Category Archives: नेपाली काव्य

Poetry

कविता : म आधुनिक पत्रकार

~वि.के. पाण्डे~ म आधुनिक पत्रकार सडक छापलाई महलछाप बनाई दिन्छु मूर्खलाई विद्वान बनाई दिन्छु विद्वानलाई लठ्ठु घोषित गरिदिन्छु यसको लागि मेरा मालिक पत्रकारको मन खुसी भएको हुनु पर्छ अथवा मेरो घरमा तिम्रो लक्ष्मी माताकी जय ! भन्ने फोन आएको हुनुपर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमानाका डिलहरु

~विजय चालिसे~ ऋषिमन सामु छन् सिसीमन लम्पसार अनावरण तिनका इच्छा सवासुन्दरीको स्पर्शसार सिके,डिके खटिएका छन् राजेन्दरहरुका गणसेना

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोका कुरा गरौं !

~उत्तमकृष्ण मजगैयाँ~ सधैं त होटेलमा विदेशी खानाकै कुरा भो विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन साथी ! आज फाफरको साग र आटोका कुरा गरौं धेरै टाढा आइएछ, घर–आँगन पुग्ने बाटोका कुरा गरौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरा बाख्री !

~शारदा रमण नेपाल~ नाचि रहेको छ जङ्गलबीच चउरमा एक निरीह पाठो जसलाई अहङ्कारजस्तै भयङ्कर ब्वाँसोले कुनै पनि क्षण कुनै पनि बहानामा झ्याप पार्नसक्छ ! नजिकै छ आमा उघ्राएर बसेकी छ आफ्ना दुई अाँखा प्रिय पाठोमाथि खन्याएर बसेकी छ आमाप्रति अगाध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाशहरु उठ

~बैरागी जेठा~ जमिनमा टाँगिएका लाशहरु उठ क्रान्तिको आरोहण हुन लागेको छ भँगेरीबाट पसिना पिएर यस पाला चढेको छु शिखरहरु हाम्रो दल आएको छ मेरो साथ झरिरहेछ तामाकोसीझै हिमाल बाट युद्ध जित्न

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका बिम्बहरु

~नारायण पोखरेल~ उस्ले गितहरु गाउँछे , त्यो मेरा लागि हुन्छ ! उस्ले हातमा रंग लगाउँछे त्यो पनि मेरा लागि नै हुन्छ ! उस्ले ताराहरुलाई छोडेर मेरा लागि तरंग स्वयं पैदा गर्छे ! मेरा सपनाहरुलाई , ईच्छाहरुलाई बुनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : आयौ र त रसिलो भयो

~सावित्री सिलवाल सापकोटा~ उराठिलो जिन्दगीमा तिमी आयौ र त रसिलो भयो। त्यसैले त जीवन जिउन सहज र सजिलो भयो। जस्तो सुकै कठिन समय र परिस्थिति आए पनि समझदारीले सामना गर्यौ र सम्बन्ध कसिलो भयो।

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले पनी आगो खाएँ!

~अशोक ‘खलानको मान्छे’~ अग्निबर्षा हुँदा फेरी मैले पनी आगो खाएँ! रातभरी काम्दै काम्दै मैले पनी आगो खाएँ!! लाशको पहाड बनाउँदा आफ्न हरु गुमे! आशुँका भेल बगाई मैले पनी आगो खाएँ!!।

Posted in गजल | Tagged | Leave a comment

गजल : रुने मान्छे म

~बिरही लक्ष्मी~ फेरिएका नाता सम्झी रुने मान्छे म आफ्नाबाट सधैं एक्लो हुने मान्छे म !! हास्छु हास्नलाई वनावटी आफ्ना सग आसुले नै सिरानी ती धुने मान्छे म !!

Posted in गजल | Tagged | Leave a comment

कविता : बसन्तको फुल

~अर्पण तामाङ~ बसन्तको फुल सङ्गै फुल्न पाएह् उन्थ्यो बिहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो कोहिलि सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

गजल : मन परेनकी ?

~वाग्ले प्रकाश ‘बगर’~ मेरो मायाको भाग मन परेनकी ? नढाँट दिलको बाग मन परेनकी ? खै के सोच्यौ लाजवाब भयौ साँच्चै भन मेरो अनुराग मन परेनकी ?

Posted in गजल | Tagged | Leave a comment

कविता : माटो मुनीका सपनाहरु

~दिवाकर सिग्देल~ मध्य रातमा ,एकान्त कोठामा , इट-काठ मसंग बोल्दै छन् । जुटेका छौ हामी साथ , गारो ठाडो पार्न आज । छौ तिमी किन घोर निराश, देश ठाडो पार्न आज । सोची सोची ब्याकुल छु म , रुन लाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अतिथिहरु

~लक्ष्मी प्रसाद देवकोटा~ क. दूरदेशका आए अतिथि भारत–सागरका यी दूत ! लच्की आए, मुस्की आए, चिरपरिचित झैं, किरणप्रसूत ! पथ जानेका मेरा घरको नील अचलका चुली वार ! आए, आए ! मेरा स्वदेशी नीलिभ वनतिर जल कोमल छन्, चुहिन तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर हेर्दा आफैलाई

~आस्था के.सी.~ एकैछिन त म अलमल्ल परें कस्तो कस्तो भएँ,कुहिरोमा हराएको काग झैं भएँ । फूल बिनाको बाग झैं भएँ सुरताल नै नभएको राग झैं भएँ । बिगत सम्झिन खोजें, आफु को थिंए चिन्न खोजें आहिले म आफू उभिएको धरातल

Posted in कविता | Tagged | Leave a comment

कविता : मडारीएको उच्छृंखलता

~रुमन न्यौपाने ‘अमन्त’~ मैले अझै बुझन सकीन मेरा जिबनका रसहरु, जुन जताततै पोखीएर छताछुल्ल भएका छन् । हार्दीकताले उनका ओठहरुले मेरो ओठ चुम्न खोज्दा, लालची मेरा हातहले र्सबत्र अंठ्याउन भ्याएका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो डायरी

~त्रिभुवनचन्द्र वाग्ले~ मेरो आत्मकथाको निलो डायरी भयो भो उसमा जिल्दा नलगाऊ ता कि उसलाई कृत्रिमता बुट्टेदार जिल्दाभन्दा सादा एक रङ्गी रहनु गर्व हुनेछ । कृत्रिमताः मेरो बैठकको गमला जसमा जीव छ, चराचर छैन भो तिम्रो गालामा जिल्दा नलगाउ पाउडरको

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली दिमाग

~मनोज बोगटी~ त्यही पुरानो आँखा टोड्कामा हालेर उसले हेर्योव देख्यो त्यही झन्डा हल्लिरहेको छ पाखामा झन्डामा हल्लिरहेको छ त्यही च्यातिएको लुङ्गी लुङ्गीमा सुकेको रगतको टाटो हल्लिरहेछ समय। झन्डा हल्लिनु भनेको चिहानमाथि बिसाउने बुद्धले हाई काड्नु हो

Posted in कविता | Tagged | Leave a comment

कविता : टेलिभिजन

~विमल निभा~ एक थान आयातित बाकस जसभित्र बन्द छ इलेक्ट्रोनिक सपनाहरुको अन्तहीन सिलसिला रिमोट कन्ट्रोलको बटम थिच्नोस् तुरुन्तै हाजिर सेक्सी एल्बमकी पपस्टार मेडोना अथवा इजरायलको फाइटर विमानचालक

Posted in कविता | Tagged | Leave a comment

गजल : आखिर मोडिन्छ कतै

~घनश्याम प्याकुरेल~ हिडेको बाटो आखिर मोडिन्छ कतै। नचाहेरै धेरै कुरा छोडिन्छ कतै। चर्चा त भयो कृष्ण र राधाको तर मायाँ यता नाता अन्तै जोडिन्छ कतै।

Posted in गजल | Tagged | Leave a comment

कविता : अदब

~डा. उत्तम खनाल~ हजार फूलका पत्रहरु ललाटमा परे पनि एक दुई पत्र एत्र तत्र दोबाटोमा झरे पनि । शुवाष कहाँ नमिल्ने थ्यो झमराले फूल छुँदा अत्तर विच सुन्दरताको नओईलिने माला हुँदा ।। घण्टाहरु मन्दिरमा आफै किन बज्थे होलान्

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छुकको इमेल

~सङ्गीत श्रोता~ महेन्द्र पुलिस क्लब अगाडिको सडकमा फेला परेको छ इच्छुकको इमेल इमेल तिन बुँदे छ पहिलो बुँदामा छ कमरेड प्रचण्डको नाम र कोरिएको छ पहेंलो मसीमा राष्ट्रपति भवन जस्तो लाग्ने अमूर्त रेखाचित्र

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शरद्

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी हटे कालामैला अति मुदित वातावरण छ सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।। उठे सेता खास्टा तलतल बढाई नगहरू खुले चोखा बन्दै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्रिय ऋतु

~नेत्र एटम~ आएकी छे बैंसालु ऋतु नवीन शृंगारमा सजिएर स्फूर्तिका पाइलाहरु टकटक टकटक टेक्दै र धर्तीमा टेकेका डामहरु छोड्दै अनि चढेकी छे नदीका किनारदेखि पहाडका उत्तुङ्ग टाकुरासम्म आकाशबाट झरेका

Posted in कविता | Tagged | 1 Comment

कविता : जुन

~दिलिप योन्जन~ अन्धकारमा डुबेको अभाबको जिन्दगी कालो रातमा उज्यालो छर्न झुल्किएकी जून सुनसान सुनसान सडक बस्ती हुँदै कोठामा निर्बस्त्र नागिए झै सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै दुख सुख सगाल्दै, निसासिदै समुद्र, मरुभूमी ,हरियाली हुदै एक क्षितिजबाट अर्को क्षितिज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन’को घर होस

~जीवराज बुढाथोकी~ सुन्दर एउटा मन’को घर होस ! सधैंभरि गृहलक्ष्मी’को भर होस !! थकाइले चुर भई, पुग्दा घरमा, भरि गिलास दुधमा’थि तर होस !!

Posted in गजल | Tagged | Leave a comment

युद्ध कविता : अभागी यात्रा

~काङमाङ नरेश राई~ ऊ— थुम गढी पुर र किल्ला छोडी मायाको लुकुनी ओढी काँधमा थोत्रो झोलो बोकेर झिसमिस नहँुदै अगुल्टो हल्लाउँदै सिमसिम पानी ओढ्दै लालकिल्ला हिँडेको हो

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको एक पाटो

~रवि थापा~ प्रकृतिको नियम जसलाई चाहेर पनि बदल्न सकिन्न, कति कठोर अनि निर्दयी छ ! जसले स्वयमलाई गुमाएर उसको पलपलमा साथ दिने गथ्र्याे आज उही टुहुरी भएकी छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समय सँगै जिन्दगी सुल्टो घुम्लाकी !

~जिबिहाङ राई~ मेरो भित्तामा सिसा कोरिएको, भाग्य फोरिएको घडी घुमिरहन्छ सधैं सुल्टैतिर मैले जानेदेखी जान्दासम्म कहिले उल्टो घुमेन यो भाले बास्दा ऊ अंक चारलाई धाप मार्छ घाम उदाउँदा ऊ अंक छमा अंगालो सार्छ पालेदाईको घण्टिको आवाज संगै ऊ नौ लाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पिडाहरू लुकाइन्छ

~रामशरण श्रेष्ठ~ हासेर दुख पिडाहरू लुकाइन्छ। यस्तै जीन्दगी चित्त बुझाइन्छ।। परदेशको बसाइ भन्नु यस्तै रैछ बेदनाहरू पोख्न आखा रसाइन्छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म लाटी

~मनुषा राई~ मौन म बोल्दिन मलाई देखनेले लाटी घुस्घुसे अनतर्यामी भनेर आरोप लगाए मलाई थाहा छ बोलेर केहि हुन्न् तेसैले म मौन छु किनकी तिनीहरु लाइ के थाहा म अबोधको पिडा ? कतिखेर थाहै नपाई पसिनाले साटेको पिठो

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँबाट

~करुणा राई~ पुर्व आकाशमा शुक्र झुल्कदा पधेरावाट पानी भरेर घर ल्याइपुराएको खबर पश्चिम् डाडामा बाँस बसेपछि घाम मेलो छाडेर भरिलो डोको अंगरक्षक बनाएर घर फर्केको खबर पठाउछिन मेरी आमा गाउबाट म बसेको शहरको एक गल्लिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बिलाई जान्छ

~दिलिप योन्जन~ बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा ! सुख दुख सग-सगै बाडे स्वर्गे पाइन्छ मायामा छुरा मायाले हाने कलंकित भईन्छ !

Posted in कविता | Tagged | Leave a comment