Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : रातो बाकस

~सरगम भट्टराई~ पुस २० को रात, आर्यनको घर छोड्ने रात,आफ्नो माटो,बाटो र मायालु परिवार छोड्ने रात,अर्को तर्फ सुनौला सपनाहरुको कोपिला लागेको रात, तर बेमेल र बेईमानी हुदै गईरहेको युद्दभूमि र भाट राजनीति छाडेर आफ्नै पसिनाको मोती फलाउन परदेश हिड्नु अघिको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फरवार्डेड म्यासेज

~रामहरि पौड्याल~ चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्यालिएको छ वातावरण । सहरका हरेक चोक र गल्लीहरु क्रिशमस ट्री र तिनमा सजाईएका रंगिन बत्तीहरुसँगै टल्किएका छन् । सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर । शपिंगमलहरु, डिपार्टमेन्ट स्टोरहरु खचाखच भरिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुशुप्त कथा

~कोइँचबु काःतिच ‘उत्तम’~ आज विहान आचानक नयाँ बानेश्वरमा दुर्गासँग भेट भयो । छोराको स्कूलमा हिडेकी रहिछे साथीहरुसँग । नाम त उसको दुर्गादेवी भट्टर्राई हो । तर म उसलाई दुर्गा भन्न रुचाउँछु । ‘मामे मेरे मेरे बाप-फो । मादुक हाइ दे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिनर्वा

~रामप्रसाद दाहाल~ म सँग चिनापर्ची भएकै दिन बिहाबारीको प्रशंग चल्नासाथ मिनर्वाले भनेकी थिई – “मेरो त चौध वर्षको उमेरमा नै बिहे भएको, सौमी दी ।” तीस वर्षको लग लागेकी मिनर्वाले त्यो तथ्यलाई बढो गर्वका साथ सुनाएकी थिई मानौं कुनै ठूलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तर आधुनिक जन्मोत्सव कार्यक्रम

~टी एन रिजाल~ डिसेम्बर महिनाको दिन लण्डनको चार्ल्टनमा पिटपिट पानी परिरहे पनि मन चङ्गा झैँ खुशी थियो । धेरै वर्षपछि सम्झेर टेक्स्ट मेसेज पठाएछन् राजुले । जसमा ‘जन्मोत्सवमा जसरी पनि आउनु है, चुल्हो निम्तो छ’ लेखिएको थियो । अहिले उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जन्मदिनको शुभकामना

~रुमन न्यौपाने ‘अमन्त’~ You think the hills are mute- I call them eloquent. Oh yes, friend! I’m free in my inebriation- that’s just the way I am. -Laxmi Prasad Devkota घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमनगरी

~निराजन प्रभात~ बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्जीको नसिइको मन

~गजेन्द्र बुढाथोकी~ नामः कालुमान दर्जी उमेरः ५२ वर्ष खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ । दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।……मोरीका जीउ कस्तो टमक्क कसिएको….छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पथरीको पाठेघर

~सन्तोष पौड्याल~ गेट माथि लामो तुल छ। र तुल मुनी शिथिल अनुहार झुन्डिएको छ। बर्षौदेखी धुप-झरीले रगत चुसेजस्तो देखिने यि दुबैको पहेलो रङ बाहेक केही कुरा मिल्दाजुल्दा छन। दुबै झुत्रा छन। अक्षर मेटिएको तुल र देहाती भाषा बाहेक अरु नजान्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन्न नसकिएको इज्जत

~दीपक घिमिरे~ नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार । ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ईश्वरको गर्भबाट

~रुमन न्यौपाने ‘अमन्त’~ पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु । charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याफे लभ

~गजेन्द्र बोहरा~ पहिलो भेटमै त्यो केटी (बिहे भइसकेकीलाई के भन्ने?) ‘साइको’ लागेथी । यो हाम्रो पाचौँ भेट थियो काठमाडौं । उही क्याफे, उही कफीको चुस्की अनि उही मधुर संगीत…. । यसपालिको लुक्स अलि ट्यापे थियो मेरो । कानमा टप, फुलेकै भएपनि लामो कपाल । हातमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाइ र फूल

~अमर न्यौपाने~ उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ । उसको सानो भाइ छ महिनाको भयो । भाइ छ महिना भएको पनि थाहा छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याम्पस गेटकि बहुलाई

~कमल ढकाल~ २०६५ साल माघ महिना l प्रकृति लाई चुनौती दिंदै अर्धनग्न  हिंड्ने युबतीहरु पनि आजभोली छाला रंग को लेगिन्स लगाएर हिंड्न थालेका थिए l यिनीहरुलाई थाहा छ आँखाको कमजोरी, सत्य देख्दैन सतह देख्छ l र  निरीह बुद्धि को दुर्बलता, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समानता

~रामप्रसाद दाहाल~ मुसोले हात्तीसँग विहे गरेको कुरा विश्वभरि फैलियो र सबैले हात्तीको उदारता र मुसाको बहादुरीको प्रशंशा गरे। उनीहरू समानताका अनुपम उदाहरण भए र उनीहरुको कार्यलाई असमानताको अन्त्य गर्ने पहिलो व्यवहारिक खुटकिलो मानियो। त्यही उपलक्षमा भोज भए, उत्सव गरियो र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक रातको प्रेम

~शितल दहाल~ उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : चर्किएको ऐना

~प्रमिसा केसी~ रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोठा खोज्नुको पीडा र छाँया

~केदार ‘संकेत’~ ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ? भोली ! कतिबजे ? ठीक तीन बजे ! हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ? केबी ! हुन्छ केबी भोली भेटौंला, तर तिमीलाई बिज्ञापनका कुराहरूचैं थाहाँ हुनुपर्छ है … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछिको अर्को कथा

~प्रकाश के.सी.~ शहरमा गोली चलेको थियो । शहर, अलि भित्रतर्फको थियो । दिन छिप्पिँदै थियो, पाकेर दिन जो खस्दैथियो पट्टाक्षेपभरि, क्षितिजबाट सूर्य खस्न थाले जस्तै । सबै एकैचोटी वल्लो देवलको डीलबाट कान थाप्दै थिए । ‘उसले’ विपिनको केश छाँट्नको लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी दर्केपछी

~बन्दना श्रेष्ठ “बिवश”~ माघ-फल्गुन महिनाको अन्त्य तिरको दिन हो । यो इज्रायलमा बहिर हिजो देखि नै दर्के झरी परिरहेको छ ।राती त असिना पनि बर्सेको थियो ! आकाशको गड्याङ-गुडुङ ले मन् केही तर्से पनि,बर्सातमा म निकै रमाउछु । म काम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~पारिजात~ बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्यांङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु। चोलीको भित्री मात्र मैलो फाटेको गुन्यू, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटा स्वास्नीमान्छे हो त्यो आकृति। कहिले उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लुगाको गन्ध !

~लाक्पा फुटी शेर्पा~ छेची घर पुग्दा अँध्यारै भएको थियो । उसलाई बाटाभरि पनि देण्डीले दिएको त्यो दुईतिर गोलो भएर माझमा सानो फित्ताले अड्काएको लुगाले तानिरह्यो । उसले टाउकोमा खप्ट्याएर लगाई । चस्मा जस्तो बनाएर लगाई । ‘यो त पछाडि पो … Continue reading →

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

कथा : घुर

~दिनमान गुर्मछान~ पुस लागेपछि चिसो महँगी झैं ह्वात्तै बढेको थियो। यो चिसोमा बाँच्न सकिन्छ के? मानिसहरू भन्न थालेका थिए। हुनेहरू बाक्लो लुगामा न्यानो भएर बस्थे। नहुनेहरू साँझ्सँगै कक्रिंदै जान्थे। भगिराम मुसहरले हरेक साँझ् चिसो भगाउन पिउने उपाय निकालेको थियो। अरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मनोज बाबु पनेरु~ आज पनि ऊ बेतमासले हाँसी रहेकी छे। मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ। प्रत्येक दिन अफिस जाँदा र फकर्दा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ। धेरै भो मैले उसका बारेमा कथा लेख्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा कथा इजरायलको

~चकेन्द्र राई “कैदी”~ ‘मान्छेलाई हेरेर चिन्नु सकिदैन रहेछ दाइ मैले ठूलो गल्ति गरेछु ।’ इजरायलमा भएकी मेरी चेलीले अनयास यस्तो कुरा भन्दा म एक छिन अलमल्ल भए“ । उनको वास्तबिक नाम अरु नै भए पनि म उनलाई रुचि भनेर बोलाउथे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक पाखो गुराँस र म

~देविनबाबु राई~ परबाट हान्ने गाईझैं बत्तिएर आएकी प्रेमिकाले सोझै मेरो कठालो समाई । त्यो कड्की कुटिल स्वरमा– रातो गुलाफसँग प्रेमपत्र पठाउने तैं हैन ? मेरो सात्तोपुत्लो उड्यो, हो वास्तवमा पठाएको मैले नै थिएँ । त्यसले झन् रडाको मच्चाएर उफ्रिन थाली, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो जिन्दगी यस्तै हो

~सुमलकुमार गुरुंग~ “नेपालबाट ट्रङ्ककाल आ’को छ मनप्रसादलाई छिट्टो बोलाएर ल्याउँ बत्तीस” भनेर कम्पनी बाबुजीले रनरलाई उसको आर्मी नम्बरबाट पुकारेर अह्राउँछ । रनर (सेनामा दस्तावेज र सञ्चारवाहकको काम गर्ने) दौडदै गएर छेउको ब्यारेक अघि हतियार सफा गरिरहेको मनप्रसादलाई खबर दिन्छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहरयात्रा

~पुरुषोत्तम दाहाल~ “ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यानभासभित्रको देवीप्रसाद

~गोपाल दुलाल~ देवीप्रसादको घरमा त्यो रात खुसी छाएको थियो । यसपालीको तिहार भने साँच्चै नै रमाईलो होला भन्ने विश्वासमा थिए उनीहरु । आजै मात्र ऊ घर फर्किएको थियो, बहिनीको उपचार गरेर, । जन्मजात चिरिएको ओठ लिएर जन्मिएकी देवीप्रसादकी बहिनीको मुहार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाहुना

~रामप्रसाद दाहाल~ आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी– “के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?” आमाले दिक्क मानेको स्वरमा भनी– “खै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठै बिचरा

~वाचस्पति रेग्मी~ हजारौ मान्छेका मनमा हजारौं सपनाहरु हुन्छन् । सपनाहरु परिस्थिति र समयको भेलसगै उतार चढाव भैरहन्छ । एक मान्छेको एक सपना भए पो हुन्छ र । एउटै मान्छेको धेरै इच्छा, चाहना र सपनाहरु भएपछि मान्छे असनको भिडमा अलपत्र परे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नामर्दकी साली

~विमल नेपाल~ आज म स्फुर्त छु । किनकी प्रकृती अनपेक्षित खुसि देखिएकी छ । उसलाई यतिको खुलेको देख्नु नै आजभोलीको मेरो खास खुसी हो । जागिर, पैसा लगायतका अन्य प्रप्तीहरु फिक्का हुन्छ । उनको मुहारमा प्राकृतिक चमक देख्न पाउनु नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment