Category Archives: नेपाली काव्य

Poetry

येसु गिरीका पाँच मुक्तकहरु

~येसु गिरी~ मित्र त्यस्तो हुनु जो भरोषा गर्न सकियोस नाता त्यस्तो जोडनु जो संस्कार कुलको होस आजकाल कलि युग भनेर बिल्ला बनाउछ्न उ त्यस्तै छ मेरो लागी साथी त उ जस्तै होस दिएर फाईदा खोज्नेसंग सहयोग कहिले नलिनु

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बहादुर सिंह

~क्रान्ति शिखर~ सिंहदरबार तिमीहरू त बहादुर सिंह चौरासी ब्यञ्जनका लागि मलजल गर कुर्सीको तिमी हामी आटो र गुन्द्रुकका लागि मलजल गर्छौ किनकि यो अर्गानिक हुन्छ सिंहदरबार तिमीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, त्यसैले त म धोती तिमी नेपाली

~केपी अनमोल~ तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश म भन्छु हामी सबै एक यस मै समानता खोजौ हो, त्यसैले त म धोती, तिमी नेपाली । तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : सारंगी हुँ म

~प्रकाश सुनुवार ‘निराकार’~ सारंगी हुँ म सजाएर नराख बैठक कोठामा सजाएर राख्नुको सट्टा मलाई बेस्सरी रेट ताकी उत्पिडनका तरङहरुको ज्वालामुखी फुटोस् र एउटा तेस्तो बेग लियोस् जसले पिडकहरुको शैलीलाई परिवर्तन गरोस् अनी दमनको शृंखलाहरु रोकियोस् जसले पिडितहरुलाई चट्टान जस्तै कठोर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भन्नलार्इ भने भैगो

~जीवराज बुढाथोकी~ भन्नु थियो भन्नलार्इ भने भैगो । जानु थियो आफ्नु बाटो गए भैगो । जान्छ के नै मर्छ मान्छे तरी आँखै, बाँच्नलार्इ एक मुठ्ठी बचे भैगो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म नायग्रा झरिरहेछु

~गोवर्धन पूजा~ संगालेर आशाका आभाहरू भत्काउदै बाँधहरू बिरोधका बोकी संकल्पका सुनौला किरण अनवरत एक युग इतिहास म नायग्रा झरिरहेछु + + + संक्रिणताका भूगोलहरू भत्काउदै गहिर्याएर अठोटका आगनीलाई पिरतीको किनारसम्म फैल्याउदै म नायग्रा झरिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : ढल्कँदो समय

~डा. संगीता स्वेच्छा~ ऐनाले सोध्छ को हौ तिमी ? तिमीलार्इ त आजकल चिन्नै छोडें । घुँडाहरू भन्छन् तिमी मलार्इ धेरै नउफार म दुखाउँछु, म थाक्छु म लखतरान पर्छु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : चक्र जस्तै घुम्दो रै’छ

~रमेश भट्टराई ‘सहृदयी’~ खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा म फर्कँदै छु

~प्रेमध्वज गाहा~ आमा ! फर्कँदै छु म तिम्रै काखमा , जिन्दगीले डो¥याउँदै लगेको , यो अरब छाडेर । तिमीले भन्ने गरेको , ‘हबैजास’….. चढेर गएको म ,

Posted in कविता | Tagged | Leave a comment

गजल : फुलेको हेर्न मन छ

~बद्री बाबु पोखरेल~ अब त तिम्रो पेट फुलेको हेर्न मन छ आगनिमा लालाबाला डुलेको हेर्न मन छ म सधैँ कमाउने ,कामले व्यस्त हुन्छु तिमी छोरा छोरी सँग भुलेको हेर्न मन छ

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो घमण्ड

~बिपना ढुङ्गाना~ वास्तविकता छलेर अनि धारिला शब्द अङ्‌घालेर हिँड्दै गर्दा कुनै दिन आफ्नै अस्मितामा ठेस लाग्ला, जिउनुको अर्थ बल्ल बुझ्‌नेछौँ तिमीले, त्यो समय फर्केर आफूलाई एक पटक नियाल्नु तिमी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दौँतरी

~रबिन पुरि~ तिमीले त बिर्सेयु कि , के हो साथी ? छैन है मैले बिर्सेको कता गयौँ आजभोलि खै त मलाई खोजेको ? थाहा छ तिमीलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : दोषी जिन्दगी

~ऋतिक यादव~ हे जिन्दगी ! तिमीले मेरो मानवताको अजिब कला बगाइदियो , अहङ्कारको खाल्डोमा एक्लो छाडेर , कल्पनाको आजीवन भक्त बनाएर अल्झाइदियो , आत्माले कहिले सन्तुष्टि पाएन , विभेद र बिचल्लीको खुल्ला देशमा मलाई पठाइदियो ,

Posted in कविता | Tagged | Leave a comment

कविता : सून्दर फुलबारी

~बिनोद खड्का~ झरनाको मीठो पानी गाँउ बेसीका गीत कोईलीका कोकिल कण्ठ गाईने दाईको मीत भुलिएछ सबै कता छोडिएछ कहाँ कहाँ

Posted in कविता | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का आठ हाइकुहरु

~उज्ज्वल जी.सी.~ मान्छेको मन पापपुण्यको वस्ती प्रायः अँध्यारो । ढुङ्गाको मुटु पग्लिएन आँसुले र्व्यर्थको नाता । स्वार्थको माया

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सत्यको, आचरणको !

~शेखर ‘अस्तित्व’~ म गर्छु कुरा, सत्यको, आचरणको ! तिमीलाई बानी पर्यो, आवरणको ! सधैं ख्याल-ठट्टामा तिमीले उडायौ ! मेरो लागि थ्यो प्रश्न जीवन मरणको !

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत्यु एकसट्ठी

~मञ्जुल~ शून्यताले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्नो उपस्थितिले लेखेँ प्रकाशले पढ्यो ती सबै अक्षरहरु जो मैले आफ्ना छायाँहरुले लेखेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : कमली दमिनी

~सकुन्तला जोशी~ ऊ बेला पहाडमा बाऊको पयरकलको मुनिबाट सुटुक्क चोरेर ल्याएकेा झिल्के कपडाका टालाटुलीमा खुब राम्रो बेहुली सिंगारेर ‘बेहुली’ खेल्थ्यौं कमली दमिनी र म कहिले बेहुली सानी भएकोमा रिसाउँथी ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : तारहरू

~नरेश शाक्य~ आऊ, टुटेका यी तारहरू जोडौँ सुक्ष्म यन्त्रले रसायनिक प्रकृयाले टुटेका तारहरु जोड्नुको अर्थ भाँचिएका मनहरू जोड्नु हो एकपटक जोडिएपछि जुन अपूर्व धुन सप्तम स्वर

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : कलम र खुकुरी

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी उडे पड्की पड्की पटपट धुवाँ-बारुतहरू कुदे पानापाना मुसल, बमकै कर्तुतहरू मसीका थोपामै पनि किन छ बण्डा मनपरी मठारिन्छन् टुप्पा किन कलममै छेदन गरी ? हिजो नाचीनाची पलभर नथाक्ने कलम ती चुली चढ्दै चढ्दै सगर तिर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मेरी किराती आमा

~मन प्रसाद सुब्बा~ एक खाँट्टी किराती आइमाइ मेरी आमा मनुवा-दहको सप्फा तरल ऐनामा सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार सुम्निमाको सन्तान/अनि पशुत्व र मान्छेत्वको अनन्त द्वन्दलाई सेकमारी फूल र ओन्दोङ फूलको कलशहरूमा जोखना हेर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : प्राकृतिकको खेल ,पानी

~पूर्णिमा पिम्मी~ साउनको झरीमा पहाडहरु भिजेछन डाँडा कान्ला रुखहरु निथुक्क भएछन झरी पर्दा सागर पनि शान्त हुनछ भिजेको तोहले आकाश पनि पुरै ढाकिन्छबादलको गुच्छालेपहाडहरु पनि सेताम्मे हुन्छ कपासले घुम्टो हाले जस्तै बिस्तारै हावाको

Posted in कविता | Tagged | Leave a comment

कविता : वधु शिक्षा

~भानुभक्त आचार्य~ प्रस्तावना एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति । तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।। सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै । भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लड बीरबहादुर ! तिमी लड !!

~विकास गोतामे~ म तिम्रो आवाजमा आफ्नो आवाज थप्न चाहन्छु म तिम्रो मुठ्ठीमा अर्को मुठ्ठी उठाउन चाहन्छु बाँच्नुलाई म मर्नु चाहन्छु मेरो प्यारो साथी बीरबहादुर ! म पनि तिमी जस्तै लड्न चाहन्छु ! गालीले पाकेको तिम्रो कानसम्मलाई मेरो आवाज पुग्न सकोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मानिसको भाषा

~धनराज गिरी~ बारुद र गोली भयो मानिसको भाषा देखिएन कतै पनि यौटा झिनो आशा आयो मृत्यु खेलाडी भै शान्त मैदानमा प्राणै हर्ने खेलखेल्दै फ्याँकेको छ पासा

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो खराब

~मनोज निर्जन~ अशान्ति र भय कस्तो खराब अहिलेको समय कस्तो खराब अरूलाई रोकेर आफू अघि बढ्ने मान्छेहरूको आशय कस्तो खराब

Posted in गजल | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~हरिप्रसाद भण्डारी~ दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : वाणीपुत्र !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर मायावी जाल तोडेर नाघ्यो निर्विघ्न सागर । लगाई ताजको बाजी महाराणा बनी उठ्यो शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : टुक्रा–टुक्रा जिन्दगीमा

~पूर्ण वैद्य~ कतिपय विचार व्यवहारमा साट्न नसकी आजकोबजारबाट जिन्दगी— म कैयौँपटक खोटोसाबित भई फर्केकोछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरो चरो

~भागवत खनाल~ बिचरो वृद्ध चरो खुला आकाश हेर्दै सुदूर क्षितिजतर्फ आफ्नो गन्तव्य निहार्दै छ अवको भेट को संग कस्तासंग होला त्यहाँ कस्ता होलान पात्रहरु ? अवको बास कहाँ होला ? अज्ञात त्यो तिलस्मी दुनियामा के के होला नियतिले कस्तो कर्तव्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्न पनि पाइँदैन

~मनु ब्राजाकी~ बिर्सिएछु भन्न पनि पाइँदैन । यस्तो जाबो माया अब लाइँदैन । भोकसित साटिएको जुठोपुरा, अबदेखि मीठो मानी खाइँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनका धुन छान्नेलाई

~भुपेन्द्र महत~ आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

Posted in गजल | Tagged | Leave a comment