Author Archives: Editor

कविता : बिचरो चरो

~भागवत खनाल~ बिचरो वृद्ध चरो खुला आकाश हेर्दै सुदूर क्षितिजतर्फ आफ्नो गन्तव्य निहार्दै छ अवको भेट को संग कस्तासंग होला त्यहाँ कस्ता होलान पात्रहरु ? अवको बास कहाँ होला ? अज्ञात त्यो तिलस्मी दुनियामा के के होला नियतिले कस्तो कर्तव्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्न पनि पाइँदैन

~मनु ब्राजाकी~ बिर्सिएछु भन्न पनि पाइँदैन । यस्तो जाबो माया अब लाइँदैन । भोकसित साटिएको जुठोपुरा, अबदेखि मीठो मानी खाइँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनका धुन छान्नेलाई

~भुपेन्द्र महत~ आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

Posted in गजल | Tagged | Leave a comment

छेस्का : आजकालका छोराछोरी

~रमेश पल्लव~ स्कूल जाने झोला बोकी भित्र किताब छैन कहिले यता कहिले उता होमवर्क गर्ने हैन निद्रा लाग्छ पढाउँदा कस्तो बोरिङ्ग भाको फिलिमका र मीठा-मीठा कुरा कत्ति आको

Posted in छेस्का | Tagged | Leave a comment

नियात्रा : आरोहणको तयारीमा

~प्रतीक ढकाल~ “माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।” “को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो । “तिब्बती हो रै’छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : पूजा नाटकमा नारी शक्तिको महत्ता

~रामप्रकाश पुरी~ १. अदम्य नारी शक्ति : स्त्रीवादबाट मुक्त रही नारी र पुरुष दुवैको समान गरिमा, काम–पेशा र दायित्वहरूप्रतिको समान मूल्याङ्कन र दृष्टिकोण, केही प्राकृतिक रूपमा भएका व्यवस्थाहरू वाहेक मानवीय विवेक र तजबीजका आधारमा हुने विभिन्न क्षेत्रका व्यवहारहरूमा समान अधिकार, … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : आक्रिशित शहिदगेट

~सबिना सिन्धु~ आँगन भत्काएर चिहान खन्नू कसैको विरोध गरेर उप्काउनू रक्तरन्जित ज्वारभाटा बलि चढाएर कुनै मन्दिरमा घाँटी रगेड्नू उसको फुटाउनू उसको खप्पर च्यात्नू मस्तिष्क र गाड्नू उसका आँखाहरू सुकिला घामहरूका अगाडि कोदालो बोक्नू र खन्नू खाडल

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेश नै फर्कन मन लाग्यो

~बिनोद खड्का~ बन्दुक बोकेर रगतको होली खेल्ने हातहरुमा शान्तिका दूत सुन्दर परेवाहरु देख्दा दूई शव्द कोर्न मन लाग्यो । बलेका टाएरले

Posted in कविता | Tagged | Leave a comment

कथा : पश्चाताप

~कल्पना पौडेज “जिज्ञासु”~ जिन्दगी यस्तै हुँदो रहेछ । आफूले सोचे र चाहे जस्तो कहाँ हुन्थ्यो र ? आँशु, हाँसो, खुशी, दुःख, पीडा, वेदना, तनाव, अनि मिलन र विछोडको सँगालो भनौँ या भोगाइको दोस्रो नाम नै जिन्दगी रहेछ । यही जिन्दगीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सत्यको लडाइँ

~मिथुन “विवश”~ आमा ! हाम्रो लडाइँ सकिएको छैन किनकि अहिलेसम्म पनि सामन्तवादको अवशेषहरू अझै खतम भएको छैन यो देशको नेताहरूले जति भाषण गरे पनि घुस, भ्रष्टाचार, अन्याय, अत्याचार

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू

~स्पन्दन राजा~ १. ‘समकालीन’ शब्दको अभिप्राय ‘समकालीन’ र ‘समसामयिक’ शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । कतै समकालीनका ठाउँमा ‘उत्तरवर्ती’ शब्दको पनि प्रयोग पाइन्छ । समकालीनको तात्पर्य ‘समान, उही वा एकै समय, बेला वा बखतको’ भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार ‘समसामयिक’ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : डाँफेसरि नाँचुनाँचु लाग्छ मलाई

~ध्रुवरत्न तुलाधर~ डाँफेसरि नाँचुनाँचु लाग्छ मलाई लालीगुराँस बनी फुलुँ लाग्छ मलाई तर्राईको फाँटभरि तोरी फुलेझैं असारको रोपाइमा दुःख भुलेझैं

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अपेक्षा तिमीसँग

~रीता खत्री~ आऊ जीवनको चिसो सिरेटो बराबर बाँडौं हामी र एउटा असमान अध्यायको पटाक्षेप गरौं । जहाँ नदेखिउन् असमानताका अप्ठयारा भीर आँसुको धमिलो नदी र परस्पर चिन्न नसकिने

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~मायामितु न्यौपाने~ सिङ्गो जिन्दगी उसले यसरी नै बिताएकी छे चुल्हो र पँधेरोले चिन्छ उसलाई घाँस र दाउराले डाक्छ उसलाई घर आँगन प्रतीक्षा गर्छ उसैको भत्किएको भित्तो र मझेरीले पर्खिराख्छ उसैगरी जसरी पर्खिराखेका हुन्छन् परिवार र पाहुनाहरू

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : एक फन्को कर्णालीको

~भक्तराज जोशी~ नेपालको सबभन्दा विकट मानिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेको कर्णाली अञ्चल हेर्न जाने इच्छा हुँदाहुँदै पनि जान पाइएको थिएन ।  सौभाग्यवश एउटा अति विशिष्ट भ्रमणमा सहभागी भई त्यहाँ घुम्न पाइने प्रस्ताव आउँदा सहर्षस्वीकार गरी भ्रमणमा जान तयार भएँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : घुम्तीमा छेलिँदै जाने दृश्यहरू

~प्रवीण राई जुमेली~ पढिने ऋचाहरू आफ्नै थिए कञ्चनजङ्घाका त्यसको छहारीमा बित्ने समयभरि इतिहासका बग्रेल्ती अलिखित घुम्तीहरूमा दृश्यहरू छेलिँदै जान्थे छेलिँदै जान्छन् दृश्यहरू अझै पनि । किन होला, कञ्चनजङ्घाका ऋचाहरू अब त परिणत भए शोकगीतहरूमा

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली उपन्यासमा जनजाति सन्दर्भ

~डा. धनप्रसाद सुवेदी~ संस्कृतबाट अनूदित आख्यान–उपख्यानहरूबाट नेपाली आख्यानको सुरुवात भएको हो । त्यसपछि जासुसी, तिलस्मी प्रवृत्तिका केही उपन्यासहरू देखा परे । गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) बाट नेपाली ठाउँ र नेपाली पात्रको सुरुआत भयो र जनजाति पात्रहरूको पनि उपस्थिति हुन थाल्यो । यसपछिका उपन्यास जनजातीय … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

अनुभूति : डल्लेखोलाको रचनागर्भ

~परशु प्रधान~ लगभग १६ वर्षपछि मैले यसपालि आफ्नो कथा ‘डल्ले खोला’ पढेँ । म एकैपटक विगतमा पुगेँ अर्थात् पूर्वाञ्चलको यौटा पहाडी जिल्ला खोटाङ पुगेँ । मैले खोटाङ्ग छाड्दा जन्मिएका बच्चाले यस वर्ष एस.एल.सी दिन लागे । पञ्चायती व्यवस्था समाप्त भई … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

खोजपत्र : नेपालका प्रथम ज्ञात कवि अनुपरम

~कृष्णप्रकाश श्रेष्ठ~ नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलव्ध भएका दशौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहि लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनबज्र बज्राचार्यले चाबहिलमा प्राप्त बौद्धचैत्यको … Continue reading

Posted in खोजपत्र, स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : ऐतिहासिक उपन्यास र डायमनशमशेर राणा

~ज्ञानेन्द्र विवश~ नेपाली साहित्यमा ऐतिहासिक उपन्यास लेखनको प्रारम्भ राणाकालीन समयमै भएको पाइन्छ । इतिहाससँग सम्बन्धित अथवा ऐतिहासिक कालखण्डका सेरोफेरोलाई समेटेर लेखिने उपन्यासको आगमन डायमनशमशेर राणाबाटै भएको हो । यसअघि टुकराज-पद्मराज मिश्रकृत रजबन्धकी -१९९६) र रामकृष्ण कुँवर राणा -१९९९) का दर्ुइवटा कृति प्रकाशित … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : महा-भूकम्प जानै पर्छ

~कात्यायन~ भूइंचालो ! हो फेरि एकपल्ट तिमी आउनै पर्छ ! फूलहरू नझर्ने गरी फलफूलका चिचिंडाहरू नझार्ने गरी हो यहि ऋतुमा, जति सक्यो चांडो तिमी आउनै पर्छ ! पैरोले वस्ती नखस्ने गरी बाढीले बालीहरू नबिगार्ने गरी कलिला मनहरू नकठाँग्रिने गरी चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : डर

~यकिना अगाध~ सर्पले टोक्ने बित्तिकै उ बेहोस भएका कारण घरका मान्छेहरुले हतार हतार सर्पदंश उपचार केन्द्रमा पुर्यायो । केही समयको उपचारपछि निको भयो र घर फर्कियो । केही महिनापछि घरको पींडिमा बसेर सबैजना गफिरहेका थिए । त्यहीबेला अलिपर एउटा ठूलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बन्धन

~शान्ति प्रियवन्दना~ अगाडि बड्छन तर गन्तब्य नपुग्दै रोकिन्छन् मेरा कदमहरू जुट्दाजुट्दै तोडिन्छन् रङ्गीन बन्दाबन्दै हराउँछन् सधैजसो मेरा सपनाहरू अन्तरसंवादमै रूमलिन्छन् प्रत्येक पटक मेरा तन्द्राहरू ।

Posted in कविता | Tagged | Leave a comment

किराँती लोक कथा : हाङ्छा

~सङ्कलन : निराजन बतास~ सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पौराणिक बाल कथा : वणिक्पुत्र

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सागरदत्त नामको व्यापारी बस्दथ्यो । उसको छोराले बजारबाट एक सय रुपियाँ मोल पर्ने एउटा पुस्तक किनेर ल्यायो । त्यस पुस्तकमा लेखिएको थियो– प्राप्तव्यमर्थ लभते मनुष्यो, देवोऽपि तं लङघयितुं न शक्त: । तस्मान्न शोचामि न विस्मयो मे,यदस्मदीयं … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : ग्रामीण कृषी सडक

~एम सि सुमित~ गांपरिषदपछी स्काइभेटरले ग्रमीण कृषी सडक खन्दै भिरालो पहाडी गांउ छिया-छिया चिरेर सडक आयो। निर्दोस गांउमा राक्षेस जस्तो स्काइभेटर फुलिरहेको तोरी

Posted in कविता | Tagged | Leave a comment

गजल : खप्पिस मानिन्छन

~मौसमजी भण्डारी~ कोहि उल्टो बोलेर खप्पिस मानिन्छन रातदिन धोकेर खप्पिस मानिन्छन हुलमुलमा सद्दे देखिने नारद हरु कुरा बडा पोखेर खप्पिस मानिन्छन

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो आफ्नै कथा

~विनय रावल~ जाडोमा— आङमा— एक धरो लुगा नहुँदा पेटमा— एक मुठी अन्न नहुँदा बस्न— एउटा सानो ओढार नहुँदा एउटी स्त्री एउटा सानो बालकलाई काखमा गुटमुट्याएर आँखाबाट सधैँ–सधैँ बलिन्द्र आँसु झारिरहन्थी र, कहिलेकाहीँ

Posted in कविता | Tagged | Leave a comment

कविता : के यही हो जिन्दगी ?

~लक्ष्मण नेवटिया~ चपाउनु मज्जाले दुई छाक ढुक्कसँग, कमाउनुमा लाग्नु नुन देखि सुन सम्म, श्वांसको उकालीओरालीमा अल्मलाउने, जीउलाई खाना पचाउने भाँडो बनाउने, के यही हो जिन्दगी? अल्झिने सांसारिक राप र तापमा, कहिले सुखदुखको प्राप्त अप्राप्तमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रपुर

~राजेन्द्र शलभ~ भद्रपुरमा अलिकति कारिन्दाहरू छन् त्यो भन्दा बढ्रता हाकिमहरू छन् अलिकता उद्योगधन्दाहरू छन् त्योभन्दा बढी नेताहरू छन् केही स्कूल र कलेजहरू छन् त्योभन्दा बढी भट्टी पसलहरू छन्

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Stone Age

~Shubhalaxmi Lamsal~ Trans : Suman Pokharel I live the Stone Age and seek the fire for living by striking the pair of palaeoliths. I get cactus to bloom, by carving my existence right on stone, and, I die a multiple … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : चुप

~बद्री पलिखे~ पख । नानु सुतेको छ हल्ला नगर— चुप । परीकथा, भूतप्रेत र दन्त्यकथा भन्दै थपथपाउँदै/गीत गुनगुनाउँदै लट्ठी र हाउगुजी देखाएर बल्ल–बल्ल नानुलाई सुताएकी छु,

Posted in कविता | Tagged | Leave a comment