Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : मेरै ब्यथाले छट्पट्टि

~राज थापा~ मेरो देस मै देखी रोइरहेछ मेरै ब्यथाले छट्पट्टि रहेछ निसास्सी बाटो हेरी रहेछ कुन देसको सरणार्थि भयो ? रासन कार्ड पायो पाएन ? चिन्तै चिन्तामा डुबी रहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : बन्दिनन् रे

~अनिल जोशी~ भन्छिन् उनी मेरो राधा बन्दिनन् रे रहर पूरै हुने आधा बन्दिनन् रे मिर्मिरेको जून हुँ रवि आई टिप्ने बादल बनी बीच बाधा बन्दिनन् रे

Posted in गजल | Tagged | Leave a comment

कविता : शोक

~असिम सागर~ एक्कासि ! सगरमाथा हुँदै आएको तुफानले मेरो घरको छानो उडायो मलाई कुनै दुख्ख लागेन एउटै हाँगामा सँगै थियो काँडा र फूल त्यो फूल कहाँ पु¥यायो

Posted in कविता | Tagged | Leave a comment

टंक सम्वहाम्फेका ३८ हाईकुहरु

~टंक सम्वाहाम्फे~ समय वग्छ खोलाको पानी जस्तै रमिते मान्छे नेताको वोली सुन्दा थोत्रियो कान योजना आलै अमर प्रेम प्रेमीको चिठ्ठी पानीको फोका झटारो हान्छ फल झार्ने आशाले झोला छ रित्तै

Posted in हाइकु | Tagged | Leave a comment

गीत : छाति माथि

~महेश बर्तमान रानामगर~ छातिमाथि हात रखि आफ्र्नै मान्छे भन्यौं गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो क्षणभर टाढा हुँदा साह्रै दुःखी बन्छौं स्नेहका आँखा बिछ्याई ठुस्किएर बस्छौ ठुस्किएर नबोल्दा पो धेरै माया लाग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Clueless

~Rajan Kafle~ Resolute dream Strong bond Simple desire Ample trust Endearing vicinity Eternal affinity Plentiful respect Yet imperfect

Posted in Poem | Tagged | Leave a comment

गीत : पहिलो चोटले काट्यो मलाई

~श्रमिक बराल~ पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई कस्ले तानिदिने रै’छ मन, गङ्गासित मनै बुड्यो कस्ले बाँधिदिने रै’छ मन, पवनसित मनै उड्यो चोट पर्दा हाँस्ने आफ्नै थिए दोष दिने कस्ले … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : यसपटकको हिउँद

~तीर्थ श्रेष्ठ~ यसपटकको हिउँदमा चुनाव भयो जाडो पनि डरलाग्दो थियो

Posted in कविता | Tagged | Leave a comment

आधुनिक गीत : धेरै हराएँ तिम्रो यादमा

~कृष्ण प्र. पाण्डे~ धेरै हराएँ तिम्रो यादमा पीडै पीडा छ मेरो साथमा आज यो भेट वर्षौँ पछिको लाग्छ देख्दै छु स्वप्न रातमा दैव खेली रह्यो निरस खेलहरु मात्र दिइ रह्यो केवल झेलहरु घात थप्दथ्यो दैव घातमा पीडै पीडा छ मेरो … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

ज्ञानुवाकर पौडेलका ३ मुक्तकहरु

~ज्ञानुवाकर पौडेल~ 1. कसैलाई रिझाउन पनि अहो कस्तो गाह्रो कसैलाई फकाउन पनि अहो कस्तो गाह्रो मन मिलेर मात्र के गर्नु कुरा नमिलेपछि पिरतिको स्वाद चखाउन पनि अहो कस्तो गाह्रो । 2. खुशीले नाँच्न पनि अचेल पैसा लाग्ने भो ढंगले बाँच्न … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : महल र झुपडीको कथा

~भुपेन्द्र वीर विक्रम लामा~ आलिसान महलको छेउमा एउटा झुपडी नियाली रहेको छ वर्षौ देखि उसको काला कर्तुतहरु तर बोल्न सकिरहेको छैन उसको रवैयाहरुको बिरोधमा किनकी झुपडीको बच्चाहरु थापिरहेका छन तिनै वर्षौ देखि उसले भोगचलन गरिसकेका जडौरी उपहारहरु। महल चाहान्छ झुपडी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको संविधान

~स्वामी सुभाष चन्द्र~ पुग्नुपर्ने ठामको नाम कोरेर, कागजको एक पाना समातेर उभिएका छौं हामी समयको दोबाटामा पुर्याइदिने अरू कोही छैनन्, – हामी आफै र हाम्रा आफ्नै। पेट्रोल पम्पहरू रित्तिएर बल्ल ब्यूँझेका हामीसँग

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : उपहार

~गाइ दि मोपासां~ अनु : पुण्यप्रसाद प्रसाई लानतिनको ती युवतीसँग पहिलो पटक एउटा साँझको पार्टीमा भेट भएको थियो, जुन पार्टी उसको विभागको एउटा प्रमुख अधिकारीको घरमा भएको थियो, र आँखा चार हुने वित्तिकै उनीप्रति ऊ नराम्रोसँगले आसक्त भएको थियो । … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : हरायो !

~मोहन चापागार्इं~ चारपासे मेरा चर्चरे काका सधैं चर्चर गरिरहन्छन् । चिया पसलमा उनको चुरीफुरी देख्दा लाग्दछ– उनी नै यस संसारका सर्वज्ञाता हुन् । उनीभन्दा जान्ने–सुन्ने यस संसारमा अरू कोही छैन ।’ शनिबारको एक बिहान चर्चरे काका र मेरो जम्काभेट भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म आस्तिक, तिमी नास्तिक

~समीर श्रेष्ठ~ हरेक बिहान म मन्दिर जान्छु शायद त्यहाँ म भगवानको पूजा गर्छु दुई तीन फूलहरुसँगै मेरो आस्थाहरु त्यहाँ चढाउँछु अनि प्रसाद टिपेर अनेकौ सपना सगाल्छु कहिले काहीं तिर्थ यात्रा गर्छु शरीरलाई भावनासँग दाँज्छु अनि त्यहाँ पुगेर फेरी आस्थाहरु चढाउँछु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक

~हिरामणि दुःखी~ नाटक चलिरहेछ रङ्गमन्चमा कथा लेखनको कुर्लन्छ एउटा सिंहासनबाट– ‘म हुँ नायक यस मञ्चको मसँग छ नयाँ कलम मेरो कागज छ पवित्र लेख्छु त्यसैमा नयाँ कथा त्यसका निम्ति मसँग छ घरभित्र अङ्कगणितको बलियो सूत्र ।’

Posted in कविता | Tagged | Leave a comment

गीत : बाढीले भत्काइदियो

~आर.आर.चौलागाईं~ एउटा बाटो थियो बाढीले भत्काइदियो एउटा सहयात्री थियो समयले छुटाइदियो मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो एउटा फूल थियो हूरीले चुँडाइदियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

यात्रा–संस्मरण : ग्याँसचेम्बरको साँझ

~कृष्ण धराबासी~ जर्मन उत्रिनासाथ जुन जाडोले स्वागत ग¥यो । त्यो त्यति डरलाग्दो थिएन । काठमाडौंमा देखाइएको जस्तो डरलाग्दो थिएन यो तर दिन धुम्म थियो र चिसो सिरेटो चलिरहेको थियो । हामी पृथ्वीको यस्तो अर्काे भागमा उत्रिसकेका थियांै, अब आफू जन्मेको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

बाल कथा : अटेरी घडीहरु

~विनय कसजु~ राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : फूलहरुको आयु

~तीर्थ गुरुङ~ यी फूलहरु गमलाभारिका फूलहरु सुन्दर प्रतीत हुन्छन ! आजभोली गमलाहरुमा फूल रोपिन्छन् तर गमलाका फूलहरु नाजुक हुन्छन ! ति मुर्झाउँछन् केहि दिन हेरचाह नपाए ति मुर्छाउछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्र र राष्ट्रियता

~ध्रुब श्रेष्ठ~ म थिएँ म सँगै तिमी थियौ र त, हामी थियौ । अहिले, म छु तर, म सँग तिमी छैन्यौं / तिमी सँग म छैन हाम्रो अस्तित्व संकटमा छ । ब्वाँसाहरु,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पङ्क्स

~वरुण पोख्रेल~ गाडीको अनुहार हेर्न १० किलोमिटर टाढाको सदरमुकाम पुग्नु पर्थ्यो, त्यो पनि बेलारुस ट्र्याक्टर! बस,ट्रक… अरु त अझ टाढा। १० कक्षा पढ्न १ घण्टा हिँड्नु पर्थ्यो, जुन अझै उस्तै छ। जेनतेन यस.यल.सी. पास गरेपछी बल्ल सुरु हुन्थ्यो मुस्किल। घर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : ससुराली

~उपेन्द्र सुब्बा~ क्याप्टेन हर्कजङले अठ्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’। गाउँमा इन्डिया, मलाया, हङकङका अरू पनि क्याप्टेन–ल्याप्टेनहरू थिए, तर सबभन्दा ठूलो घर यही भयो। खोक्सुङले झ्ोलाबाट कठुवा निकाल्यो। छेउकै भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संघियता

~करुण पौडेल~ जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता । स्वीटजरल्याण्डको सपना बाँड्न प्रेरणा भो संघियता दलगत स्वार्थसिद्ध गर्ने साधना भो संघियता िसंगो देशलाई बिभक्त पारी शोषणको नयाँ तरिका अपनाउनलाई बाहाना भो संघियता जनतालाई झुक्याउने हतियार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टाली राख्या छु

~मोहन लम्साल~ फाटेको यो दिललाई टाली राख्या छु तिम्रै लागि आफूलाई पाली राख्या छु दिन ढल्यो, चाँद छैन, औसिको रात सम्झनाको दिपलाई बालि राख्या छु

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसनको इतिवृत्त

~लोकरञ्जन पराजुली~ केही वर्षपहिले, नेपाली भाषा सिक्दै गरेका मेरा एक विदेशी मित्रले फेसनलाई नेपालीमा के भन्छन् भनेर सोधे । म अकमकाएँ । घोरिएँ । झट्ट दिमागमा कुनै शब्द फुरेन । र, एकछिनपछि भन्दिएँ, फेसन नै भन्छन् । हुन पनि अरू … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मैथिली कविता : कोरो आ पाढि

~विनीत ठाकुर~ गरीब छोरि कऽ के बुझतै गरीबीके मारि । ओ तऽ पेटे लेल जरबै छै कोरो आ पाढि़ ।। भेल छै स्वार्थी सब नेता अपने स्वार्थे में चूर । छिनलकै जे सपना सुख भऽ गेलैक कोसो दूर ।।

Posted in मैथिली कविता | Tagged | Leave a comment

कथा : ऊ, प्रेमिका अनि संविधान

~रोशन थापा ‘नीरव’~ उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति छ। यति बेला दिनको वा साँझहुँदो चार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हजुरहरु

~अल्पविराम~ सम्बोधनमा उसले मलाई हजुर भन्यो हजुर शब्द इन्जेक्सन जस्तै नशा नशामा फैलिएर दार्हा नंग्रा पलाएको अनुभूति गरेँ आफुले आफैलाई बाघ देखें आफुले आफैलाई सामन्ती सम्झें कता हो कता मेरो अन्तरमनको सुक्ष्म मान्छे

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेमको सुन्दर शहर देउ

~खगेन्द्र रिजाल~ अब कसम भन्दिन भो प्रेमको सुन्दर शहर देउ तिमीसँग दुःख सुख साटी बाँच्ने रहर देउ दरार छन् जहाँ सुकै जिन्दगीका गारेटोमा गन्तव्य नै छैन अब, भन्दिन म कहर देउ

Posted in गजल | Tagged | Leave a comment

समालोचना : कविता अर्थात् हलो

~गनेस पौडेल~ एक : नेपाली कविताको स्वाद जिब्रो बडो मापाले टाठो छ नेपालीको। ट्वाक्क–टुक्क मन पराउँछ। पिरो, अमिलो, नुनिलो, टर्रो, तितोजस्ता गढालु स्वाद सम्झँदैमा मुख भरिदिन्छ। माटोको कराहीमा मस्त पकाएको मासको दाल होस् या कर्कलाको कलिलो सुइरा, अन्तिममा खाँटी घिउले … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

बाल कथा : रमाइलो तीज

~गङ्गा कर्माचार्य पौडेल~ ‘तीजको रहर आयो बरिल,’ चौतारीमा छम छमी नाच्छु बरीलै…’ उषा गीत गुन गुनाउँदै घरी भित्र घरी बाहिर गरेको देखी आमाले सोधिन् ‘छोरी निकै खुसी देखिन्छ्यौ नि ? हिजोको दरले राम्रै काम गरे जस्तो छ कि कसो ?’ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment