहीदको आगमन

~पूर्ण मुनंकर्मी~ हर्क बहादुरको घरमा आज धुमधामको खुसियाली छाएको छ । रातको सन्नाटालाई चिर्दै भित्र कोठामा पृथ्बीको नयाँ पाहुनाको आवाज आएको छ । बाहिर हर्क बहादुर हर्ष बढाइँ गरिरहेको छ । छिमेकीहरू जम्मा भएका छन् । तीन बिस कटेका देखिने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~बिनोद खड्का~ खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु पर्खिरहेछ

~राशि पाण्डे~ सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निकाह

~राशि पाण्डे~ अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो । बिरामीको हेरबिचार गर्न उसकी औरत रजिया पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा नयाँ यात्रा

~मातृका पोखरेल~ उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~राप्रउ पोखरेल~ ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभर अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झीन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेको छाउरो

~जगदीश घिमिरे~ निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोट्रेट

~मञ्जुल~ मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू । मेरा ब्रसहरू, रङ्गहरू, मेरो क्यानभासलाई छातीमा बोकेर उभिएको, मेरा हरेक क्रियाकलापहरूलाई आँखा झिमिक्क नगरी नियाँलिरहेको इजेल तिमीले पनि मेरो पीडाको पोल नखोलिदिनू । यस्तो होस्, मानौं यो घटना घटेकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डढेलो

~विवश पोखरेल~ समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजन्माएकी छोरी

~गीता केशरी~ मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्ली स्यारोन

~होमशंकर बास्तोला~ हिजोअस्तिझैँ कम्प्युटरमा च्याट गर्दा अचानक एक परिचित मान्छेले च्याट गरेजस्तो लाग्यो । तर के परिचय हुनु, ऊ समुन्द्रपारिकी थिई, म हिमालवारिको थिएँ । उसले यति नम्र र शालीन शब्दहरु प्रयोग गरेर म्यासेज गर्थी । म भने भर्खरै–भर्खरै नेटको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपबजारकी नोरा

~सरोज शार्दूल~ “भो बुझनु प¥या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।” पूर्णिमाले भनी । कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाको भेटघाट भएन । सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । “क्या हो बाबु ! हाम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइबर प्रेम

~पद्मावती सिंह~ जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोरीहरू

~भाउपन्थी~ राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी ‘साइलेन्ट किलर’ बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~इस्माली ~ तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाग्य

~दिल साहनी~ पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूपान्तरण

~भागीरथी श्रेष्ठ~ अचानक राति फोनको घण्टी बज्यो । त्यो आवाजले मेरो मुटु र कानलाई छेडेर गयो । अशुभ समाचार हो कि भन्ने डरले निकैबेर फोनको रिङ बज्दा पनि झ्वाट्टै फोन उठाउने आँट आएन । लाग्यो मानौं स्वयं फोनसेट नै आतङ्ककारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंजेरु

~डा. राजेन्द्र विमल~ शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काल्पनिक

~डा. ध्रुवचन्द्र गौतम~ यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खजूर

~इद्रिस सायल~ म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा (खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै । मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment