Author Archives: Editor

स्रष्टा परिचय : गोविन्द वर्तमान

~राजव~ गोविन्द अधिकारी ‘गोविन्द वर्तमान’ (२ चैत २०१७ – ५ कात्तिक २०६९) भएको खाली सोख र फेसनको कुरा थिएन। यो नामबाट नेपाली साहित्यमा सार्थक हस्तक्षेप गर्नुथियो, उनलाई। उनको काव्यकर्म कवि हुने सोखबाट मात्र प्रेरित थिएन। निरंकुश राजनीति र त्यसले सिर्जना … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कविता : शब्द फूल

~भिम बहादुर थापा~ नचिने नि आज चिनेर तिमीलाई नबुझे नि आज बुझे झैं तिमीलाई स्वागतको यो एक शब्द फूल। ** बिर्सिए नि आज संझेर तिमीलाई ओइलिए नि आज सजल तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रापितकाल

~विप्लव प्रतीक~ तुइनले काटिएको डुंडो हात लिएर राजमार्ग पारि नदीले बारेको गाउँबाट नियाल्दै बसेकी छ एउटी किशोरी पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई। परिवारले काढेको ऋण तिर्न अब पर्दैन जानु अरूको खोपीमा घरकै सुरक्षा घेराभित्र, कुलीन कहलाइनेहरूको बाहुपाशमा किचीमिची हुन पाउँछन्

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बडा दशैं

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो । हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।। राजारंक समान हर्ष विधिले श्री देव माता महाँ । सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : लाचार नबन

~रामचन्द्र कार्की~ देशका लागि केही गर लाचार नबन, जन्तालाई दुखी पार्ने समाचार नबन । शासन गर्ने पापी भए देश नै डुबाए, रक्सीसँग खान मिल्ने अचार नबन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : दाऊ दाऊ दाऊ

~कोइँचबु काःतिच ‘उत्तम’~ दाऊ दाऊ दाऊ कलो कलो कलो च्व् च्व् च्व्…! तर्सिएका आस्थाका पर्खालहरू लगलग कामेर आँत्तिदाखेरी बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी, का˜तीच पोइँबो सानेलाई । दाऊ दाऊ दाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : भन वृन्दा त्यसपछि के भयो !

~साम्ब ढकाल~ भन वृन्दा त्यसपछि के भयो ? पहेँलपुर तोरीबारीमा हावा बयेली खेलिराखेका छन् कि छैनन् तिमीलाई मैले पठाउने चिठीका अक्षरजस्ता चराहरू ..माथि आकाशमा लामबद्ध उड्छन् कि उड्दैनन् बाले रुन छाडे कि छाडेनन् भन वृन्दा त्यसपछि के भयो ? भाउजू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अमृत फल्ने सञ्जीवनी

~स्मृति ढकाल~ बलिदान माग्दै नियतिले छल्दैछकि जस्तो लाग्छ नेपालको शिर सगरमाथा ढल्दैछकि जस्तो लाग्छ रणभूमिमा देखेँथे गोली खाएको बुद्धको लास बचाउ-बचाउ भन्दै आर्यघाटमा बल्दैछकि जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : घनश्यामलाई चिठी

~नेत्रबहादुर कुँवर ‘अशोक’~ घनश्याम ! गाउँ रित्तिएको छ मालीले बोट बिरुवा अन्तै सारेपछि बगैँचा रित्तए सरि खाली खाली छ शून्य शून्य छ तिमी जन्मिएको गाउँ तिमीले भन्ने गरेको तिम्रो प्यारो जन्मभूमि । नयाँ समाचार भन्नु पर्छ तिम्रा लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : गल्ती भन या भूल गरें

~पुष्पा खनाल~ गल्ती भन या भूल गरें जे गरें मैले माया गरें तिमीलाई केवल तिमीलाई दुई मुटु एउटै बनाउने पराईलाई आफ्नो भनाउने सृष्टिको वर हो माया ईश्वरको घर हो माया

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यासी छ यो मन

~गणेश पुर्बछाने मगर~ उदायो घाम चढेछ बादल गोधुली साझमा फर्केर आउलाकी?? जुझ्यो आखामा आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : छोड अब कलम बोक्न

~संजु रायमाझी~ छोड कलम बोक तलबार देसै नभए केको घरबार ! आफ्नो गर आफै रखबार तोड अब पराइको छेकबार !!

Posted in कविता | Tagged | Leave a comment

गजल : मैले बोलाएको हैन

~कृष्ण पौड्याल~ वास्तवमा मैले बोलाएको हैन। भोली भोली भन्दै भुलाएको हैन॥ थिएन गन्तव्य अधुरो यात्राको। स्वार्थ पुरा गर्न डुलाएको हैन॥

Posted in गजल | Tagged | Leave a comment

छोक : कवि

~विमला तुम्खेवा~ शहरबाट चुपचाप हरायो हरायो सँगै उसको इतिहास। त्यस दिनदेखि मैले गीत सुन्न छाडिदिएँ गाउन थालें आफ्नै गीत।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिजुली निभेको रात

~बसन्त गौतम~ अस्तित्वहीनझैं लाग्छ- डराएर लुकेजस्तो कसैको कर्कश आदेशमा लत्रिएर झुकेजस्तो चारै सूरमा लहर लागेर विपत्ति र पिडाले ढुकेजस्तो अन्धकारको भारले थिचिएर पाईलाहरु रुकेजस्तो, यो बिजुली निभेको रात

Posted in कविता | Tagged | Leave a comment

गजल : थापिरहेछ

~शीतल कादम्बिनी~ ऊ आशीर्वाद सम्झेर थापिरहेछ थाहा छैन उसैलाई सरापिरहेछ खुब फस्टाएको छ प्रेमको व्यापार आजकल कतै जोखिरहेछ, कतै नापिरहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी भरीलाई

~यमूना घिमिरे~ कता कता आजमलाई नरमाइलो लागेछ समातेर राख्न खोज्छु तरङ्गनै आउछ धर्तीवारी, धर्तीपारी अन्धकारले छायो प्रकाश भन्ने प्रतिबिम्व बोलाउदै गयो अतित लाई लिन खोज्छु बर्तमाननै आउछ

Posted in कविता | Tagged | Leave a comment

डा. हेमनाथ घिमिरेका एघार हाइकुहरु

~डा. हेमनाथ घिमिरे~ शीतको थोपा गुलाफको फूलमा मेरी प्रेयशी । सधैँ हँसिली लालुपाते फूलेझैँ मेरी संगिनी ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : आमा

~श्रवण मुकारुङ~ छोरी! जब तिमीले जानैपर्ने भयो स्कूल तिम्रो हात समाउन आयो ऊ पुर्‍यायो उसले स्कूलको ढोकासम्म र आफ्नो काँधबाट झिकेर दियो तिमीलाई झोला र टिफिन। फर्किने बेला फेरि पुग्यो ऊ त्यही ढोकामा

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बज्जि गणराज्यको अभिनन्दन

~शीतल गिरी~ यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो । बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : हाँसो चिरेर छाती यो !

~रवि प्राञ्जल~ कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो ! सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो । उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा, गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : के भुल हाम्रो

~सुमित सुबेदी ‘प्यासी’~ लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो । तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।। तिम्रो मेरो आँखाहरु, ईशाराले बोल्दा खेरी, दुबैको ओठ अनी नजिक, पर्दा के भुल हाम्रो ।। तिमीलाई मैले अंगालोमा, भर्दा के … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : नसोध मलाई

~राकेश कार्की~ माया तिमीले छोडेपछि नसोध मलाई बाचा कसम तोडेपछि नसोध मलाई म त त्यहीँ छु जस्ताको त्यस्तै छु अर्को जिन्दगी ओडेपछि नसोध मलाई

Posted in गजल | Tagged | Leave a comment

कल्पना पौडेल “जिज्ञासु”का तीन देशभक्ती मुक्तकहरु

~कल्पना पौडेल “जिज्ञासु”~ १ दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधन तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ २ क्रान्तिको नारा घोक्दै मसाल बोक्ने हात … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : बर्सियो अबिरल झरी

~रश्मिला कवाङ~ बर्सियो अबिरल झरी ,छाता लिएर जाऊ तिम्रो मेरो मायाको खाता लिएर जाऊ तिमी भन्छौ मतलब छैन यो दुनियाँको त्यसैले दियका चोटको ताता लिएर जाऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी कहाँ गयौ प्रिय?

~श्रृजना क्षेत्री~ सिँगो मेरो आत्मा जलाई तिमी कहाँ गयौ प्रिय? छाती भित्र पिड़ा फलाई तिमी कहाँ गयौ प्रिय? छटपटिदै छु अझै पनी पिड़ा खप्न नसकी बेहोशि मै छुरा चलाई तिमी कहाँ गयौ प्रिय?

Posted in गजल | Tagged | Leave a comment

गीत : कति मान्छे बाँच्छन् यहाँ

~भावेश भुमरी~ कति मान्छे बाँच्छन् यहाँ आफूभित्र मरीमरी तिनै मान्छे किन यहाँ बुद्ध बन्छन् घरिघरि चढ्न भन्छन्. मान्छे भेट्न भीरैभीर मनको डाँडा मलम भन्दै राखेका छन्. मनकै छेउमा काँडैकाँडा, छ्याप्छन् हिलो अरूतिर नयाँ ठाउँ सरीसरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

शान्तिनारायण श्रेष्ठका नौ हाइकुहरू

~शान्तिनारायण श्रेष्ठ~ आफ्नै बागमा फूल बेली-चमेली दृष्टि अरूमा माया पिरती अन्तैतिर जमेसी हेला घरकी पानी मूलको खानु अनि ल्याउनु

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~अशोक राई~ शताब्दी अघि तन्त्रको विरुद्धमा ज्यान फालेकै हो तिम्रो बन्दुक मैले मेरो काँधमा राखेकै हो तन्त्र गयो तन्त्र नै आयो सबै तन्त्रमा आखिर तिमी नै त रहेछौ म चाहिं तिम्रो ऐनमा उर्दीहरुमा सडकमा ।

Posted in कविता | Tagged | Leave a comment

गीत : जीवनको उषाकाल

~मणिराम जोशी~ जीवनको उषाकालमा गीत बन्यौ तिमी चोट थप्ने जीवनमा मीत बन्यौ तिमी पाइराखुँ तिमीलाई यही सोच्थेँ म त सधैँ हार्ने जीवनमा जीत बन्यौ तिमी तिम्रो याद हिजोआज भोलि पनि होला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमी र ऊ

~रामविक्रम थापा~ औंला ठड्याएर चिच्याउँदै माइकमा तिमी हिजो भन्थ्यौ ः “यदि ऊ आयो भने- यहाँ, आकाश खस्नेछ यहाँ, धरती फाट्ने छ सगरमाथा ढल्ने छ समुद्र दनदनती बल्नेछ नदी टक्क अडिनेछ”

Posted in कविता | Tagged | Leave a comment

छोक : स्वाद

~राजव~ कविताको स्वादमा म चपाइदिन्छु सब गद्यहरू म निल्छु कविताको स्वादमा कटुवाणीहरू, झुठहरू

Posted in कविता | Tagged | Leave a comment