Category Archives: कविता

Nepali Poems

कबिता : प्रत्येक पल

~बज्रकुमार राई~ प्रत्येकपल मभित्रको धर्ती क्रमश: छाड्दै छाड्दै बादलको स्वप्निल साम्राज्यमाथिमाथि बोइङ् उड्छ आकाशतिर र,रोकिन्छ समुद्रपारि अञ्जान धर्ती-आकाशमा जहाँ म बेचिएको हुन्छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : असीम नेपाल

~होमनाथ सुवेदी~ सीमा नाघी बढेको भुवनभर अहोे! जात हाम्रो धकेल्दै, फैलेको जात हो यो अझ अगि बढ हे! भाइलाई उचाल्दै, पीडा होलान् हजारौं शहर नहरका भाग गोदेर पेल्दै, झन्डा आफ्नो स्वयम् नै लहलह हलले गाड माथा उचाल्दै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मीप्रसादहरु

~पशन तमू~ मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन् मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् । भन्नेहरुले भन्ने गर्छन् यो रहर होइन वाध्यता हो भन्नेहरुले भन्ने गर्छन्…

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनामी

~कपिल अधिकारी~ बसन्तमा फुल फक्रन लाग्छन उजेलोको रेखा क्षितिजमा देखापर्छन अिन आशा खुशि र उमड्रंगलाइ चिर्थोदै पीडाका छालबोकेर देखा पर्छ सुनामी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश-कुसुम

~मधु माधुर्य~ जिन्दगी जो देश बाँचिरहेछ जिन्दगी जो म बाँचिरहेछु सपना र रहरबाहिर योजना र कर्मबाहिर हामी फगत बाँचिरहेका छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्रको खेती

~विक्रम सुब्बा~ भन्दिनु है पारिजात दिदीलाई भन्दिनु दिदीले छोडेर गएको मुलुकमा सम्बिधानका पन्ना–पन्नामा फलेका गुलिया, चिप्ला र धारिला अक्षरहरू भोक मार्ने मकै–भटमास बन्न सकेनन् तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरका प्रतिनिधि

~कृष्ण बजगाई~ बेगवान घोडाका लगाम एका-एक खिच्दा सन्त्रस्त भयो वातावरण घोडाको हिनहिनाहटले। उत्रेर घोडाबाट निष्पट् सुतिरहेको सार्वभौम सडकमा कर्फ्यूको आदेश जारी गरे बुटहरूले टक्-टक्…टक्-टक्…।

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानीमा हामी

~बुद्धिसागर~ रहस्यको प्राचीन उपत्यकामा कैद भित्र-भित्र बाँसझैँ सुकेका बाहिर-बाहिर बेसारझैँ पहेँलिएका भएजति आँसु कतै धितो राखेर भएजति हाँसो कतै ‘सेल’मा टाँगेर

Posted in कविता | Tagged | Leave a comment

कविता : रत्नपार्क

~बुद्धिसागर~ बेरोजगार रामेश्वरले भर्खर थुकेको दादाखैनीको छाप छैन मेटिएका । पहिरो पीडित दिलकुमारी सोताङ्गले चिरा पारेका हरिया काँक्राका बियाँहरु झर्न पाएका छैनन्-भुइँमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पच्चीस वर्षो सँघारमा

~बुद्धिसागर~ आज त्रि्रो अहम्को छाती कुल्चेर म फिर्ता गरिरहेछु त्रि्रो नागरिकता देश ! तिमी मलाई फिर्ता देऊ- मेरा बितेका चौबीस वर्षरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो दाग

~बुद्धिसागर~ म एउटा गरिब तारा झर“े – धर्तीको कुनै प्राचीन खो“चमा ‘ऊ … तारा खस्यो’ आ“खा चिम्लिएर प्रेमको दर्ीघायुका लागि उभिए होलान् मायालुहरू लेउ जमेको पोखरीको किनारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझमा वसन्तपुर

~बुद्धिसागर~ दिनभरि घाममा पग्लिएकामन्दिर र मूर्तिहरूफेरि जमिरहेछन्र दिनभरि घाममा जमेकाआइमाई र लोग्ने मान्छेफेरि पग्लिरहेछन् । प्रत्येक साँझ वसन्तपुरचटपटे/ममः/आइसक्रिमभएर बेचिन्छ, र प्रत्येक साँझ वसन्तपुरमा यौटी केटी मनी ब्यागसँगै सपना हो कि यौवन ? लुटाएर घर फर्किन्छे । दिनभरि जुलुस र सभाले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्छ ढाँटेर एउटा बाउ

~दुतेन्द्र चाम्लिङ~ सानो छँदा हिउँदमा पारि—कोशी पारि बाट आउँथे अक्कासमा माला जस्तो भएर ‘क-याङकुरुङ क-याङकुरुूङ’ गर्दै क-याङकुरुङहरु अनि जान्थे माथि उर्लेनी डाँडा हुँदै उँभो लेक—ट्याम्के तिर हाम्रो आमा भन्नु हुन्थ्यो— “केटाकेटी हो, काँक्रा रोप्ने बेला भएछ” अनि खोज्नु हुन्थ्यो—रोप्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरू माझ तिमीलाई

~बुद्धिसागर चपाईं~ मान्छेहरूमाझ तिमीलाई जाऊँ त कसरी जाऊँ हिँडेर कहिल्यै नसकिने बाटाहरू छन् उक्लेर कहिल्यै नसकिने पहाडहरू छन् यी दुवै हत्केलाभन्दा धेरै चाक्लो आकाश छ कहिले बन्ला त्यो झोलुङ्गे पुल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी हजुरलाई

~बुद्धिसागर चपाईं~ मैले हजुरलाई हरियो सुगाको प्वाँखसँगै पठाइदिएको थिएँ दैलेखी चिसोचिसो बतास जो मर्ुछा परेको छ ठोक्किएर नरिवलको अग्लो रुखजस्तो बिजुलीको खम्बामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुस्केरा

~गोपालप्रसाद पौडेल~ खुइय खुइय सुस्केरा बाँचेका मनमा मैला बाँचेका अर्ध अंगमा साँचेका खैलाबैला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म शान्त नेपालको खोजीमा छु

~कमला प्रसाई~ आशाहरु बेचेर हारेको गगनसित ईच्छाहरु मारेर चुँडिएका आँखाहरुसित कहिले रातभर यात्रामा कुदिरहेकी हुन्छु त कहिले दिनभर यात्रामै कुदिरहेकी हुन्छु, भावनाको लहर न हो कहिले मेरो यात्राले हिमालचुली नाघेको हुन्छ त कहिले गङ्गाको किनारलाई छोएको हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो अमेरिका गयो

~रमेश गौतम “पाल्पाली”~ मेरो छोरो अमेरिका गयो जन्मे, बढे, खेलेको माइती घर छाडेर पराइ घर जान लागेकी नव विवाहिता दुलही जस्तै तरक्क आँसु चुहाउँदै मेरो छोरो अमेरिका गयो आधुनिक दास बन्नका लागि । जाने वेलामा छोरो रोयो- देशको माटो सम्झेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : देवताका बाद

~चट्याङ मास्टर~ बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : घर गएपछि

~राजव~ अरूलाई विश्वास छैन तर ऊ आफैँलाई विश्वास छ ऊ बाँच्छ अस्पतालको सघन शैयामा बाँच्छु भन्ने विश्वास नछोडेर ऊ अर्धबेहोस छ र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रह टिप्ने सपना

~राजव~ एक्काइसौँ शताब्दीको पहिलो दशकको मेरो युवक आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा खाते बालकझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरापूर्ण एक यथार्थ

~राजव~ आजका सब खराब इतिहासमा राम्रो देखिने छन् यो खतराको प्रारम्भ आज भएको छ हामी सब निरुपाय टोलाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध म

~राजव~ फलाम र त्यसका ठाँडाहरूमात्र आतुर छन् युद्धमा कुद्न इस्पात र त्यसका वाहनहरूमात्र आतुर छन् युद्धमा उडान भर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : उ पनि अर्को ब्रायन

~राजव~ बिहान उठेपछि बाहनको दौडादौडी र तीतो कफीको स्वादबाहेक अर्को मीठो कुरो र नवजात सूर्यको गति हेर्न पाइन्न थुप्रै सुन्दरता मारेर बनेको यो चरम–नगरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्लै हल्लाको देश

~भूपि शेरचन~ यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरो जाने पहाड मुन्तिर

~भूपि शेरचन~ अनिश्चित भविष्यको आशङ्कामय पीडा खप्न नसकी ‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात जन्माउँछिन् लँगडा, लुला, कुच्चिएका बिहानहरु जब बिउँझन्छु म छिप्पिन आँटेको जाँडको घैंटोजस्तो उत्तेजित टाउको उचालेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्दैछ हामीमा हामी बाँचेको युग

~भूपि शेरचन~ आफ्नो आनन्दलाई चिन्तामुक्त गर्छन् गर्भाशयको ढोकामा आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई निषेध गर्ने पालेहरु उभ्याएर यो युग जसमा भाग्यवश

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यान्ह दिन र चिसो निद्रा

~भूपि शेरचन~ अखबारको ‘वान्टेड कालम’ –मा म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु, प्रत्येक जुलूस, सभा, भाषण र नयाँ योजनाका फाइलहरुमा पाइला टेक्ने आधार खोजिरहेछु—

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड ल्याम्प

~भूपि शेरचन~ भोरको उज्यालोमा उसलाई निभाएर सधै–सधै म घरबाट निस्कन्छु र दिन–दिनभरि सूर्यसरि

Posted in कविता | Tagged | Leave a comment

कविता : गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा

~गोपालप्रसाद रिमाल~ हाम्रो छाती कत्रो? हिमालजत्रो हाम्रो बारीको नाउँ के? नेपाल हाम्रो गाउँको नाउँ के? नयाँ नेपाल त्यसको सेरोफेरो कति? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि हाम्रो देशको नाउँ के? खसमीर, खुशी, खसियाशैल।

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट

~गोपालप्रसाद रिमाल~   पूर्नेको जूनलाई किन पर्खेको ? भेट्ने उनैलाई हो क्यारे, तिमी उनैलाई उनकै प्रकाशमा देख, तिमी उनलाई आजै यो औंँसीको रातमा भेट । आउने त्यो वसन्तलाई किन कुरेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को ?

~गोपालप्रसाद रिमाल~   यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ ! त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ? यहाँ हामीलाई यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ;

Posted in कविता | Tagged | Leave a comment