Author Archives: Editor

संस्कार-संस्कृति परिचय : नापित जातिको उत्पत्ति र रहनसहन

~मातृकाप्रसाद तिम्सिना~ ‘नापित’ नेवार समुदायको एक जाति हो । वास्तवमा नापित जात नभएर थर मात्र हो । कपाल काट्ने हजामलाई ‘नाउ’ भनिन्छ । त्यही ‘नाउ’ जातिबाट नापित हुन गएको हो । यो तथ्यलाई हेर्दा नापित जाति पेशाबाट परिचित भएको पाइन्छ … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : पितृपक्ष र सोह्र श्राद्ध

~अज्ञात~ परिचयः श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ? यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोहश्राद्ध  भनिन्छ। पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। चतुर्दशीका दिन … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : आगोको शहर

~सुधिर ख्वबी~ समय किन आगो हुन्छ ? अनि मात्र झुपडी सधैं झुपडीहरु मात्रै जलाउन खोज्छ, र जलाउँछ पनि, सधैं नै क्रुरताको पराकाष्ठा नाघेर आगो किन झन् आगो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम शास्त्र

~गोवर्धन पूजा~ भरिएको हावाको चिसो रेलले मेरो यौवनलाई काउकुत लगाउदै भन्यो- अर्को खालि रेल आउदै छ टिकेट काटेर बस्नु । पातको भित्तोमा आड लगाउदै बसेका जोडी युवा-फूलहरूले शीतको चुम्बन पिएर खुशीको जून देखाउदै भने – आँखाको कठघरामा कहिल्यै काँडाको डाडा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमायाका सपना

~रामकृष्ण पौडेल ‘अनायास’~ उज्यालोको पर्खाईमा अध्यारो लाई चिर्दै बसेकि छन् मनमाया थुप्रै सपनाहरु आँखामा बोकेर शहर पसेकि मनमाया रहर कै आँदिले अलपत्र बनाएको उनको सपनाहरु कहिले सित झैँ खस्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्लाईन प्रेम

~मदन मुस्कान~ तीस मिनेट म्यासेन्जर मा बिनय गरेर आस्थाले नम्र स्वरमा ‘अब फोन राखौं है म सुत्छु…. ‘ बिनय आश्चर्य मान्दै सोध्छ- किन यति चाडै आस्था… ? आस्था – आज मलाई सन्चो छैन के टाउको दुखेर खप्पी नसक्नु भको छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मलाई मेरो नेपाल चाहिन्छ

~गौतम दाहाल~ अनेकतामा एकताको फूलबारी गोडमेल गर्दै हुर्काउने ती मालीहरु विषे नगर्चीहरु र भक्ति थापाहरु बगैंचाको संरक्षणमा जुट्ने मेरा पूर्वजहरु सबैलाई सम्झेर यो पराई भूमिबाट माग्दैछु भीख म मलाई मेरो शान्त र विशाल देश चाहिन्छ मलाई मेरो प्यारो नेपाल चाहिन्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : स्मृतिमा रुद्रसर

~सङ्गीता दाहाल~ जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ तर पनि जीवन हुने कसैले पनि जन्म र मृत्युको पूर्वआभाष पाएको हुँदैन । जसरी थाहा नपाइकन जीवन पाइन्छ, त्यसरी नै मृत्यु पनि । त्यस्तै भयो आदरणीय गुरु रुद्र खरेलको पनि । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : किन नेपाल गरीव

~दीपक कुमार ज्ञवाली~ खोज्न हिड्छन् समुन्द्रमा मोतीका दाना । हाम्रैबाट गयकाहुन् ती अमुल्य खजाना । बग्नदीयौं टुलुटुलु हेरी बुझ्न सकेनौं महत्व । किन्छौं खनखनगनी हाम्ले हाम्लाई चिनेनौं । नाभीमा कस्तुरी राखी खोज्दै हिड्छौ कस्तुरी । नेपाली गरीव भयौं नेपाललाई नचिनी । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी र चाडपर्वहरु

~पुष्कर बराल~ मनभरि गाउँका कुरा सम्झिएर मन उदास छ उराठ छ यो परदेशी जीवनलाई चाडपर्वले बर्सेनि मन धमिल्याएर जान्छ सावनझैं आँखाहरु, मुटुभरी डँढेलो, घाउमाथि घाउ, आगोले खाएको वनझैं विधवाको मनझैं यो कस्तो जीवन औंशीको जुन जस्तै जेरीमा नुन जस्तै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : दशै आयो फेरि

~सञ्जय भट्टराई~ कालो बादल फाटेर सुन्दर बिहानी छायो फेरि । हर्ष र उमंगको चाड प्यारो दशै आयो फेरि ।। सनातन धर्म हाम्रो हाम्रो चाड हाम्रो पर्व मनाउन, जति टाढा रहेपनी आफ्नै गाउँ फर्की आएँ फेरि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमले बाँचौँ

~टंककुमार चाम्लिङ~ गगनचुम्बी टाकुराबाट गंगाजल छरछर राष्ट्रिय झण्डा चन्द्र र सूर्य शिखरमा फरफर । पर्वत राजा पगरी गुथी विश्वमा राज गर्छन् नेपाल राज्य चम्किला हिमाल झलक्क झल्किन्छन् । चाँदनी छायाँ हिमाली माया राष्ट्रवाद स्वयंमा मुसुक्क हाँसेर फैलाए ज्योति संसारका बीचमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना

~क्रान्ती पराजुली~ “मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछेउ । सपना म तिमीलाई अति नै माया गर्छु। उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कहाँ हुँ र मैले ?

~सजना गुरुङ~ तानेकी कहाँ हुँ र मैले ? छानेकी कहाँ हुँ र मैले ? त्यो दिल्मा नजरको तीर हानेकी कहाँ हुँ र मैले ?

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : रमेश विकलः कथादेखि कथासम्म

~विजय चालिसे~ नेपाली आख्यानस्तम्भ साहित्यकार रमेश विकल अब हामीबीच रहनु भएन । रमेश विकलको अभावबोध उहाँको प्रत्यक्ष अभिभावकत्वबाट वञ्चित यी पङ्क्तिका लेखक जस्तालाई हुनु त स्वाभाविक नै हो, अहिले यो अभावको अनुभव उहाँलाई माया गर्ने नेपाली भाषा, साहित्य र संस्कृति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : पर्खेर बस्छु जुनको देशमा

~धन लेप्चा~ शरीरले संसार छोडेको हुन्छ, पर्खेर बस्छु जुनको देशमा तिमीलाई भेट्ने लिएर आशा, फर्केर बस्छु जुनको देशमा अँध्यारो लाग्छ जिन्दगी तिम्लाई, बनेर छायाँ आउँनेछु सधंै नछुनु मलाई नरुनु कहिल्यै, तर्केर बस्छु जूनको देशमा

Posted in गजल | Tagged | Leave a comment

भावना परिष्किृत सुनुवारका सात हाइकुहरु

~भावना परिष्किृत सुनुवार~ पौरख गरे फुल्छ जीवन सुन मूल्य बढ्दो छ अल्छीको घर दरिद्रताको डेरा दुःख र आँसु जनता दुम्बा छाडा साँढे भो नेता नीति भो भ्रष्ट

Posted in हाइकु | Tagged | Leave a comment

कविता : मान्छे– उसको जिन्दगीमा

~अकेला यात्री~ मखमल जस्तो मन किन यतिविघ्न चट्टान हुन्छ सम्झन्छु– के यो मेरै छाती हो त ? भित्तामा उभ्याएर आफूलाई हेर्छु अनुहारका आला घाउहरु र देख्दै बीभत्स लाग्ने गहिरा चोटहरु के यो मैले खपेको हुँ त ? अपमानको रोगबाट बलैले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : माया !

~देवेन्द्र अर्याल ‘आँसु’~ आफ्नो बच्चा मरेकोले त्यसको पीरमा कुकुर्नी रातभरि त्यसकै वरपर घुम्दै घुकिरही । त्यसको घुकाइका कारण टोलभरिका धेरैको निद्रा बिगि्रएको थियो, सुत्न पाएका थिएनन् अनि मैले पनि । भोलिपल्ट बिहान नगरपालिकाका कर्मचारी फोहोर उठाउन आए । उनीहरूले त्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : देउ न अलिकति

~‘झरी’ दान राई~ तिमीविना घाइते मुटु शेरी देउ न अलिकति तिम्ले दिने दुखाइ मीठो फेरि देउ न अलिकति मृत्यु देऊ स्वीकार्य छ खुशी हुन्छु मरे पनि नजरको वाण हानी हेरी देउन अलिकति

Posted in गजल | Tagged | Leave a comment

गीत : मलाई जस्तै…

~विजेता थेबे लिम्बु~ मलाई जस्तै उनलाई पनि यस्तै हुँदो हो । रात दिन सम्झी सम्झी त्यो मन रुँदो हो ।। तिमी मेरो प्यार भन्थ्यौ हुन्छ मान्छु म । जनम जनम साथ दिने कसम खान्छु म ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रीति रोपूँ म पल्पल

~कलानिधि दाहाल~ न जानी पाइला चाले चल्न सक्तैन जीवनी दुःखको गहिरो गर्त भित्र यो घुम्छ फन्फनी । तातो तनावले पोल्छ पानीभित्र पसे पनि छट्पटीले सधैँ घोच्छ फूलमाथि बसे पनि । कहाँ यो पिल्पिले पीडा कहाँ उदात्त कल्पना कहाँ यी जनका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तर चाहना

~श्याम दाहाल~ मेरो चेतनाले जान अराउँथ्यो र म प्रायः गइरहने गर्थेँ, उहाँ । परिवारका सबै जना आ-आˆना सुरमा छरिँदै जाँदा संयोगले एक दिन त भार्गवीसँग पो भेट हुन पुग्यो । घाम तापेर चकमन्न आˆनै मनभित्र अल्मलिएर डुबेकी रहिछन् उनी । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेमौसम

~भिम बहादुर थापा~ हरियाली काखमा निक्लँदो बैशाखमा पर्छ हिऊँ भने त अवाक्, म के भनूँ ? ** बसन्ती साँझमा धुपको यो माझमा चर्छ हिउँद भने त अलमल्ल, म के गरुँ ? **

Posted in कविता | Tagged | Leave a comment

गजल : बाच्नुको पिडा

~शेर्पीनी कान्छी ‘निम’~ मर्नु भन्दा सहेर बाच्नुको पिडा । आशु लुकाई याहा हास्नुको पिडा।। कस्ले सुन्छ अधुरो प्रेम कहानी । गुलाफ सग्ग दिल साट्नुको पिडा।।

Posted in गजल | Tagged | Leave a comment

गजल : छुवाछूत सबै मिली हटाऊँ

~गोविन्द पुन ‘गिरीश’~ भेदभाव र छुवाछूत सबै मिली हटाऊँ कुरीति र कुसंस्कारलाई बिदा गरी पठाऊँ काटे रगत सबको रातो केही छैन अन्तर अन्धकार र अन्धविश्वास समाजबाट घटाऊँ

Posted in गजल | Tagged | Leave a comment

कथा : कालो चश्मा

~मातृका पोखरेल~ बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् । वर्षौँअघि बिछ्याइएका कोरियन कार्पेटहरूमा पत्रैपत्र धूलो जमेको छ । धूलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यथार्थ

~सौरभ कार्की~ परबाट आयो हावाको एक झोंका त्यहीँबाट उदायो एक टुक्रा घाम अनि म रङ्गिए सातै रङमा सायद सदियौंदेखि म यहाँ उभिनुको अर्थ यही थियो । छि ! हेर त त्यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक : तिमी र म

~ए.पी. सुमन~ म बेचिएँ तिम्रो प्रेमको नगरमा, जुवाको दाउमा, कवाडीको भाउमा, मेरा रहरहरू बेचिए, चाहनाहरू बेचिए, तिमीलाई माया गर्ने, वाहानाहरू बेचिए, बेचिए मैले तोडेका आदर्शहरू, जो वर्षौ पहिले शहिद भएका थिए, बेचिए तिम्ले छोडेका स्पर्शहरू, जो वर्षौ पहिले कैद भएका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के गरुँ

~सुरेन्द्र देवकोटा ~ मनमा गहिरो, चोट छ के गरुँ नफूल्ने नफल्ने, बोट छ के गरुँ । रहर त छ नि, छलाङ मारौं भन्ने कुर्सीमा पुरानै, कोट छ के गरुँ ।

Posted in गजल | Tagged | Leave a comment

गीत : लुक्न चाहन्न

~बिना तामाङ ‘सुनगाभा’~ आफैंलाई छल्दै व्यर्थै लुक्न चाहन्न स्वाभिमानी बन्धक राखी झुक्न चाहन्न आफ्नो स्वार्थ पूरा गर्न जिन्दगीमा बेचिएर अहँ कहिल्यै चुक्न चाहन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : प्यारो छ नेपाल

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ धान र गहुँ तराईमा झुल्ने प्यारो छ नेपाल पहाडी पाखा गुराँस फुल्ने प्यारो छ नेपाल मोती झैँ लहर मिलेका पंति स्वच्छ र कन्चन चाँदनी जस्तै हिमाल खुल्ने प्यारो छ नेपाल

Posted in गजल | Tagged | Leave a comment