Tag Archives: नेपाली कविता

कविता : हे नेपाली युवाहरु

~सुवास श्रेष्ठ~ हे नेपाली युवाहरु उठौ अब जाग्नुपर्छ संसारभरि शान्तिको बिउ छर्नतिर लाग्नुपर्छ। जोस जाँगर लगाएर सुतेकालाई जगाएर समाजका कुरिती र विकृतिलाई भगाएर। जुटौ अब विकासको शिखरतिर ताक्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : झुसिलकिरा

~रमेश खकुरेल~ झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर । खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।। अनगिन्ती हात गोडा कहाँ के के समाउँछ बगैंचाको हरीयोमा राज … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : काफरे अमेरिका

~मनोज बोगटी~ डराउँछ अमेरिका।, बॉंसघारीमा लागेको आगोदेखि डराउँछ कुनै उत्सवमा आकाश च्यात्दै पड्किने रकेट पटेकादेखि डराउँछ। एक बटुको अँध्यारोदेखि डराउँछ अमेरिका। जब मजदूरको टिपिन खोेलिन्छ र निस्किन्छ डड़ेको रोटी अमेरिकाको सातो जान्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्पर्क

~विक्रम सुब्बा~ धेरै भयो शहरमा… चप्पल जुत्ता पहिरेर मात्र हिँडेको र पाइतालाको धर्तीसँग सोझो सम्पर्क टुटेको गाडी चढेर मात्र यात्रा गरेको र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको पाइपबाट आएको पानी खाएको र धाराको सङलो पानीसँग प्यासीको सोझो सम्पर्क टुटेको धेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई म मरिसकेको थाहा छ

~आनन्द श्री श्रेष्ठ~ मलाई म मरेको थाहा छ, घिटी – घिटी बाँचेकै थिएँ मरे पनि हाँसेकै थिएँ कहिले अरूको रगत पिएर कहिले कृत्रिम स्वासको सहारा लिएर आफ्नै आयू लम्ब्याएकै थिएँ किनकी म मरिसकेको थिएँ हो मलाई थाहा छ म मरिसकेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो म दमिनी हुँ…

~रुवी पारीयार~ पुर्खा को रगत, नेपाली जगत, कहिले हासो रमाउदै बस्ने, कहिले आशु सहदै बस्ने, म एक दमाई कि छोरी हुँ.. हो म दमिनी हुँ.. मलाई दलित देख्ने तेरा बाजे दलित… तेरा पुर्खा दलित… तेरो सोच दलित… तेरो भावना दलित… … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयास

~बिष्णु ढकाल~ किन आतिन्छौ जीवन अहिले बगर भयो त के भयो ? रात परेपछी अँध्यारोमा तिनै बगरमा मोति भेटीन्छन् , कुनै दिन तिमीलाई घृण गर्ने ति मान्छे हरु, तिम्रो बगैचामा फुल्न आउने छन् । सबैकुरा भुलेर हाँस्न सीक, हेरत ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एकान्तमा म – एक प्रिय प्राप्ती

~बिबश बिप्र~ झुन्डिएर भित्ताका काँटीहरुमा खुइलिएको आकाशको एक भाग जस्तो लाग्दोरहेछ – सिलिङ्गतिर हेर्दा । अब आसनको बदली हुनुपर्छ घोप्टिएका काँचका गिलासहरु ठडिनुपर्दछ । म आफ्नैं छाँयाको भूकाइ खेप्न – यत्ति आत्तुर किन छु ?

Posted in कविता | Tagged , | Leave a comment

कविता : देश

~स्वामी सुभाष चन्द्र~ देश बिरामी छ अस्तिनै बाट नेताहरूले वास्ता नगरेरै हो आँखाले देखेनौ या मनले चिनेन देश सानो छ सुन्दर छ अँ हँ मतलब छैन नेताहरूलाई देउतालाई बाहिरबाट पनि दर्शन गर्न सकिन्छ तर नेतालाई मूर्ति नै अँगाल्नु पर्ने अजिब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा केकको कथा

~संजीवन महर्जन~ एक दिन पिताजीले घरमा एउटा केक ल्याउनुभयो त्यो केकमा चकलेटको एउटा फूल थियो चीजको पनि एउटा फूल थियो केही चेरी थिए केही स्ट्राबेरी थिए साँझपख

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~स्वेच्छा राउत~ ए प्रेम किन खोज्छस् रेस्टुरेन्टको महङ्गो बिल? सक्छस्,आफ्नै भाउ बढा तेरो नाममा नक्कली प्रोडक्ट सस्तोमा बेच्नेको बिगबिगी छ। प्रेम, मेरो अनुरोध तँलाई नखोज सुन्दर अनुहार र सुनको हार कालो कोइलीको स्वर सुनेको छस्? क्या स्वच्छ अनि सफा

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो दिनको कुरा

~राममणि पोखरेल~ त्यही दिनको कुरा, आवाज नभएको दिनको कुरा भेला हुन नपाएको दिनको कुरा हामीले आफूलाई नागरिक भन्न नपाएको दिनको कुरा म यतिबेला तिमीलाई सम्झाइरहेछु÷त्यही अन्धकारजस्तो दिनको कुरा हो, त्यही हामीले खेपेको पुरानो दिनको कुरा । कति अँध्यारो थियो रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐ पुजा नानु

~सुनिल घिसिङ~ जाउ नानु तिम्रो आफ्नो बाटो जाउ स्वर्ग र नरकको दोभानमा बसेर रुदै रुदै पापी धरतीलाई फर्की फर्की नहेरेकै जाती तिमी जन्मिनु नै बोझ भएछ जन्मेर छोरी हुनु नै गल्ती रहेछ खोइ त तिम्रो विक्षिप्त मृत शरिरको आडैमा शोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रृखलीत फेसवुक

~गिरिराज बाँस्कोटा~ श्रृखलीत फेसवुक मैले request गर्नु तिमिले सहजै accept गर्नु जीन्दगीको नविनतम श्रृखला विनिर्माण www.facebook.com को तरेलीमा search गर्दै गर्दा प्यासले लोलाए जस्तो profile picture देखेर कता कता आफुजस्तै देखेछु रत request गरे रत तिमि मेरो दुँनियामा आर्लीयौ comment … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ​आँठो

~हिरामणि दुःखी~ फेरि आँठो लाग्यो मार्क्सको बारीमा । … … थुम्काथुम्की बनाउनु थुम्कोमाथि सानो कटेरो हाल्नु कटेरोको मालिक बन्नु रैतीहरु जम्मा पारेर नयाँ श्रीपेचधारीको घोषणामा सहिछाप लगाउनु नियति बनेको छ मार्क्सको बारीमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कसलाई?

~बिबेक पौडेल~ सुन्दर मेरो देशमा राक्षसको भेषमा बलि खोज्छ दानब रक्तकुण्ड ढेसमा। शोकाकुल देशसंगै टाउकेहरुको बेगसंगे कुद्यो हेर दानब कालरात्रि मेघसंगे। उग्रचंदी बाहन मस्तिस्कमा रावण दानबको सहरमा पिचासे छ पवन।

Posted in कविता | Tagged | Leave a comment

कविता : साला काठमाडौंमा केही पनि छैन

~रुद्र ज्ञवाली~ छन त छन् काठमाडौंमा हवेली र आलिसान महलहरू दरबार र सुपर मार्केटहरू पाँचतारे होटेल र रेस्टुरेन्टहरू पाँचतारे अस्पताल र नर्सिङहोमहरू पाँचतारे स्कुल र कलेजहरू डिस्कोथेक र क्यासिनोहरू रात्रिक्लब-सिनेमाहलहरू पार्लरमा रि-कन्डिसन अनुहारहरू भाडाका व्यावसायिक मुस्कानहरू तँलाई लाग्ला साइँला जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नफुलेको कोपिला

~कृष्ण श्रेष्ठ~ कल्पना, सपना अनि भावनामा गुजुल्टिएका मनोभावका लहरो, मनको ढुक-ढुकीले तान्यो, तानिरह्यो….. अनि गर्ज्यो बज्रपातका पहरोहरु हाम्रा मायाका कोपिलाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुसाइड नोटमाथिको जीवनबोध

~रामप्रसाद प्रसाईं~ To philosophize is to learn how to die.* को प्रस्तावनाले समग्र जीवनको लक्ष्य मृत्यु# अनि फेरि अमृत्यु किन त?! हो, त्यसैले दार्शनिकीकरण गर्नु बराबर मर्न जान्नु* भएकाले होला हिँड्दा हिँड्दा भिन्न समय र स्थानमा भिन्न भिन्न आयतनका शिल्करोडहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिदो म

~प्रशान्त खरेल~ रातको निस्तब्धतामा एकोहोरो जलिरहेछ दियो झलमल झलमल । ओभाएको तिम्रो शरिरमा पसिना लतपतिएको चिन्ह मधुर उज्यालोमा प्रस्टै देखिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अधेरो जून

~सौरभ कार्की~ आजको रात मेरो जून अधेरो उदाउनेछ सम्भवतः त्यसबेला तिमी जूनभन्दा नि’ उजेली हुनेछ्यौ ! भाँच्चिएका सपनाहरु तप्प तप्प चुहिनेछन् आँखाबाट र आफ्नो बाटो खोज्दै टाढा भाग्नेछन् पर……… (उफ्, किन मैले क्षितिजभन्दा पर कहिल्यै देखिन ?) क्षितिजभन्दा पर र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालोको प्रतिक्षामा

~गिरिराज बाँस्कोटा~ आगो ओच्छ्याएर छातिमा तिम्रो आगन समम पुगे दुर्भाग्य तिमि मेरो हुन सकेनौ सच्चै तिमि जुन रहेछौ न मैले छुने अवसर पाँएन मैले चुम्ने अवसर पाँए फगत टोलाएर हेरीरहे हेरीरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : समय कती बलबान छ

~राज थापा~ मैले झुकेर दुईहात जोडें तर तिम्ले जवाफ फर्काएनौ हिजो त श्री ५ थियौ र पो आज दुइ हात जोड्दै छौ श्रीपेच छैन र पो बदलियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यस्तो लाग्छ……..

~रिता राई~ न्यानो मातृभूमी छोडी परदेशिनु पर्दा आफ्नो भएभरको सम्पत्ती सौतेनी आमाको छोरीलाई दाइजो दिएर कान्छो बाउको घरमा हली बस्न आए जस्तो लाग्छ । प्राकृतिक रुपमै धनी हामी नेपालीलाई हेर्दा, थाङ्नेको घरको करेशामा गई मात्र पेट भर्नको लागि एक टुक्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनतामा ज़िन्दगी

~स्वामी सुभाष चन्द्र~ मैले जिन्दगीलाई सोधें जिन्दगी तँ . . जिउन को लागि हो कि भोग्न को लागि हो कि बाच्न को लागि हो कि साच्न को लागि हो कि

Posted in कविता | Tagged | 1 Comment

कविता : अमुक तिमि र म ………!!

~शिशिर परियार~ नेपथ्यबाट कसैले आदेश दियो, अमुक यन्त्र मानब झैँ तिमि निर्देसित भयौ !!! मुट्ठी हरु कसिए र छाति माथि उचालिए बसीभूत तिम्रा आखा हरु अझ चहकिला बने अल्जाइमर पिडित तिम्रो मस्तिस्कको डाटा बेसबाट एउटा गित छानियो “उठ जाग ऐ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गान्धी, भारत र सत्य

~लिलाराज खतिवडा~ कुनै व्यस्त सडक किनारको गुल्मोहरको रुखमुनि यो मुम्बई सहरमा उभिएर कविता लेखिरहँदा भुस्याहा कुकुरहरुले लघारीहालेका त छैनन् गिद्दहरुले अहिलेसम्म लुछीहालेका पनि छैनन् जस्तो कि चौध वर्षअघि कस्तरी सताइएको थिएँ म यहाँ शैतानहरुले मलाई एउटा घना अन्धकारमा हुत्याएर कस्तरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरूसँग

~लक्ष्मीप्रसाद देवकोटा~ नरले पार्यो नर, कस्तो बरबर बा ! कस्तो बरबर ! गोल आँशू ढिका सरी, डोल, जली, पर ! हम्रो यही घर बा, हाम्रो आँशू घर ! बेहोशमा सुन्छ मानिस, आज दिनभर ! बिग्रिएका सपना छन्, हेर ! नभचर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ है बलिहांग “फोपो”फर्केर आऊ

~उमेश राई~ अझै पनि चर्चा चल्छन् मान्छे हरु कुरा गर्छन् तिम्रो बाजेको सुरताको, तिम्रो बाउको बिरताको गोर्खा पल्टन छोडेर नेपालीको मुक्तिको खातिर सात साल को क्रान्तिमा निर्भिकताका साथ लडेको रे

Posted in कविता | Tagged | Leave a comment

केस्रा : लिलाम

~मौलश्री लिम्बुु~ न रोग छ न चोट देखिन्छ जे मिल्छ मन दुुख्ने भेटिन्छ नियति या नियत जिन्दगी

Posted in केस्रा | Tagged | Leave a comment

कविता : प्रवासी मुुटुुभित्रको व्यथा

~जनक विके लुुहार~ उन्नतिका विचार आरतिले ब्यूुँझाउदा साँझका बत्ती बल्दैनन् रे त्यहाँ वसन्तका पालुुवाले पाहुुना डाकिदिँदा पानसमा बत्ती जल्दैनन् रे त्यहाँ , भ्रमित प्रतिस्पर्धीहरु अट्टहास भिँडको सांसरिक मोहमा गल्दैनन् रे त्यहाँ युुद्वपोतका निम्ति लडाँइका सिपाहीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : भोग चेतनाहरु

~गिरिराज बाँस्कोटा~ एउटा प्रेमीले जुन विरुद्ध अदालतमा मुद्दा हाल्यो मुर्ख न्याधिसले खैनी माड्दै घुस मागेछ त्यहि पेरीफेरीमा मौका मिलाएर विदा मिलाएर सन्दर्भ जुराएर प्रेमलयभित्र मुन्टो जोडेका जोडिहरुलाई प्रहरीले जरिमाना तिरायो लज्जित अनुहारहरु संवेदनहिनतामा फोटो खिचेर पत्रपत्रिका र टेलिभिजनमा पठायो यहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment