Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : कथावाचक

~अज्ञात~ कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- “सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खोस्टो स्वरोजगार

~गंगाराम ढकाल~ बेरोजगारहरु अब रोजगार हुने भए रे । अब ऋण र झोला बोकेर बिदेश धाउन नपर्ने भयो रे । आफ्नो सीप, मेहनत, पाखुरी यही प्रयोग गरेर मनग्य कमाई हुन्छ रे । आफ्नो पसिना आफ्नै माटोमा बगाउन पाइने भयो रे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्स्याहा कि स्वास्नी !

~पुरुशोत्तम भण्डारी~ यी रक्स्याहाकि स्वास्नी हुनु भन्दा त ,बरु हलिकि स्वास्नी हुनु निको ,बुझ्नु भो ? उनले प्रायजसो यसरि नै आफ्नो बित्रिष्णा पोख्ने गर्थिन र म चुपचाप सुनी मात्रै रहन्थें ! बाहिरबाट हेर्दा त उनको जीवन निक्कै राम्रो थियो ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाक्री

~गंगाराम ढकाल~ हेर हेर मनुवा अनिष्ठहुदै छ । कालकाष्ठ बहुरुपी गाउँमा घुस्यो । रातको मध्यन्हमा एक्कासी झाक्रीबाजे दोबाटोमा बसेर डम्फूबजाउदै थिए । उनको वरिपरी बुढापाका जस्ता मानिसहरु घेराहालेर फलाक्दै बसेका थिए । रातको चकमन्न अध्यारोमा मधुरो दीयोको उज्यालोमा को को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्ल्यु लेबल

~गुणराज लुइटेल~ नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्वभाविक मित्र

~बिकास घिमिरे~ उसको कुरा गर्ने शैली बौलाहारुपी भएपनि तार्किक कुरा मात्रै गर्दथ्यो। बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन उ। धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव। कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदा

~अनिल यक्खा~ विहानै देखि मलाई कस्तो कस्तो लागिरहेको थियो । हिजो नै सम्पूर्ण सामानहरु तयारी गरिसक्नु भएको थियो । र हामी विहानै शहरतिर प्रस्थान गर्ने क्रममा थियौँ । निकै समय बित्दा पनि आस्था आइन । मेरो आँखाले उनको आगमन चाहिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्ति मर्दैन

~अनिल श्रेष्ठ~ ‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरा सपनाहरु

~दलबहादुर गुरुङ~ हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेवाली उत्पादन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गङ्गा विसर्जन

~उदास विनायक~ पूरा गाउँ शोकमग्न छ । यसो भनौ पूरा देश नै शोकमग्न छ । कुमाऊँ गढवालतिर कामको खोजीमा गएका चार पाँचजना ठिटाहरू विपद्पछिको आज आठौं दिन घर फर्किए भन्ने सुन्ने बित्तिकै बलबीरे आफ्नो छोरा धनेको हालखबर बुझ्न एकाविहानै गाउँतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोठालो

~गंगाराम ढकाल~ सेतु ए सेतु आउ निस्क बन जाउ । सवै गइसके, डाँडो पनि काटीसके होलान् ढाकाराम चिल्याउछन् । ल ल निस्के दाई म पनि तपाईलाई नै कुरी राखेको थिए । गोठमा बाँधीराखेका गाईका बाच्छा बाच्छीहरुलाई घाँस हाल्दै हातमा नाम्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कुन प्रेम ?

~पुरुशोत्तम भण्डारी~ एक जमानामा मलाई मालभोग केरा नभई नहुने ! जहाँसुकै बाट पनि मालभोग केरा ल्याउनै पर्ने ! मेरी आफ्नै हजुरआमाले मलाई सिकाए अनुसार , मालभोग केरा र गाईको दुध खान पाए जिन्दगिभरि पेट सम्बन्धि रोग लाग्दैन ! त्यसैले म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बौलाहा मास्टर

~राजु स्याङ्तान~ “माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो । उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगन बाट लुरुलुरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजधानी सडक

~रमेश गिरी ‘आशा’~ ‘पिर्के तँलाई भोक लाग्या छैन ?’ पिर्केले टाउको हल्लायो । उसलाई भोक लागेको थियो । हर्केले भन्यो– ‘हेर पिर्के, भा’ पैसा सिद्धिगो आजलाई यस्तै दुःख सुख बिताउँ, भोलि त्यो दाह्रीवाला ड्राइभरलाई भनेर खलासी तीर जानुपर्छ बुझिस् ।’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीे रातको एउटा कथा

~मातृका पोखरेल~ दसैंमा काठमाडौंबाट बाहिरिनेहरूको ताँती सँगसँगै म पनि कटारी पुगेको थिएँ त्यसबेला । कटारीसम्म बस पुगेको पनि त्यसै वर्षदेखि हो । त्यो भन्दा पहिले पूर्व पश्चिम राजमार्गको मिर्चैयामा ओर्लेर हामी हिँडेर कटारी पुग्थ्यौँ । कटारीबाट हिडेर मेरो गाउँसम्म पुग्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गायत्री

~महादेव अधिकारी~ ‘दाइ नमस्कार,सञ्चै हुनुहुन्छ’ अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज । मैले असमन्जसमा परेरै नमस्कार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देहघाटकी माया

~विनोदविक्रम केसी~ प्रेमबाबुले मायालाई बजार बनाइदियो। मेमसाहेब बनाउँछु भन्थ्यो, मैनको पुत्ला बनाइदियो। ‘मेरी गुलाब, मेरी गुलाब’ भन्दाभन्दै सार्वजनिक सयपत्री बनाइदियो। राजधानीको शरीरहाटबारे म एउटा बुलन्द रिपोर्टिङ गर्न चाहन्थेँ। यहाँको सेक्स मार्केटको क देखि ज्ञ सम्म वृत्तान्त छापामा

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आइते

~होमर श्रेष्ठ~ चैत्र महिना— विद्रोहीद्वारा तीन दिन लगातार ‘नेपालबन्द’ आह्वान गरिएको थियो! तेस्रो दिन पनि तीनै सहर बन्द भयो!! दैनिक कमाइ गरी हातमुख जोर्नुपर्नेहरू झनझन निचोरिँदै गइरहेका थिए । ज्यालामजुरी गरी खानेहरूलाई राज्यक्रान्ति नभइभा’थेन, तर तिनका निम्ति विद्रोह पचाउन सक्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अनौठो मितेरी साइनो

~केतुश खतिवडा~ यो निरन्तर बगिरहने अरुण नदी आज पनि एकनासले वगिरहेको छ, जसरी त्यो दिन बगेको थियो । यस अरुणमा कति पानी बगी सक्योहाला तर पनि त्यो सुसाहटमा अलिकति पनि कमि आएको छैन, त्यसको बहावको गतिमा कमी आएको छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुस्तकालयको रातो भित्तो

~देव पाठक~ “गुरु हजुरलाई प्रिन्सिपल सरले बोलाउनुभा’छ छिटो जाने रे” ढोकामा आएर पियनले यति कुरा भनिसकेपछी म टक्क अडिए । आवाज आएको दिशातिर हेरे अनी कक्षालाई एकछिन धैर्यधारण गर है भन्ने ईशारा गरेर बाहिर निस्के,कोठामा बिस्तारै गाँइगुइ बढ्यो । म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को घाम

~मिश्र वैजयन्ती~ ‘तैँले यही घेरोभित्र हिँड्नू’ विशिष्ट वस्त्र लगाएका मानवले भनेपछि तलवितल गरिरहेको मैले आफनो बाटो भेटेँ भन्ने भएको थियो । आजसम्म म साँच्चै नै गलत बाटोमा थिएँ अथवा जुनसुकै बाटोमा हिँड्दै थिएँ हूँला त्यसबेलासम्म । मेरा पाइताला मेरा यात्राका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीघाट

~निराजन राजालिम ‘बतास’~ आकाशमा बलेको एक निमेषको झिलिक्क बिजुलीले साँझ अँधेरीघाट र अरूण नदी झलक्क देखियो । गडङडङडङ गर्दै आकाशै जमिन थर्किने गरी मेघ गर्जिदा झन साँझमा अँधेरीघाट ताकेर वारिपारिबाट झर्दै गरेकाहरूको खैलाबैला अचाक्लि सुनियो । केटाकेटीहरू चिच्याउन थाले । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डि भी

~चंकी श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, उसका आँखाहरू ‘फेवाताल–रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ । रुँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिङचेन र मेरो छाया

~मनिषा भट्टराई~ उसको नाम उच्चारण गर्न एकछिन त मलाई गाहारो भयो । कस्तो अनौठो नाम रिङचेन । नाम मा अर्थ खाज्दै थिएँ म । राम्री खाइलाग्दी पहाडि स्वच्छ हावापानीले झन् रातोरातो गालाले आकर्षण थपेको थियो अनुहारमा । धूलो, धुवा“ प्रदूषणले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन प्रेमी

~गङ्गा कर्माचार्य पौडेल~ “बीनाजी ! तपाईंको स्वास्थ्यमा क्रमशः सुधारका लक्षणहरू देखा पर्दैछन् । अब यो अस्पतालमा धेरै दिन बसी रहन नपर्ला । छिट्टै घर जान पाउनुहुन्छ ।” डा. पाण्डेले मलाई जाँचिसके पछि भन्नुभयो अनि मेरो काँधमा थपथपाएर जानुभयो । मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रोक्सी

~बद्री चापागाईं~ ‘डक्टर, बेड नं २९ को फास्टिङ स्याम्पल तान्ने बेला भयो ।’ ६ बज्न नपाउँदै इन्टरकममा आएको सो सन्देशले मथिंगल गिजोल्यो । एक जना क्रिटिकल बिरामीको असफल सिपिआर, तत्पश्चातको परिवारिक रुवावासी र कालको मुखबाट उसलाई थुत्न नसकेको ग्लानी माझ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : शीलाको लीला

~पिँडालु पण्डित~ मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : उनीहरु पात्र होइनन्

~मिश्र वैजयन्ती~ घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे । ‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात

~शेखर ढुंगेल~ पण्डित जगन्नाथ कि अर्धांगिनी कल्याणी देबी डाको छोडेर रोइ रहेकी छिन धन्न गाउलेले बेलै मा देखेछन र पण्डित बाजे लाइ बकैनाको हाँगो मा बाधेको बाबियो को डोरी को पासो बाट बचाएर लेराए । केहि क्षण इन्तु न् चिन्तु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होचाहरूको बीचमा

~कृष्ण धरावासी~ जन्मिदा त अरु जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरु हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अव्यक्त आकांक्षा

~इन्दु शर्मा~ दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर ड्युटी अनि बेलुका पसल । पत्रिका पसल भएर होला ग्राहक को घुइंचो नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्द निवास

~पदम भण्डारी~ ‘रेग्मी निवास’ को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment