Category Archives: नेपाली काव्य

Poetry

कविता : जँघार तर्ने साँघु

~इन्द्रकूमार श्रेष्ठ ‘सरित’~ छाती चिरेर देखाउनू छैन सम्भव बोलीमा छैन कसैलाई विश्वास छ त केवल त्राशमा विश्वासमा अघाए नि छैन जीवनमा सूख भोकाए नि केवल साथमा मात्रै दूःख छ शंका, त्राश र उकूसमूकूस केवल जीवन पानी बिनाको माछो हो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~केशव आचार्य~ मन, सधैंभरि हाँस्दैन मन, सधैंभरि रुँदैन पनि मन, कहिले काहीं अमिलो हुन्छ र कुँडिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : गए राती सपनीमा

~बाबुराम पन्थी ‘गुल्मेली’~ स्वर्ग बाट आएकी परी जस्तै सुन्दर थियौ आलंगारीक पैरनमा तिमी आँखा बन्द नगरी हेरिरहे निस्फिक्री प्रेमी बनेर । तिम्रो आवाजमा कालु शब्द गुन्जियो मेरो कानमा तातो श्वास संगै र त्यो निरन्तर गुन्जीरह्यो मिठो गित बनेर ।

Posted in कविता | Tagged | Leave a comment

केस्रा : याद

~मीना पुमा राई~ म जन्मे अनि हुर्केको माटो मैले पाइला टेकेको दोबाटो झल्झली याद आउँछ मलाई

Posted in केस्रा | Tagged | Leave a comment

छोक : सुर्के हुन्छ

~नरेश माङपाहाङ राई~ सवको रहर ठूलो यहाँ छोरा छोरी पाउने ज्ञान दिने कुरै छैन माञ हुर्के हुन्छ नारी पुरूष चिन्नै गाह्रो सडक तिर हेर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : सहासी ती हातहरु

~बिजयकुमार श्रेष्ठ~ प्रगति शिल हातहरुलाई अगाडि बढाई रहेका थियौ निडर बनेर कसलाई के थाहा थियो र अपराधिको नजर लागेको थियो भनेर कलमको रफतारमा रमाउथ्यौ भयङकर पिडालाई समेत सहेर कम्मर कसेर लागेका थियौ अपराधिलाई सजाय दिन्छु भनेर ।। आफ्ना बाचा पुरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विलिन व्यक्तिगत स्वतन्त्रता

~किरण पौड्याल~ हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला बिलाएछन् स्वतन्त्रता, माग्न जाने कहाँ पो होला ०७, १५, ३६, ४६, अझ कति कुर्ने होला धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला

Posted in कविता | Tagged | Leave a comment

कविता : बजारविरुद्ध

~सरिता तिवारी~ उसित हिँड्नलाई छैनन् गोडा बलजफ्ती खोसेर लगेको छ उसले मेरा गोडाहरु र तिनैले टेकेर उक्लिरहेको छ सुपरमार्केटको सिँढी चढिरहेको छ मल्टिनेशनल कम्पनीको लिफ्ट र मानिसका आङ्आङ्मा फड्किँदै मरिरहेको छ सभ्यताको चेतनामा बुर्कुसी

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनेको पोखरा

~कृष्ण वस्ती~ फेवाको जलमा मानों, माछापुच्छ्रे नुहाउँछ । बिहानी घामको टोपी, शिरमाथि लगाउँछ ।। महे्न्द्र-पुलको शोभा, बाटुले-चौरको मजा । बृद्धाका पनि फुक्छन् रे, गालाका चाउरी-मुजा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्वरशम् प्रकृति

~लक्ष्मी प्रसाद देवकोटा~ भाग १ क. ज्येठको आज मध्याह्न बेला सुस्ताउँछ पवन— थाकेको श्रमझैं, लिनलाई दमझैं, छहारीमुनि बटुवासरि, स्थगित–भ्रमण दुइचार काक हानिए पूर्व शीतलको खोजमा निधारमा लिई संसारको जरो, छु आफ्नो गुँडको झ्यालको चरो, म पनि मनको हपहप मर्ने कुञ्जको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै ! विचरा काठमाडौं

~निरज लवोजु~ चौडा छात्ती बनाएर मोफसल आफ्नो थातथलोलाई बिदाको हात हल्लाउँछ भन्छ–’काठमाडौं जाँदैछु।’ तर नागढुङ्गाको डाँडो उक्लिन नपाउँदै काठमाडौंलाई धिक्कार्छ मोफसल भन्छ –’थुइक्क काठमाडौं !’ काठमाडौं मोफसलका –धनीको रवाफ बोक्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : रातहरु याद आए !

~जय सिंह महरा~ पूर्ण चन्द्र उज्योमा बितेका, रातहरु याद आए ! चखेवाजोडी भएका हाम्रा साथहरु याद आए !! कल्पना त कति कति, कति कसम पनि ! सातै जुनी सँगै जीउने बाचाहरु याद आए !!

Posted in गजल | Tagged | Leave a comment

कविता : लिँडे कुकुरको हविगत

~नेत्र कुँवर ‘अशोक’~ देख्यौ ? कुकुरबाट पुच्छर पुच्छरबाट कुकुर छुटि सक्यो अब पर्खनु छ र हेर्नु छ लिँडे कुकुरहरूको हविगत । उतिखेर गल्लीको छेँडबाट हामी हिँड्यौँ भने यिनै कुकुरहरूको नेतृत्वमा हो हामीलाई घेराबन्दी पारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~बिक्रम ज्ञवाली~ उ लड्यो , देशको निम्ति भनेर क्रान्ति मा लाग्यो , बन्दुक समातेर हिड्यो उ , भोक प्यास नभनेर सोच्थ्यो उ, एक दिन अधिकार पाउछु भनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : प्यारो लाग्छ

~किरण टि लिम्बू~ जून तिमी मुस्कुराउँदा अँधेरी नै प्यारो लाग्छ सपनीमा उनी आउँदा निदरी नै प्यारो लाग्छ जिन्दगीको खुसी खोज्न धेरै टाढा गए पनि किन होला आफ्नै घरको मझेरी नै प्यारो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : म देश बिर्सिएर कसरी जीउन सक्छु र ?

~विनोद न्यौपाने~ म देश बिर्सिएर जीउन पनि सक्दिन म देश सम्झिएर रुन पनि सक्दिन । मेरो रगत र पसिना बगेको देश म जन्ती र मलामी भएको देश,

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ होला सपनाको फूलबारी ?

~मणि भट्टराई~ म किन हराएँ यसरी ? कसरी कहाँ हराएँ ? जीवन खोज्न भनेर जीवनको जंगलमा कता पुगिरहेछु म ? के होला उदेश्य यसरी दौडनुको ? के होला रहस्य यसरी भौतारिनुको ? कहाँ होला उपलब्धीको शिखर जहाँ पुग्न कुदिरहेछ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कृष्ण पौड्यालका ३१ मुक्तकहरु

~कृष्ण पौड्याल~ मुर्झिएको फुल झरेर के हुन्छ र। जिउदो लाश मरेर के हुन्छ र॥ गन्तव्यमा नपुग्दै साथ छुटेपछी। नाना भाती बयान गरेर के हुन्छ र॥ मुस्कान लुछ्ने ति हात नदेखाऊ। कुवेच्छिद नारिको जात नदेखाऊ॥ टाढिन्छन स्वार्थ पुरा गरे पछी। भो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : झुप्राको अगेनामा बलेनन् आगो

~वैरागी जेठा~ मेरो खरको झुप्राको अँगेनामा कुनै आगाका लप्काहरू छैनन् क्रान्ति स्थापना भएपछि मेरो खरको झुप्रामा छिरेको छु वर्दीधारीहरूको एक्कासी हमलाले मेरो घाउ बल्झिएको छ मूर्ख मानिसहरू आमालाई वदनाम गर्न भोटहाल्न दगुरिरहेछन् हाम्रा तन्नेरीहरू बाटो रोक्न आरनको ज्वालाझैँ उठिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

रुबाई : बन्न सक्दिन म

~नविन आचार्य ‘लेटांगे’~ भनेकै हुँ तिम्लाई आखिर,माया बन्न सक्दिन म सँधै भरि साथमा हिँड्ने, छाँया बन्न सक्दिन म मेरो पनि बाध्यता छ , किन अबुझ बन्छौ तिमी ?

Posted in रुबाई | Tagged | Leave a comment

गजल : दिलमा बिषादि भरेकोछ

~तिलक अनुरागी~ कसम तिम्रो दिलमा बिषादि भरेकोछ कोमल मुटुको पथमा काँडा छरेकोछ! पलमै बसमा पार्यौ पलमै डसेर मार्यौ भन अपराध त्यस्तो मैले के गरेकोछ!

Posted in गजल | Tagged | Leave a comment

गजल : पत्थर बनि गई बिर्सिएर

~उद्धब ओझा~ मन कठोर पारी पत्थर बनि गई बिर्सिएर जुनीभरी साथ् दिउला भानि गई बिर्सिएर जिउला तिमी संगै बरु मर्नु परे मरिदिउला भन्नेलेनै कसम तोडी अनि गई बिर्सिएर

Posted in गजल | Tagged | Leave a comment

गजल : धुजाधुजा फाटिदिएँ

~नगेन्द्र ईङ्नाम “आठराईली”~ पीरति त नशा भन्थे यै नशामा लठ्ठै मातिदिएँ तिम्रो प्रेमको नशासँग मैले जीऊज्यानै साटिदिएँ पीरतिको नाममा तिमीबाट जब मैले धोखा पाएँ मनलाई सिउने ठाउँ नै रहेन धुजाधुजा फाटिदिएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : म कठोर कवि

~आभास~ मन धराप भएपछि यसमा केही अट्दैन तिमी प्रेमको प्रश्न गर्छौ ? यहाँ त घृणा पनि अट्दैन म त्यही धराप मन बोकेर हिँडेको एउटा भरिया म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : जिजीबिषाको लडाइँ

~आचार्य प्रभा~ ढुङ्गाको मन बोकेर पर्देशिएका हामी बाध्यताको बन्धनले बाँधिएका छौं , भन्छन, भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ पैसाको मोहमा फँस्यौ त र….. त्यसो हैन, केवल जिजीबिषाको लडाइँ लड्न मात्र हामी पर्देशिएका छौं

Posted in कविता | Tagged | Leave a comment

गजल : अपुङ्गे उहीं खाए भन्छन्

~भिम बहादुर थापा~ गाउँमा बाँड्ने राहत सबै, अपुङ्गे उहीं खाए भन्छन् नाङ्गा आङ् सब ढाक्छौं भन्थे, आफ्नै घर पो छाए भन्छन् ** प्रतिक्षाको बाली बुढ्यो, सुदामा छन् जनता यहाँ निस्वार्थ गाँस लिन गा’को, धनकै गीत वहाँ गाए भन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : निन्द्रा लाग्दैन

~मनोज न्यौपाने~ साहूको रिन सम्झन्छु, निन्द्रा लाग्दैन बन्धकी जमिन सम्झन्छु, निन्द्रा लाग्दैन मेरै घरमा हो धमिरा लागेको जग र दलिन सम्झन्छु, निन्द्रा लाग्दैन

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : बिरामी हो विवेकताको।

~दिवाकर स्वप्नील~ रुपैले मान खोज्ने ऊ , बिरामी हो विवेकताको। घरैमा शान खोज्ने ऊ , बिरामी हो विवेकताको। भरौटे ती बिचाराले, सुनाए रे उही नारा.. उसैको गान खोज्ने ऊ , बिरामी हो विवेकताको।

Posted in गजल | Tagged | Leave a comment

कविता : रित्ताघरहरु

~लोक राज भट्ट~ मन्दिरमा फहराउन त फहाउदैछन धोजा र पताकाहरु अनी कहिलेकाही आगन्तुकले झै कसैले बजाइदिन्छ घाँट र घुमुराहरु तर भडारहरुमा राखेका दाइना र दुमाउहरु मुसाले चोट्याइ सक्यो ईतिहाँसलाइ चिथोरे झै गरी धेरै घरका मानेझ्यालहरुबाट धुवा आउन झोडेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : मावाखोलाको मन

~प्रथा~ वैँसको घोडामा चढेर बतासले जुल्फी लर्काउन थालेपछि उस बेला– छानाबाट फर्सी झरुञ्जेल थेवाले बजाएथे रे ! आफूजस्तै जब्बर च्याब्रुङ च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !! त्यही आदिम धुन सुनेर युगौँदेखि निदाइरहेको यो नदीले– जीवनको गति हालेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अंगार

~यल्जी विवश~ हो, मेरो जीवन त्यही दिन सकिएको थियो जुन दिन समयको धारले मलाई काठ बनायो ! मेरो अस्तित्व र पहिचान फेरिएर म त्यही दिनदेखि अर्कै नामले बोलाइए, भलै, मेरो नश्लमा त्यही जीवन मृत भएर बगिरहेको हओस् ! अहिले त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तस्बिर जलाई गयौ किन ?

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ चिठी च्याती गयौ किन ? तस्बिर जलाई गयौ किन ? मेरो सुन्दर सपनाको , महल ढलाई गयौ किन ? बाचा तोड्यौ कसम तोड्यौ, दुइटा मुटु साटी जिउने , निस्ठुरी भै धेरै टाढा, छाडी मलाई गयौ किन ?

Posted in गजल | Tagged | Leave a comment