Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : त्रिकोणा

~पोषण पाण्डे~ मुकुन्द भित्तामा थरीथरीका चित्रहरू कोरिरहेछ — कुनै घोडाको, कुनै साँढेको, कुनै कुकुरको — जस्तो कुनै युवक युवतीप्रति आकृष्ट हुन्छ, त्यस्तै मुकुन्दलाई पनि भित्ताप्रति आशक्ति छ । भित्ता मानो उसको प्रेयसी हो । भित्तामा चित्र कोर्नाले उसलाई आन्तरिक तृप्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युवत्

~पोषण पाण्डे~ निद्रा फाट्छ र कमला ब्युँझिन्छे । उसलाई लाग्छ, बिहान भइसकेको छ । तर रातको गाढा सूनसान् देखेर उसलाई थाहा हुन्छ – शायद दुई बजेको होला । बिनासित्ती ऊ ब्यूँझेकी- उसलाई एक किसिमको पश्चात्ताप हुन्छ र साथै कुनै स्थूल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : औँलाहरू

~पोषण पाण्डे~ टुकुचामा साउनको भेल आइरहेछ । भेलमा मैलो फोहोर छाल बटारिँदै आउँछ । तिनमा ससाना बोट र असङ्ख्य पातपतिजङ्रहरु बग्दै आइरहेछन् । आकाशमा बादल ओहोरदोहोर गरी नै रहेछ । पानी कहिले जोरसँग दर्किन्छ, कहिले सिमसिम र कहिलेचाहिँ त टप्प … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोर

~पोषण पाण्डे~ चीसो बतास चल्यो । अलि अलि गरेर संसार अँध्यारो देखिन थाल्यो । रामे निरुद्देश्य मालिकको ढोकामा उभिइरहेको थियो । कता जाने, के गर्ने भन्ने समस्याले उसको मन र मस्तिष्कलाई गोलमाल गर्न थाल्यो । आज उसको मालिकले उसलाई चोर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : फुस्केको इजार

~मदनदेव भट्टराई~ जाडोको मौसम भएकाले दुई मित्र विनोद र चीलबहादुर एक दिन कौसीको पर्खालमा बसेर रापिलो घाम ताप्दै आधुनिक समाज र नारी मनोविज्ञानको बारेमा गफ गरिरहेका थिए । यत्तिकैमा उनीहरुलको आँखा पल्ला घरकी युवतीका आँखासँग जोडिन पुगे । हृष्टपुष्ट शरीरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः बेग्लै म

~उषा शेरचन~ मेरो अप्रेसन सफल भयो । मैले नयाँ जीवन पाए । बाबा भने पुनः बैदेसिक रोजगारीमा फर्किनु भयो । तर आमा र म त छाया सरी सधैँ सँगै भयौँ । उहाँको खुसीको सिमा थिएन मैले पाएको नयाँ जीवनमा । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रूर मौन

~राजव~ अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ  । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो । राजधानीको एक प्रतिष्ठित त्रैमासिकमा निकै पहिले यो कथा छापिएको थियो । प्रतिक्रियामा पाठकहरूले प्रयोग गरेको शब्दमा भन्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो रात पनि यस्तै थियो

~शंकर लामिछाने~ एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको सिरिङ्ग गर्छ मेरो शरीर । कसैले सुम्सुम्याए झैं प्यारले ! … … कसैले ? यो ‘कसैले’ भन्दा मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : पिशाचिनी

~माया ठकुरी~ आजभन्दा झन्डै चौवालीस पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी बालिका थिएँ। म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ। हाम्रो तीनओटा स-साना कोठा भएको एउटा घर थियो जसमा म, मेरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : विराग

~मोहनराज शर्मा~ यो कथा मिश्रीलाल र चिनीमायाको हो । त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : भग्नकुण्ड र माछो

~विवश पोख्रेल~ उफ्‌ । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु-बर्ष७, पूर्णकैँ २२ उत्साहको एउटा कथा पढ्न बाँकीछ -मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुक्रराज शास्त्रीको चस्मा

~राजेन्द्र पराजुली~ अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः रामेछापको श्रवणकुमार

~राजेन्द्र विमल~ म पुराणकालीन श्रवणकुमारको कथा होइन, आधुनिक सरबनको कथा भन्दै छु । हुन त पञ्चायतको मतदातासूचीमा यिनको नाउँ पनि श्रवणकुमार नै हो । श्रवणकुमार नं. १ को काल म भन्न सक्दिनँ, नं. २ को चाहिँ जन्मतिमि हो – २००७ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि… ?

~भवानी भिक्षु~ हो, कथा भन्ने त म, तर तपाईँ सुन्ने, पढ्ने–कथाको मजा, स्वाद वा य यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले अलि मलाई सहायता दिनुभो, कहानी भन्दा भन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पखिलासित त्यो एक दिन

~मिङ लिवाङ~ अक्टुबर महीनाको अन्ततिरको एउटा रमाइलो साँझ………ब्रह्यपुत्रको बगरमा स्थित ओपन एयर रेस्टुराँ अल्फ्रेस्कोको एउटा टेबुलमा मन्द मन्द वायुको मजा लिंदै ब्रह्यपुत्रको पारि क्षितिजमा डुब्दै गरेको घाम हेरिरहेको छु। गत दुई महीनादेखि प्रायः आफ्नो प्रत्येक एकान्त साँझ मैले यही रेस्टुराँमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको चिहान र वाइन पार्टी

~खेमराज पोखरेल~ ऊसँग मेरो यो परदेशको ठाउँमा गहिरो दोस्ती भएको छ। ऊ सबै आफ्नो मन खोतलखातल पार्छ मसँग। म पनि मेरा डायस्पोरिक पीडा ऊसँग सेयर गर्छु। हामी असाध्य मिल्ने साथी भएका छौँ। ऊ मलाइ परेको बेला सहयोग गर्छ। परदेशको ठाउँमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: सरको डर

~प्रोल्लास सिन्धुलीय~ ‘चिनेनौ ? ऊ रवि क्या ।’उसले मलाई शीरदेखि पाउसम्म बडो गहिरोगरी हेर्‍यो । मानौँ, म कुनै आफन्त हुँ । अथवा, त्यो आत्मीय हुँ, जो वर्षौंअघि बिछोडिएको थियो । परिचय गराइदिनेले पनि उस्तै उत्साहका साथ हामी दुईको नाम सुनाएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : उन्मत्त भैरव

~जलेश्वरी श्रेष्ठ~ उसले आफ्नो कथा यसरी सुरु गरी – “म काठमाडौंमा जन्मेँ, हुर्के र बढेँ। मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको र हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेम-विवाह भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : पुनरागमन

~सुरेन्द्र कार्की~ उफ !! बिहानै देखि पानी, छि ! कस्तो दिक्क लाग्दो । मलाई यो पानी परेको उति निको लागेन । उसो त पानीमा भिजेर हिंड्न मेरो हार्मोनले मान्दैन । मैले सिल्भियालाई फोन गरेँ – सरि आज भेट हुदैन हाम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो अपरिचित अनुहार

~महेश पौड्याल~ सप्तकोशी उर्लिएको थियो । माथि हिमालमा निकै पानी परेका हुनुपर्छ, नदीमा उफान थियो डरलाग्दो । धमिलो पानी, पानीको माथिल्लो सतहमा वाफ उडेजस्तो पनि देखिन्थ्यो । विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : प्रेम

~शङ्करप्रसाद गैरे~ म भर्खर खर्बारीमा पुगेर एक सप्को घाँस काट्न मात्र भ्याएकी थिएँ, फोनको रिङटोन बज्यो । हतपत हँसिया भुईँमा फ्याकेर फोन भएनजिक पुगेँ र मोबाइलको स्क्रिनमा हेरेँ । उनको मुस्कुराएको फोटो देखेँ । हतपत फोन हातमा लिएँ । जहिलेसुकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिनाजुको स्वेटर

~पोषण पाण्डे~ सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो छोरो घुस खाँदैन

~मनु ब्राजाकी~ हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोब्रे कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठुटा

~पुण्य खरेल~ उनको सबैले बोलाउने नाम ठुटा हो । उनी त्यस्तै साढे चार फुट अग्लो होलान् । उनका हातगोडा मोटामोटा, डबल नारीको भन्छन् नि मान्छेहरु, हो त्यस्तै । कुनै रुखको टुप्पो भाँचिएर वा काटिएर रहेको छोटो, मोटो भाग ‘ठुटो’ भनिन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेश्यासँगको रोमान्स

~यकिना अगाध~ हाफ छुट्टि भएकाले विद्यार्थीहरु गईसकेका थिए । आज महिनाको पहिलो हप्ता, त्यसमाथि शुक्रबार थियो । शिक्षकहरु प्रिन्सिपलको कक्षाकोठामा लाईन लागेर आ–आफ्नो तलब थापिरहेका थिए । प्रिन्सिपलले सबैको हरहिसाब गरेर पालैपालो तलब बुझायो र अन्तमा भन्यो, ‘सरहरु सबैलाई मेरोतर्फबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : विभ्रम

~भागीरथी श्रेष्ठ~ बिहानीले सुकोमल आँचल फैलाउँदा पनि हामीलाई उठ्न पटक्कै मन छैन । शरद ऋतुको चिसो स्याँठमा लोग्नेको तातो स्पर्श, न्यानो सिरक – त्यसमाथि मीठो-मीठो गफका टुक्राहरू कसलाई छोड्न मन लाग्दो हो ? अझ आज त शनिबार किन छिटो उठ्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाचारी

~राजेन्द्र चोथाले~  उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो  भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले  हुर्काउने ? यस्ता धरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : युवती र जरसाहेब

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनौठो भेट

~राकेश कार्की~ पहाड छिचोलेर क्रीक (खोल्से नदी) बगिरहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ थियो। त्यो खोल्से नदीलाई लस्ट हिल क्रीक भन्दथे। त्यो पहाडलाई चाहीँ लस्ट हिल माउन्टेन भन्दथे। त्यो पहाडको नाम किन लस्टहिल भयो होला। पहाड पनि कसरी हरायो होला भनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment