Category Archives: नेपाली काव्य

Poetry

छेस्का : आजकालका छोराछोरी

~रमेश पल्लव~ स्कूल जाने झोला बोकी भित्र किताब छैन कहिले यता कहिले उता होमवर्क गर्ने हैन निद्रा लाग्छ पढाउँदा कस्तो बोरिङ्ग भाको फिलिमका र मीठा-मीठा कुरा कत्ति आको

Posted in छेस्का | Tagged | Leave a comment

कविता : आक्रिशित शहिदगेट

~सबिना सिन्धु~ आँगन भत्काएर चिहान खन्नू कसैको विरोध गरेर उप्काउनू रक्तरन्जित ज्वारभाटा बलि चढाएर कुनै मन्दिरमा घाँटी रगेड्नू उसको फुटाउनू उसको खप्पर च्यात्नू मस्तिष्क र गाड्नू उसका आँखाहरू सुकिला घामहरूका अगाडि कोदालो बोक्नू र खन्नू खाडल

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेश नै फर्कन मन लाग्यो

~बिनोद खड्का~ बन्दुक बोकेर रगतको होली खेल्ने हातहरुमा शान्तिका दूत सुन्दर परेवाहरु देख्दा दूई शव्द कोर्न मन लाग्यो । बलेका टाएरले

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यको लडाइँ

~मिथुन “विवश”~ आमा ! हाम्रो लडाइँ सकिएको छैन किनकि अहिलेसम्म पनि सामन्तवादको अवशेषहरू अझै खतम भएको छैन यो देशको नेताहरूले जति भाषण गरे पनि घुस, भ्रष्टाचार, अन्याय, अत्याचार

Posted in कविता | Tagged | Leave a comment

कविता : अपेक्षा तिमीसँग

~रीता खत्री~ आऊ जीवनको चिसो सिरेटो बराबर बाँडौं हामी र एउटा असमान अध्यायको पटाक्षेप गरौं । जहाँ नदेखिउन् असमानताका अप्ठयारा भीर आँसुको धमिलो नदी र परस्पर चिन्न नसकिने

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~मायामितु न्यौपाने~ सिङ्गो जिन्दगी उसले यसरी नै बिताएकी छे चुल्हो र पँधेरोले चिन्छ उसलाई घाँस र दाउराले डाक्छ उसलाई घर आँगन प्रतीक्षा गर्छ उसैको भत्किएको भित्तो र मझेरीले पर्खिराख्छ उसैगरी जसरी पर्खिराखेका हुन्छन् परिवार र पाहुनाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : घुम्तीमा छेलिँदै जाने दृश्यहरू

~प्रवीण राई जुमेली~ पढिने ऋचाहरू आफ्नै थिए कञ्चनजङ्घाका त्यसको छहारीमा बित्ने समयभरि इतिहासका बग्रेल्ती अलिखित घुम्तीहरूमा दृश्यहरू छेलिँदै जान्थे छेलिँदै जान्छन् दृश्यहरू अझै पनि । किन होला, कञ्चनजङ्घाका ऋचाहरू अब त परिणत भए शोकगीतहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : महा-भूकम्प जानै पर्छ

~कात्यायन~ भूइंचालो ! हो फेरि एकपल्ट तिमी आउनै पर्छ ! फूलहरू नझर्ने गरी फलफूलका चिचिंडाहरू नझार्ने गरी हो यहि ऋतुमा, जति सक्यो चांडो तिमी आउनै पर्छ ! पैरोले वस्ती नखस्ने गरी बाढीले बालीहरू नबिगार्ने गरी कलिला मनहरू नकठाँग्रिने गरी चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्धन

~शान्ति प्रियवन्दना~ अगाडि बड्छन तर गन्तब्य नपुग्दै रोकिन्छन् मेरा कदमहरू जुट्दाजुट्दै तोडिन्छन् रङ्गीन बन्दाबन्दै हराउँछन् सधैजसो मेरा सपनाहरू अन्तरसंवादमै रूमलिन्छन् प्रत्येक पटक मेरा तन्द्राहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रामीण कृषी सडक

~एम सि सुमित~ गांपरिषदपछी स्काइभेटरले ग्रमीण कृषी सडक खन्दै भिरालो पहाडी गांउ छिया-छिया चिरेर सडक आयो। निर्दोस गांउमा राक्षेस जस्तो स्काइभेटर फुलिरहेको तोरी

Posted in कविता | Tagged | Leave a comment

गजल : खप्पिस मानिन्छन

~मौसमजी भण्डारी~ कोहि उल्टो बोलेर खप्पिस मानिन्छन रातदिन धोकेर खप्पिस मानिन्छन हुलमुलमा सद्दे देखिने नारद हरु कुरा बडा पोखेर खप्पिस मानिन्छन

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो आफ्नै कथा

~विनय रावल~ जाडोमा— आङमा— एक धरो लुगा नहुँदा पेटमा— एक मुठी अन्न नहुँदा बस्न— एउटा सानो ओढार नहुँदा एउटी स्त्री एउटा सानो बालकलाई काखमा गुटमुट्याएर आँखाबाट सधैँ–सधैँ बलिन्द्र आँसु झारिरहन्थी र, कहिलेकाहीँ

Posted in कविता | Tagged | Leave a comment

कविता : के यही हो जिन्दगी ?

~लक्ष्मण नेवटिया~ चपाउनु मज्जाले दुई छाक ढुक्कसँग, कमाउनुमा लाग्नु नुन देखि सुन सम्म, श्वांसको उकालीओरालीमा अल्मलाउने, जीउलाई खाना पचाउने भाँडो बनाउने, के यही हो जिन्दगी? अल्झिने सांसारिक राप र तापमा, कहिले सुखदुखको प्राप्त अप्राप्तमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रपुर

~राजेन्द्र शलभ~ भद्रपुरमा अलिकति कारिन्दाहरू छन् त्यो भन्दा बढ्रता हाकिमहरू छन् अलिकता उद्योगधन्दाहरू छन् त्योभन्दा बढी नेताहरू छन् केही स्कूल र कलेजहरू छन् त्योभन्दा बढी भट्टी पसलहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : चुप

~बद्री पलिखे~ पख । नानु सुतेको छ हल्ला नगर— चुप । परीकथा, भूतप्रेत र दन्त्यकथा भन्दै थपथपाउँदै/गीत गुनगुनाउँदै लट्ठी र हाउगुजी देखाएर बल्ल–बल्ल नानुलाई सुताएकी छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाघ

~तीर्थ श्रेष्ठ~ एकदिन नातिले बाजेसँग सोध्नेछ – बाजे, बाघ भनेको कस्तो हुन्छ मान्छे जस्तो हुन्छ कि मान्छेभन्दा भयानकको हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~सोम खनाल~ ऐनाले त ‘मुहार पुछ’ नभनेको हैन तर मैले पुछिरहें सामुन्नेको ऐना अनुहारको दाग त्यसै त्यसै रहिरह्यो अाखिरमा सारा जीवन ‘दागी’ भइगयो । ऐना हो साथी, साथी हो ऐना

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको राजमार्गमा

~अमर गिरी ~ दौडिएँ जसरी दौडन्छन् गाडीहरू बजेँ जसरी बज्छन् हर्न अझै पनि चलिरहेछ यो जीवनको राजमार्गमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विचलित वर्तमान

~उषा शेरचन~ यो स्वर्गभन्दा सुन्दर नगरीमा यो स्वच्छ र शान्त उपवनमा कस्को आँखा लागेर हो रु कस्को सराप परेर हो रु अचेल जाई जूही र सुनाखरीहरू -फुल्नै छाडेका छन् अचेल लालुपाते र लालीगुराँसहरू -झुल्नै बिर्सेका छन् केही स-साना झुपडीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म त जिउँदो मानिस

~माया पाण्डे~ आँखाले ठम्याउने संसार मेरो मुटुले भ्याउने भावना मेरो सिमाहिन आशाका किरण मेरो म त जिउँदो मानिस सम्पूर्ण मेरो

Posted in कविता | Tagged | Leave a comment

गजल : उसको काममा खटाउँछ

~गोवर्धन पूजा~ समयले हामीलाई उसको काममा खटाउँछ मन परेसम्म राख्छ नचाहदा हटाउँछ गाउनु पर्छ जीवन गीत लाउनु पर्छ मायाप्रित सधै सधै यही कुरा पढाउछ रटाउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो याद

~राकेश कार्की~ तिम्रो यादले मात्र पनि साथ दिन्छ सम्झी सम्झी मुस्काउने मात दिन्छ मजा छ यहाँ एक्लै हराउनमा आफ्नै ठानी मन पराउनमा तिमीले साटेको मीठो स्मरण लहर बन्दै मलाई तैर्याउँछ बेरेर लगी फेरी समुन्द्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – २

~बिमल गुरुङ~ ‘प्रजातन्त्र’ आयो त्यसैले आज गोली चल्यो साथिले टोक्यो – तिमी दियो नजलाउने? म सक्सकाएँ म हिच्किचाहटले बांधिएँ । मलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : झुटको खेती गर्नेहरु

~ललिता कार्की~ चोखो माया पिरतिमा झुटको खेती गर्नेहरु ! छाती चिरी घाइते बनाइ नुनचुक छर्नेहरु !! अरुलाई रित्तो बनाइ आफ्नो जीबन भर्नेहरु ! खेल ठानी जुत्तासरी मनमुटु फेर्नेहरु !! चोट दिंदै अरुको भावना सँग खेल्नेहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र घडीहरू

~नवराज सुब्बा~ छाया सँगै बसेको छ कि छाडेर अन्तै गएको छ हँ ॽ दुनियाँ ब्यूँझिएको बेला निदाएको स्वाङ गर्ने ए घडीहरू ! ब्यूँझ, हेर र भन यो दिनको बाह्रबजे हो या रातको बाह्रबजे हो ॽ… अहँ जवाफ आउँदैन कतैबाट दुनियाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कुनैपनि पोलाइले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ नदुख्ने भो अब मलाई कुनैपनि पोलाइले, नथाम्ने भो कम्पन मेरो कुनैपनि छोपाइले । कल्पनाको संसारमा चन्द्रमा नै सम्झेपछि, नबुझ्ने भो चित मेरो कुनैपनि सोचाइले ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मनमाया

~रामकृष्ण पौडेल ‘अनायास’~ पुर्वको लाली र घामको क्षितिजले धर्तीलाई नचुम्दै रातभर नसुतेर बिहानै उठ्छे मनमाया , कम्मरमा पाँच फेरो पटुकी कस्दै दुई पसर मकै र भटमास गुन्युको टुप्पोमा बाँधेर

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गकी परीको कथा

~प्रकाश सुनुवार ‘निराकार’~ स्वर्गकी परी हो मोदी मोदी राक्षस पनि हो रङ बदल्ने छेपारो हो मोदी तहसनहस भएको स्वर्गकी परी । अस्ति उ नै परी भएर आए मिठो भाषण गरे सुनौलो परेवा भएर आए भ्रम बाँडे र स्वर्गलाई चाहेको जति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतीक्षाका लागि एक कविता

~प्रवीण राई जुमेली~ अगणित ‘फेरि’ हरूको शृङ्खला छ जीवनमा जसरी : फेरि बर्खालाग्छ फेरि मकै पाक्छ/काटिन्छ फेरि अदुवा रोपिन्छ/खनिन्छ फेरि हिउँदसित धूलो र जाडो पनि आउँछ फेरि रूखहरूबाट पातहरू खस्छन् फेरि आँखाहरू बाटैभरि बिछिन्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो हाँसोको लागी

~अमृत सिङ थिङ~ हजार चोट स्विकारे थें तिम्रो हाँसोको लागी आफ्नो भारी घटाएँ थोरै तिम्रो नासोको लागी अँध्यारोमा साथ खोज्दै भुतारिएँ चारै तिर हरेक अंग पल्टाई दिए तिम्रो चासोको लागी

Posted in गजल | Tagged | Leave a comment

कविता : खेल मैदान

~छविरमण सिलवाल~ मैदान उहि छ मात्र फेरिए खेलाडीहरु खेल उहि छ छक्याउँने र कुम्ल्याउँने अवाक बनेका छन् दर्शकहरु बोल्यौ कि पोल्यो अभाव असुरक्षाका काला बादलहरु मडारीरहेका छन् चारैतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : दुष्ट गाथा

~श्यामल~ ध्यानमुद्रामा जसले देख्न सक्छ बलात्कारको सपना र मन्दिरको देवतासामु उभिएर जसले वर माग्न सक्छ आफ्नो दीर्घायुको जसलाई थाहा छ— कतै छैन ईश्वर तर जसले किरिया खान्छ ईश्वरका नाममा सयौँ पटक जसको महलको जगमा छन् करोडौँ मानिसका

Posted in कविता | Tagged | Leave a comment