Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कथा : भान्सा घर

~बिलोल पोख्रेल~ टिका सरले भन्नुभो ” एई ! आमा र मलाई चिया ले चाडै” टिका सरकी श्रीमतीले ठस्स मुख लगाउदै चिया दिएर भान्सा तिर लागिन । टिका सरलाई चिया गजब लागे पनि वहाँ की आमाको मुख अलिक खल्लो देखिन्थ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाबेलमा लिन आउनु ल!

~नयनराज पाण्डे~ किन हिरासतमा छ नारी आजसम्म? के तिमीले आफ्नो अँगालोबाट अझै मुक्त गरेका छैनौ उसलाई? खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। ‘लू’ लेख्दाताका भने उपन्यास लेखनको ह्याङबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरा रातहरू ! किन असभ्य र अश्लिल छन् त ?

~अशोक पार्थिव तामाङ~ मेरा रातहरू ! असभ्य छन् अश्लिल छन् अन्धकार छन् शुनसान छन् त्यसैले त म रात असाध्यै मन पराउँछु नि । मन पराउँनुको अर्थ जुन होइन । न्यानोको अर्थ घाम पनि होइन । मेरो मस्तिष्क यहि बेला , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मनु लोहोरुङ राईका ९ हाइकुहरु

~मनु लोहोरुङ राई~ १. अभागी फूल, भमरा बस्नु अघि भाँचियो हाँगा ! २. पूर्णेको जून खित्का छोडेर हाँस्दा अध्याँरो भाग्छ | ३. बैगुनी हावा उडायो पातहरु जंगलै नाङ्गो !

Posted in हाइकु | Tagged | Leave a comment

गीत : सुकुटीमा भट्ट चिउरा

~आवाज शर्मा~ सुकुटीमा , भट्ट चिउरा , अलि कति , मिसाइदेऊ । थोरै हाँस , थोरै मस्क , अलि कति , रिसाइदेऊ । कति जिएँ , कहरसित , नमेटिने , रहरसित । निभाउनुछ , तृष्णा सारा , पिउँदै आगो , … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अरबको वालुवाभन्दा

~नन्दलाल आचार्य~ अरबको वालुवाभन्दा लाखौँ गुना माथि छ दुःख बेच्न वालुवा टेक्ने मेरो मिल्ने साथी छ । भेडा,उँट डोहोर्याएर टाढाटाढा पुग्छ ऊ खानेसुत्ने ठेगान हुन्न त्योभन्दा त जाति छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हे नेपाली युवाहरु

~सुवास श्रेष्ठ~ हे नेपाली युवाहरु उठौ अब जाग्नुपर्छ संसारभरि शान्तिको बिउ छर्नतिर लाग्नुपर्छ। जोस जाँगर लगाएर सुतेकालाई जगाएर समाजका कुरिती र विकृतिलाई भगाएर। जुटौ अब विकासको शिखरतिर ताक्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा सत्य कथा

~नारायण पौडेल~ ‘सर नमस्ते!’ फेसबुक खोल्न नपाउंदै रोमन लिपीमा लेखिएको मेसेज आयो। जवाफ फर्काएँ ‘के छ? कहाँ हराको यत्रो दिन? उता जवाफ टाइप भइरहेको संकेत देखिइरहेको थियो। ‘मैले काठमाडौं छोडे नि!’

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : झुसिलकिरा

~रमेश खकुरेल~ झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर । खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।। अनगिन्ती हात गोडा कहाँ के के समाउँछ बगैंचाको हरीयोमा राज … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : घरज्वाइँ राख्न लान्छु कान्छा

~सीमा आभास~ मसँग आजै हिँड घरज्वाइँ राख्न लान्छु कान्छा दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा । चुरा, धागो सिन्दुर पोते केहि दिनुपर्ने छैन चुलाचौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी घर आउन प्रिय

~चिन्ता घिमिरे~ यस पालिको दशैँमा त तिमी घर आउन प्रिय । वर्षौ पछि दुुवै मिलि माइत सँगै जाउन प्रिय । कति दशैँ एक्लै बिते कति तिहार एक्लै , पर्खिराछिन् बहिनी पनि फूलमाला लाउन प्रिय ।

Posted in गजल | Tagged | Leave a comment

कविता : काफरे अमेरिका

~मनोज बोगटी~ डराउँछ अमेरिका।, बॉंसघारीमा लागेको आगोदेखि डराउँछ कुनै उत्सवमा आकाश च्यात्दै पड्किने रकेट पटेकादेखि डराउँछ। एक बटुको अँध्यारोदेखि डराउँछ अमेरिका। जब मजदूरको टिपिन खोेलिन्छ र निस्किन्छ डड़ेको रोटी अमेरिकाको सातो जान्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्पर्क

~विक्रम सुब्बा~ धेरै भयो शहरमा… चप्पल जुत्ता पहिरेर मात्र हिँडेको र पाइतालाको धर्तीसँग सोझो सम्पर्क टुटेको गाडी चढेर मात्र यात्रा गरेको र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको पाइपबाट आएको पानी खाएको र धाराको सङलो पानीसँग प्यासीको सोझो सम्पर्क टुटेको धेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नयाँ सामन्त

~बिनोद खड्का~ राजधानीको मध्यभागमा रहेको एउटा कम्पाउण्डवाल सहितको तीनतले आधुनिक घरको पहिलो तलाको ठूलो बैठक कोठामा पार्टीको एउटा महत्वपूर्ण मिटिङ चलिरहेको थियो । यो घर नेता महोदयको नीजी निवास थियो । कतिपय पार्टी पदाधिकारीहरु यो घरमा पहिलोपटक आएका थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मलाई म मरिसकेको थाहा छ

~आनन्द श्री श्रेष्ठ~ मलाई म मरेको थाहा छ, घिटी – घिटी बाँचेकै थिएँ मरे पनि हाँसेकै थिएँ कहिले अरूको रगत पिएर कहिले कृत्रिम स्वासको सहारा लिएर आफ्नै आयू लम्ब्याएकै थिएँ किनकी म मरिसकेको थिएँ हो मलाई थाहा छ म मरिसकेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो म दमिनी हुँ…

~रुवी पारीयार~ पुर्खा को रगत, नेपाली जगत, कहिले हासो रमाउदै बस्ने, कहिले आशु सहदै बस्ने, म एक दमाई कि छोरी हुँ.. हो म दमिनी हुँ.. मलाई दलित देख्ने तेरा बाजे दलित… तेरा पुर्खा दलित… तेरो सोच दलित… तेरो भावना दलित… … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मनको चाल कस्तो

~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।। तन उस्कै जिम्मा छोडी मन भगाइदिऊँ कि ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कथा : जिन्दगी एक फोटो-फ्रेम

~सन्तोष गोयल~ अनुवाद : कुमुद अधिकारी बेलुकी खाना खाइसकेपछि प्रायजसो शैलेश मलाई बार्दलीमा बोलाउनुहुन्थ्यो र माथि आकाशतिर देखाएर भन्नुहुन्थ्यो- “हेर प्रिय ! आकाश कति सफा छ, तारा चम्किरहेका, मानौँ उनीहरूलाई धोईपखाली गरेर सफा गरेजस्तो। उता अगाडि हेर, जून पूरा छैन … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : योग्यता

~कृष्ण अविरल~ चोकको चिया पसलमा बसेर ऊ समसामयिक राजनीतिका बारेमा गफ गरिरहेको थियो । केन्द्रीयस्तरका नेताहरुसँग सोझो सम्पर्क भएको पढेलेखेको इमानदार राजनीतिक कार्यकर्ता भएको कारण पनि मानिसहरु ऊसँग अनेक जिज्ञासा मेटाउन चाहन्थे । उसका निष्पक्ष कुरा सुन्न चाहन्थे । भावी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रयास

~बिष्णु ढकाल~ किन आतिन्छौ जीवन अहिले बगर भयो त के भयो ? रात परेपछी अँध्यारोमा तिनै बगरमा मोति भेटीन्छन् , कुनै दिन तिमीलाई घृण गर्ने ति मान्छे हरु, तिम्रो बगैचामा फुल्न आउने छन् । सबैकुरा भुलेर हाँस्न सीक, हेरत ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : उँडाएर लैजाने सब हुरी हुँदैनन्

~बादल सुरेश~ उँडाएर लैजाने सब हुरी हुँदैनन् उँचाइमा सजिने सब धुरी हुँदैनन् यहाँ शब्दले मुटु छिया:छिया हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : एकान्तमा म – एक प्रिय प्राप्ती

~बिबश बिप्र~ झुन्डिएर भित्ताका काँटीहरुमा खुइलिएको आकाशको एक भाग जस्तो लाग्दोरहेछ – सिलिङ्गतिर हेर्दा । अब आसनको बदली हुनुपर्छ घोप्टिएका काँचका गिलासहरु ठडिनुपर्दछ । म आफ्नैं छाँयाको भूकाइ खेप्न – यत्ति आत्तुर किन छु ?

Posted in कविता | Tagged , | Leave a comment

कविता : देश

~स्वामी सुभाष चन्द्र~ देश बिरामी छ अस्तिनै बाट नेताहरूले वास्ता नगरेरै हो आँखाले देखेनौ या मनले चिनेन देश सानो छ सुन्दर छ अँ हँ मतलब छैन नेताहरूलाई देउतालाई बाहिरबाट पनि दर्शन गर्न सकिन्छ तर नेतालाई मूर्ति नै अँगाल्नु पर्ने अजिब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा केकको कथा

~संजीवन महर्जन~ एक दिन पिताजीले घरमा एउटा केक ल्याउनुभयो त्यो केकमा चकलेटको एउटा फूल थियो चीजको पनि एउटा फूल थियो केही चेरी थिए केही स्ट्राबेरी थिए साँझपख

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बाध्यता

~जेबी खत्री~ वल्लाघर–पल्लाघर, तल्लाघर–माथ्लाघर, छर–छिमेकका प्राय: सबै युवा–युवती रोजगारीका लागि विदेश आउजाउ गर्छन् । कसैको गलामा बिदाइको माला र निधारमा रातो टीका । कसैलाई आगमनको स्वागत । अस्ति भर्खर मात्र पल्लाघरे जेठो दुबईबाट फर्किएको । आज फेरि तल्लाघरे कान्छो साउदीबाट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अनुरोध

~स्वेच्छा राउत~ ए प्रेम किन खोज्छस् रेस्टुरेन्टको महङ्गो बिल? सक्छस्,आफ्नै भाउ बढा तेरो नाममा नक्कली प्रोडक्ट सस्तोमा बेच्नेको बिगबिगी छ। प्रेम, मेरो अनुरोध तँलाई नखोज सुन्दर अनुहार र सुनको हार कालो कोइलीको स्वर सुनेको छस्? क्या स्वच्छ अनि सफा

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेम अनसन

~अश्विनी कोइराला~ तन्मयका साथ लेखिरहेको थिए, उनको कथा। यो कथालाई उनीजस्तै सुन्दर बनाउन चाहन्थें। उनको तस्विर ल्यापटको स्क्रिनमा राखेको थिएँ ताकि उनको सुन्दर मुस्कानको सजिब वर्णन गर्न सकियोस्। भेट्न जाँदा उनको चिर्बिर बोली मोवाइलमा रेकर्ड गरेको थिएँ। उद्देश्य थियो, छिल्लिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यो दिनको कुरा

~राममणि पोखरेल~ त्यही दिनको कुरा, आवाज नभएको दिनको कुरा भेला हुन नपाएको दिनको कुरा हामीले आफूलाई नागरिक भन्न नपाएको दिनको कुरा म यतिबेला तिमीलाई सम्झाइरहेछु÷त्यही अन्धकारजस्तो दिनको कुरा हो, त्यही हामीले खेपेको पुरानो दिनको कुरा । कति अँध्यारो थियो रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐ पुजा नानु

~सुनिल घिसिङ~ जाउ नानु तिम्रो आफ्नो बाटो जाउ स्वर्ग र नरकको दोभानमा बसेर रुदै रुदै पापी धरतीलाई फर्की फर्की नहेरेकै जाती तिमी जन्मिनु नै बोझ भएछ जन्मेर छोरी हुनु नै गल्ती रहेछ खोइ त तिम्रो विक्षिप्त मृत शरिरको आडैमा शोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

राष्ट्रिय गीत : आकाश छोइ दिने

~कृष्ण प्र. पाण्डे~ आकाश छोइ दिने , छन् हिमालका ताँती जंगल , नदी , पहाड , छन् पंछी भाँती भाँती आकाश छोइ दिने ……. यो देश सानो छैन , साँघुरो मन त्याग सिंगार्न यसलाई , आजैदेखि लाग उडान भरी हेर … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : आस्थाका आफ्नै कुरा

~आस्था दाहाल~ आज म आफ्नै कुरा गर्न जाँदैछु । हुन त सधैं गर्ने कुराहरु पनि आफ्नै नै हुन्थे । यो कुरा स्टाटस मा लेख्नु पर्ने कुरा हो, मनमा लागे जती लेख्न नपाईने भएकोले नोट नै बनाउनु पर्ने बाध्यता आइ पर्‍यो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : श्रृखलीत फेसवुक

~गिरिराज बाँस्कोटा~ श्रृखलीत फेसवुक मैले request गर्नु तिमिले सहजै accept गर्नु जीन्दगीको नविनतम श्रृखला विनिर्माण www.facebook.com को तरेलीमा search गर्दै गर्दा प्यासले लोलाए जस्तो profile picture देखेर कता कता आफुजस्तै देखेछु रत request गरे रत तिमि मेरो दुँनियामा आर्लीयौ comment … Continue reading

Posted in कविता | Tagged | Leave a comment