Category Archives: नेपाली काव्य

Poetry

कविता : किम्बुको बोटमुनि

~कमल कुमार~ हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो दायित्व बन्धन

~निर्मोही व्यास~ पसेछु म विनापत्तो आयुको उत्तरार्धमा यही सङ्केत गर्दै छ जिन्दगीले जहाँतहाँ चौँसट्ठी वर्षको लामो यात्रा मैले तुरीसकेँ यत्रो अवधिमा जे–जे सकेँ कर्म गरीसकेँ सम्झिँदा आज ती सारा चल्छ अत्यासको हुरी साथसाथै छचल्किन्छ तृप्तिको रस–माधुरी जति हेरूँ, अझै हेरूँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आँखाले खिसाएको हुनसक्छ

~रितु खनाल~ चर्केको निद्रालाई आँखाले खिसाएको हुनसक्छ दुख पीडा आँसु मसङ रिसाएको हुनसक्छ । ताता सपनाका घाउ खाटा सकेन देख्न आँखाले जानीजानी पीडा माथी पीडा मिसाएको हुनसक्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जङ्गे पिलर

~लता कार्की~ मेरो आमाको छातीमा रोपिएका सुन्दर फुलहरु कुल्चिदै एक हुल बन्दुकहरु क्रुरताले उदण्ड मच्चाउँदै आँगन मै आईपुग्यो र,विभत्स मृत्यू सरप्राईज दीएर गयो।। यति बेला म,ठिङ्ग उभिएकोछु मेरो आमाको छातीको सिमानामा लतपतिएर टाटो बसेको रगतले

Posted in कविता | Tagged | Leave a comment

कविता : निषिद्ध प्रदेश

~चन्द्रबहादुर थापा~ निषेध छ तिमीलाई आउन मेरो प्रदेशमा प्रीत लाउन आयौ भने द्वारमा छ भाला छ बाटोमा बम पाइलै नहाल। सम्बन्ध गाँस्न यहाँ पाइदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : पीर

~प्रतिभा पौडेल ‘एकता’~ झुपडीमा बस्ने कालु दाईदेखि लिएर उच्च महलमा बस्ने गोरे दाइलाई हेर्छु फेरी आँखा चिया पसल्नी कान्छी दिदीमा पर्छ अनि रेष्टुरेन्टवाली ठुल्दिदीलाई हेर्छु चारैतिर हेर्छु । कालु दाइलाई महल बनाउने पीर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृती

~बादल देबि चाम्लिङ~ राम्रो मिठो, गुलियो जति सवै कुराहरु आफैलाइ राख्छ । र मलाइ, बचेखुचेको रहलपहल बटुलेर खानु भन्छ । वरिपरि नजर डुलाएर यो धर्तिमा जन्मिएको आनन्द लुटौँ है भन्यो । ठुलाठुला पहाडहरु उभ्याएर छेकिदिन्छ । ऑखा अगाडि फगत २,४ झरनाहरु देखाइदिन्छ । म मख्ख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धैर्य

~केशब थापा~ आफ्नै हातबाट चिल्पिरहेछ यो समय। घामको पहिलो किरणले हराएको शीतजस्तो इन्द्रेणी रहर बोकेर कहाँ उक्लन सक्नु त्यो मनको सगरमाथा ??

Posted in कविता | Tagged | Leave a comment

कविता : बेरोजगार…….

~तुलसी चिन्तक भट्टराई~ निराश अनि दुःखी मन लिएर सानो झिनो आशा लिएर बजारका गल्ली गल्लीहरुमा भौतारिदै हिडिरहेको छ एउटा बेरोजगार भोको पेट, उदासी चेहरा, पुरानो जुत्ता पुरानै छ लुगाहरु पनि घाम बर्Èा सबै सहदै– अफिसका सूचनापाटी चहार्दै कामको खोजीमा हिड्दैछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पराजयको गीत

~पञ्च विस्मृत~ दनदन बलिरहेछ आगो दनदन, दनदन ।।। फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन् खरानी हुँदैछन् आफ्नै आँखाअगाडि आफ्नै अस्तित्वका अङ्ग–प्रत्यङ्ग हे भगवानुको भावमा उभिएको छ मूक समय । एक जोडा लाचार हात जहाँ सन्ततिका तसबिरहरु छन् लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता :  गाउँको कथा

~तारा पराजुली~ अरु त ठिकै छ जसरी पनि धड्किरहेकै छ दुस्खले चट्याङ हानेको छातीको वारि। पोहोर साल ठूलो भुकम्प आयो तपाईं खुब डराउनु भो म अलि कम डराएँ कारण तपाईं अलि धेर हल्लिनु भो म अलि कम हल्लिएँ।

Posted in कविता | Tagged | Leave a comment

गजल : विवसताको मान्छे ‘म’

~शालिकराम मुसाफिर~ बाध्यता र विवसताले सेरिएको मान्छे म हत्कडि र काडे तारले घेरिएको मान्छे म । गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : गुन्गुनाउने धेरै देखें

~अनु भट्टराई~ हिजो आज सुर न ताल गुन्गुनाउने धेरै देखें गल्ली गल्ली चोक चोक भुन्भुनाउने धेरै देखें गर्ने भन्दा चर्चा धेरै चौबाटो र दोबाटोमा उथलपुथल बनाईकन सुम्सुम्याउने धेरै देखें

Posted in गजल | Tagged | Leave a comment

कविता : आऊ न सुटुक्क

~दीपक कुमार ज्ञवाली~ बयान हुन्छ सुन्दरता को सुन्दर, कस्तो तिम्रो हिस्सी परेको मुहार बत्तीस दन्त मिलाएका हारजस्ता बारुलाको जस्तो सुन्दर कम्मर । हिडाई लचक लचक हात्ति समान कति गरुँ तिम्रो सुन्दरताको बयान गुन्जन्छ पाउजुको छम्छम् आवाज ति बाहु सजीएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~भेषराज रिजाल~ यो बाटो कुल्चिएर थिचिएर दोबाटो चौबाटोमा बाँडिएर कहीँ भीरमा ठोक्किएर कहीँ खहरे खोल्साहरुमा लछारिएर वर्षौँदेखि पछारिइरहेछ यो बाटो हिँड्नेहरु कहाँदेखि कहाँसम्म पुगे यहीँ सदनदेखि सडकसम्मका

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~रन्जु ‘मार्ग’~ अचानक, मेरो पोस्टबक्समा यस्तो पत्र आयो पत्रमा लेखिएको थियो प्यारी साथी, सायद, तिमीले बुझ्छयौ होला मेरो पिडा! उमेरले हामी धेरै फरक छौं … तिमी भर्खरकी छौ, म बुढी भै सकें… मलाई थाहा छ – तिमी मलाई बुझ्छयौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : कठैबर….

~राम श्रेष्ठ~ चम्किलो त्यो सूर्यको किरण, फेरि अन्धकार रातमा हराउन पुग्छ, अनकन्टार त्यो कहालि लाग्दो दहमा, निर्मल यि भावनाहरु डुब्न पुग्छ, कठैबरा यि भावनाहरु चर्किन खोज्छ, यि मनहरु त्यसै-त्यसै अतालिन पुग्छ,

Posted in कविता | Tagged | Leave a comment

गजल : मिठासमा राखिएको छ

~पूर्णिमा प्रतिबिम्ब~ “प्रेम” कतै अदृष्य,, त्याे मिठासमा राखिएको छ ! भम्ररालाई जाल प्रत्येक फुलको सुवासमा राखिएको छ ! नकिनुन्जेल किताब , पानी पार्थे जस्तो लाग्छ किनेको दिन हेरेपछि बाकासमा राखिएको छ !

Posted in गजल | Tagged | Leave a comment

कविता : जंगबहादुर कहिल्यै मर्दैन

~समाश्री~ यो देश जहाँ हरेकले हरेक दिन बांगो रुख हेरेर आफ्नो गर्दन छाम्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर यो देश जहाँ हरेकले हरेक दिन नाना माना र छाना बक्सिस माग्छ भने कसले भन्यो जंगबहादुर मर्यो भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय गुलाफ

~नवीन अनुपम रावत~ तिम्रो र मेरो भेट नभएको पनि बर्षौं बितेछ । आजकै दिन पोहोर सालको भ्यालेन्टाइनमा हामी पहिलोपटक भेटेका थियौं हेर त म एक बर्ष पुरानो भएर फेरि तिमी समक्ष यी खाली हात लिएर हाजिर भएको छु । हुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोविन्द केसी तिमी याद आउनेछौ

~अनुप जोशी~ गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा हामी ‘माइली साइरस’ र ‘निक्की मिनाज’का नग्न गीतहरुमा हराइरहेका छौं तर एकदिन यस्तो त दिन आउनेछ जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन् जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु

~राजेन्द्र शलभ~ जब अचानक तिमी मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं मैले केही सोच्नै सकिनँ । मैले केही गर्नै सकिनँ कुनै पुरानो घाऊ बल्झियो कि अतीतको कुनै पल याद आयो कि मेरै कुनै कुराले दुख्यो कि बुझ्नै सकिनँ मैले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रहरु बनाई रहंदा

~मञ्जुल~ मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले

Posted in कविता | Tagged | 1 Comment

कविता : युद्धको पक्षमा

~पुरुषोत्तम सुवेदी~ आँखामा जुन उन्माद छ सपनाको उज्यालो फ्रेममा त्यो निद्राबाट रूपान्तरित होइन जीवनबाट निःसृत जीवन नै हो जसका लागि लड्यौँ हामीहरू उज्यालो युद्धको निरन्तरता । कहिले घामपानी देखियो इन्द्रेनीसाथ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदेसिएका सन्तान हेर्दै

~मञ्जु काँचुली~ वृक्षले आफ्नो घाँटी तन्काएर आफ्ना सन्तान हाँगा र पातहरूलाई माथिमाथि हेरिरहेछ धरतीका गोरेटोले पनि आहपना घाँटी तन्काएरै बिदेसिँदै गएका आफ्नासन्तानलाई परपरसम्म हेरिरहेछ सन्तानले निरन्तर बास छाडेर जाने क्रम दिनदिनै बढिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~तीर्थ श्रेष्ठ~ आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : एक युवतीको प्राप्ति

~गोविन्द वर्तमान~ सँगसँगै फेला परेका छन् नयाँ पुस्तक र नयाँ प्रेमी म दुवैसँग अनुरक्त छु। पुस्तकहरूको संसारमा करोडौँ पुस्तकहरूमध्ये एक मैले फेला पारेको पुस्तक मेरो जीवनमा कति सहायक हुनेछ मूर्खताको वरिपरि रहेको मलाई अहँ, पटक्कै अनुमान छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परम्परा

~डा. बेञ्जु शर्मा~ कैयौँ वर्षअघिदेखि मेरो कोठामा झुन्ड्याइएको थोत्रो तस्बिर कीरा–मुसाले खाइसकेको झम्पाट तस्बिर बानी परेको आँखाले मात्र ठम्याउन सक्ने एउटा थोत्रो आकार ठिङ्ग उभिइरहेको तस्बिर

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम सोध्दा थाहा छैन भन्छे

~अशेष मल्ल~ घाँसकोपहाड पिठ्यूँमा छ घाम अस्ताउन लागेको छ र उक्लिरहेकी छे उकालो नाम सोध्दा ‘थाहा छैन’ भन्छे परिचय हराएकी आफैदेखि टाढा बिनामूल्य जीवन बाँचेकी को होली ऊ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : बाइपङ्खी घोडा

~इन्दिरा प्रसाई~ ती टापका आवाजहरू सुदूर कतै हो कि होइन जस्तो फर्कन पनि सकेनन् अन्ततः हराए कि ? त्यस दिन पनि हजुरआमाले हालेको कथा सार्थक साँच्चिकै सार्थक भएझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : कमिलाहरुको मृत्यु

~बिमल गुरुङ~ रुख त्यस रुख रोगको प्रारम्भिक छडीले स्पर्श गरेको थियो जसलाई, त्यस बखतदेखि जुन बेला लगातार मृत्यु भइरहेको थियो कमिलाहरुको टाउको भारी भएर हातमा-खुट्टामा-औंलाहरुमा र पाखुराहरुमा गोलीका दानाहरु हुत्याएर के हुन्छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्गीतकार

~जीवन आचार्य~ धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु पर्दा उघ्रँदैन, पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ

Posted in कविता | Tagged | Leave a comment