Category Archives: नेपाली काव्य

Poetry

कविता : मेरी उनी

~प्रकाश खड्का~ धर्धरि पानीमा रुझेर मुसो जस्तै निथुर्क,लुथुर्क म । १। सिउसिउ गर्दै थरथर कामेर घर भित्र छिर्दामा । २ । ए, हजुर कता ? भन्या मानिसेन है कपाल पुस्दै उन्ले। ३।

Posted in कविता | Tagged | Leave a comment

कविता : द्वविधा

~डिल्लीराम दुलाल~ टेण्डोङ र मैनामको इतिहास ब्यूझाउन…… यहाँ भुइचालो आउने गर्छ, कृष्णको गोबर्धन पर्वत झैं, गौरव बोकेको टेण्डोङ र मैनाम पर्वतलाई…. क्रमशः भुइचालोले झस्काउने गर्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम प्रस्ताव

~भरत खत्री~ सेता टम्म मिलेका दन्त लहर तिम्रो मायामा पर्ने ठुलो रहर मिल्न पनि के सारो मिलेका देख्ने लठ्ठ हुन सक्छन् मख्ख कोमल लालुपाते ओठ सल्लक परेको लामो केश को हुन सक्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँमान्छेको नारा

~पिपला ढुङ्गाना~ ए मलाई नङ्ग्याउन लागिपरेका मान्छेहरू ! म नाङ्गै छु सदियौँदेखि निडर भएर उभिएको वस्त्र च्यातिएको जुलुङ्गोजस्तो । जसको लज्जा जमानामा नै लुटिसके एक हुल बाँदरहरूले

Posted in कविता | Tagged | Leave a comment

गजल : घामको उपहास होला

~नविन ध्यार~ तिमिलाइ जूनको संज्ञा दिदा घामको उपहास होला तिमिलाइ प्रितले बोलाउदा नामको उपहास होला । अब, तिम्रो त्यो मोहनी लुकाउने ठाउ कतै छैन तिमिलाइ देखाई हिड्दा आफ्नै कामको उपहास होला ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरा बा

~जमुना क्षेत्री~ कति निस्चल अनि निर्मल छाै बा तिमी , मेरा कलिला ओठहरुले तोते शब्दमा पहिलो पटक तिमीलाई बा भनि बोलाउदा तिमीले खुसीका आॅंशु झार्दै थ्योै रे मैले घिस्रीएर यस धर्तिमा पहिलो पटक

Posted in कविता | Tagged | Leave a comment

कविता : उनीसँगै

~दिपेश उप्रेती~ नशाले ढलें म भट्टि रित्तिएन सितनमा उन्को याद थियो पुर्णिामाको दिन चन्द्रमा हरायो उन्को साथको त्यो अन्तिम रात थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अर्को पृथ्वी !

~सविना सिन्धु~ “यहीँ हुनुपर्छ ……॥” पृथ्वी भित्र देश देश भित्र विद्यालय र विद्यालय भित्र कक्षाकोठा ।”……॥ दिलसरा सिसाकलम तिखारेर कोर्छे पृथ्वीको चित्र अक्षांस र देशान्तर नियाल्छे र खोजी गर्छे पुग्न नसकेको गन्तब्य । पृथ्वी झैं घुम्छे मानौं ऊ िसंगै पृथ्वी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु

~वैरागी काइँला~ बिना सासका जिउँदा लासहरू जिभ्रो काटिदिइएका मानिसहरू म्युनिसिप्यालिटीका धारामा थुप्रिएका रित्ता टिन र बाल्टीका खापैखापको लाइनजस्तो आफ्नो रिक्तता भर्न पनि नसकेर लजाउँदै लजाउँदै आकाशतिर हेरेर के के मागे झैँ हाम्रा घरघरमा, चुलाचुलामा, कोठाकोठामा मानिसहरू चुपचाप बस्छन् ।

Posted in कविता | Tagged | Leave a comment

तिलकराज चुँँदालीका तीन मुक्तकहरू

~तिलकराज चुँँदाली~ ।१। कुरा नगर राजनीति नै यस्तो औषधि भन्दा विरामी सस्तो विधि र विकास मात्र पो भन्छौ गणतन्त्रमा पनि, तिमी नेता कस्तो? ।२। अधर चलाउँछ्यौ, नयन घुमाउँछ्यौ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : म सिमाना

~सौगात भुर्तेल~ आज म बेचइएको दिन ,म त्यहि बेला बेचिएँ जुन बेला भाईले भाई मार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला स्वाभिमान हार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला धर्म र जातमा लडाईयो । म त्यहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साँच्चै उ परिवर्तन भएको छ

~यज्ञराज खनाल~ याद छ है तपाईँलाई, उ पल्लो गाउँको वीरे, जनयुद्ध मा होमिएको वीरे देशको रक्षाको लागि दुस्मनको अगाडि छाती देखाउदै हिनेको वीरे प्रत्येक कोष-कोष मा राष्ट्रियताले भरिएको वीरे आज उसकी आमाको अंग काटिन खोज्दा, त्यहि वीरे एक शब्द नि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~हिमाल सरोवर~ कसैले मलाई दिई गएको, कसैले मसँग छोडी गएको, धेरै थोक बाकी छ, जस्तो कि,, एउटा प्रतिबिम्ब छ, जो आखाबाट कहिल्यै ओझेल पर्दैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : मङ्गली बज्यैको बिहे

~राजेन्द्र तारकिणी~ उबेला मङ्गली बज्यैको बिहेमा को को रोएका थिए, को को नाचेका थिए ? उनको साँझ कसरी लजाउँदै पसेको थियो कालो गाजलभित्र, कलस्यौलीहरूले कसरी सिँगारेका थिए

Posted in कविता | Tagged | Leave a comment

गजल : लाग्यो मुखमा तालाहरु

~बिजय सुब्बा~ कहाँबाट आएछ र लाग्यो मुखमा तालाहरु शायद होला दर्खास्त लगाउन मुखमा मालाहरु नातागोता केलाउँदा कतै पनि जोडिदैन कहाँबाट अचानक टप्किएछन, सालाहरु

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : सत्य

~मधुश्री~ उठ्नु बस्नु खानु हिड्नु जिन्दगीको रीत सत्य बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य बाँच्नु ठूलो नठान भो सबै जीवजन्तु बाँच्छ भोली हुन्न भरोषा त्यो बर्तमान आजै हाँस्छ

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : म त्यही मान्छे हुँ

~अर्जुन उपाध्याय~ होइन प्रिय म तिम्रो ह्दयको ढुकढुकी न त तिम्रो गहबाट बग्ने निर्मल पानी हुँ । म त तिम्रो हु जो तिमीले चिन्न सकिनौ जलि निभेर सेलाएको खरानी हुँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लिप्त छ….

~कल्पना खरेल राजनीति रिक्त तिक्त छ । १ यहाँका जनता विरक्त छ । नेतामा राष्ट्रियता नभएर, स्वार्थमा मात्र नै लिप्त छ । नेताको कुर्सीसँग हित छ । २

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले सुनेनौ?

~रुजन न्यौपाने~ मैले बोलाएको धेरै भएछ म त जिद्दि प्रेमि सधैं बोलाउने अबुझ मानिस सधैं कराउने तिमी त सालिन थियौ भिन्न आकृति, भिन्न समय र शहनसिल सँधै सुनिरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : सायद हुनेथियो महाप्रलय

~सुयोग अनुप झा~ दायित्व हाम्रो गरौ आदर र सम्मान डाक्टरलाई ज्यान जोखिममा राखी बचाउदै छन् मानवलाई महामारीबाट वचन हामी बस्या छौ घर भित्र दिन रात खट्दै छन् डाक्टर अस्पताल भित्र छन् उनका पनि घर परिवार प्यारा बाल बच्चा

Posted in कविता | Tagged | Leave a comment

गजल : घुर्क्याउँछ सताउँछ टाढो जाँदैन

~दिपक निरपेक्ष~ आफ्नो भनेको आफ्नै हुन्छ, घुर्क्याउँछ सताउँछ टाढो जाँदैन खुशिको पल हो मिलिक्क जाने, दुख पीरका दिन चाँडो जादैन। न्यानो बनाउँछ शीतल बनाउँछ, पुरानै भएनि लगाइरहु माया।

Posted in गजल | Tagged | Leave a comment

कविता : ए प्रिय मान्छे

~सिएम रिमाल~ ए प्रिय मान्छे, जनताको मतमा दुक्की तुरूप फ्याली आफू मात्र हास्ने आफू मात्र मुस्कुराउने न घाम, न पानी, न असिना, न हावाहुरी, न चट्याङ् यस्तो विषम परिस्थितिमा नि जीवन जीउन विवश ती भोका नाङ्गाको अवस्था देखेर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : समाधि

~सामना पहाड~ नदीका किनाराहरुमा हरेक तिथि ब्रतहरुमा घुइँचो देखिने गर्छ कैयौँ आमाहरुको पाप पखाल्ने र पुण्य कमाउने लाग्छ यो प्रतियोगिता हो आमाहरुको अझै क्रम जारी छ आमाहरुको पाप पखाल्ने र पुण्य कमाउने आखिर आमाहरुले किन गरेका ? यतिका धेरै पापहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँकी बाटो

~विप्लव ढकाल~ असङ्ख्य जूनकिरीहरू निभेको यो सबभन्दा अँध्यारो कोठा तिम्रो बाबुको हो, जहाँ धेरै वर्ष अन्धकारसँग गीत गाउँदै उसले सबभन्दा उज्यालो सपना देखेको थियो ! सहस्र प्वालहरू परेको

Posted in कविता | Tagged | Leave a comment

कविता : मित्रको मृत्युको शोक

~सैलेन्द्र साकार~ जीवनको आरम्भ र उत्तरार्द्ध देखाउनु पर्ने बाध्यता हुन्छ थोरै समयभित्र निर्देशक ईश्वर रचना माथि घोत्लिरहेछ ‘उद्देश्य’ व्याख्या गर्न चाहन्छ शायद मेरा मित्रको जीवनको

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ पुराना बाटाहरु

~शिव गौतम~ – कहिले म, कहिल्यै नहिंडेका नयाँ बाटाहरुमा आफैलाई छर्दै हिंड्छु आफैलाई छोड्दै हिंड्छु आफैलाई राख्तै हिंड्छु दृश्यहरुमा, सल्लाका सुसाईहरुमा डाँडाका टु्प्पाका बादलहरुमा बाटाका चिया पसलहरुमा।

Posted in कविता | Tagged | Leave a comment

गजल : रिसाउने पो हौ कि

~राजेन्द्र चोथाले~ मेरो कुरा सुनेर रिसाउने पो हौ कि तातो सम्बन्ध क्षणमै चिस्याउने पो हौ कि । हुन्छयौ सधै तिमी नै आँखामा, ढुकढुकीमा भन्दा मलाई उल्टै गिज्याउने पो हौ कि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म भन्न सक्तिनँ

~गोपालप्रसाद रिमाल~ सवैले टड्कारै सुन्ने गरी टाढैबाट उसले भनेका कुराहरु त यस्ता मीठा छन् भने म भन्न सक्तिनँ उसले मेरो कानमा खुसुक्क भनेका कुराहरु कति मीठा होलान् ! म भन्न सक्तिनँ। उसले टाढैबाट मतिर आँखा उठाउँदाखेरि त म आनन्दका टाकुराहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशमा पीडा

~देवराज पौडेल~ छोडी बालक काखको घर तिमी, जान्छौ विदेशी हुन। आमा बा पनि वृद्ध हेर अहिले, क्यार्छौ नसक्छौ रुन।। फर्कौला कसरी स्वदेश अहिले, सम्झी अती रुन्छ मन् पीडामा अहिले विदेश रहने, रोगी सँगै भोक झन्। पक्कै सम्झिरहे स्वदेश जहिले, हामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूफु

~आनन्द पौड्याल~ सानो नानी हाँस्दाखेरि दाँत कति राम्रा । सधैँभरि यात्रा जाँदा अघि हुने हाम्रा ।। कोही मान्छे भेट हुँदा मुस्कुराई हाँस्ने । नयाँ चिज हेर्नलाई कम्मर नै कँस्ने ।। कति तीखो दिमाग त्यो थोरै मात्र पढ्ने । विद्यालय जाँदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम पत्र कूवाउँछ

~सरोज फुयाल~ यौटा पागल प्रेमी दिनै नसकेर प्रेम पत्र कूवाउँछ। त्यसैले त रक्सी पिएपछि अनेक थरी सुनाउँछ । आमाको पसिना बेचेको पैसाले सहर पढेको छोरो आज घर जाँदा आमाको शरीर गोबर गनाउँछ ।

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : आमा

~लाल बहादुर भराली~ आमालाई वृद्धाश्रम छाडि आएको देख्छु अचेल छोरा बुहारी मन्दिर धाएको देख्छु नौ महिना गर्भमा

Posted in मुक्तक | Tagged | Leave a comment