Author Archives: Editor

कविता : भोग्नु पीडा भोगेपछि

~ललिता ‘दोषी’~ भोग्नु पीडा भोगेपछि तिम्रो मायाको अर्थ के ? मुटु जल्नु जलेपछि तिमी फर्कनुको अर्थ के ? भैगो जाऊ टाढा कतै आँखाहरूमा नछाऊ सुकिसकेका परेलीलाई

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : पागल

~कुमार काफ्ले~ -मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन। -महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो। -छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

संस्मरण : महाभोजको महामजा !

~केदार शर्मा~ आफूले व्यग्रतापूर्वक पर्खेको उत्सवका दिनमा को खुसी नहोला ? ‘राष्ट्रिय महाभोज २०६८’ नजिक आउँदै गर्दा म साँच्ची नै उत्साहित थिएँ । पेट हल्का र मन चङ्गा भयो भने भोजको मजा दोब्बर हुन्छ भत्रे थाहा थियो । त्यसैले तीजमा ब्रत लिनुअघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो कविता पर्वाहा गर्दैन तिम्रो

~विमल निभा~ कुनै पनि बेला ममाथि राजद्रोहको मुद्दा चल्न सक्छ काला गँड्यौलाहरु पिछा गरिरहेछन् मेरो अन्तर्राष्ट्रिय कालाबजारीको कुहिएको आलु र प्रधानमन्त्रीको ताजा भाषण

Posted in कविता | Tagged | Leave a comment

कविता : चे ग्वेभारा तिम्रो हत्यामा

~बिमल गुरुङ~ खुसाएका छन्, चे ! तिम्रो हत्यामा पृथ्वीका ईश्वरहरु खुसाएका छन् । तिम्रो हत्यामा नेविन र निक्सनका कोमल पत्नीहरु खुसाएका छन् । खुसाएका छन् तिम्रो हत्यामा निक्सनका चटारिएका नक्कली छोरीहरु खुसाएका छन् । मरे पनि तिमी करोडौं करोडौं दासहरुले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~कुन्दन काफ्ले~ तिमी फूल बनेर फूल, तर वास्ना भर्न नभूल । तिमी जून बनेर खुल तर ज्योत्सना छर्न नभूल । तिमी दियो बनेर वल तर ज्योति फैलाई नगल ।

Posted in कविता | Tagged | Leave a comment

कथा : म……… जेठी छोरी

~राम श्रेष्ठ~ (आज अमृत १ बर्ष पुरा भएको छ…… र उसको जन्मदिन धुमधमले मनाइरहेको छन उनको बाबु-आमा….. तर अमृतको दिदी “अनिता” अहिले सम्म स्कुलबाट फर्केर आएको छैन….) (स्कुलको बगैचामा………) “ए अनीता, किन घर नगई यहाँ खेलेर बसिरहेकि हँ ” -सुशिला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खै ! के भएको हो यो समयलाई

~दिनेश अधिकारी~ म ग्राहक छु त्यस अखबारको त्यसैले हिजो जस्तै आज पिन ढोकाअगाडि छोडेर गएको छ वितरकले त्यसको नयाँ अंक र भुइँबाट त्यसलाई टिप्नुपर्ने एउटा परिस्थितिको बीचमा म घोरिएको छु अखबार मेरा अगाडि छ

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : जिउँदो मान्छेको करामत र यमराज

~अज्ञात~ एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : नदीकिनारमा

~बालकृष्ण पोखरेल~ ‘धत् ! तिमीसँग बिहे गर्दिनँ।’ ‘के भन्छे यो ? नुहाउन थालेको तीन महिना भैसक्यो ! बिहे नगर्ने रे ! मजस्तो राम्रो तन्नेरीसँग गर्नैपर्छ बिहे।’ ‘राम्रो भएर के गर्ने ! तन्नेरी भएर के गर्ने ! ऐलेसम्म चारौटी फेर्‍यौ। नाईँ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : फूल भए जिन्दगी

~प्रमोद ढुङ्गाना~ फूल भए जिन्दगी देउतालाई चढाइदिन्थें कागज भए यो जिन्दगी सलाई कोरी जलाइदिन्थें जिन्दगी यो के भो के भो आफैंलाई थाहा छैन छातीभित्र मुटु चल्छ तर कुनै चाह छैन खोटो मोहोर भए जीवन झुक्याएर चलाइदिन्थें

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बसुधैब कुटुम्बकम्

~सोम खनाल~ लुङ्गा, रोआ, दोस्त, पासा:, संगी, सखी मीत एक्लै हैन, मिली गाउं ऐउटै राष्ट्र गीत हैसे गरौं, होस्टे गरौ, मिलाऊ सबले हात बिद्वेषलाई मिल्काई दिऊं आजै मन बाट । एउटै बाटो, एउटै घाट, एउटै घारा पानी उस्तै दु:ख, उस्तै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मन्त्रीको प्रेम

~श्याम साह~ “मन्त्रीज्यू, यो भट्टीलाई पनि काठमाडौं लैजानु प-यो !” भन्ने मानिस आफैं नशामा धुत् थियो । सँगैकाहरूलाई आँखा झ्म्क्यिाएको देखाउन उसले पूरै टाउको हल्लायो । सबै खित्का छाडेर हाँस्न थाले । तर मन्त्री हाँसेन । उसको मुहार झ्न् गम्भीर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तित ती नामहरू

~आचार्य प्रभा~ ‘यार ! ज्यादा आदर्शवादी नबन् न । मौका भन्ने कुरा सधैं आउँदैन । आज बल्ल जवानीको यो पलमा आएर जिनालाई भेट्ने मौका पाउँदैछस् के लाछी भएर डराउँछस् नि ?’ यसरी वैभवलाई उक्सायो उत्तमले । त्यसैमा थप्यो उदेशले । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मृत्यु

~पारिजात~ धेरै अघि एक साँझ चराहरू निन्याउरा भएर हाँगातिर बसिरहेको बेला घरका समस्याहररूले पिल्सिएर आफै पनि झोक्रिएर बसिरहेको बेला मलाई एउटा कविता लेख्न मन लागेको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : बा, मकै र शान्ति

~कमल कुमार~ ४७ सालतिर एकाविहानै भोटे कुकुर डोर्याउँदै दैलोमा आएका गाउँका ठूलाबाले भनेका थिए ‘बहुदल आयो’ सानै थिएँ म सोधेँ कुकुरको नाम भने ठूलाबाले ‘माले’ बासँगै मकै गोडिरहेको मलाई भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए

Posted in कविता | Tagged | Leave a comment

कथा : वास्तविक परिचय

~नवराज पोखरेल ‘पाखेली’~ मैले उसलाई पहिलो पटक पशुपतिनाथ को मन्दिर मा भेटेको थिए ! “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!” उसले अनुरोध गरेको थियो मलाइ पहिलो पटक पत्रिका किनिदिन ! मेरो जागिरको पहिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : कविता मोह

~रोशन खड्का~ कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखुँ लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केहि सम्झनाहरु मात्र छन् । जसलाई यसरी लेखिरहेछु । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : त्यस उप्रान्त

~राजव~ सब दुःखहरूको निवारण हुनेछ क्रान्तिले सुख ल्याउनेछ सबलाई आश थियो, त्यस्तै हुनेछ । त्यसउपरान्त ठालू कोही हुनेछैन हरेकको हक बराबर हुनेछ त्यसउपरान्त सुखी हुनेछन् नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवान माथी मुद्दा

~स्मृती रानाभाट~ ए मान्छेहरूका प्रिय भगवान , तिम्रा अनगिन्ती भक्तका लस्करालाई चिरेर मलाई त तिमी माथी एउटा केस हाल्न मन छ तर मेरो मुद्दा कस्ले लडिदिन्छ खै ? अदालतको कठघेरामा , पापका साङ्लेबारहरु भित्र पस्चतापको आगोलाई पर राखेर गुराँसको मुस्कान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सहर

~अरुणबहादुर खत्री “नदी”~ अचेल यो सहरमा मोटरहरू अन्धाधुन्ध गुडिरहेछन् सडकका पेटी पेटीहरूमा माग्नेहरू कचौरा तेर्छयाएर पैसा मागिरहेछन् तमाम् आमा र श्रीमतीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, म त्यही हुँ

~प्रणिका कोयु~ हो म त्यही हुँ कहाँ-कहाँबाट कसरी-कसरी कुन पला बत्तिएर आउने हावा-हुण्डरीले उडाउने हो म त्यही हुँ असिना नचाहिने चुरचुर भएर चुटिनको निम्ति हो म त्यही हुँ सबैले देख्ने काँच

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : मुखालफा

~मनोहर काफ्ले~ भुत भूतको बारेमा पनि डिउटी मा रहदा साथीहरुमाझ धेरै कुरा कानी हुने गर्दथ्यो । कोहि साथीहरुले भुत नै देखेको र अरु कोहि कोहि ले भने अनुभव सम्म गरेको सुनाउथे । यस्तो कुरा सुनाउनेमा कति साथीहरु त अर्कालाई डर … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

गजल : कटान जलेछ !

~सुरेन्द्र खौलराठी~ जलेछ कञ्चनपुर कटान जलेछ ! मेरो यादमा उनको सिरान जलेछ ! जलेथें कुनै दिन म एक्लै जहाँ, आज त्यहाँ उनको खानदान जलेछ !

Posted in गजल | Tagged | Leave a comment

कथा : पुतलीको फखेटामा बसेको पृथ्वी

~मनोज बोगटी~ जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌। मैले माकुराको जालो हटाइदिएँ। ‘तिम्रो नाम के हो?’ ‘मिसुजा।’ ‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ। ‘मिसुजा नै हो।’ ‘पक्का?’ ‘पक्का।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूप र गुण

~ध्रुब सापकोटा~ ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एकलव्य साधकको सजीव कृति

~निर्मोही व्यास~ संस्मरणकार राम पराजुली सिन्धुपाल्चोकको अनकन्टार गाउँमा जन्मी, हुर्की कलकलाउँदो नवयुवाकालमा तराईको निजगढमा बसाइँ आएका हुन् । उनी स्वाध्ययनका भरमा साहित्य–सृजनमा एकलव्य भावले समर्पित प्रतिभा हुन् । सरलता, विनम्रता र हार्दिकताका त्रिवेणी वा नुन–चिनी–पानी व्यक्तित्व हुन् । कहिल्यै कसैको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : सफल निबन्ध लेख्दा हेक्का राख्नु पर्ने छवटा बुँदा

~मोहनराज शर्मा~ सफल र सार्थक निबन्ध लेख्ने क्रममा विशेष ध्यान राख्नु पर्ने छवटा बुँदाहरू छन् । प्रत्येक बुँदा र त्यसको खोलुवा तल दिइएको छ : १) मूल वस्तु : बीज विचार—सर्वप्रथम निबन्धको मूलभूत वस्तु वा वस्तुहरूको निर्धारण गरी तिनको यथासम्भव … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : तुइन – गुमाउनेका कथा

~किरण दाहाल~ बाँकी नेपालले कर्णालीलाई चिन्ने भनेको नुन र चामलको अभावले हो । झाडापखालाले त्यहि कर्णालीलाई सताउँछ, नुनको ढिक्का र ‘चावँल’को गेडाले त्यहि कर्णालीलाई सताउँछ । औषधीको गोली, खडेरी र अनिकालले पनि त्यहि कर्णालीलाई सताउँछ । समग्र राज्य ब्यबस्थाले पनि … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सम्झौता

~सुषमा मानन्धर~ ऊ एउटी नवोदित लेखिका। लेख्‍ने उसको कुनै पेशा नभए पनि साहित्यतिर गहिरो अभिरुचि भएको कारणले घरव्यवहारपछि उब्रेका समयमा उसले धेरै लेखेकी छ। आफ्ना रचनाहरुलाई उसले लेख्दै अनि साँच्दै गरेकी छ। अहिले नै संग्रह निकालि हाल्न ऊ सक्दिन। केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्बोधन

~भूमि भण्डारी~ जानेछु साथी एकदिन यी रुमानी सपनाहरु छोडेर नखोलिएको प्रेमपत्र झैं अधुरा चाहनाहरु मसँगै जानेछन् एकदिन धुँवा भएर मेरो अनुपस्थितिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्रको काजी

~गोविन्दप्रसाद आचार्य~ दूधमा डल घोलेर दूधको मूल्य मागियो स्वतन्त्र लोकको तन्त्र आदर्श यही मानियो काने गुजी भरिएका कान छन् लोकतन्त्रका लुटेरा लुट्न दे भन्दै स्वतन्त्र लोकतन्त्रका औषधि क्षति मान्छेको गर्ने भान्से भए यहाँ यति आदर्शको तन्त्र होला अन्त कतै कहाँ

Posted in कविता | Tagged | Leave a comment