Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : अब यहाँ बस्न सकिंदैन

~रत्नमणि नेपाल~ म २०५८ सालदेखि गाँऊ छोडेर काठमाडौं बस्न थालेको थिएँ । मैले गाँऊ छोड्नुमा अध्ययनको निरन्तरता बाहेक दोस्रो कुनै कारण थिएन । म गाँऊदेखि झन्डै चार किलोमिटर पर रहेको मेची वहुमुखी क्याम्पसको सामान्य कर्मचारी पनि थिएँ । क्याम्पस प्रमुखसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिशोध

~कुमार ज्ञवाली~ फोक्सोको अर्बुदले निकट भविष्यमा उनको मरण हुने ह्युस्टन टेक्सासको डाक्टरले ठहर गरेकाले म्लेच्छ देशमा मर्ने डरले हतारिएर रानी डोलराज्यलक्ष्मी दिल्ली फर्केकी थिइन् । खबर सुन्नासाथ उनको नेपालका माइतीका नतेदारहरूले पनि हतारिएर दिल्ली पुगेर गिद्धले सिनोलाई जस्तै उनलाई घेरेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हवाइजहाजको गर्भ

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी हुन नसकेकी प्रेमिका

~अनमोल मणी~ नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टेस्ट्युब बेबी र मेरी प्रेमिका

~अनमोल मणी~ रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो जून सिर्फ तिमी र म

~सुषमा मानन्धर ~ माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ । जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुरेन्द्र, उसकी सिरु र सानो संसार

~प्रदीप गौतम “अंकित”~ “बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,” दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो। “हैन के भो, को आयो टिभीमा?” “हेर्नु न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेहा

~श्यामु बस्नेत~ हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’। ‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~भोजराज दाहाल~ सिभिल मलको सातौँ तल्लामा रहेको हिमालयन विन्ज कफीको कुनामा बसेर आँखा तन्काएँ मैले। छेउको टेबलमा एक जोडी भेलेन्टाइनहरु गफिँदै थिए। छेउकी पातली, गोरीका क्या गुलाबी ओठ रहेछन् भने! हातमा हात राखेर गफिँदैछन जोडीहरु । हाँसोले गुन्जयमान छ वातावरण। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरी, सरुमा!

~जगत नवोदित~ मलाई माफ गर, सरुमा। माफ गर । शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : आवरण

~सुषमा मानन्धर~ ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्। पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिसकल, मेसेज र मिस्अन्डरस्टायण्डिङ

~सुषमा मानन्धर~ नउठ्दै, एकाबिहानै साथीको श्रीमानको मोबाइल बज्यो। यति सबेरै कसको मिसकल होला भन्ने अड्कल्दैमा फोन अफ भयो। लगत्तै फेरि मोबाइल बज्यो र अफ भयो। बिहान साढे पाँच पनि नहुँदै दुई पल्ट आएको मिसकल संभवतः गल्तीले हानिएको थिएन। तर साथीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~भक्त गुरुङ~ रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो झरी र त्यो झरी

~जनकराज भट्ट~ आज फेरि दर्केर झरी पर्‍यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो। सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिठ्ठा परेको जागीर

~सीता बराल~ रश्मीका आँखाबाट आँसु बगेर हातमा भएका कागजपत्रहरुमा पर्दछन । थाहा पाएर पनि उनले ति कागजहरुलाई अन्तै ठाँउमा राख्न खोजीनन न आँखाका आँसुहरु नै रोक्न सकिन । वितेका दिनका यादहरुले आँसु झन बर्बर झरिरहेका थिए । यति लामो समय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलम्वित प्रायश्चित

~विशाल बी बस्नेत~ “डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ” यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शीर्षक आफै राख्‍नुस्

~सुषमा मानन्धर~ प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु। रातभरि निद्रा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइबर नशा

~सुषमा मानन्धर~ “तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्यारा

~सुषमा मानन्धर~ समाजको आंखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे उसको नितान्त आफ्नो भन्दा अर्को एउटा थप परिचय । उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो । अगाडि सडकका किनार र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम तुफानी रात

~वीनु डुम्रे~ एउटा भयानक तूफान भर्खरै सकियो । सहरको भि.आई.पी आवास क्षेत्रको यो भव्य महलमा यस्तो तुफान प्रत्येक रात आउँछ र जान्छ । त्यसो त दिनको उज्यालोमा चाहिँ आउँदैन भन्ने पनि होइन । तीन रोपनी क्षेत्रफलमा फैलिएको यो आलिशान महलको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रयोग

~सुषमा मानन्धर~ “डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मातृत्व

~घनश्याम शर्मा~ कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुजि्ररहेका थिए । जेनीले आˆना खैरा आँखा जोनको पैतालादेखि निधारसम्मै डुलाई । आँखाको भाषा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गल्लीको झ्याल

~सुषमा मानन्धर~ “तँ कत्ति भाग्यमानी छस् । काठमाडौँमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पिर छ तँलाई ।” तृष्णाका अधिकांश साथीहरू उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरूका आँखामा, उसमा कुनै पिरै छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो विचरो !

~सुषमा मानन्धर~ दुईचार दिन बढार्न ढिला भयो भने कौसीमा गमलाबाट झरेका पातपतिँगर टन्न थुप्रिसकेका हुन्छन् । अनि जब पानी पर्छ, कौसीबाट पानी तल जाने पाइपको मुख थुनिएर जलमग्न हुन्छ । कैयैा पल्ट मैले मध्यरातमा उठेर झरीमा रुझ्दै कौसीको टालिएको प्वाल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनालिसा

~सुषमा मानन्धर~ मलाई थाहा छ, यति बेला पनि त्यो मोटी र अलिकति पनि हिसि नपरेकी महिला जसलाई मेरी स्वास्नी भनिन्छ, झ्यालबाट मेरो बाटो हेर्दै होली। रातको साढे एघार बजिसकेको छ। गाढिएको चकमन्नता। सडकमा एकदुइ भुस्याहा कुकुरका भुकाइ सिवाय केही सुनिन्न। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ए मन!

~सुषमा मानन्धर~ म छु। मभित्र मन छ। तर मनभित्र म छु कि छैन? खै कुन्नि! मनलाई बुझ्न यति सजिलो कहाँ छ र? झन् यसभित्रको सत्यसँग साक्षात्कार हुनु त बुद्धत्व प्राप्त गर्नुभन्दा कम कहाँ होला! रहस्यको पत्रैपत्रभित्र खप्टिएको मन जति खोल्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छाडेको फूल

~दिनमान गुर्मछान~ सुधालाई देखेँ, अचानक । ऊ मेरै अगाडि मतिरै लम्किदै थिई । अब त उसले पनि मलाई देखी । हाम्रा आँखा चार भए । म अडिएँ । धेरै पछि भेट्दैछु उसलाई, चार वर्ष भइसक्यो क्यारे । ‘सुबोध तिमी ? आज अचानक भेटियौ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पत्र

~सुषमा मानन्धर~ ऊ मेरी सहकर्मी, हामीले करिब एकै समयमा जागिर खाएका थियौं । म कामप्रति पुरै इमान्दार भए पनि ज्यादै अन्तर्मुखि स्वभावको छु । आफैमा मग्न र मौन त्यसैले मानिसहरु मलाई ‘संकोची’ भन्छन् हुन पनि म अरु जस्तो बढी बोलिरहन्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खण्डिता

~राजेन्द्र श्रेष्ठ~ मधुरो गतिमा आएको कारको गति भुईँमा बिछ्याइएको राजस्थानी मार्बललाई चक्काले घसार्दै घ्याच्च रोकियो। सिट बेल्ट नबाँधी आफैले हाँकेको कारबाट लरखराउँदै दिवाकर हातमा कोट झुण्ड्याउँदै झर्छ। मिल्ने भए ऊ त्यहीँ सुत्न चाहन्छ तर लक्ष्मीले आड दिएर भित्रसम्म पुर्‍याएपछि एकपटक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँध

~सुषमा मानन्धर~ “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरस्कार

~डा. लेखनाथ काफ्ले~ कति रोमाञ्चक थिए ती दिनहरु। बाउको आम्दानीमा कलेज पढ्यो, पढ्नु पनि के नै भन्नु र यसो बरालियो। कलेजमा केटाहरुसँग हल्लियो, हल्ला गर्‍यो। दिन कटायो, मैना कटायो, बस। न त स्पष्ट विचार थियो, न निर्दिष्ट लक्ष्य। पढ्नु पर्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसली भाउजू

~राममणि पोखरेल~ असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment