Author Archives: Editor

छोक : म भानुभक्त

~भानुभक्त आचार्य~ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया। विद्यामा पनि जो

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पीडाको वन्दना (दुई)

~नाजिक अल मलाइका~ अनुवाद : सुमन पोखरेल किन आउँछ हामी भए ठाउँ यो पीडा? कहाँबाट आइपुग्छ यो? वर्षौँदेखि लडिबुडि खेल्दै हाम्रा सपनाहरूमा सिँगारिरहेछ यसले हाम्रा गीतहरूलाई। तिर्खाएका मुख रहेछौँ हामी र यिनै पीडालाई पिएर प्यास मेट्ने गर्दा रहेछौँ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : उत्कृष्ट कर्मचारी

~अरुणबहादुर खत्री “नदी”~ कार्यालय सहयोगी कर्मचारी धने र श्यामे सधैँ कार्यालय समयमा नै पुग्ने गर्दथे । कार्यालयको छुट्टी भएपछि मात्रै उनीहरु आफ्नो घर फर्कन्थे । उनीहरुले कार्यालयमा गर्नुपर्ने कामकाज इमान्दारीताका साथ पूरा गर्ने गर्दथे । अरु शाखाका कर्मचारीहरुले काममा अनुरोध … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मलाइ लाग्छ!!

~राज आशातीत~ मलाइ याद छ! मेरि आमाको मुहारजस्तै कागजमा जिम्वालको पतित आंखै मुन्तिर जन्मिएका घिनलाग्दा जोर कोठी झैं मेरो बाउको गिंडिएको बुढी औंलाको ल्याप्चे! तिमी,

Posted in कविता | Tagged | Leave a comment

कविता : निद्रित भरिया

~लक्ष्मी प्रसाद देवकोटा~ दश धार्नीको बोझा पिठयूँमा, दोब्री ढाड, तीन कोश उकाली माघको हिउँमा, नाङ्गो हाड ! दुई रुपियाँको ज्यान छ जीउमा हाँक्नु पहाड ! पसिना कालो टोपी धरो छ, धूजा पट !

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना सिवाय

~अमर गिरी ~ सायद म मात्र एक विम्ब हुँ जसलाई कविहरू प्रेमले उन्छन् आफ्ना कविताका हरफहरूमा कविता उड्दै–उड्दै आइपुग्छ मसम्म कुनै दूर देशको पन्छीझैँ म सुमसुम्याउँछु उसलाई आत्मीय भावले

Posted in कविता | Tagged | Leave a comment

कविता : वाल्यकाल

~कृष्णभुषण बल~ सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन् अहिले मेरो आँखाको झ्यालमा पर्दाको प्रत्येक सप्कामा एउटा इन्द्रेणी देखापर्दै हराउँछ आँखाको प्रत्येक झप्कोमा एउटा गुलाफ फक्रँदै ओइलाउँछ कति कमला अतीतहरु जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए

Posted in कविता | Tagged | Leave a comment

गजल : राम खोज्दै छु म

~निर्मला अवस्थी~ आजभोली साँझ-बिहान राम खोज्दै छु म जीवनको रथ हाँक्ने श्याम खोज्दै छु म।। पाप धर्म के के गरें कता बढी भयो बहीखाता भित्र आफ्नो नाम खोज्दै छु म।।

Posted in गजल | Tagged | Leave a comment

कविता : वर्तमान, समय र म

~धनकुटे कान्छा~ समयलाई झुन्ड्याउँछु भन्नेहरू आज फेरि फेरिएका छन् बजारका रङ्गीचङ्गी क्यालेन्डरहरूजस्तै र, म, समयले खुद्रा किनेको मान्छे नयाँ क्यालेन्डर झुन्ड्याएर हाटबाट फर्किएको छु समय क्यालेन्डरमा बस्छ भनेर । यतिखेर, शुभचिन्तकहरू शुभकामना बाँडिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कथा : आमाको  मजेत्रो

~मनोहर काफ्ले~ आमा ले मलाई कहिलै ठुलो भएको देख्नु भएन । म ठुलो भैसकेको थिएँ । आमाको नजरमा जहिले पनि म सानो नै थिए । सायद आमाले मलाई कहिलै ठुलो भयेको देख्न चाहनु भएन । ठुलो यस मानेमा कि उचाई, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल, भूमि र तपाईं

~गोविन्द विकल~ फूलमा चमक छ, फूलमा रूप छ, फूलमा सुगन्ध छ तपाईं भन्नुहुन्छ यस्तो हुनु हुँदैन तर । प्रकृतिको संरचना हो यस्तै हुनुपर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

~जीवन आचार्य~ हामी दुवै एउटै बगैँचामा फक्रन लागेका दुईवटा कोपिला थियौँ लाखौँ झारपातहरूको रोदनबीच तिमीले मेरो फक्रन लागेको कोपिला— चुँड्यौ र फाल्यौ। हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो । यसरी म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मन मष्तिष्कमा कपन

~गोपालप्रसाद पौडेल~ मन मष्तिष्कमा कपन करिव १५ वर्ष अगाडिसम्म महांकालको ओरालोवाट उत्तरतर्फ नियाल्दा हरिया फाँटका विचोविचबाट उठेर गोकर्ण सल्लाघारीमा गई निहरिएको भान हुने एउटा लामो थुुम्को नै कपनको प्रथम दृष्य परिचय थियो । पुरातत्वविद डा. सत्यमोहन जोशीका अनुसार कपनको मूल … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : कैले काहिँ रुने

~बच्चु कैलाश~ कैले काहिँ रुने मेरो गीत हराएछ सम्झी सम्झी रुने सम्झना हराएछ मुटुभित्र राखेको माया हराएछ आज मेरो जिन्दगीको छायाँ हराएछ । सकिनँ मैले फूलको पातमा दुई थोपा आँशुले पिरती मेरो लेखन कोर्न टुटेको भाकाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दोषी को ?

~अशोक झा~ रुपा भर्खर १५ पुगेर १६ लागेकी थिइन । घरमा उनका आमा-वाबुबाहेक कोही पनि थिएन । घरको कामकाजमा तल्लिन भएर पनि रुपाको संगितसँग ज्यादै लगाव थियो । उनका मृगजस्ता आँखा र अनारदाने दाँतका कारण ठिटाहरुको मन जित्न सक्ने रुप … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : उत्तर–आधुनिकताका सन्दर्भमा डा. ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यास

~कृष्णप्रसाद कोइराला~ १. लेखक परिचय डा. ध्रुवचन्द्र गौतम (जन्म– २००० : रक्सौल, भारत) नेपाली साहित्यमा नौला–नौला बान्की र विषयका आख्यान सिर्जना गर्ने बेजोड आख्यानकार हुन् । यिनले नेपाली साहित्यका प्रायः सबै विधामा सशक्त रूपमा कलम चलाई उत्तिकै सफलता पनि प्राप्त … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

छोक : तागत

~सुको साइबर~ मैले कोरेको अक्षरको आँखामा तिमी निर्वस्त्र निदाउन सक्छ्यौ मैले उघारेको आँखाको आकाशमा बिनापखेटा रहर पुगुन्जेल उड्न सक्छ्यौ मैले लेखेर बनाएको नलेखेको कागजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरु

~कृष्ण पोखरेल~ आसुको भेल बगाउदै खसम खाने ले .. हाँस्दै हाँस्दै बिदा गरे को पनि त देखियो पाउ भरी माया को भिख माग्ने ले उल्टै दान दिएर हिंडेको पनि त देखियो संखा मानी मानी देउता छुवाएर खसम खुवाउने ले

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई नै पाउन पाए

~के.आर.बिबश राङ्खानी~ यो जिबनको सहयात्री तिमीलाई नै पाउन पाए कस्तो हुन्थ्यो आजै देखी माया प्रिती लाउन पाए यो मन खाने सहयात्री अझैसम्म पाको छैन राम्रो हुन्थियो होला हगी ? सगै-सगै धाउन पाए

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तिम सम्झना

~कृष्ण कट्टेल~ तिमीले अन्तिम पटक फोनमा भनेको याद छ ल राम्रोसँग बस्नुहोला ठूलो मान्छे बन्नुहोला । त्यो अन्तिम फोनभन्दा चार दिन अगाडीको अन्तिम भेटमा

Posted in कविता | Tagged | Leave a comment

अमर त्यागीका दश मुक्तकहरु

~अमर त्यागी~ बिरानो शहरमा बन्धक छन् जीवनका सुखचयन मेरा वर्षा ऋतुको जलकुण्डझैं छचल्किरहन्छन् यी नयन मेरा । परिस्थिति र प्रकृतिनै वेदना र आनन्दका अनन्त स्रोत हुन् वाह ! काँढैकाँढाले बनेका छन् फूलहरूका यी शयन मेरा ।। स्वयंको सुख नमेटेसम्म अरूको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

बाल कथा : बोल्ने गुफा

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा खरनखर नामक एउटा सिंह बस्दथ्यो । एकदिन भोकले आकुल–व्याकुल भएर शिकार गर्नको लागि जानवरहरूलाई खोज्न यताउति भौतारिंदा पनि साँझसम्म कुनै जानवर फेला पार्न सकेन । सूर्यास्त भइसकेपछि उसले कुनै जानवर बस्ने एउटा रित्तो गुफा देख्यो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

Translated Poem : Awaiting a New Nation

~Yuyutsu Sharma~ From the porous ground of a savage slope ravaged by a landslide they watch visitors coming up the hill paths like clouds rushing up through the green folds of mountains to race over the hunger of their huddled … Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

कविता : हेर !

~शिरीष रानाभाट~ हेरन, ध्यानपूवक हेर फर्केर हेर, दायाँबायाँ हेर कस्तो देख्दै रिंगटा लाग्ने भयावह रगतको आहालमा तैरिएका असङ्ख्य लासहरू हेर । मानवीय सम्बन्ध र बन्धुत्वको नाताभित्र आत्मीयता र सद्भावको बन्धन चूँडालेर सभ्यता र संस्कृतिको जग हल्लाउँदा इतिहास खसेर पुरिएका झोपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : रमाउन देउ मलाई

~सोम खनाल~ तिम्रो काखको सिरानी निदाउन देउ मलाई चोखो प्रित को काहानी सुनाउन देउ मलाई दिनै भरि कालो बादल लाग्ने हो की थाहा छैन एउटा सुनको बिहानी रमाउन देउ मलाई । कहीले आयो बालपन कैले गयेछ जवानी नदेखेरै सपनाहरु बितेछ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दिलमा आखिर खोटरैछ

~दीपक कुमार ज्ञवाली~ जीबनको मझधारमा सदा तिमी भन्ने गथ्र्याे एउटा मुटु चुडिकन अर्काे मुटु जोड्नु छ है लहसियौ पराईसंगै आफ्नोलाई टाढा बनाई आफ्नो मान्छे आफ्नो नभै किन हुन्थ्यो पराई आफ्नै

Posted in कविता | Tagged | Leave a comment

कथा : कुठाराघात

~सजना गुरुङ~ हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा “ बचाउ ! बचाउ !! भन्दै चिच्याई रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बोकियो भारी

~दिलिप योन्जन~ बोकियो भारी जिन्दगी भरी, उकाली देउराली सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी सबैको देख्छु हासो खुसी, मैरहेछु अभागी बिताउदैछु नि दुखिया जिबन, आसुले पखाली

Posted in कविता | Tagged | Leave a comment

कविता : असमर्थ राजधानी शहर

~तीर्थ श्रेष्ठ~ घण्टाघर छ समय बताउन असमर्थ धरहरा छ वरिपरिको दृश्य हेर्न असमर्थ रानीपोखरी छ आफैं नुहाउन असमर्थ असमर्थताको यो लस्कर लामो छ

Posted in कविता | Tagged | Leave a comment

मनोवाद कथा : अन्तिम परीक्षा

~प्रकाश गिरी~ मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।  प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, … Continue reading

Posted in नेपाली कथा, मनोवाद / स्वगत | Tagged , | Leave a comment

थारू भाषी मुक्तक : मीठ मीठ गाला मर्ली

~चित्र लक्ष्मी~ पहिल भ्याँटम मीठ मीठ गाला मर्ली द्वासर भ्याँटम निंगारके प्याला भर्ली लौक लौक लौकती रह हमार प्रेमनैया-

Posted in थारू मुक्तक | Tagged | Leave a comment

कविता : हतार

~टंक सम्वाहाम्फे~ हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार कुन्नी के लाई हो हतार थाहा छैन तर पनि हतार छ एकदमै साह्रै हतार छ एकैछिन थकाई मार्ने मौका छैन कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि केहि गरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment