Category Archives: कविता

Nepali Poems

कविता : दुइ शब्द नेताहरु लाइ

~बिमल गौतम~ जति दियौ यो देशलाई दसौं गुना लियौ पानी भन्दा जनताको आशु बढी पियौ कयौ हजार सपुत को बलि किन दियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सौन्दर्यबोधमा रक्तसिँचाई

~अनुप जोशी ~ आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा , रकेट विमानहरुमा श्वासाल्पता र ‘एनहाइड्रस’ अधमरो जिन्दगी ! नहुनु बराबरको ऐन्द्रियता नहुनु बराबरको मानवीयता रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा प्रगल्भ एक ऋतु , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा नलागेपछि

~अनुप जोशी ~ निन्द्रा नलागेपछि मैले खाटबाटै सिरक कसेर माथिको सिलिङलाई हेरेँ र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा , तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी कविता हो ?

~नरेन्द्र चेम्जोङ~ तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु, भण्डारमा सँचिएका शब्दहरु, नलागेका अर्थहरु सुनकोशीको किनारमा छानिएका वालुवाका कण कण झै, खोज्दै छान्दै र मिलाउदै – फाटेका आवाजहरु, अर्थहिन बन्ने डरले भण्डारबाट छरपस्टिएका शब्दहरुले ह्स्व र दीर्घको धागोले सिलाउदै, चारैकोणबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~अनुप जोशी ~ मान्छेलाई थाहा छ– आकाशको रङ थाहा छ– सगरमाथाको उचाई झरनाको शिर मौसमको जादुले रुखमै पाकेको फल उसलाई सबै थाहा छ– बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ, चट्याङ् पर्छ थाहा छ– हाँगा छाडेर भुर्र उँडेको चरा बादलभित्र गायब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनामा एक चुम्बकीय शक्ती

~अनुप जोशी ~ म सानै हुँदा आमाले दुइटा ढुङ्गा हो कि फलाम जस्ता पर्यायवाची वस्तुहरु उपहार दिनुभयो जब ती दुईलाई हत्केलामा अड्याउन खोजेँ एउटा फुत्त भाग्यो र अर्कोसँग चिप्किन पुग्यो म हठात् आत्तिएँ मलाई आश्चर्य चकीत देखेर आमाले भन्नुभयो-

Posted in कविता | Tagged | Leave a comment

कविता : बैसालु मनहरूमा

~उषा गिरी~ (तीजको कविता) छातीभित्रको असैह्य पीडालाई हाँसो र खुशीमा बदल्दै बितेका बर्षहरू झै बैंसालु मनहरूमा सुमधुर मुस्कान छर्दै के तराई के पहाड के स्वदेश के बिदेश रातो साडी र हरियो पोतेमा उल्लास, आनन्द र रोमान्चक अनुभुती साट्न भावयुक्त सुन्दर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीबन

~उषा गिरी~ पश्च्यतापमा डुबी जीबन जीर्ण न बनाउ जीबन एक इस्वर को उपहार हो, चट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ न जल न मल यो पनि त भगवान को बरदान हो, मानब जीबनमा कहिले काही

Posted in कविता | Tagged | Leave a comment

कविता : पाटन

~विमल निभा~ यो कानुनी गोली हो असह्य दुःख, भयावह वेदना निरन्तर चित्कार, र विह्वल मन सबै जनहिंसा हुन् जोस, आक्रोश, विद्रोह र अन्यायको विरोध रोक्का गरिएको छ आज्ञापत्रमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोश

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : जुत्ता

~विमल निभा~ देशलाई बदल्छु भनेर कसम खानेहरुले एकाएक बदलेका छन् आफ्नो जुत्ता जुत्ताको रंग छ कालो विश्वासघातको रंग पनि कालो नै हुन्छ र काला रातहरुमा उत्सव मनाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टियर ग्यास

~विमल निभा~ हाम्रा आँखाबाट आँसु समाप्त भइसकेको छैन सुक्खा भइसकेका छैनन् हाम्रा आँखाहरु हाम्रा आँखाहरुमा बाँकी छ अहिले पनि अलिकति नुन अलिकति पानी हेर, गिलो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संसद र घोडाको शव

~विमल निभा~ संसद्अगाडि फ्याँकिएको छ एउटा घोडाको शव केही दिन अथवा सप्ताह अथवा महिना अथवा वर्षअघिसम्म जीवित थियो यो बलिष्ठ मांसपेशीसहितको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफूलाइ बेचिसकेपछि

~विमल निभा~ एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो त्यसपछि उसले हात बेच्यो र किन्यो एउटा न्यानो पन्जा खुट्टा बेच्यो र किन्यो एउटा चम्किलो बुट निधार बेच्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : हत्यातन्त्र

~विमल निभा~ यो हत्या एक्कासि भएको होइन सबभन्दा पहिले चिन्तन–मनन गरियो एक हुल वेतनभोगी विचारकहरु आआफ्नो आसनमा कापालिक मुद्रामा समाधिस्थ भए

Posted in कविता | Tagged | Leave a comment

कविता : खुरको ताप

~विमल निभा~ उद्दण्ड घाँसहरुले घेरिएको छ खेत तर माटामा भएका बालुवाका कणहरु चम्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन: एक दृष्टि

~हरिभक्त कटुवाल~ घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनका तीन स्थिति: मेरो अनुभवमा

~हरिभक्त कटुवाल~ गुँडगुँडला चरा बिच्काउँदै आँखा आँखाको नींद उडाउँदै भर्खर बैंस चढेकी ठिटी जस्तै भित्ताका प्वाल प्वालबाट चियाउन आइपुग्छ सधैं एउटा उत्ताउलो विहान । बितेको बैंस सम्झेर – आउँदो बुढ्यौलीलाई पर्खेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छः भन्छ जोशी

~शैलेन्द्र साकार~ अमेरिकामा बसेर देश बिर्सेको जोशी बियरको नशाबाट एक्कासि यथार्थमा हाम्फाल्छ र बर्बराउँछ- के मेरो देशको कुरा गरेको ? मलाई थाहा पनि छैन सम्पूर्ण कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित

~बैरागी काईंला~ आधारातपछि रक्सी दोकानबाट म के निस्किएको छु : प्रत्येक खोंगी र खोरभित्रबाट पखेटा फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्, यहाँको बातावरणको निम्ति यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति

Posted in कविता | Tagged | Leave a comment

गीत : औंलाहरू चुमेर

~बैरागी काईंला~ औंलाहरू चुमेर औँलाभरि सलाम मेरो हजुरलाई आँखाभरि सलाम, के बिराएँ ? नजरले चुमेँ ती फूल जो ओठमा फुले के बिराएँ ? हत्केलामा थापेँ ती केश जो लाजमा झुके मानेँ, कि मेरो हजुरलाई बाटोभरि साह्रै गरी लाज लाग्यो रे,

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

कविता : पर्वत

~वैरागी काइँला~ घरभित्र पनि सिरान ताला उक्लिँदा डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु ! जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि मेरो सडकमाथि !

Posted in कविता | Tagged | Leave a comment

कविता : कफी-कविता

~लक्ष्मी राई ‘लारा’~ विल्कुलै थाहा थिएन एउटा संयोग, तिम्रो अनुरोधको- “के हामी, कुनै दिनसँगै कफी पिउन सक्छौँ ?-” त्यो क्षण- वातावरणजस्तै न्याना पलहरू र, उड्दै गरेका कफीका वाफहरू के संभव होला यसरी नै उड्नलाई मान्छेका आंकाक्षा र सपनाहरू – अपसोच … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमिकाको विवाह

~जेन तमू~ *मेरी प्रेमिकाको बिहे भा’को तेह्रौ पुण्य तिथि हो आज बाह्र दिनसम्म म नि:शब्द,स्तव्ध थिए आज पनि शोकाकुल छु रेटिनामा कोरेको थिए उनको रूप , म मेटाउनै सक्दिन छातिमा लुकाएको थिए उनको माया ; कदापि म लछार्न सक्दिन सम्झनाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रुआण्डा बन्दैछ मेरो घर

~जेठा बैरागी~ मजदूर रकिसान लाई धोका दिएर दलित र जनजातीका पुरान घोकाएर जातिय राज्य आन्दोलन गर्दै रुआण्डा बन्दैछ मेरो घर जनतालाई भड्काएर कट्टर साम्यवादीहरू धोखा दिएर कलंक मच्चाइरहेछन् जातिय खादा ओडाएर ठूला ठूला पूँजीपतिहरूझैँ घर जग्गाका व्यापार गरिरहेछन् विधान सभालाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाह्यौँ भने

~अनुप जोशी ~ यदी चाह्यौँ भने यौटा सिँगो जीवन छ हामिसित । बटुवा पर्खेर बसिरहेका चौतारीहरु सुवास छरेर आगन्तुक निम्त्याईरहेका बगैँचाहरु हिमालले एकटक हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु सबै छन् हामीसित , हाम्रो संगमस्थल । के तिम्रो मायाको ब्रह्माण्ड पनि फैलिरहेछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भीरको चिण्डो

~नवराज सुब्बा~ तेञ्जिङ शेर्पा खोज्दै चुचुरो चढ्दा यस्तो लाग्यो यो त भीर पो रहेछ एउटा नमीठो पीर जहाँ म जन्मे, बढें

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : लोकतन्त्र र फूलमाया

~ओमप्रसाद घायल~ फूलमाया जनआन्दोलनताका पिठ्यूमा छोरी र पटुकीमा सातु बोकेर लोकतान्त्रिक आन्दोलनका लागि जव तिमी गाउ“बाट शहर आएकी थियौ त्यतिबेला तिम्रा आँखामा सम्भावित लोकतन्त्रको सुखद सपना थियो । मानसपटलमा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अनुरोध बुध्दसँग

~निर्मला अवस्थी~ आऊ बुध्द एक पटक पुनर्जन्म लेउ अशान्तिको जरो फाली शान्ति छरीदेउ।। पैले पनि छर्‍यौ तिमीले विश्वभरी शान्ति छिन्न भिन्न भयो ऐले उम्रिएर क्रान्ति।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बागमती पुलमुनि न्हुच्छेमान

~स्वप्निल स्मृति~ कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्ज कुनै नगरबधुले एकदम होसमा मिल्काएको अस्थायी साधन र न्हुच्छेमान बागमती नदीको पुलमुनि छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : वागमती लहरले उठेर बर्सिदेऊ

~वैरागी काइँला~ पानी…..पानी…..पानी वागमती लहरले उठेर बर्सिदेऊ….. पानी…..पानी…..पानी जलेको मन झैं डढेलो सल्केको वन झैं रुख र पातहरूमा दुर्लभ अभिलेखहरू झैं

Posted in कविता | Tagged | Leave a comment

कोमल प्रसाद श्रेष्ठ मल्लका एघार छोकहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ किन तमसुक ? कस्लाई के दिऊ भए पो दिनु ? अरुले पनी केही दिए पो लिनु ॥ त्यसैले लिनु र दिनुको तमसुक किन ? के का लागी गर्नु ??

Posted in कविता | Tagged | Leave a comment