Category Archives: कविता

Nepali Poems

कविता : एउटा असभ्य जिजिविषा

~मोहन बन्जाडे~ तिनका पूर्खाले हाम्रा पूर्खालाई असभ्य भनेको वर्ण, जात र थर पिच्छे कहिले थोक र कहिले खुद्रा रुपमा अपमान गरेको पनि पढियो (ब्रेकिन्ग नेपाल) कहिले चोला फेराएर

Posted in कविता | Tagged | Leave a comment

कविता : के तिमी आज यो संसारमा हुन्थेउ ?

~हरिकृष्ण भण्डारी~ घरमा नुन नभएको बेला भुटुन सिद्दिएको बेला आमा चिच्याइरहेछिन बुबा कराइरहेछन, गुहार मागिरहेछन तर तिमी कपालमा भुटुन , गालामा पाउडर र ओठ रसिलो पार्नमै तल्लिन छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना र खण्डहर

~उषा शेरचन~ निधारमा कहिल्यै निको नहुने घाउका टिका थापेर छातीमा कहिल्यै नमेटिने सरापका कोसेली लिएर युगौँदेखि अश्वत्थामाझैँ भट्किरहन अभिशप्त छौँ समर्पित प्रेमका

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ नयाँ बर्षमा शुभकामना बाँडौं

~दिपक अभिमन्यू~ यो बर्ष धेरै कुरा भए कहिले तिमी फन्कियौ कहिले म कहिले तिमीले मलाई छिर्की लायौ कहिले मैले लाएँ लुछाचुँडी नि धेरै भयो लुछाचुँडीमा आनन्द लिए दुनियाँले खुब न तिमी सरकारमा थियौ न म हुन त तिमीले जीवनको राजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति

~बालकृष्ण सम~ क्यै जिते झैं, क्यै संझे झैं, को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरु सुरु हिंड्दै सबलताले तीय निखन्दै को त्यो पथमा गाइरहेको ? दुइटा खम्बा बलियो भित्ता, भित्ता मास्तिर एउटा छाना राखी, यो हो आलय भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्छ वीणा त्यहीँ

~निर्मोही व्यास~ प्रीति हो सृष्टिको सार यौटै फगत् प्रीतिमा नै अडेको छ सारा जगत् चन्द्रका साथमा खिल्दछिन् चाँदनी खुल्दछिन् मेघका साथ सौदामिनी चुम्छ आकाशले धर्तिलाई कहीँ छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ

Posted in कविता | Tagged | Leave a comment

कविता : आउँदैछन् हिसाब माग्न……

~जयन्त शर्मा~ तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग विश्वासघातको अचार नमज्जाले मिसायौ है ? तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है । अत्याचारको शिकार, अन्यायको मूक गवाही बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं ?

Posted in कविता | Tagged | Leave a comment

कविता : हो उ मर्यो नझुकेरै मर्यो

~प्रभा पोखरेल ‘स्वेशा’~ थरी-थरी जीबन थरी-थरी भोगाइ थरी-थरी बचाइ अनि थरी-थरी मराइ पलहरु आये दबाउंन दब्दिन भन्यो खुट्टा ताने कति-कति चुक्दिंन भन्यो हो उ मर्यो नझुकेरै मर्यो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जोडिरहेका हातहरु

~सुमित्रा पौडेल ‘आँचल’~ पोखिरहेछन दुखिका पिडाहरु तर देखिदिने कस्ले ? देखाईरहेछन आफ्ना रोदनहरु तर सुनिदिने कसले ? पर्खिरहेछन ती आशाहरु तर बुझिदिने कस्ले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकारी ड्राइभरको मनोवाद

~वसन्त बस्नेत~ पछिल्लो सिटमा राखेर तेस्रो विश्वको मन्त्री सांसद र इतरपार्टीको नेतालाई म सँधै नियोजित लक्ष्यमा हुइँकिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभुकम्पको सम्झना

~ऋतिक यादव~ हे प्रकृति ! तिमी त पक्कै बहुत विलक्षण प्रतिभाको रहेछौं कहिले त आफ्नो मन्त्रमुग्ध कोमलताको ओझेलमा पार्छौ, त कहिले मायारुपी संसारलाई एक क्षणमै तहसनसह गर्छौ भुकम्पको स्वरमा मात्र आठ हजार नेपालीलाई मारीदीन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : हजूर बा र म

~प्रविण अर्याल~ हजूर बा, समाई हजूर बाले मलाई त्यो पथ पढाउन मलाई प्रथम पल्ट, लायक बनाउन बोर्डिङ्गस्कुल तिर डोर्याउनु भएथ्यो म, हजूर बाको औला समाई समाई कापी र कलम,

Posted in कविता | Tagged | Leave a comment

कविता : सार हामीले बुझौँ

~दीपक कुमार ज्ञवाली~ सृष्टिको प्रभातमा बज्यो टन् टन् गरी । घण्ट को सुमधुर ध्वनी ले प्रफुल्ल मनहरु । मानव हुन् मानवका मित्र अनि मानव बैरी । अपाङ्घ छन् पथमा लरखर गर्दै लरखराउँदै । सृष्टिमा भिन्नता किन मानव को यो गति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिरेटो

~जे. एन. दाहाल~ ए हजुर.. सुन्नुहोस् त ! विहानलाई रातभरीको छट्पटीले ऊ विन्ती गर्दै दु:ख पोख्छ “जाडोले कत्ती सताउन सकेको हो गुडिल्कीएका चिसा गोडाहरुमा कत्ती कमाउन कसेको हो मुटु ।”

Posted in कविता | Tagged | Leave a comment

कविता : चुप लागेर बस

~मञ्जुल~ कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ घण्टीले जस्तै काँडामाथिको शीतको थोपाले जस्तै पुसे-घाममा हाँसिरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाका फूलहरू

~शारदा शर्मा~ सीमा नभत्काउनु त्यसभन्दा वारी मान्छेको बस्ती छ म तिमीलाई देवता भनेर पत्याइरहन चाहन्छु । नजिकबाट कमी कमजोरीले व्याप्त निर्वस्त्र

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीति गांधारी हुँदा को पीडा

~लक्ष्मण नेवटिया~ यता घोच्दा उता दुखनु पर्ने थियो उता घोच्दा यता दुख्नु पर्ने थियो तर घोर असहिष्णुताले खण्डित भएका छन आपसी एकताका आधार । बदलिंदो प्रवाहमा बग्नु पर्ने थियो फराकिलो भएर मनका फाँटहरुमा तर झन उल्टो संकिर्ण मानसिकताले सांघुरिएका छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी नहुँदा

~राजेन्द्र शलभ~ सूर्य आफ्नै रापले डढेर कतै खोलामा झर्यो । खोला बग्न छोडेर त्यहीँ बालुवामै सुक्न थाल्यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पग्लेर पनि तिम्रो मुटुबाट

~नरेश शाक्य~ पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेसियर बहन्छ, जमेर तिम्रो मुटु हिमशिला बन्छ, दुवै स्थितिमा तिम्रो उपस्थिति— हाम्रा निम्ति कति निरङ्कुश र क्रूर विषाक्त र वेदनायुक्त छ ? तिम्रो कोखमा जीवनरस सिञ्चन हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : तानसेन

~तीर्थ श्रेष्ठ~ अलिकता मनका उकालीहरू उक्लेर अलिकता मनका ओरालीहरू ओर्लेर तिमीलाई मायाले स्पर्श गर्न यसपटक म यहाँसम्म आइपुगेको छु, कतै बाँधिइसकेको मनलाई पनि फुक्का छोडेर । सल्लाका निर्दोषा हाँगाहरू भाँचेर उकाली उक्लँदा अलिकता मन पनि भाँच्चियो मनै त रहेछ –

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्राको आरम्भमा

~कणाद महर्षि~ पढ्न खोज्यो कि एउटा सराप आइलाग्ने इतिहास हेर्न खोज्यो कि अनेकौँ परिधिले छेक्ने बस्ती बुझ्न खोज्यो कि एउटा कुहिरो लाग्ने वर्तमान — कति अस्पष्ट । — कति अपराधी । — कति दुर्गन्धी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाइ चुम्नु छ भने

~उदय निरौला~ तपाईं सगरमाथाको उचाइ चुम्ने तयारीमा हुनुहुन्छ भने त महाशय ! आङ्रिताहरुको सम्मान गर्नुहोस् काजी शेर्पाहरुसाग खेल्नुहोस् त्यति मात्र हैन जुन्को तावेईहरु पासाङ ल्हामुहरु अझ….अझ सबै देशवासीहरुसाग प्रेम गर्नुहोस् भर छैन टुप्पोमा नपुग्दै तपाईं गिर्न सक्नुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : विपी र स्वतन्त्रता

~तिर्थराज अधिकारी~ छताछुल्ल छरिएका किरणलाई शब्दको गोरेटो हिँडाएर म पानाको कुनै खोरमा बन्द गर्न सक्दिनँ । गतिशील झर्नामा कति रंग र तरंगहरू छन् ? म तिनको परिभाषा गर्न सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता :‘म’ म नै हूँ

~विमल नेपाल~ हरिभक्त कटुवाल हुन, रक्सी पिएको होईन देवकोटा हुन, चुरोट तानेको होईन आत्महत्या गरें भने पनि, भैरव अर्याल हुन नभन्नुहोला किनकि, ‘म’ म नै हूँ चोईटिए पनि आफैं चोईटिन्छु जोडिए पनि आफैं जोडिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हुल लामखुट्टेहरु !!

~रजिन पनेरु~ एक हुल लामखुट्टेहरु रातभर पर्दा भित्र र वाहिरबाट मलाई तर्साइरहन्छन के के हो के के मुर्दावादको नाराले लामखुट्टे मलाई धम्की दिरहन्छ म कान नथुनि न त बस्न सक्छु न त उठ्न नै …….!

Posted in कविता | Tagged | Leave a comment

कविता : सभाको भोलिपल्ट

~बिमल गुरुङ~ सभामा विशिष्ट अतिथिहरुका सुआगमन पस्चात माल्यार्पण गरिए तस्बीरमा । किला ठोकिएका मुखहरुबाट राष्ट्रीय गीत बजाइए

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम

~डा. विमला श्रेष्ठ~ सलाम बिदाको हात हल्लाउँदै वर्तमानसँगै सती गएको विवेकलाई सलाम । सलाम बुद्धको आँगनमा घाइते

Posted in कविता | Tagged | Leave a comment

जेबी खत्रीका तीन छोकहरु

~जेबी खत्री~ कति धेरै दुःख गर्छन् पौरखीका हातहरू दुःखमा नै रमाउँछन् पौरखीका साथहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के भन्नु खै !

~प्रकाश प्रधान~ दूधकोसीको छेउमा बसेर नेपालको मानचित्र हेर्दै छु सुनकोसीको किनारमा बसेर आफ्नो भाग्यफल हेर्दै छु सप्तकोसीको आसपासमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु खरिद गर्छ मनुष्य !

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ दाना छैन, पानी छैन कपास छैन, बास छैन तर, मनुष्य मृत्यु खरिद गर्छ ! सवारीसाधन सुविधा हो, यो शान–मान पनि हो

Posted in कविता | Tagged | Leave a comment

कविता : आउनेछ त्यो दिन

~कमल कुमार~ आउनेछ त्यो दिन जहाँ पड्किनेछन् ट्वीटहरु बहिराको नक्कल गर्नेका फुट्नेछन् कानका जालीहरु आउनेछ त्यो दिन जहाँ भित्ताभरि पोतिनेछन् अन्धाले पनि देख्न सक्ने

Posted in कविता | Tagged | Leave a comment