Category Archives: नेपाली काव्य

Poetry

कविता : शहीद र पातहरू

~चन्द्र गुरुङ्ग~ जब जब जन्मभूमिका अङ्ग-प्रत्यङ्गलाई नोच्न थाल्छन् क्रूर नङ्ग्राहरूले र आमाको निर्दोष शरीरमाथि ताण्डव नृत्य गर्छन् अन्धा पाइतालाहरूले तब तब असंख्य सपूतहरू अन्धकारको विरोधमा राँको बनेर बल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्त क्यानभासको सम्मुखमा

~साम्ब ढकाल~ पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन् छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन् तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : जस्तै रमाए पनि

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो । १ अम्बा फल्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : स्वाभिमान

~धुस्वां सायमि~ मेरो कातर भैसकेको विवशतामा करुणालाई जोडेर तिमीले मेरो आवाज माग्यौ, मैले बुझेर पनि मेरा सम्पूर्ण स्वरहरू तिमीमा समर्पित गरिदिएँ, फेरि

Posted in कविता | Tagged | Leave a comment

गजल : वीरतालाई हेर

~सदानन्द अभागी~ म भन्छु तर्कभन्दा वीरतालाई हेर इतिहास बाँच्न देऊ शुद्ध शब्द केर पुर्खाको हो यो आर्जन नेपालको शान शान मान थप्ने कर्म गर्नुपर्छ धेर

Posted in गजल | Tagged | Leave a comment

गजल : खूनीदारा छोप्नेहरू

~इशहाक हुसेन~ सुनचाँदीका आवरणले खूनीदारा छोप्नेहरू मौका परे आत्मघाती धारे छुरा रोप्नेहरू राष्ट्र प्रेमी न्यायप्रेमी भनाउँछन् आफूलाई देशको इज्जत सुन-चाँदी डलरमा जोख्नेहरू

Posted in गजल | Tagged | Leave a comment

कौशिला रिसालका छ मुक्तकहरु

~कौशिला रिसाल~ माया किन्ने यहाँ बजार हुँदा रैछन् झुठो आश्वासन दिने हजार हुँदा रैछन् मुटु दुख्दा झरेका नुनिला आँशुका आफैँ तर्न नसक्ने जँघार हुँदा रैछन् । जनताको हितमा ऊ सरकार भएछ

Posted in मुक्तक | Tagged | Leave a comment

केस्रा : तानातान

~व्योम जी अवतार~ सबैको आ-आफ्नो पारा झार्छन मुखले तारा । को भन्दा को कम यहाँ छ सिद्धान्तवाद नारा

Posted in केस्रा | Tagged | Leave a comment

गजल : देखियो कि कता कति

~आशांक उपाध्याय~ पुष्पवेली नझुकेको देखियो कि कता कति रवी पुगे कवि छुटे लेखियो कि कता कति कर्तव्यपथ भुल्दै जाने संकेतले बताउदैछ वेद अनि पुराणहरु मेटियो कि कता कति

Posted in गजल | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियन दाई नै राम्रो

~विष्णु सुवेदी~ हाकिम साहेब भन्दा त पियन दाई राम्रो कम्तिमा पियन दाईले बसौं हजुर त भन्छन् । गजधुम्म आकाश झैं हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पुरानो तसवीर

~सबिना मिश्र~ देखेपछि लाग्यो यो पुरानो तसवीर अब मातृभूमि भो पुरानो तसवीर के के सम्झाउने मलाई के के बिर्साउने धेरै कुरा अटेको यो सानो तसवीर

Posted in गजल | Tagged | Leave a comment

कविता : आऊ हामी मुस्कान साटासाट गरौं

~नरेश शाक्य~ आऊ, हामी मुस्कान साटासाट गरौं मुस्कुराऔं हाँसौं नाचौं , गाऔं जिन्दगी झंकृत साज भई उठोस् तिम्रो हृदय कमलिनी फुलोस् मेरो पनि । दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन बिहानी उदाएर साँझ अस्ताउने

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा संग

~विजय ध्वज थापा~ आमा तिम्रो माया लाग्छ तिमी राम्री भइदियौ हिमाल ,पहाड,तराइ मधेश तिम्रा गहना भइदिए लाली गुँरास सुनगाभामा तिमी सुगन्धित भइदियौ असंख्य झर्ना, हिम नदीले तिमी सुसज्जित भइदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त तर्सन्छ “आन्दोलन”

~डा. मधु माधुर्य~ देश नाराजुलुसभित्र हराई रहेको थियो जीतबहादुर देश खोज्न गयो देश देखाउन गोली उस्को छातीभित्रै छिर्यो “देश त छातीभित्रै पो रहेछ” ऊ बेहोस भयो । देश “प्रजातन्त्र” भित्र हराइरहेको थियो हर्षबहादुर देश खोज्न गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ एउटा कविता लेखौं

~कमला सरुप~ तिमी म र हाम्रा हातहरुसँग यो वस्ति गाउँ र शहरहरुसँग म त आमालाई विदाइ गर्न सक्दिन ववाको विदाईमा तिमीलाई पत्र कोर्न पनि सक्दिन भैगो, धेरै आँशु बगि सकेका छन् आऊ रेखै रेखा कोरेर यो मेरो देशको सीमाना भरि

Posted in कविता | Tagged | Leave a comment

कविता : आस गरौं तर भर न परौं

~गोबिन्दसिंह रावत~ तेह् वर्षे बहुदलको राज र रजाई अनि त्यसमा नेताहरुको दूई नम्बरी कमाई थाङ्नेले पनि करोड देख्न पायो जनतालाई चुसेर पञ्चे झै बहुदल पनि मोटायो हिजोका ती सर्वहाराका सहारा बहुदलले भोटको ब्यापारी बनायो जनतालाई सुखको सपना देखाएर तातो गोलीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : टोपी लगाउन पर्दैन प्रिया

~सदानन्द अभागी~ राष्ट्रियताको कुरा गर्दा टोपी लगाउन पर्दैन प्रिया दिलमा हुन्छ राष्ट्रियता पोशाकमा यो सर्दैन प्रिया आडम्बरी राष्ट्रियता यो देशकै लागि घातक हुन्छ कृतिम रुख रोप्यो भने सच्चा फल झर्दैन प्रिया

Posted in गजल | Tagged | Leave a comment

गजल : साथीभाइ वारिपारी सम्झेर

~टेक विवश आर सी~ घरपरिवार, साथीभाइ वारिपारी सम्झेर, बाझै छोडेर आएको खेतबारी सम्झेर अचेल एकान्तमा रोइरहन्छ एउटा परदेशी, भोको पेट र काधको जिम्मेवारी सम्झेर

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : व्यार्थैको रै’छ लेखनी

~डा.मेघराज ढकाल~ छन्द: अनुष्टुप् मर्दैन भोकले मान्छे नारा भए अघाउँछ चहिन्न सीपको खेती भाषणले फलाउँछ । बारी र खेतका पाटा बिना मान्छे हराभरा बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ? १ समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : विद्रोह

~बिभोर बराल~ कुहिरोमा रुमल्लिएको त्यो चीसो पलको मीठो सम्झना अझै ताजा छ मनमा आकासबाट चमचम गर्दै वर्षिरहेका थिए हिउँका डल्लाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : के थाहा भोली

~सुजित सिग्‍देल~ शान्तिका प्यसमा सुकेका कण्ठ्हरु हो नरसंहारका दृश्यले थाकेका आँखाहरु हो एकै छिन पेट भरि भरि शान्ति पिउ एकै छिन आँखाहरुलाई बिश्राम देउ के थाहा भोली कस्तो बनेर आउँछ ।

Posted in कविता | Tagged | Leave a comment

लोकतान्त्रिक कविता : होशियार नेताहरु

~देव गुरुङ~ खै लोकतन्त्र आयो, तर देश र जनताको मुहार फेरीएन टोल,चोक,वाटो र केहि थोत्रो बोर्डहरुको नामै त फेरीयो वाँकी जस्ताको तस्तै,उहि नेता,उहि वुद्घ,ि उहि चाल र उहि र च्यातिए जनताका सारा सपनाहरु, मेटाए शहीदका रगतहरु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एकदिन नारद कान्तिपुर पुगि गया

~ऋतुराज~ एकदिन नारद कान्तिपुर पुगि गया दर्शन म गर्छु भनी राजा त्याहीं थिया पर्‍या चरणमा राजन कि जय होस् भनी । नारद् विन्ती गर्‍या जसै निकट गै विँणा विर्साईकन गाथ्मा मंगल छैन कि किन हजूर वेचैन देख्नु तन । नारद्का … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : काठमाण्डौ

~स्नेह सायमी~ काठमाण्डौ नदेख्दै ऊ जब काठमाण्डौ सुन्छ काठमाण्डौ सपना देख्छ काठमाण्डौ कल्पिन्छ ऊ आफै काठमाण्डौ नैं काठमाण्डौ हुन्छ र काठमाण्डौ हेर्ने अवसर खोज्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झझल्को

~रेणु राई~ मृत्यु, यो शब्द किन लाग्छ मलाई अति घृणा जीवनको प्यासी छु, मेटाउने कहिले तृ्ष्णा घाईते बघिनी झैं म गर्लम्म ढलेकी छु उठेर हिड्ने चेष्टा म गरिरहेकी छु

Posted in कविता | Tagged | Leave a comment

गजल : घाम भनी थापे

~भुपेन्द्र महत~ राप हो कि ताप,जे भए नि घाम भनी थापे छानै जलाई सेकाको अन्न माम भनी थापे मल र जलको भलले थिचिएकी गंगा मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ

~निर्मलमणि अधिकारी~ (१) सुप्रिया ! आऊ आज एउटा पुस्तक पढौँ — त्यही पुस्तक, जुन भुलेको थिएँ मैले उहिल्यै पढूँला भन्दाभन्दै — आऊ हामी आज पढौँ तिमी र म मिली — उही पुस्तक । (२) छोरी !

Posted in कविता | Tagged | Leave a comment

कविता : सखा ! जून र घाम पनि हौ तिमी

~डा. वानीरा गिरि~ भन्नेहरू त कतिसम्म भन्छन्‌ भने- तिम्रो हृदयको नदेखिने पानामा सम्भवत: एउटा प्रणयी-अक्षर कोरिएको थियो रे ! कुन हौ त्यो अक्षर ? के हो त्यो अक्षर ? को हो त्यो अक्षर ? तिमी स्वयम्‌को खोज त होइन त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर-स्तुति

~लेखनाथ पौड्याल~ जय जगदीश्वर ! जय अविनाशी जय जय भगवन । करुणाराशि । शक्ति छ प्रभुको अपरम्पार घुम्दछ जसमा सब संसार ॥१॥ जलचर, थलचर, ग्रहगण, तारा सूर्य लगायत सुर, मुनि सारा । केवल प्रभुको करुणा पाई गर्छन् निज-निज कर्म रमाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले सिकाएको क्रान्ति

~खगेन्द्र विष्ट~ बन्दुकका नाल तेर्साएर आफ्ना अभिष्टताहरु खोज्दै पहाडका कुनाकाप्चा र तराइका गाउँमा अधिकारका नाममा निर्दोषका सम्पतीमाथिको पहिलो हमला

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँसुरी बजाइराख

~ज्ञानुवाकर पौडेल~ निरोले झैँ बाँसुरी बजाइराख हो, देशलाई यसरीनै जलाइराख । को आफनो यहाँ अब को पराई ?

Posted in गजल | Tagged | Leave a comment

कविता : भो मलाई चाहिंदैन घुम्ने कुर्सी

~शोभित नेपाल~ कसैले दान दिएको बाहिरकाहरूले मान दिएको ‘असल छिमेकी’ ले पिठ्युँमा धाप मारेर सम्मान दिएको दुई ठाउँमा हारेकाले लाजमर्दो उठान पाएको दुई ठाउँमा जितेकाले दुःखलाग्दो बैठान खाएको भो चाहिंदैन मलाई घुम्ने कुर्सी !!

Posted in कविता | Tagged | Leave a comment