Category Archives: निबन्ध

निबन्ध / Essay

व्यङ्ग्य निबन्ध : लाहुरेको यात्रासंस्मरण

~भैरब अर्याल~ एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मादक वस्तुको सेवन

~शङ्कर लामिछाने~ झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना, फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माया नं ६५३

~शङ्कर लामिछाने~ माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : एब्स्ट्रयाक्ट चिन्तनः प्याज

~शङ्कर लामिछाने~ हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?” ” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।” … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जंगल महोत्सवको चटक

~मुन पौडेल~ जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहित्यकारहरूलाई जंगलमा नचाएर गरेको महोत्सव होइन । यो जंगली जनावरहरूले नै मनाएको महोत्सवको कुरा भइरहेको छ ।

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मेरो विश्वास

~कमल दीक्षित~ कामरेड रोहित, श्री नारायणमान बिजुक्छेसँग मेरो साइनो–सम्बन्ध केही छैन । म पाटने, उनी भादगाउँले । उनी मजदूर–किसानहरूका नेता, एकजना जन निर्वाचित सांसद, म भने एउटा कलमकोरुवा साधारण नागरिक । हाम्रो कुनै मिलन रेखा नै देखा पर्दैन तर म … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आदिकवि भानुभक्त आचार्यलाई चिठी

~राजकुमार लामिछाने~ आदरणीय कवि ज्यू साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना, मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक … Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

निबन्ध : छोटा किस्सा

~लक्ष्मीप्रसाद देवकोटा~ छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ध्रुवेको डायरी

~वसन्त बस्नेत~ सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्। न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : प्यारा छोराहरू, ढिँडाका काल मोराहरू !

~लक्ष्मण गाम्नागे~ प्रिय केटा हो ! धेरै धेरै माया छ । घरमा दशैंको छायाँ छ । इज्जोत आब्रुक बायाँ छ, अभाव र मुहुँगी दायाँ छ । यो बूढो काया मर्दै बाँच्तै जसरी तसरी घिस्रिदैछ । एक पछि अर्को रोग जिऊभित्र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : तपाईं कुन पार्टीको ?

~मनोज गजुरेल~ दश बाह्र बर्ष अगाडीसम्म, कुन नेता कुन पार्टीको हो- परैबाट चिनिन्थ्यो । राजाबादीहरु दौरा सुरुवालमा चिटिक्क देखिन्छे, कांग्रेसीहरु टाइसुटमा गमक्क सजिन्थे, कम्युनिष्टहरु सर्ट पाईन्टमा लिख्रिक्क भेटिन्थे । अर्थात्, लवाई खवाईका आधारमा कसले कुन सिद्धान्त बोकेको छ भन्ने कुरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : बाबाजीको सुपरमार्केट

~मनोज गजुरेल~ नयाँ ‘धन्दा’को बारेमा सोच्दै हुनुहन्छ ? सोच्दै हुनुहुन्छ भने सोच्न छोड्नोस्-र, ‘बाबागिरी’ थालिहाल्नोस् । नाम, दाम र सम्मानको सबैभन्दा सजिलो बाटो यही नै हो । ‘खडेबाबा’, ‘लडे बाबा’ ‘फलहारीबाबा’, ‘जलहारीबाबा’, ‘सर्वहारीबाबा’, ‘योगीबाबा’, ‘रोगीबाबा’, ‘भोगीबाबा’, ‘संभोगीबाबा’, ‘उदासीबाबा’, ‘बिन्दासीबाबा’, ‘सोमरसीबाबा’, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निवन्ध : म एक्लो र उदास उस्तै

~गीता त्रिपाठी~ छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिसापजस्तो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : प्रेमको पक्षमा

~बुद्धिसागर~ हरेक बिहान दैलोमा आइपुग्ने पत्रिकामा घृणामा समाचार छापिन्छन् । दहेजको नाममा मट्टितेल छर्केर जलाइएका युवती, श्रीमानबाट मारिएका श्रीमती, श्रीमतीबाट पिडित श्रीमान, बाबुले भेलमा फालिदिएका सन्तान, बो_िक्सको नाममा यातना दिइएका महिला, पानीको धारा छुँदा पिटिएका दलित- हामीलाई यस्ता समाचार पढ्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म पनि कुकुर

~महेशविक्रम शाह~ म अन्ततः कुकुर बन्ने प्रयासमा स˚ल बने“ । मैले मनैदेखि आ˚ूलाई कुकुर बनाउन खोजेको त होइन तर बेला यस्तो आएको थियो कि जहा“ पनि कुकुरका अनुहार र कुकुरका आवाजहरूस“ग स्वामी भनिनेहरू बढी लोभिने गरेको पाए“ । आखिर स्वामीहरूलाई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जय भुँडी

~भैरव अर्याल~ व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : असनको डबली

~भैरव अर्याल~ “चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!” “अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मपाईं

~भैरव अर्याल~ ‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पशु – पशुपति र मान्छे

~भैरव अर्याल~ साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंलेपुलपुल्याइदिंदा आज मान्छेले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : साँढे

~भैरव अर्याल~ हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आस्थाको फाइल

~भैरव अर्याल~ संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए। निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment