Category Archives: कविता

Nepali Poems

कविता : नयाँ बिहान ल्याउन लाई ………

~विज्ञान काफ्ले~ बेवास्ता भो जनताप्रति न त वास्ता देश माथि, यस्ता नेता निर्मूल पारौं देश बनाउन जुटौं साथी | पिल्सिने र दु:ख भोग्ने हामी सबै जनता हौँ, यिनका चलखेल राज्य माथि अब यसलाई रोकौं साथी | संघियता, स्वतन्त्रता, अधिकारका मिठा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रण मैदानको झलक

~ठाकुर मान लामा~ उफ ! बम र बारुदको धुवामा नजरहरु दुस्मनलाई हेर्न थाक्दै गइरहेछन् कारुणिक दारुणिक चिच्यावटहरुमा आफ्नै कमाण्डरको आदेश सुन्न छाड्दै गइरहेछन् चोइटा चोइटा टुक्रिएका लाशहरु छातीमा गहिरो घात पुर्‍याउदैछन् किन गर्दैछौ अरुको संहार ह्दयमा यस्ता अनेकन बात हुर्क्याउदैछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अप्राकृतिक सुन्दर संसार

~विनय गौतम~ १ अप्राकृतिक सुन्दर संसारमा प्राकृतिक सुन्दरीहरुको मेला गोधुली सन्ध्यामा खचाखच विभिन्न विचारका मस्तिष्कहरु तछाडमछाडको लिगलिग दौड जस्तै, मांसपेसीमा जुरमुराएका उच्च रक्तचाप शिथिल पार्न भेला भएका अनौठा शरिरहरु टिकटको पर्खाईमा अप्राकृतिक सुन्दर संसार। २ अनौठा रंगका पर्दाले

Posted in कविता | Tagged | Leave a comment

कविता : समय मुर्दावाद

~सुवास खनाल~ छाला उद्योगको चिम्नीबाट निस्केको धूवाँ मेरै पसिनाको बाफ हो त्यसैले तिमी भनिरहेछौ यसले आकाश मैलो बनाउँछ । ओई साहू ! एक सय पेस्की नदिएको झोकमा तीन सयको उधारो रक्सी खाएछु अब भन तिमी कि म दोषी ? हेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छाता कहिले फर्काउँछौ ?

~धानी गौतम~ सिमसिम भएर मनसुन झरिरहेछ मेरो आँगनमा गमलामा फुलेका थरीथरी फूलका बास्ना बिगार्दै किन चोर्दै छन् इन्द्रले मेरो घरको सौन्दर्य ? झ्याल नाघ्दै सिरानीसम्मै पसूँलाझैँ गरी फैलिन खोज्दै छन् उनले बान्ता गरेका बाछिटाहरु मलाई पनि किन मन पराइरहेको छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन पर्‍यो/मन परेन

~नारायण तिवारी~ तिमीले कोट-पाइन्ट लगाएको मन पर्यो राष्ट्रियता पोसाकमा नखोजेको मन पर्यो तर, बन्दुक बोकेको मन परेन बन्दुकको धङ्धङीले अझै गाँजेको मन परेन । तिमीले स-साना मानिसहरूको आँसु पुछ्छु भनेको

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुकेको छ मेरो रारा

~अजय गिरी~ हरियाली डौटो ओडि, आकाश छुने रारा मेरो शिर उचा पार्ने, नेपालकै तारा ऐना हेर्ने अग्ला डाँडा, चुचेमारा भेक निर्मल जल निलो तल, मुख धुने लेक ढुकेको छ मेरो सारा बाटो हेरिहेरी नयाँ प्रदेश बनाउनु छ कर्णालीलाई फेरि एकसय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुकुरका पुच्छरहरू

~श्रीजना गोले~ कुकुरको पुच्छर ! मोदि सरकार ! नेपाल कुनै परिकथाको देश होइन जहाँ तिमी धोती हल्लाउँदै निर्धक्क आफु खुशी नाँच्न सकोस मोदि सरकार ! तिमीलाई थाहा हुनुपर्ने नेपाल विरहरूको देश, स्वाभिमानिहरूको देश, पहलमानहरूको देश जहाँ तिमीले नाक बन्दिको

Posted in कविता | Tagged | Leave a comment

कविता : भूगोलमाथि उभिएको एउटा जैतुन

~आभास~ मण्डेला भूगोलमाथि उभिएको एउटा जैतुन सिङ्गो पृथ्वी ढाकेका छन् यसका हाँगाले फैलेका छन् यसका जरा

Posted in कविता | Tagged | Leave a comment

कविता : आज तिम्रो धेरै याद आयो !!

~जे.बी. शेर्पा ~ शरद को आगमन संगै , रुखपात हरुले जब रंग फेर्दै …..पहेँलो ..रातो …!! डाँडै भरी, पाखै भरी , लाग्छ , प्रकृति ले पनी यही रंग मन परायो …!! …..त्यसैले आज मलाई तिम्रो धेरै याद आयो ..!!! शिरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : शहीदको हूल

~लक्ष्मण गाम्नागे~ पुलिसको नाम सुन्दै सुराल बिगार्ने छेरानन्द पनि शहीद भए प्रजातन्त्र सम्झिदै दाह्रा किट्ने पन्चानन्द पनि शहीद भए छेपारीकान्त भाग्दा भाग्दै डडाल्नामा गोली लागेर शहीद भए कटुवालकाका आन्दोलन दबाउन खल्तीमा ‘भाडा’ बोकेकोबोक्यै शहीद भए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : गोलमटोल र झोल

~मथुरा गौचन~ स्थिति छ अहिले गोलमटोल जनताले भोग्नु परेको सास्तीप्रति चिन्ता छैन पार्टीहरु ठोसिकरहेछन् ढोल । गोलमटोल… कोही चौटा लुछिरहेछन् त कोही पिइरहेछन् झोल यद्यपि चलिरहेछ परस्पर

Posted in कविता | Tagged | Leave a comment

कविता : तँ के गर्दैछस् यहाँ?

~कुमार सिंखडा~ उशाका शीतका लहरले रातका चारै प्रहरले आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले तँ के गर्दैछस् यहाँ? यो वर्षात पनि छ बढो पक्षपाती भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती हरपल उर्लिएर आँधी दिन्छ चुनौती उसै त टुक्रा मन खडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल्लीका बिल्ली

~प्रेम वली~ एक दिन मेरो बिल्ली सुटुक्क पुगेछ दिल्ली कसैले बनाएछन् उसलाई उल्लीबिल्ली कसैले बनाएछन् सिल्ली तर ऊ अझै ठान्दैन कसैले उडाएको छ उसको खिल्ली । बिरालोको चालमा गए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुचाल

~झंकलाल आरोही~ तर्साई धम्क्याई हल्ला चलाई जित्ने दाउ छ धूर्तहरुको देश विदेशको धाक लगाई मुड्ने दाउ छ अमूर्तहरुको । चाहोस्, नचाहोस् देशले बलजफ्ती पराइतन्त्र हुली इज्जत हुर्मत बेचेरै होस् डट्ने दाउ छ अपूर्तहरुको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~दिपा एवाई राई~ सम्बन्धको घना जंगलभित्र म र ऊ मेरो र उसको उसको र उसको अनि क-कस्को के सम्बन्ध ? कुन सम्बन्ध ? कस्तो सम्बन्ध ? यसरी धेरै प्रश्नहरूमा सम्बन्ध खोजिन्छ उत्तरविहीन यो सम्बन्ध निसासीएको छ विक्षिप्त भएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म र उनी

~विनय गौतम~ म र उनी पहिले र अहिले के फरक छ र। फरक छ केवल रंग र वजनको, शब्द र आवाजको, पुर्ण र अपुर्णताको। म र उनी पहिले ऊनको शब्दमा मिठास थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको आकाश

~राधाकृष्ण खड्का~ म कोरिरहेछु मृत्युको आकाश जड कठोरता छाडेर सिसाझैँ छर्लंग देख्न सक्ने ओमकारझैँ निराकार मेरा सासहरूमा नीला नीला रंग पोतिरहेछु । मेरो आकाश, सायद फूल नफुलोस् मेरो आकाश, सायद धूप नबलोस् वषर्ात भएर नझर्ने चट्याङ भएर नगर्जने यस्तो आकाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम शब्दहरु

~राजन काफ्ले~ तिम्रा लागि सत्य रहस्यमै रहनेछ बोल्नै परे झूठो अभिनय गर्नेछु क्षमा गर मेरा अन्तिम शब्दहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो र फूल

~चन्द्र गुरुङ~ एउटा फूल राखिदेउ त्यो सुनसान काखमा गएको छ निदर्यी भुइँचालो यहाँ उपद्रो मच्चाउँदै ।… आफ्नो सन्तानको यादमा रोइरहने उजाड मरुभूमि बनेको यो आमा मनमा चलोस संवेदनाको बतास । अर्को फूल टिपेर सिउरिदेउ त्यो तरुनीको केशराशिमा । बेपत्ता प्रेमीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परुष वचनले छाती फाटयो

~लक्ष्मी प्रसाद देवकोटा~ दप्किरहेछन् शीतका दाना ! कविले गरीकन गिल्ली गाना ! झूसे, पोहाला, छुच्चो भन्छन्, दाँजी कुसुमसँग विषसरि गन्छन्, हुँला असुन्दर, पीरो तातो ! रोप्दछ कसले ? हेर्दछ कसले ? अछूत जातको नित अपयशले निन्दित, वर्जित, त्यक्त कुनामा फस्टिरहेछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोको यात्रा हिंडेर

~बिष्णु सुवेदी ‘दोलखे’~ आगो नै टेकेर आगो नै चपाएर यहाँ सम्म आइपुगेको म आगोको यात्रा हिंडेर ! आगो बालेर सपनाहरुमा आगोले नै नुहाइरहेछु जीवनको रङ्ग डढाएर आगो नै ओढिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : घाँस काटिरहेकी ऊ

~ज्योति जंगल~ निहुरिएर उमेर काटिरहेकी छे र, हात लागेको छ एकमुठ्ठी हरियो घाँस । बेखबर छे, आफ्नो रूप आधा शिर उचालेर बाहिर आउन खोज्छन् छातीहरू निधारको पसिना तप्प–तप्त खसिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बाह्र बज्यो

~शिरिष लामिछाने~   घण्टाघरले फेरी बजायो मध्यरातको घन्टी ट्वाङ् ट्वाङ् आवाज प्रश्टिंदै छ वरपर परपर आवाजले रानीपोखरी छचल्कियो र गर्जियो आकाश बिजुली चम्कीँदाको उजयालोमा उजिलियो रत्नपार्क आफ्नो सर्वाङग देखाउँदै मस्कियी भोटाहिटी र उत्तेजनाको पासोमा कैद भयो जमल। पवित्र प्रेम छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर सपनाको संसार

~भवानी पौडेल~ आमा तिम्रो मलिन चेहरामा लाली पोतिएको थियो तिम्रो जीर्ण र रोगी शरीरमा यौवन भरिएको थियो तिम्रा उदास आँखाहरूमा रोशनी चम्किरहेको थियो तिम्रा काला ओठहरूमा गुलाब फुलिरहेको थियो तिम्रो अँध्यारो जीवनमा जुन चम्किरहेको थियो तिम्रो घरको मझेरीमा संगीत बजिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय

~विजय महर्जन ‘श्रीजय’~ जाने भए जाउ तिमी म देखि टाँढा, म तिम्रो सपनासंग बाँच्नेछु प्रिय। मेरो बहुपासमा बाँधिने हातहरू टाँढिए पनि, ती हातका स्पर्शको यादमा रमाउनेछु प्रिय।

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँमारा तापमान

~बासुदेव अधिकारी~ बीस बर्षपछि नाम्चे पुग्यो सोनम उसले हिमाल हे-यो हिमालको पयर हे-यो र धुरूधुरू रोयो ऊ सँगसँगै रोयो हिमाल उष्णाताले बाफिएर प्रदुषणले गाँजिएर रूवाइको आत्मियताले बाँधिएर उनीहरू नाङ्गा भुतुङ्गा केटाकेटीले हेरिरहे तिनको रूवाइलाई किन रोएका हँ सोनम र हिमाल? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कहा आयो र ?

~विनिता कडेल~ गोपाल रिमालकी कविताकी आमाले भनेअनुसार ऊ कहाँ आयो र ? त्यसको साटो हूलमूल र आतंक सिर्जंदै हुर्दुंगे पो आयो सत्यको हतियार टल्काएर आउनुको साटो पुरुषार्थी अरुले भिडाएको हतियार धारण गरी आतंकले उत्पात पो मच्चायो ऊ कहाँ आयो र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जोगाऔं मातृभूमि

~गोपीकृष्ण खनाल~ सुन सुन दाजु भाइ म केही भन्छु , जालि र फटाहाको फट्यायीँ कहन्छु । पाटी नेता सबै मिली ब्रम्हलुट गर्छन्, जनताले दुःख पोखे उनै अाँखा तर्छन् ।।१।। कानुन र नियम जति पाखा लगाई दिए, घुसखोरी र चाप्लुसीलाई काखी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन यहाँ

~शम्भुशरण भुजेल~ नव परिवर्तन यहाँ जब आयो त स्थानीयहरुकन लुप्पा ख्वायो आशेपासे सबलाई छकायो असह्य महँगी चर्कायो । अन्तैको धाक लगायो ढाँट र छलले जिल्लायो नव परिवर्तन यहाँ जब आयो त अपरिचितताको ढव देखायो । नक्कल झक्कल खुब बढायो स्वाँंग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो ह्रिदय

~आभास~ प्रिय मान्छे ! म तिम्रा सामु सपथ खान्छु लिएर जाऊ मेरो फुलको हृदय नचुँड्दै यसको एक पत्र पनि पर……. जहाँ तिनीहरु छन् कामदारहरु असल कामदारहरु बनाऊ यसलाई हतियार प्रिय मान्छे ! लिएर जाऊ यसलाई मुर्दाहरुको बस्तीभन्दा बाहिर पर……. टाढा

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिले

~त्रिशंकु~ स्थिति खलबलिई नै रहेको कुरा बताइन्छ अहिले एउटाले अर्कोलाई छकाउन खोज्दा एउटाले अर्कोलाई रिंगाउन खोज्दा मति अलमलिई नै रहेको कुरा सुनाइन्छ अहिले । अर्काको सापटी सिद्धान्त अँगाल्दा

Posted in कविता | Tagged | Leave a comment